福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2023.11.09[Thu] 09:00
अन्य(その他)
【फुकुओका म्याराथन २०२३】
यस हप्ताको आइतबार १२ तारिक, "फुकुओका म्याराथन २०२३" आयोजना हुन गईरहेको छ। यो एक नागरिक-सहभागिता म्याराथन कार्यक्रम हो, जहाँ १२,००० सहभागीहरूले फुकुओका शहर र इटोशिमा शहर बीच ४२.१९५ किलोमिटरको दूरी ७ घण्टामा दौडनेछन्। म्याराथन, फुकुओकाको केन्द्र तेन्जिनबाट सुरु भई अन्तिम रेखा इटोशिमामा पुग्ने क्रममा, धावकहरूले समुद्र र पहाडहरूको दृश्यहरू अनुभव गर्नु हुनेछन्। त्यसैले, यस दौडमा शहरीबाट प्राकृतिक वातावरणमा छिर्दाको आनन्द महसुस गर्न सकिन्छ।
धावकहरूका लागि, फुकुओकाको प्रसिद्ध अनि बिशेष तथा स्थानीय सामग्रीहरू प्रयोग गरिएका परिकारहरु, अनि विजेताहरूका लागि पदकहरू जसमा फुकुओकाको परम्परागत शिल्पकलाको रुपमा चिनिने हाकाता-ओरी रिबनहरू प्रयोग गारिएका छन्।
साथै, ४२.१९५ किलोमिटर म्याराथनका बाहेक ५.२ किलोमिटर ह्वीलचेयर दौड र फ्यान दौड पनि आयोजना हुनेछन्। कार्यक्रममा व्यावसायिक खेलाडीहरू र ओलम्पिक प्रतियोगीहरू सहित अतिथि धावकहरू प्रस्तुत हुनेछन्। धेरै संख्यामा मानिसहरू यस दौडलाई समर्थन गर्न भेला हुने भएकोले, यो दौड फुकुओकामा प्रमुख म्याराथन कार्यक्रमको रुपमा रही आएको छ।
कृपया ध्यान दिनुहोस् कि कार्यक्रमको यस दिन, दौड हुने बाटो वरपरका सडकहरूमा ट्राफिक प्रतिबन्धहरू हुनेछन्, र दौडको समयमा, पैदल यात्री र साइकल क्रसिङहरूमा सीमितताहरू हुनेछन्।
नोभेम्बर १२ मा, म्याराथन सफलतापूर्वक पूरा गर्नका लागि धावकहरूलाई प्रोत्साहित गर्न हामी सबै सहभागी होऔं!
https://www.f-marathon.jp/about/charm_1.php
【फुकुओका शहरको सूचना】
Autumn National Fire Prevention Campaign सप्ताह
नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म “Autumn National Fire Prevention Campaign” सप्ताह हो।
शरद ऋतुदेखि हिउँदको मौसमसम्म, हावा सुक्खा भई आगलागिको जोखिम बढ्छ।
गत वर्ष, फुकुओका शहरमा २६६ वटा आगलागिका घटनाहरु घटेका थिए, जसमा आगलागिको मुख्य कारणहरूमा ग्याँस चूलो, चुरोट, स्टोभ आदि हुन्।
ग्याँस चूलोको आगोमा विशेष ध्यान दिनु जरुरी छ।
जाडो बढ्दै आए पछि, नाबे आदिका लागि, ग्याँस चूलोको धेरै प्रयोग हुन्छ। यसको प्रयोग गर्दा, कहिल्यै त्यतिकै छोडेर नराख्नुहोस्।
त्यस्तै, चुरोट पनि आगलागिका कारणहरुमध्ये एक हो।
ओछ्यानमा बसेर कहिल्यै चुरोट नपिउनुहोस्, चुरोटको ठुत्ताहरु जम्मा गरि नराख्नुहोस् अनि पानीमा चुरोटका अंगाहरु राम्ररी निभाउने गर्नुहोस्।
धुने लुगा र पर्दा, स्टोभमा छोएर आगलागी भएको घटना छ।
त्यस्तै, सुतिरहेको बेला सिरक वा ओछ्यान स्टोभमा छोएर आगलागी हुन सक्छ।
त्यसैले, स्टोभ नजिक ज्वलनशील वस्तुहरु राख्नु अत्यन्त खतराजनक हुन्छ।
स्टोभको स्विच राम्रोसँग बन्द गर्न नबिर्सनुहोस्।
आफ्नो घरको फायर अलार्म र आगो निभाउने उपकरणहरूको मिति सकिएको छ-छैन भनी नियमित रूपमा जाँच गर्ने गरौं। दैनिक जीवनमा सधैं आगलागि रोकथामलाई प्राथमिकता दिने गरौं।
यो फुकुओका शहरको सूचना थियो।