福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2020.09.03[Thu] 09:00
प्राकृतिक प्रकोप(災害)
【च्योउयोउ फेस्टिवल】
आज मैले, जापानी फेस्टिवल (बर्षको सबभन्दा महत्वपूर्ण दिन),जुन पाँचवटा महत्वपूर्ण उत्सवहरू मध्ये एक, सेप्टेम्बर ९ मा मनाईने च्योउयोउ फेस्टिवलको बारेमा छोटो परिचय दिनेछुI
आजकल यो फेस्टिवल खासै परिचित छैन तर पनि, ‘गोदावरी फूलको फेस्टिवल’ पनि भनिने, यो दिनमा, गोदावरी फूल सजाउने, गोदावरी फूल सजाएको रक्सी पिएर, चेस्टनट भएको भात खाएर, रोगमुक्त र दीर्घायुको लागि प्रार्थना गर्ने चलन छ।
च्योउयोउ फेस्टिवल चीनबाट जापानमा भित्रिएको थियोI चीनमा प्राचीन कालदेखि, बिजोड संख्यालाई शुभ अंक मानिन्छ, र ९ औं, जुन बिजोड संख्यामध्ये सबैभन्दा ठूलो संख्या भएकोले, र त्यसमाथि सेप्टेम्बर ९ डबल बिजोड हुनाले, यो दिनलाई अत्यन्त खुशीको दिनको रुपमा लिई, "च्योउयोउ" फेस्टिवलको रुपमा मानिन्छ।
मलाई लाग्छ कतिपयलाई यो वर्ष कोरोनाको कारण बिभिन्न तनावहरु महसुस भईरहेको होला। हामीलाई थाहा नै छ, फूलहरूले तनाव कम गर्नमा मद्दत गर्छ, त्यसैले यो बेला गोदावरी फूल सजाएर हेर्दा कस्तो होला?
【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】
प्रकोप रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा
प्रत्येक वर्ष सेप्टेम्बर १ "प्रकोप रोकथाम दिवस" हो।
फुकुओका शहरमा, सेप्टेम्बर १ को "प्रकोप रोकथाम दिवस" बाट सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ। "भण्डारण" भन्नाले, खानेकुरा आदि संचित गरेर राख्नु हो।
घर वा कार्यस्थलमा "भण्डार" का साथ, प्रकोप रोकथामको बारेमा नागरिकहरुमा जनचेतना जगाउने प्रयास गर्दैछौं।
किन भण्डारको आवश्यकता भएको होला?
यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।
पसल बन्द भएमा, तपाईं खाना वा पेय पदार्थ किन्न सक्नुहुन्न।
यदि पानी आपूर्ति बन्द भयो भने, पानी पिउन पाउनुहुन्न।
यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, तपाईं पकाउन सक्नुहुन्न।
बाँच्न सफल ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्नु आवश्यक छ।
के र कसरी भण्डार गर्दा राम्रो होला त?
पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौंI
प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।
आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राख्नुहोस्।
रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गर्नुहोस्।
सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार पार्नुहोस्।
यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गर्नुहोस्।
पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ।
दिनदिनै, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयार गरि राखौं।
सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छI
खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छI
टाइफून, प्राय: वर्षको यस बेला हुन्छ, त्यसैले प्रकोपको लागि तयार गरि राखौं।