福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2022.01.27[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【प्रोफेसनल बेसबल दिवस】
फेब्रुअरी ५ तारिक प्रोफेसनल बेसबल दिवस हो।
सन् १९३६को यस दिनमा, वर्तमान निप्पोन प्रोफेसनल बेसबल ओर्गनाईजेसनको गठन भई, प्रोफेसनल बेसबलको शुरुवात भएको सम्झनामा यसको स्थापना भएको थियो।
प्रथम करार खेलाडी मिहारा ओसामु हुन्, जसले पहिले नै टोकियो जाइन्ट्ससँग सम्झौता गरिसकेका थिए। त्यो बेला उनको मासिक तलब १७७ येन थियो।
त्यस समयमा क्याम्पस स्नातकहरूकै शुरुवाती तलब लगभग ६४ येन थियो, यस अर्थमा उनको एकदम उच्च तलब थियो।
फुकुओका शहरमा आबद्ध Fukuoka Softbank Hawks गत वर्षको लिगमा चौथो स्थानमा टुंगिएको थियो। यस वर्ष, निर्देशक पनि नयाँ भएकोले खेल शैलीमा परिवर्तन तथा अझ उत्कृष्ट खेलका लागि शुभकामना ।
हामी सबैले पनि समर्थन गरौं है।
【जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना】
〇फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।
जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।
जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मायोकार्डियल इन्फ्रक्सन आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।
साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।
स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।
साथै, राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू बलियो हुन्छ।
कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।
व्यायामको कमीको कारणले मांसपेशिहरु घट्यो भने, Basal metabolism कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।
यस अतिरिक्त, मधुमेह जस्ता रोग लाग्ने जोखिम पनि बढाउँछ।
मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।
व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, अहिले भन्दा लगभग १० मिनेट बढि हिड्ने प्रयास गरौं।
निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।
रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।
सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।
साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।
यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?