ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.88

2021.12.02[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【तताउने सामानहरुदेखि सावधान】

डिसेम्बरको शुरुवातसँगै अब पूर्ण रुपमा जाडो आउँदैछ। त्यसैले कोठा तताउने सामान तथा खाना पकाउने सामानहरु प्रयोग गर्दा ध्यान दिनुपर्ने केही कुराहरू गरौं।

तताउने सामानको वरिपरि कागज वा कपडा जस्ता ज्वलनशील वस्तुहरू नराख्नुहोस्।

ग्यास वा तेल हिटर प्रयोग गर्नुहुन्छ भने, कृपया हावा बदल्ने गर्नुहोस्।

बाथरुम, ट्वाइलेट आदिमा सामानको दुर्घटनाबाट आगलागि हुने खतरा पनि हुन्छ।

ट्वाइलेटमा तातो पानीले धुने ट्वाइलेट सिटहरूका कारण आगलागीका घटनाहरू भएको पाईएको हुनाले कृपया ध्यान दिऔं।

 

जाडो मौसममा नाबे पकाउने धेरै अवसरहरू हुने गर्छन्, तर त्यस समयमा प्रयोग गरिने क्यासेट ग्यास चुलोको कारण दुर्घटनाहरू पनि भएको पाइन्छ। क्यासेट सिलिन्डर सहि ढंगले राखेको छ छैन हेरेर मात्र चुलोको प्रयोग गर्नुहोस्। क्यासेट सिलिन्डर फाल्दा, भित्र ग्यास राखेर फाल्नु हुँदैन । यसलाई डिस्पोज गर्न, आगोको खतरा नभएको बाहिरी ठाउँमा, भुइँमा कपडा वा कागज राखी, त्यसमाथि नोजल थिचेर ग्यास बाहिर निकाल्नुपर्छ । सकेपछि, यसलाई "नजल्ने फोहोर" को लागि तोकिएको नीलो झोलामा राखी फाल्नुपर्छ।

 

【विश्व एड्स दिवस】

डिसेम्बर १ विश्व एड्स दिवस हो। हरेक वर्ष डिसेम्बर १ लाई केन्द्रित गरि, विश्वभर एड्स सम्बन्धि जनचेतना जगाउने गतिविधिहरू आयोजना गरिन्छ।

 

एचआईभी संक्रमण पछि, धेरै वर्षसम्म यसको प्रत्यक्ष लक्षण बिनाको अवधि जारी रहने भएकोले, एड्स नलागेसम्म रोग पत्ता नलगाएका संक्रमित व्यक्तिहरू धेरै छन् भन्ने अनुमान छ।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिनको निश्चित समय भएकोले, कृपया जानुअघि अग्रिम जानकारी लिनुहोला।

 

यसका अतिरिक्त, एड्स पीडित व्यक्तिहरूलाई बुझ्ने र समर्थन गर्ने ईच्छुकत्तालाई रातो रिबनको प्रतिकले दर्शाउँछI

रातो रिबनले, एड्सको बारेमा कुनै पूर्वाग्रह नभएको र एड्स भएकासाथ बस्नेहरूसँग भेदभाव गर्दैनौं भन्ने सन्देश दिन्छ।

 

विश्व एड्स दिवसको अवसरमा, एड्सको बारेमा सही ज्ञान र यसको रोकथाम उपायहरूको बारेमा सबैजनाले मनन गरेर हेरौं।

 

 

【फोहरकोअवैधडम्पिंग】

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा ठूलो आकारका फोहर वा घरको फोहर फाल्नेलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिनेछ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

 

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।

नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गरेको पसल वा नजिकको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ।

 

“अनावश्यक सामानहरू निशुल्क संकलन गरिदिन्छौं” भनि विज्ञापन गर्नेहरुले, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदार हुन्। अनुमति प्राप्त नभएका ठेकेदार, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ