ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.186

2023.10.19[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Festa do Brasil Fukuoka 2023】

क्युशुको सबैभन्दा ठूलो ब्राजिल उत्सव, " Festa do Brasil Fukuoka 2023" आउँदो आइतवार, बेसाइड प्लेस हाकातामा आयोजना हुन गईरहेको छ! फुकुओकाका ब्राजिल-प्रेमी बासिन्दाहरूलाई भेला गराउने, फुकुओकाका नागरिकहरूलाई ब्राजिलका आकर्षणहरु चिनाउने, अनि फुकुओकामा चलेका ब्राजिलियन रेष्टुरेन्टहरु र कलाकारहरूको परिचय गराउने हेतुले यो महोत्सव शुरु भएको हो। 

महोत्सवमा स्टेज शो, अन्तरक्रियात्मक परेड, स्वादिष्ट परिकारहरू हुनेछन्। ब्राजिलियन संगीत, नृत्य, र खाना मार्फत ब्राजिलको अनुभव गर्न सक्नुहुनेछ।

महोत्सव, अक्टोबर २९ आइतबार ११ बजे शुरु भई ६ बजेसम्म चल्नेछ। प्रवेश शुल्क १५०० येन हो। तपाईंहरु पनि, फुकुओकामै रहेर ब्राजिलियन संस्कृतिको अनुभव गर्न सकिने यस महोत्सवको आनन्द लिएर हेर्दा कसो होला?

 

https://festadobrasil.wixsite.com/festadobrasilfukuoka

 

 

फुकुओका शहरको सूचना

The Creators 2023 को परिचय

 

रचनात्मक र मनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2023", अक्टोबर २१ (शनिबार) र अक्टोबर २२ (आइतबार), दुई दिन आयोजना हुन गईरहेको छ। आयोजना स्थलहरु, फुकुओका सिटि हलको पश्चिम तर्फको Fureai Hiroba, Fukuoka City Science Museum र Fukuoka Art Museum आदि हुन्। केही सामग्रीहरू अनलाइन प्रसारण गर्ने योजना पनि भएकोले, कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरूले पनि यस कार्यक्रमको आनन्द लिन सक्नेछन्।

मुख्य स्थल फुकुओका सिटी हलको पश्चिम तर्फको Fureai Hiroba मा, प्रभावशालि प्रकाश र पर्दामा प्रत्यक्ष देखिने म्युजिक स्टेज, visual works को स्क्रीनिंग, स्थानीय मोडेलहरू प्रस्तुत गर्ने फेसन शो, क्रिएटिभ कम्पनीहरुद्वारा अन्तरक्रियात्मक बुथहरू हुनेछन्।

यसका अतिरिक्त, Fukuoka City Science Museum मा, ध्वनि र दृश्यमार्फत् मनोरञ्जन लिन सकिने डिजिटल कला प्रदर्शनी तथा बालबालिकाका लागि प्रोग्रामिङ र शिल्प कार्यशालाहरू हुनेछन्।

त्यस्तै, Fukuoka Art Museum मा, विभिन्न प्रकारका visual works को स्क्रीनिंग आदि जस्ता बृहत् सामग्रीहरु समेटिएको दुई दिनको कार्यक्रम हो।

"क्रिएटिभ सिटी फुकुओका" मा नयाँ र नौलो संस्कृति र प्रविधिको अनुभव लिनुहोस् र दुई दिनको अत्याधुनिक शैलीको मनोरञ्जनको आनन्द लिनुहोस्।

तपाईंहरु सबैको उपस्थितिको अपेक्षामा छौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ