福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2021.10.14[Thu] 09:00
जापानी भाषा(日本語) , आवास(住宅) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【किन्मोकुसेई】
सुन्तला रंगको हाँगामा फुल्ने सानो फूल, किन्मोकुसेई। अंग्रेजीमा ओस्मन्थस भनिन्छ भने नेपालीमा चाहि के भनिन्छ थाहा भएन। तपाईंहरुलाई थाहा भएमा पक्कै पनि भन्नु होला। यो फूल हिड्दै टाढाबाट हेर्नु भए पनि यसको मिठो सुगन्ध हावामा फैलिएको पाउनुहुन्छ। यो फूल शरद ऋतुको आभास दिलाउने फूलहरुमध्ये एक हो।
विगतमा जापानमा प्रायःजसो किन्मोकुसेईको कडा सुगन्धको कारण दुर्गन्ध हटाउने हेतुले पम्पिंग शौचालयको नजिक रोप्ने गरिन्थ्यो, अनि टोइलेट डिओडोरेंटको रुपमा पनि यो फूललाई लिईन्थ्यो। यस कारण, परिपक्व पिढीमाझ यस फूलप्रति त्यति राम्रो छवि छैन।
अर्कोतर्फ, युवा पिढी जसलाई यस्तो याद छैन, उनीहरुले किन्मोकुसेई फूल मनपराउँछन्।
किन्मोकुसेईको उत्पति स्थान- चीनमा, यसलाई खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्ने, Sugar pickled वा liqueur बनाएर राख्ने गरिन्छ। त्यस्तै, सुन्दरी भनेर चिनिने योउकिहि पनि किन्मोकुसेईबाट बनेको रक्सि पिउने गर्थिन् रे।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
【”विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” सुन्न जानुहुन्न?】
अक्टोबर १६ मा आयोजना हुने "विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” मा फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्। प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, कार्यक्रम स्थल वा अनलाईनमा अवश्य आउनुहोला।
सहभागीताको लागि बुकिंग वा रेकर्ड गरिएको फिल्म हेर्नको लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला।
【"अन्तर्राष्ट्रिय विद्यार्थी छात्रावास परिवार कोठा" मा बस्नको लागि आवेदन जानकारी】
फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी छात्रावासको परिवारिक कोठामा सर्न चाहानेहरुको आवेदन लिईंदैछ।
सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ।
बस्न पाउने अवधि, बसेको मितिबाट २ बर्ष हो। यस पटकको आवेदनमा, एक्लै बस्न पनि सम्भव छ।
आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।
【Mail Magazine को परिचय】
“Fukuoka City International Foundation Mail Magazine” भन्नाले, फुकुओकाको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, अन्तर्राष्ट्रिय सहयोगको बारेमा, हरेक महिना अंग्रेजी र जापानी भाषामा समाचार दिने Mail Magazine हो।
वेबसाइटबाट सजिलै यस सेवाको लागि आवेदन दिन सक्ने भएकोले, कृपया "fcif" भनि खोजेर प्रयोग गर्नुहोला।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सुचना सम्बन्धित विस्तृत जानकारीका लागि फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI
सोमबारदेखि शुक्रबार, बिहान ८:४५ देखि बेलुका १८:०० बजेसम्म काउन्टर खुल्ला रहनेछI