福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.12.23[Thu] 09:00
अन्य(その他)
【स्ट्रबेरी】
नोभेम्बरको मध्यतिरदेखि स्ट्रबेरी सुपरमार्केटहरूमा धेरै देख्न सकिन्छ। डिसेम्बरमा क्रिसमसको मूड बढेसँगै, प्रायः सुपरमार्केटहरूमा स्ट्रबेरीहरू पङ्क्तिबद्ध राखिएका हुन्छन्। सामान्यतया, बाहिरी खेती गरिएका स्ट्रबेरीहरू अप्रिलदेखि जुनसम्म टिप्ने गरिन्छ। जाडो मौसममा सुप्त हुने स्ट्रबेरी, वसन्त ऋतुमा तापक्रम बढेपछि उठ्ने र वसन्तदेखि गर्मीऋतुको शुरुवातसम्म फूल र फल फल्ने किसिमको मेकानिजम हुन्छ। यद्यपि, कृत्रिम रूपमा वसन्तको जस्तो वातावरण सिर्जना गर्ने प्रविधि ग्रीनहाउसहरू व्यापक हुँदै आएकोले स्ट्रबेरी नोभेम्बरदेखि डिसेम्बरतिरसम्म फसल गर्न सक्ने भएको छ।
स्ट्रबेरीको माग बढ्ने क्रिसमसको समयलाई मध्यनजर गरि, उच्च गुणस्तरको स्ट्रबेरी जाडो मौसममा उत्पादन गर्ने सोच रहेको देखिन्छ।
फुकुओका प्रान्तमा, "आमाओउ" भन्ने जातको स्ट्रबेरी प्रसिद्ध छ।
"आमाई, मारुई, ओकी, उमाई" को संक्षिप्त नामबाट राखिएको यो स्ट्रबेरी, फुकुओका प्रान्तको मौलिक स्ट्रबेरी हो।
साधारण स्ट्रबेरीको भन्दा यसको भोल्युम लगभग दोब्बर भई, स्वाद पनि विशेष किसिमको छ।
हिसी परेको गोलाकार र उत्कृष्ट स्वाद हुनु पनि यसको लोकप्रियताको रहस्य हो।
【नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन】
नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकोले कृपया ध्यान दिनुहोलाI
वार्ड अफिस, स्वास्थ्य तथा कल्याण केन्द्रको काउण्टर, डिसेम्बर २९ (बुधबार) देखि जनवरी ३(सोमबार) सम्म बन्द रहनेछ।
बर्षको अन्तिम दिन डिसेम्बर २८ (मंगलबार), र बर्षको शुरुवात जनवरी ४ (मंगलबार) हो।
नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाने गरौं।
डिसेम्बर ३१(शुक्रबार) देखि जनवरी ३ (सोमबार) सम्म, फोहर संकलन गर्न आउँदैनI
जल्ने फोहर, डिसेम्बर ३० (बिहिबार) सम्ममा तथा जनवरी ४(मंगलबार) पछि मात्र तोकिएको दिनमा बाहिर राख्नुहोस्I
नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि, जनवरी २ (आइतबार)मा संकलन हुने क्षेत्रमा डिसेम्बर ३० (बिहिबार) त्यस्तै, जनवरी ३ (सोमबार) को क्षेत्रमा जनवरी ७(शुक्रबार)को दिन फोहर फाल्नुहोस्I
यसका साथै, ठूलो आकारका फोहरको काउन्टर तथा संकलन, डिसेम्बर २९ (बुधबार) देखि जनवरी ३ (सोमबार) सम्म बन्द रहनेछI
【वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि】
वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।
“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔंI
रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरेको छ।
विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको ह्यांगओभर होI
अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔंI
यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।
राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँI
कार चलाउँदा, चाँडै बत्तीहरू अन गरौं।
अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमाI
कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।
खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।
साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँI
आफू र आफ्नो बहुमूल्य चीजहरूको ध्यान दिई, नयाँ वर्षको बिदा सुरक्षित र आनन्दपूर्वक बिताऔं।