ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.205

2024.02.29[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【निहोन् स्यु】

तपाईहरुले जापानी रक्सीनिहोन्स्युको बारेमा सुन्नुभएको छ वा कहिल्यै पिउनु भएको छ? वर्षैभरि निहोन्स्युको स्वाद लिन त सकिन्छ, तर जाडो मौसम भनेपछि नयाँ साके बनाउने सिजन हो। यो सिजनमा नयाँ बनाईएका साकेहरु बजारमा उपलब्ध हुने गर्छ। 

निहोन्स्युबनाउनको लागि प्रयोग हुने चामल, माल्ट चामल, पानीजस्ता सरल सामाग्रीहरु र विधिहरूले स्वाद र गुणस्तर निर्धारण गर्दछ। यस बाहेक, यसको पिउने तरिकाहरु पनि थुप्रै छन्, जस्तै कि, चियो पिउने (रेशु), हल्का मनतातो पिउने(हिया), तातो पिउने (खान्जाके) आदि बिभिन्न तरिकाहरुबाट निहोन्स्युको मजा लिन सक्नुहुन्छ। यसमा अल्कोहलको मात्रा सामान्यतया लगभग १५% हुन्छ।

फेब्रुअरी लाग्यो कि, धेरैजसो रक्सि उत्पादन गर्ने स्थलहरुमा कुरा बिराकी' नामको कार्यक्रम आयोजना हुने गर्छ। ती स्थलहरुमा नयाँ रक्सी चाख्दै भ्रमण गर्न सक्नुहुन्छ।

फुकुओका प्रिफेक्चरमा हाल ६८ वटा साके ब्रुअरीहरु छन्,  ती मध्ये,इशिकुरा स्युजोउ' हाकाता क्षेत्रको एक मात्र साके ब्रुअरी हो, जहाँ अझै पनि साके बनाउने काम जारी छ। यो हाकाता ह्याकुनेन्गुरा' भनेर लिकप्रिय छ। सेतो माटोको पर्खाल र आकर्षक ईंटाको चिम्नी भएको यस भवनको निर्माण सन् १८७० मा भएको थियो। यो सुन्दर भवन रेस्टुरेन्ट, कन्सर्ट र विवाह स्थलको रूपमा पनि प्रयोग गरिन्छ। त्यहाँ प्रत्यक्ष बिक्री स्टोर पनि भएकोले नमूनामा राखेका साके चाख्दै आफ्नो मनपर्ने निहोन्स्यु किन्न सक्नुहुन्छ!

यस वर्षको हाकाता ह्याकुनेन्गुरा',फेब्रुअरी २९(बिहीबार) र मार्च १ (शुक्रबार) दुई दिनको लागि आयोजना हुने भएको छ। खुल्ने समय अवधि, दिउँसो २ बजे देखि बेलुकी ८ बजेसम्म हो। त्यहाँ ताजा रक्सीका साथै विभिन्न प्रकारका मादक पेय पदार्थहरू, नोअल्कोहल पेय, तथा अन्य खाद्यसामग्रीहरु बिक्रीमा पाईन्छन्। यस बाहेक निहोन्स्युको तुलना कर्नर पनि हुनेछ।

समय भए तपाईंहरु पनि साके ब्रुअरीको भ्रमणमा जानु भए कसो होला!

 

 

केगो जिन्ज्यामा「Blue Bottle Coffee」 खोलियो!

तेन्जिनको केन्द्रमा अवस्थित तीर्थस्थल हो, केगो जिन्ज्या। दुई वर्ष अगाडि मात्रै ठूलो जीर्णोधार कार्य सम्पन्न भएको यस मन्दिर परिसरभित्र, क्युशुको पहिलो स्टोर "Blue Bottle Coffeeफुकुओका तेन्जिन क्याफे" मन्दिरको कार्यालय भवनको पहिलो तल्लामा खोलिएको छ!

"Blue Bottle Coffee" अमेरिकाको ओकल्यान्डबाट शुरु भएको थियो।  `मिठो ​​कफीको चुस्कीले जीवनलाई आनन्ददायी बनाउँछ' भन्ने मुलधारसँगै, कपमा रहेको कफीमा मात्र नभई, त्यहाँभित्रको वातावरण, सरसामान, आदिद्वारा पनि कफी पिउँदाको वरपरको अनुभवलाई उत्तिकै महत्व दिने, अनि विशेष स्वादिलो कफी प्रदान गर्ने क्याफे हो।

ठूल्ठूला सीसाका भित्ता भएको यस क्याफेमा बाहिरी दृश्य हेर्दै, कफी पिउँदै आराम गर्न सक्नुहुन्छ, वा मन्दिर घुमेर घर फर्कने बेलामा कफी टेकआउट लिन पनि सक्नुहुन्छ! यो क्याफे बिहान ८ बजे देखि बेलुकीको ८ बजे सम्म खुला रहनेछ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ