福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.04.24[Thu] 09:00
【कोइ नोबोरी】
यो समयमा देखिने विशेष परम्परा【कोइ नोबोरी】! मे ५ को दिन, "कोडोमोनो हि" (बाल दिवस) मा, बालबालिकाको वृद्धि र विकासलाई मनाउने उद्देश्यले यो झुन्ड्याइन्छ। विशेष गरेर, केटाकेटी भएका घरहरूमा, केटाहरू बलियो र साहसी भएर बढून् भन्ने शुभकामनासहित【कोइ नोबोरी】 झुन्ड्याउने परम्परा छ।
कोइ माछा कठिनाइ र समस्याहरू पार गर्दै उन्नति र सफलता प्राप्त गर्ने एक शुभ प्रतीक मानिन्छ। यसै गरी, दह र पोखरी जस्ता विभिन्न वातावरणमा जीवित रहन सक्ने यसको बलियो जीवनशक्ति पनि रहेको छ, जसबाट स्वस्थ र शक्तिशाली रूपमा वृद्धि होस् भन्ने शुभकामनासहित यो झुन्ड्याइन्छ।
सामान्य रूपमा,【कोइ नोबोरी】कौसी, बार्दली, आँगन वा ढोकाको छेउमा झुन्ड्याइन्छ। विभिन्न साइजका कार्पहरू यसमा समावेश हुन्छन्, जसमा सबैभन्दा ठूलो कालो कोइ माछा बुबालाई, दोस्रो ठूलो रातो कोइ माछा आमालाई र सबैभन्दा सानो निलो कोइ माछा छोरालाई प्रतीक गर्दछ। पछिल्लो केही वर्षहरूमा, हरियो, सुन्तला रङ, बैजनी र गुलाबी जस्ता अन्य रङहरू थपिएका छन्, र परिवारका सबै सदस्यहरूको लागि झुन्ड्याउने चलन बढेको छ।
फुकुओका शहरको सावारा वार्डमारहेको आबुरायामा नदीमा, हरेक वर्ष लगभग १५० वटा रंगीन र सुन्दर【कोइ नोबोरी】 आकाशमा फर्फराईएका हुन्छन्। नदी किनारमा फहराउँदै गर्ने यो दृश्यले सबैलाई मन्त्रमुग्ध पार्छ। हिँड्दाहिँड्दै पनि यो ठाउँको भ्रमण गर्न सक्नुहुन्छ।
त्यसैगरी, हाकाता क्षेत्रको JR हाकाता सिटीको कौसी "चुबामे नो मोरी हिरोबा" मा पनि ठूलो【कोइ नोबोरी】 देख्न पाइन्छ। यस वर्ष, अप्रिल २५ (शुक्रवार) देखि मे ६ (सोमबार) सम्म प्रदर्शनी हुनेछ, र प्रवेश निःशुल्क छ।
घुमघाम गर्ने क्रममा यी ठाउँहरूमा पनि अवश्य भ्रमण गर्नुहोस्!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय”
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।
मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर ०१२०-६६-१७९९ हो।
2025.04.17[Thu] 09:00
【FUKUOKA IS OPEN सेन्टर】
नयाँ आर्थिक वर्षको शुरुवातसँगै, सबैले आफ्नो नयाँ जीवनशैलीको तालमेल समात्न सक्नुभएको छ कि छैन? नयाँ वातावरणमा कडा मेहेनत गरिरहनुभएका अनि हालसालै फुकुओकामा नयाँ जीवन शुरू गर्नुभएका व्यक्तिहरू धेरै हुनुहुन्छ होला।
यस हप्ता, फुकुओका प्रान्तमा बसोबास गर्ने विदेशीहरूको लागि बनाइएको वन-स्टप परामर्श केन्द्र【FUKUOKA IS OPEN सेन्टर】को जानकारी दिन चाहन्छु।
【FUKUOKA IS OPEN सेन्टर】एक निःशुल्क परामर्श केन्द्र हो, जसले फुकुओकामा सुरक्षात्मक र सहज जीवनयापन गर्न र सफलतापूर्वक काम गर्न मद्दत गर्दछ। यो परामर्श केन्द्र शहरको चुओ-कु, तेनजिनमा रहेको एक्रोस फुकुओका भवनको तेस्रो तल्लामा छ। यो केन्द्र फुकुओका प्रिफेक्चर र विभिन्न विशेषज्ञ संस्थासँग सहकार्य गर्दै, रोजगारी खोज्ने परामर्श, बसोबास अनुमति सम्बन्धी जानकारी, आवास, स्वास्थ्य सेवा र शिक्षा जस्ता धेरै विषयहरूमा सहयोग गर्दछ।
परामर्श केन्द्र, नयाँ वर्षको विदा र सार्वजनिक बिदा बाहेक, हरेक सोमवारदेखि शुक्रवार, तेस्रो आइतबार र चौथो शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहन्छ।
यसका साथै, परामर्श लिनको लागिकाउण्टर बाहेकअनलाइन, इमेल र फोनका माध्यमबाट पनि सेवा उपलब्ध छ, र यो २४ भाषामा उपलब्ध छ।
जीवनयापन सम्बन्धी जानकारी र फुकुओकाका आकर्षणहरू विदेशीहरूद्वारा देखाउने भिडियोहरूको समावेश भएको बहुभाषी पोर्टल साइट [FUKUOKA IS OPEN] पनि शुरु गरिएको छ। अवश्य हेर्नहोस्!
तपाईंहरु सबैलाई, फुकुओकामा आरामदायी र समृद्ध जीवनयापनका लागि धेरै धेरै शुभकामना ♪
【फुकुओका शहरको सूचना】
"फोहर फ्याँक्ने नियम सम्बन्धी"
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ। "ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।
फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्।
शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ ।
टेलिफोन अनुवाद मार्फत् २३ वटा भाषाहरुमा सेवा उपलब्ध छ।
यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।
2025.04.10[Thu] 09:00
【नेपाल फेस्टिवल फुकुओका】
वसन्तको आगमनसँगै बाहिर घुमघाम गर्नको लागि मौसम राम्रो हुँदै गएको छ। यस हप्ता अन्त्यत: १२ अप्रिल (शनिवार) र १३ अप्रिल (आइतबार) का दिनहरूमा, तेन्जिन चुओ पार्कमा 【नेपाल फेस्टिवल फुकुओका】 आयोजना हुन गईरहेको छ। यस फेस्टिवलमा, नेपालका परम्परागत कला र संस्कृतिको परिचय, स्वादिष्ट नेपाली खाना तथा लोकप्रिय कलाकारहरूको प्रस्तुति अनुभव गर्न सक्नुहुनेछ।
फुकुओका शहरमा अहिले १०,००० भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन्, जसमा धेरैजसो विद्यार्थीहरू छन्। यसले फुकुओकालाई जापानभर नेपालीहरूको धेरै जनसंख्या भएको क्षेत्रहरू मध्ये एक बनाएको छ। साथै, यस वर्ष अप्रिल १४ मा नेपाली विक्रम संवत अनुसार नयाँ वर्ष पर्दछ। नयाँ वर्षलाई मनाउने कार्यक्रमको रूपमा, फुकुओकामा सन् २०१० देखि 'नेपाल फेस्टिवल फुकुओका' आयोजना हुँदै आएको छ, र यो पटक फेस्टिवलको १२औं संस्करण हो।
यो फेस्टिवल मुख्य रूपमा फुकुओकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र नेपाली समुदायका व्यक्तिहरूको नेतृत्वमा आयोजना गरिन्छ। महोत्सवमा नेपाली खानाका परिकार र सामग्रीको बिक्री, सांस्कृतिक नृत्य र संगीत प्रदर्शन, परम्परागत बाजा परेड, नेपाली पहिरन सारीको अनुभव, कला प्रदर्शनी, पर्यटन जानकारी जस्ता कार्यक्रमहरू समावेश गरिएको छ। विविध कार्यक्रमहरूले भरिएको यस महोत्सवमा, हरेक वर्ष धेरै मानिसहरू सहभागी हुने गर्दछन्।
फेस्टिवलको दुवै दिन बिहान १० बजे देखि साँझ ६ बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ। प्रवेश निःशुल्क छ। फुकुओकामा रहँदा नेपाली संस्कृति अनुभव गर्ने दुर्लभ अवसरका रूपमा, यस दुई दिने कार्यक्रममा सहभागी भई, हामीसँगै नेपाली नयाँ वर्षको उत्सव मनाऔं!
【फुकुओका शहरको सूचना】
“विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय”
नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?
Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।
फोन नम्बर, ०१२०-६६-१७९९ ।
सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ ।
सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७३३-५४२९ हो।
चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ।
उपयोग शुल्क निःशुल्क छ, तर फोनको शुल्क भने फोन गर्ने व्यक्तिले तिर्नु पर्छ।
2025.04.03[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)
【फुकुओका ज्योउ साकुरा माचुरी】
तपाईंहरुले यस वर्षको साकुरा फुलेको देखिसक्नु भयो कि? हरेक वर्ष मार्चको अन्त्यदेखि अप्रिलको शुरुवातसम्म, फुकुओका शहरको "माइजुरु पार्क" मा साकुरा फूल फुल्ने समयमा 【फुकुओका ज्योउ साकुरा माचुरी】 आयोजना गरिन्छ।
माइजुरु पार्क एक प्रसिद्ध स्थल हो, जहाँ सोमेइयोशिनो र शिडारेजाकुरा जस्ता १९ प्रकारका साकुराका फूलहरू फुल्छन्। यस वर्ष पनि 【फुकुओका ज्योउ साकुरा माचुरी】 यहाँ भइरहेको छ।
यस महोत्सवको आकर्षण भनेको, यहाँ विभिन्न स्वादिष्ट खानाका स्टल र किचन कारहरू राखिएका छन्। साकुराको दृश्यलाई हेर्दै वसन्तका परिकारहरूको मजा लिन सक्नुहुन्छ। फुकुओका शहरका लोकप्रिय रेस्टुरेन्टका स्टलहरू, उत्सवका परिकारहरूको स्टलहरू, यामे चिया, मिठाइ र जापानी मदिरासम्मका स्टलहरू छन्। त्यसमाथि, बच्चाहरूको लागि खेलकुदका उपकरणहरू, सडक कलाकारहरूको प्रदर्शन, र स्ट्याम्प र्याली जस्ता गतिविधिहरू पनि छन्, जसले गर्दा परिवारसँग जान उपयुक्त हुनेछ।
राति साकुरा र फुकुओका दरबार उज्यालोमा प्रकाशित हुन्छ, र रातको साकुरा फूलको दृश्य अति आकर्षक हुन्छ। पानीमा साकुराका रुखहरूको प्रतिबिम्ब “उल्टो साकुरा” पनि निकै सुन्दर देखिन्छ। यो दृश्य दिनको भन्दा बिल्कुलै फरक र रमाइलो हुन्छ।
यस हप्ता आइतबारसम्म जारी हुने यस【फुकुओका ज्योउ साकुरा माचुरी】, यदि अझै जानु भएको छैन भने, पक्कै पनि भ्रमण गर्नुहोस्!
【फुकुओका शहरको सूचना】
विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय
नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?
Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।
फोन नम्बर, (०१२०-६६-१७९९) ।
सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, (०९२-७५३-६११३) ।
सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर, (०९२-७३३-५४२९) हो।
चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ।
उपयोग शुल्क निःशुल्क छ, तर फोनको शुल्क भने फोन गर्ने व्यक्तिले तिर्नु पर्छ।