福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2022.02.17[Thu] 09:00
आवास(住宅) , अन्य(その他)
【बिरालो दिवस】
फेब्रुअरी २२ "बिरालो दिवस" हो। "बिरालोसँग बस्दा पाउने खुशीप्रति धन्यवाद दिंदै , बिरालोसँगै यो खुशी बाड्नको लागी वार्षिकोत्सव" को उद्देश्यले सन् १९८७ मा यस दिवसको स्थापना भएको थियो।
हरेक वर्ष, फेब्रुअरी २२ लाई "बिरालो दिवस" को रूपमा, बिरालोसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू र अभियानहरू आयोजना गरिन्छ, साथै बिरालासँग सम्बन्धित शैक्षिक गतिविधिहरू पनि आयोजना गरिन्छ। यस दिवसको लागि फेब्रुअरी २२ रोज्नुको कारण, बिरालो कराउँदा आउने आवाज "न्यान", "न्यान", "न्यान", जुन जापानी भाषाको "नि","नि", "नि" शब्दको सामान उच्चारण भएकोले हो भनिन्छ।
साथै, बिरालो दिवस संसारभर विभिन्न देशहरूमा मनाईन्छ, प्रायःजसो युरोपेली देशहरूमा World Cat Day भनेर फेब्रुअरी १७, रसियामा मार्च १ र संयुक्त राज्य अमेरिकामा अक्टोबर २९ मा मनाईने गरेको देखिन्छ।
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
【‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को परिचय】
आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। काउन्टर दिउँसो ३:३० बजेसम्म खुल्ला रहनेछ।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI
अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I
विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI
सोमबारदेखि शुक्रबार ९:०० देखि १८:०० सम्म कल स्वीकार गरिन्छ I
नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI
【अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठा वा एकल कोठामा बस्न तथा सहायक (RA) हुनका लागि आवेदन सम्बन्धि जानकारी】
फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठा वा एकल कोठामा बस्न चाहानेहरु तथा RA अर्थात् सहायक हुन चाहानेहरुको आवेदन लिईदैछौं।
अन्तिम मिति फेब्रुअरीको २५ तारिक हो।
सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ।
यस पटकको आवेदनमा, परिवारिक कोठामा एक्लै बस्न पनि सम्भव छ।
आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।