ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.216

2024.05.16[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【पिउने पानी भर्ने स्पट / माई बोतल समर्थन स्टोर】

प्लास्टिकको प्रयोग कम गर्ने प्रयासमा, फुकुओका सिटीले शहरका बिभिन्न सार्वजनिक सुविधा स्थानहरूमा "आफ्नो बोतलमा पानी भर्न मिल्ने स्पटहरू" स्थापना गरेको छ। व्यक्तिगत बोतलको प्रयोगलाई बढावा दिन, सुरक्षित तथा स्वादिष्ट चिसो फुकुओकाको पिउने पानी निःशुल्क लाभ उठाउन सक्नुहुन्छ। आफ्नो बोतलमा जुनसुकै बेला पनि पानी भर्न सकून् भन्ने हेतुले वार्ड कार्यालयहरू, स्थानीय सामुदायिक केन्द्रहरू, व्यायामशाला र पार्कहरूमा यो सेवा उपलब्ध गरिएको छ।

यसका अतिरिक्त, फुकुओका शहरमा रहेका "फुकुओका सिटी माई बोतल समर्थन स्टोरहरु" मा बेच्न राखेका कफी र अन्य पेय पदार्थहरू, ग्राहकहरूले आफूसँग ल्याएका बोतलहरूमा दिने, त्यस्तै, स्टोर प्रयोग गर्ने ग्राहकहरूलाई निशुल्क पिउने पानी उनीहरुको बोतलमा भर्न दिने सेवा पनि प्रदान गर्दै आइरहेको छ।

"आफ्नै बोतलमा पानी भर्न मिल्ने स्पटहरू" र "फुकुओका सिटी माई बोतल समर्थन स्टोरहरू" कहाँ छन् भनेर "फुकुओका सिटी वेब म्याप" मा हेर्न सक्नुहुन्छ।

पक्कै पनि यस सेवाको लाभ लिनुहोस् र विश्वव्यापी वातावरण जोगाउन आफ्नो तर्फबाट मद्दत गर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना】

हलुका सवारी साधन कर सम्बन्धि

मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।

यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र राम्ररी हेर्नुहोला। 

मे को ३१ सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

स्मार्टफोन भुक्तानी एप प्रयोग गरेर पनि कर शुल्क तिर्न सक्नुहुन्छ। 

यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना पनि छ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। 

फोन नम्बर, (०९२-७५३-६११३) ।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ