福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.01.04[Thu] 09:00
जापानी भाषा(日本語) , अन्य(その他)
【नानाकुसागायु】
あけましておめでとうございます!नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना!
वर्ष२०२४ को आज यो पहिलो प्रसारण!
तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला!
जापानमा १ देखि ७ तारिकसम्मको अवधिलाई नयाँ वर्षको रुपमा मानिन्छ र अन्तिम दिन, जनवरी ७ मा, सुस्वास्थ्यको कामनामा, बिहानको खाजामा सात प्रकारका मौसमी औषधीय जडीबुटीहरू समावेश गरी पकाएको खाना ‘नानाकुसागायु’ खाने चलन छ। वर्षको अन्त्य र नयाँ वर्षको भोज र मदिराबाट थकित पेट र आन्द्राको हेरचाह गर्नु पनि यसको अर्थ रहेको छ। स्वादको लागि नून मात्र हालेर बनाएको सादा खाना हो, नानाकुसागायु। सुपरमार्केटहरूमा सेटमा पाईने हुनाले यो सजिलै किन्न सक्नुहुन्छ।
नयाँ वर्ष २०२४ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।
【फुकुओका शहरको सूचना】
JapaneseChattingEvent
जापानी भाषा स्कूल लगायत फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्न मिल्ने “Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ। अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।
Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।
सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ।
आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, (www.fcif.or.jp.)
केही नबुझेको कुरा भएमा, कृपया फोन मार्फत् सम्पर्क गर्नुहोस् ।
फोन नम्बर छ, (०९२-२६२-१७४४ )।
तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।