福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.10.26[Thu] 09:00
अन्य(その他)
【सरकारी रात्रीकालिन जुनियर हाईस्कुलमा विद्यार्थीहरूको भर्ना! नोभेम्बर ५ मा बिद्यालयको जानकारी सेसन】
यस फुकुओका शहरमा, "क्युशुको एकमात्र सरकारी रात्रीकालिन जुनियर हाईस्कुल" छ भन्ने कुरा तपाईंहरुलाई थाहा छ? यस विद्यालयको नाम हो, "फुकुओका किबो च्युउ गाक्को"।
यो विद्यालय, फुकुओका सी, सावारा कु, मोमोचीमा रहेको, "फुकुओका सी क्योइकु सेन्टर" को चौंथो तल्लामा छ। फुकुओका शहरद्वारा संचालित सार्वजनिक जुनियर हाईस्कुल भएकोले, अध्ययन शुल्क लाग्दैन। पाठ्य पुस्तकहरू निःशुल्क वितरण गरिनेछ।
गत वर्षको अप्रिलमा खोलिएको यस बिद्यालयमा, हाल विभिन्न देशका किशोरकिशोरीहरुदेखि ८० वर्षसम्मका विद्यार्थीहरू छन्। जुनसुकै देशका नागरिकहरू भर्ना हुन सक्ने भएकोले, जापानी भाषा बाहेकका बिदेशी भाषा प्रयोग गर्ने विद्यार्थीहरु पनि छन्। तिनीहरुले जापानी भाषा पनि सिक्दै, दिउँसोको जुनियर हाईस्कुलमा भए जसरी ९ वटा बिषयहरु अध्ययन गर्छन्।
कक्षाहरु सोमबारदेखि शुक्रबार बेलुका ५:३० बजेदेखि ९:२० सम्म हुनेछ।
एउटा कक्षा ४० मिनेटको हुन्छ। दिनमा ४ वटा विषयका कक्षाहरु हुन्छन्।
तोकिएको पाठ्यक्रम पूरै अध्ययन गरिसकेपछि जुनियर हाईस्कुल स्नातकको योग्यता प्राप्त गर्न सक्नुहुनेछ।
भर्नाका लागि निम्न सबै सर्तहरु पूरा भएको हुनुपर्छ।
अवश्य, विदेशी नागरिक पनि भर्ना हुन सक्नुहुन्छ। केही बिषय मात्र छानेर वा जापानी भाषा मात्र अध्ययन गर्न सकिँदैन। जापानी भाषाको प्रयोगबारे चिन्ता लाग्ने व्यक्तिहरुको लागि, विशेष जापानी प्रशिक्षकद्वारा जापानी भाषाको बिषय लगायत अन्य आवश्यक समयमा सहायता दिइनेछ।
यस किसिमको "फुकुओका किबो च्युउ गाक्को" को स्कूल जानकारी सत्र नोभेम्बर ५ आइतबार आयोजना हुन गईरहेको छ। सहभागिताको लागि, अग्रिम आवेदन दिन आवश्यक छ। फोन वा अनलाइन मार्फत् आवेदन दिनुहोला। फोन नम्बर रहेको छ, ०९२-४००-०७५१ ।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेदेखि ९:३० बजे सम्म कल स्वीकार गरिन्छ।
अनलाइनबाट २४ घण्टा आवेदन स्वीकार गरिन्छ। "फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु" भनेर खोज्नुहोला।
यस अतिरिक्त, ब्रोशर तथा आबेदन सम्बन्धि जानकारीहरु, विद्यालयको वेबसाइट लगायत विभिन्न वडा कार्यालयहरूमा राखिएका छन्। परामर्श दिने र क्लास परिक्षण प्रवेश पनि लिने गर्दै आईरहेकोले, कृपया नहिचकिचाइकन सम्पर्क गरेर हेर्नुहोला।