ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年08月

2024.08.29[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【अंगूर बजार】

अहिलेको मौसमी फल भनेको "अंगुर"। फुकुओकामा पनि स्वादिष्ट अंगुर खान पाइन्छ। के तपाईंहरुलाई थाहा छ, फुकुओका सिटीकोनिशि वार्डमा रहेको खानाताके क्षेत्र, स्वादिष्ट अंगुर उत्पादन हुने क्षेत्र हो। प्रकृतिले घेरिएको माटो, अंगुर खेतीका लागि उपयुक्त हुने भएकोले यहाँ करिब ५० वर्षदेखि यसको खेती गरिँदै आएको छ।

यस वर्ष पनि मीठो र स्वादिष्ट "अंगुर" सिधै उत्पादन क्षेत्रबाट बिक्री गर्न सुरु भएको छ। "खानाताके नो सातो पार्क" भित्र, "CO_YARD KANATAKE" मा, सेप्टेम्बरको मध्यसम्म मात्र फसलको अवधिमा बिक्री गरिन्छ। हरेक बिहान ९ बजेबाट, सो दिन टिपेका रसिला "अंगुरहरु" विभिन्न जात र ब्रान्डमा पङ्क्तिबद्ध राखेका हुन्छन्। शाइन मस्कट पनि उपलब्ध छ। दिउँसो पनि बिक्री गरिन्छ, तर एक पटक बिक्री सकिएपछि, बजार बन्द हुन्छ, त्यसैले त्यहाँ चाँडै पुग्नु राम्रो हुन्छ।

मौसमी फलबाट पौष्टिकता प्राप्त गरेर, बाँकी गर्मीलाई पनि सहजै पार गरौं!

 

 

Cinema Night Fukuoka

अब अर्को जानकारी छ, "Cinema Night Fukuoka" को बारेमा। 

फुकुओका सिटीको निशि वार्ड उमी नो नाखामिचीमा रहेको रिसोर्ट होटल "The Luigans Spa & Resort" मा आयोजना हुने आउटडोर चलचित्र हेर्ने कार्यक्रम हो।

गर्मी मौसममा, समुद्र किनारको नजिक रातको हावाको मज्जा लिंदै, ठूलो स्क्रिनको अगाडि लेजर शीट ओछ्याएर आरामसाथ चलचित्र हेर्न सकिने यो कार्यक्रम, लोकप्रिय बन्दै आएको छ।

यो कार्यक्रम सेप्टेम्बरसम्म हरेक बुधवार र शनिबार राति आयोजना हुन्छ। प्रवेश तथा चलचित्र हेर्न निःशुल्क हो! चलचित्रहरूमा, नयाँ फिल्महरूदेखि लिएर सदाबहार क्लासिकहरू, र बच्चाहरूको लागि एनिमेटेड फिल्महरू समेत समावेश छन्।

साथै, कार्यक्रम स्थलमा किचन कारहरू पनि हुन्छन्, त्यसैले पेय पदार्थ र खानाका साथ चलचित्रको मजा लिन सक्नुहुन्छ।

समुद्र किनारको घाँसे मैदानमा सूर्यास्त हेर्दै कार्यक्रम सुरु हुन्छ, र रातको आकाशमुनि आरामसँग चलचित्र हेर्न सक्नुहुन्छ। यदि समय ठ्याक्कै मिल्यो भने, आतिशबाजी पनि देख्न सक्नुहुन्छ

जान ईच्छुक महानुभावहरुले, आधिकारिक वेबसाइटमा गएर प्रदर्शन हुने चलचित्रहरूको जानकारी लिई, बुकिङ गर्नुहोस्।

गर्मीको रातको लागि उपयुक्त मानिने यस कार्यक्रमको अनुभव लिएर हेर्दा कसो होला

2024.08.22[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【फुकुओका सिटी चिडियाखानामा हात्ती आइपुगेको छ!】

फुकुओका सिटी चिडियाखानामा चारवटा हात्तीहरु, हालै म्यानमारबाट आएका छन्! ती चारमध्ये एउटा भाले र तीनवटा पोथीहरु छन्। उनीहरूलाई तीन महिना जति नयाँ वातावरणमा अनुकूलन गरिनेछ, त्यसपछि उनीहरूलाई यस शरद ऋतुमा सर्वसाधारणका लागि प्रदर्शन गरिने योजना रहेको छ। अहिले ती चारै हात्तीहरू स्वस्थ छन् र कुनै स्वास्थ्य समस्या छैन। चिडियाखानामा नयाँ हात्तीहरूको तस्बिर र भिडियो पनि हेर्न सकिन्छ। साथै, अगस्त ८ सम्ममा, ती चार हात्तीहरूको नामको लागि सुझाव पनि मागिएको छ।

अहिले, गर्मी मौसमको विशेष कार्यक्रम "रातको चिडियाखाना" पनि ९ सेप्टेम्बरसम्म प्रत्येक शनिवार आयोजना भइरहेको छ। यस कार्यक्रमको क्रममा, रातमा सक्रिय हुने जनावरहरूको व्यवहार र उनीहरूको खाना खुवाउने समयको अवलोकन गर्न सक्नुहुन्छ। यो विशेष अनुभवलाई मिस नगर्नुहोस् र गर्मीको समयमा मात्र खुला हुने, यस कार्यक्रमको मजा लिन फुकुओका सिटी चिडियाखानामा घुम्न जानुहोस्!

 

 

फुकुओका शहरको सूचना

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

२००६ अगस्त २५ मा, हिगासी वार्डको "उमि नो नाखा मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १८ वर्ष पुग्यो। फुकुओका सिटीले यस दुर्घटनालाई मध्यनजर गरि, मद्यपान गरेर सवारी चलाउने कार्यलाई अन्त्य गर्नका लागि विभिन्न पहलहरू गर्दै आएको छ।

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो। 

मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।

मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्। साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

मदिरा सेवन गरि गाडी चलाउँदा, ध्यान र निर्णय गर्ने क्षमता कम हुन्छ। यसले गर्दा खतराको आभास ढिलो हुने,अत्यधिक गति गर्ने जस्ता कार्यहरू हुन सक्छ, जसले गर्दा सडक दुर्घटनाको सम्भावना बढ्छ।

साथै, निम्न किसिमको गाडीहरुलाई हेरेरचालकले मदिरा सेवन गरि चलाएको थाहा हुन सक्छ। यदि यस्तो देख्नु भएमा, कृपया ११० नम्बरमा सम्पर्क गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा निकै अघि गाडी रोकिन्दा 

  • ट्राफिक लाइट हरियो बले पनि, गाडी नचलाउँदा 

  • अनियन्त्रित रुपले गाडी गुड्दा

  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, यस्तो काम गर्नेलाई माफी नदिऔं र देखेपछि बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ। 

हामी सबै मिलेर मदिरा सेवन गरेर गाडी चलाउने कार्यलाई पूर्ण रूपमा अन्त्य गरौँ!



 Fukuoka Prize को बारेमा

 फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। 

यस वर्षको ३४औँ Fukuoka Prize का विजेताहरुमा,

The Grand Prize कोविजेतामा, मिडिया आर्टको क्षेत्रमा सक्रिय हुनुहुने मानाबे डाइतो 

The Academic Prize मा, इतिहासविद् सुनील अमृत

The Arts and Culture Prize मा, कलाकार किमसुजा छनोट भएका छन्।

पुरस्कार समारोह सेप्टेम्बर २६ (बिहीबार) र त्यसपछि सेप्टेम्बर २७ (शुक्रबार) र २८ (शनिबार) मा नागरिक मञ्चको आयोजना हुनेछन्।

२७  (शुक्रबार) The Grand Prize विजेता मानाबे डाइतोको लेक्चर, २८ (शनिबार) दिउँसो, The Academic Prize प्राप्त गर्ने सुनिल अमृत,साँझमा The Arts and Culture Prize विजेता किम सुजाको लेक्चर हुनेछन्।

सबैमा निःशुल्क सहभागी हुनसक्नुहुन्छ।

आवेदन दिनका लागि, "福岡アジア文化賞" वा "Fukuoka Prize" भनि खोजी, आधिकारिक होमपेजमा

हेर्नुहोला।

आवेदनको अन्तिम मिति सेप्टेम्बर ५ (बिहिबार) सम्म। पुरस्कार समारोह वा नागरिक फोरम जुन कार्यक्रम भए पनि दुई दिन अघि आवेदन दिन आवश्यक छ।

2024.08.15[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【ISLA DE SALSA】

यस वर्ष २५ औं वार्षिकमा टेकेको छ, आउटडोर वर्ल्ड बीट एण्ड डान्स फेस्टिवल【ISLA DE SALSA】। 

अगस्ट ३१ र सेप्टेम्बर १ गरि दुई दिनको यो फेस्टिवल,नोकोनोशिमा क्याम्पमुरामा आयोजना हुन गईरहेको छ। जापानको प्रख्यात साल्सा ब्यान्ड "Orquesta De La Luz" लगायत, देशभित्र र विदेशका उत्कृष्ट स्तरका संगीतकार र नृत्य कलाकारहरुको उपस्थिति हुनेछन्। दर्शकहरु सबै एकसाथ, तालमा ताल मिलाएर नाच्ने र रमाइलो गर्ने यस फेस्टिवलमा, अन्य आकर्षणहरु जस्तै, समुद्र किनारमा आराम गरेर घाम ताप्ने, BBQ र स्वादिष्ट परिकारहरुको स्वाद लिने आदि सबै उमेरकाले आफ्नै तरिकाले रमाइलो गर्न सक्ने कार्यक्रम हो। क्यारेबियन समुद्रको भ्रमण जस्तो अनुभव गराउने यस बिशेष वातावरणमा, साल्साको मजा लिएर हेर्ने होइन त!

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

“अगस्ट २७ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना

 तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा, जसलाई "याराना हिरोबा" पनि भनिन्छ, सञ्चालन भइरहेको छ। 

अगस्टमा यो कक्षा २७ तारिखमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

अगस्ट महिनाको कार्यक्रमको विषय "अंग्रेजीमा कथा वाचन र फ्री स्पेस" हो। आमाबुबा र बच्चाहरुले अंग्रेजी प्रयोग गरेर चित्रकथा रमाइलो गर्न सक्छन् र अंग्रेजी गीत तथा हातले खेल्ने खेलहरुमा पनि सँगै भाग लिन सक्छन्।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको होमपेज वा फेसबुकमा हेर्नुहोस्।

 

 

“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, २ हप्ता अगाडि सम्ममा सम्पर्क गर्नुहोला।

जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

2024.08.08[Thu] 09:00

जापानी भाषा(日本語)

【हाकाता नाचु माचुरी・तेन्जिन नाचु माचुरी】

फुकुओकाको गर्मीलाई झकझक्याउने महोत्सव, 【हाकाता नाचु माचुरी】, 【तेन्जिन नाचु माचुरीआयोजना भइरहेको छ। तेन्जिनको कार्यक्रम स्थल रफुकुओका सिटी हलको पश्चिममा रहेको फुरेआई हिरोबामा, १८ तारिक आइतबारसम्म, हरेक दिन आयोजना हुनेछ। 

हाकाताको कार्यक्रम स्थल, JR हाकाता स्टेशन अगाडिको हिरोबामा, २२ तारिक बिहीबारसम्म,हरेक दिन आयोजना हुनेछ। 

खाकीगोरी, याकिसोबा, हाकाता स्वादको फूड स्टलहरू, योयो फिसिङ, शूटिङ ग्यालरी जस्ता मेलाका स्टलहरू, र संगीत लाइभ स्टेज पनि छन्। सबैले "यागुरा" लाई घेरेर घेरा बनाएर, संगीतको तालमा मिलेर नाच्ने "बोन डान्स" को मनोरञ्जन लिन सक्नुहुन्छ। पहिलो पटक भए पनि रमाइलो शतप्रतिशत हुनेछ । जापानमा मात्र मनाईने यो विशेष उत्सवको मजा पक्कै पनि लिनुहोस्

 

 

फुकुओका शहरको सूचना

जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी

 

यस पटक, शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयको जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी दिनेछु। 

यो साइट विदेशीहरुले स्वअध्ययनबाट जापानी भाषा सिक्न सकून् भन्ने उद्देश्यले बनाइएको हो। यो साइटबाट जापानी भाषामा संवाद गर्न र दैनिक जीवनमा आवश्यक जापानी भाषा सिक्न सकिन्छ।

यो साइटमा, जापानी, अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी लगायत १८ भाषाहरुमा सेवा उपलब्ध छन्।

देखि ३स्तर सम्मका पाठहरू छन्, र तपाईं आफ्नो स्तरअनुसार सिक्न सक्नुहुन्छ। कुन स्तरमा सिक्ने भन्ने कुरा तपाईँको जापानी भाषाको क्षमतालाई जाँच गरेर थाहा पाउन सक्नुहुन्छ।

उदाहरणका लागि, "किनमेल गर्ने," "अस्पताल जाने," "बालबालिकालाई हुर्काउने" जस्ता अवस्थामा प्रयोग हुने जापानी भाषा भिडियो मार्फत सिक्न सक्नुहुन्छ। जापानी भाषा, रोमन अक्षर, र विदेशी भाषामा उपलब्ध उपशीर्षकहरू हेर्दै, अर्थ र उच्चारण दुवै राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ। साथै, भिडियोमा भएका सबै संवादहरूको सूची पनि हेर्न सक्नुहुन्छ।

जापानी भाषामा धेरै प्रकारका अक्षरहरू छन्, जसले गर्दा यो कठिन लाग्न सक्छ।

यस साइटमा नाम, ठेगाना, र दैनिक जीवनका कागजातहरूको पढाइ र लेखाइका टिप्सहरूको पनि परिचय दिइन्छ। त्यस्तै, "कर" र "चिकित्सा" प्रणालीको बारेमा भिडियोहरू र दैनिक जीवनमा उपयोगी हुने स्तम्भहरू पनि छन्, जसले गर्दा यो साइट धेरै उपयोगी छ।

"つながるひろがる にほんごでのくらし(चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी)" खोजेर, कृपया चासो लागेको अवस्थाबाट जापानी भाषा सिक्न शुरु गर्नुहोस्। 

फुकुओका शहरको वेबसाइट "Support for Foreign Residents" मा पनि लिङ्क समावेश गरिएको छ।

यसका साथै, फुकुओका शहरमा, सामुदायिक केन्द्रहरू लगायतका स्थानहरूमा स्वयंसेवक शिक्षकहरूले पढाउने धेरै जापानी भाषा कक्षाहरू छन्। ती प्रत्येक कक्षाहरूको स्तर, सहभागी शुल्क, र विषयवस्तुहरूको बारेमा "निहोंगो क्लास म्याप" मा जानकारी दिइएको छ। प्रारम्भिक कक्षामा बिस्तारै अध्ययन गर्न सक्नुहुन्छ।खान्जी अभ्यास गर्ने कक्षाहरू पनि छन्, जापानी संस्कृति सिक्ने, र जापानी भाषा सिक्दै गर्दा स्थानीय बासिन्दाहरूसँग रमाइलोसँग अन्तरक्रिया गर्न सकिने कक्षाहरू पनि उपलब्ध छन्।

"福岡市にほんご Class Map (फुकुओका सिटी निहोंगो क्लास म्याप)" भनि खोजी, नजिकको जापानी भाषा कक्षा फेला पार्नुहोस्।

2024.08.01[Thu] 09:00

अन्य(その他)

【फुकुओका एयरपोर्ट इन्टरनेशनल टर्मिनलको पर्यटक सूचना केन्द्रमा “Fukuoka Yatai Concierge”】

फुकुओकाको पर्यटकीय आकर्षणहरू मध्ये एक हो,याताई। तपाईंहरूले याताईको अनुभव गर्नुभएको छ

तेन्जिन, नाकासु र नागाहामाको रातको सडकमा लाइन लगाएका याताईहरू देख्नुभएको पनि होला। हाकाता गउरमेन्ट फूडदेखि लिएर अन्तर्राष्ट्रिय व्यञ्जनसम्मका विभिन्न याताईहरु हुने भएकोले, कुन पसल छनौट गर्ने भनेर दोधारमा हुन सक्छ। यदि तपाईं फुकुओका शहरमा लामो समयदेखि बस्नुभएको छ भने, तपाईंलाई शायद कुन याताईमा जाँदा हुन्छ भनेर सोधिएको अनुभव पनि होला।

याताईको शहर फुकुओकामा, जापानको पहिलो Yatai Concierge को थालनी भएको छ!

फुकुओका एयरपोर्ट इन्टरनेशनल टर्मिनलको पर्यटक सूचना केन्द्रमा Yatai Concierge नामक सूचना कुना खोलिएको छ। यहाँ तपाईंलाई याताईको बारेमा जानकारी, प्रयोग गर्ने तरिका, र मनोरन्जन लिने बिधि आदि लगायत याताईको विशेषता पनि बताउनेछ।

यो सूचना कुना, बिहान ८ बजे देखि रातको ९:३० बजे सम्म बर्षभरी खुल्ला रहनेछ।

पक्कै पनि फुकुओकामा भ्रमण गर्नुहुने व्यक्तिहरूमाझ याताईको बारे जानकारी दिएर, फुकुओकाको याताई संस्कृतिको अनुभव लिन लगाउनुहोस्।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"कानूनी परामर्श" र "मनोवैज्ञानिक परामर्श" को परिचय

 फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शमानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श प्रदान गर्दैआईरहेको छ।

कानूनी परामर्श, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट।बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सोधपुछ काउन्टर खुला रहने समय अवधि, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।

फोन नम्बर (०१२०-६६-१७९९ )हो।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ