ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年09月

2024.09.12[Thu] 09:00

【NAKASU JAZZ】

फुकुओकाको म्युजिक मन्थ। यो एक महिना फुकुओका शहर संगीतले भरिपूर्ण हुनेछ।सेप्टेम्बरको दोस्रो हप्ताको शनिबार र आइतबार, अर्थात् १४ र १५ तारिकमा, फुकुओका शहरहाकाता वार्डको नाकासुमा, निःशुल्क JAZZ फेस्टिवल, " NAKASUJAZZ" को आयोजना हुन गईरहेको छ। 

दुईदिनकोयसफेस्टिवलमा, नाकासुकोसडकहरूमास्टेजहरूठडिएकाअनिरोमान्चककलाकारहरूकोप्रत्यक्षप्रदर्शनहरुलेसडकहरूभरिएकादेख्नसक्नुहुन्छ। ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्नुहुन्छ।

स्ट्यान्डर्डदेखि लिएर नवीनतम JAZZ नम्बरसम्मका विविधता प्रत्यक्ष हेर्न पाउँदा जोश र उत्साहले प्रभावित  हुनु हुनेछ। त्यसमाथि सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने भएकोले यो अवसरलाई पक्कै पनि नछुटाउनु होला!

यस वर्ष १६ औं पटक आयोजित यस कार्यक्रम, स्थानीय बासिन्दाहरू र JAZZ प्रेमीहरूको स्वयंसेवक सहयोगले सम्भव भएको हो। यो संगीत महोत्सव प्रेम र जोशले भरिपूर्ण विशेष कार्यक्रम हो। "नाकासुमा JAZZ फिट हुन्छ" भन्ने स्लोगनलाई, एकपटक अनुभव गरेर हेर्नुभए कसो होला!

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

सेप्टेम्बर २४ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ। 

सेप्टेम्बरमा यो कक्षा २४ तारिकमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

सेप्टेम्बर महिनाको कार्यक्रमको विषय हो, "बाल पालन सहयोग कन्सर्ट (रिलाक्सेशन हार्प र गिटार)" । संगीत सुन्दै, आमाबुबा र बच्चाहरूले आरामदायी समय बिताउन सक्छन्।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको होमपेज वा फेसबुकमा हेर्नुहोस्।



 कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय

 फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शमानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

2024.09.05[Thu] 09:00

【SUNSET LIVE 2024】

फुकुओकामा सेप्टेम्बर महिनालाई "म्यूजिक मन्थ" को रूपमा मनाइन्छ। सेप्टेम्बरभरि फुकुओका संगीतले भरिपूर्ण हुन्छ।
सेप्टेम्बरको पहिलो हप्तामा हुने वार्षिक संगीत कार्यक्रमको कुरा गर्दा, " SUNSET LIVE 2024" यस वर्ष ३० औं र अन्तिम पटक आयोजना हुँदैछ।
यो हप्ताको अन्त्यमा, शनिबार र आइतबार, अर्थात् ७ र ८ तारिकमा, इटोसिमा शहरको खेया समुद्र किनार र क्याम्पिङ स्थलमा विशेष स्टेजमा बाहिरी संगीत कार्यक्रम आयोजना हुँदैछ।
समुद्र र पहाडको नजिकको प्राकृतिक वातावरणमा, उत्कृष्ट स्थानको पृष्ठभूमिमा चर्चित कलाकारहरूको प्रदर्शनको आनन्द लिन सकिन्छ। थप रूपमा, फुकुओकाका लोकप्रिय रेस्टुरेन्टहरूको स्वादिष्ट परिकार पनि मज्जासँग स्वाद लिन सकिन्छ। साथै, समुद्र किनारमा समुद्री खेलकुदको मज्जा पनि लिन सकिन्छ।
समुद्र किनार सफा गर्ने काम र बालबच्चाको हेरचाहको सुविधा सहित, मानिस र वातावरण दुबैको लागि आतिथ्यताले भरिपूर्ण "सनसेट लाइभ" विशेष कार्यक्रम हो। सबै उमेरका मानिसहरूले यसलाई रमाइलोका साथ मनाउन सक्छन्।
"फुकुओकाको गर्मी सिजन सनसेटले समाप्त हुन्छ" भन्ने भनाइ जत्तिकै, फुकुओकाको सेप्टेम्बर महिनामा यो कार्यक्रम एक महत्वपूर्ण परम्परा रहँदै आएको छ। यस अन्तिम विशेष स्टेजलाई अवश्य हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा

यो फुकुओका शहरको सूचना हो।

हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

 भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

किन भण्डारको आवश्यकता भएको होला?

  • यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।

  • पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं।

  • यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं।

  • यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं। 

  • त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

 के र कसरी भण्डार गर्दा राम्रो होला त?

  • पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं।

  • प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।

  • आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।

  • रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं।

  • सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं।

  • यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

वर्षेनी, यस समयतिर  समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ