ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年10月

2024.10.17[Thu] 09:00

【नाकासु महोत्सव】

क्युसु क्षेत्रको सबैभन्दा ठूलो मनोरञ्जन क्षेत्र, नाकासुमा आयोजना हुने रंगीन उत्सव नाकासु महोत्सवबारे थाहा छ? यो महोत्सव नाकासुमा आउने पाहुनाहरूलाई १ वर्षभरि दिएको साथ र समर्थनको लागि धन्यवाद दिन मनाइन्छ।

यस वर्ष, महोत्सव अक्टोबर २५ र २६, अर्को हप्ता शुक्रबार र शनिबार राति आयोजना हुन गईरहेको छ।

नाकासु ओडोरी सडक पैदलयात्रीहरूको लागि खुला गरिनेछ, जहाँ करिब ६० वटा रेस्टुरेन्टहरुको गाडी हुनेछन्। यस महोत्सवको मुख्य आकर्षण भनेको ५०० जना महिलाहरूले "मिकोशी" (धार्मिक खत) उठाएर नाकासुमा परेड गर्ने "नाकासु कुनिहिरो ओन्ना मिकोशी" हो। त्यस्तै, रंगीचंगी उज्याला पहिरन लगाएका "ओइरान्" (पारम्परिक जापानी दरबारका महिला) हरूले बिस्तारै शहरभरि गरिने परेड "ओइरान् डोच्यु" पनि हो। यी दृश्यहरू यस महोत्सवमा मात्र हेर्न पाइन्छ।

त्यसका साथै, शो र लाइभ स्टेज कार्यक्रमहरूको पनि मनोरञ्जन लिन सक्नुहुन्छ।

वर्षमा एक पटक मात्र देख्न पाइने नाकासुको रातको रमाइलोमा सहभागी भएर हेर्दा कसो होला।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"

जापानी व्यक्तिहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?

विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा हुनेछ।

कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।

यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।

सहभागिता निःशुल्क छ, तर अग्रिम आवेदन आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।

कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!

 

 

"२२औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर २७ आइतबार दिउँसो १२:३० बजे देखि "२२ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरू र सीपमूलक तालिम विद्यार्थीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतियोगीहरूले दैनिक रुपमा सिकेका कुराहरूको उपलब्धि अवश्य आउनुहोला!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।

2024.10.10[Thu] 09:00

【आँखा सुरक्षा दिवस】

अक्टोबर १० तारिकलाई "आँखा सुरक्षा दिवस" भनेर मनाइन्छ, जुन दिन आँखा जोगाउन र स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ।

आजकल धेरै मानिसहरू हरेक दिन स्मार्टफोन, कम्प्युटर, र ट्याब्लेट प्रयोग गर्छन्। तर, लामो समयसम्म यी उपकरणहरूको प्रयोगले आँखामा चाप पर्न सक्छ, जसले गर्दा दृष्टि कमजोर हुनुका साथै काँध दुख्ने, टाउको दुख्ने, वा वाकवाकी लाग्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छन्। अहिलेको जमानामा काम वा अध्ययनको लागि यी उपकरणहरूको प्रयोग आवश्यक हुन्छ, तर प्रयोग गर्दा आँखाको हेरचाह गर्ने कुरा बिर्सनु हुँदैन।

लामो समयसम्म काम गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  • ढाड सिधा राखेर, आँखा र उपकरणबीचको दूरी ३० सेन्टिमिटरभन्दा टाढा राख्नुहोस्।

  • टेबल र कुर्सीको उचाइ, बत्ती, र प्रकाशको व्यवस्थालाई ठीक गर्नुहोस्, र प्रत्येक १ घण्टामा १०-१५ मिनेट आँखा आराम दिनुहोस्।

  • नियमित रूपमा आँखा झिम्क्याएर आँखा भिजाइराख्नुहोस्।

  • कहिलेकाहीँ टाढा हेर्नुहोस् वा हरियाली र प्रकृतिमा ध्यान दिनुहोस्।

  • थकान महसुस हुँदा न्यानो तोलिया प्रयोग गरेर आँखालाई आराम दिनुहोस्।

  • यदि तपाईले चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, बेला–बेला जाँच गरी सही नम्बरको प्रयोग गर्नुहोस्।

  • सूर्यको किरणले पनि आँखा डढाउँछ, त्यसैले सनग्लास लगाएर सुरक्षाका उपायहरू अपनाउनुहोस्।

  • पर्याप्त निद्रा र पोषण पनि आँखा स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।

दैनिक जीवनमा आँखा स्वस्थ राख्न यी उपायहरू अनुसरण गर्न प्रयास गरौं।

 

 

【फुकुओका शहर/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"Environmental Festival Fukuoka 2024 को परिचय"

यो हप्ता, अक्टोबर २६ (शनिबार) र २७ (आइतबार) गरि दुई दिनको लागि, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबा र सोलारिया प्लाजा १ तलामा आयोजना हुन गईरहेको कार्यक्रम "Environmental Festival Fukuoka 2024" को बारेमा जानकारी छ।

कार्यक्रम बिहान १० बजे देखि साँझ ४ बजे सम्म हुनेछ। प्रवेश निःशुल्क छ।

फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबामा, स्वादिष्ट र रमाइलो किचन कारहरू हुनेछन्! पर्यावरणमैत्री खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाईएको किमा करि र मिठाईहरू उपलब्ध हुनेछन्।साथै, फुकुओकाको बास्केटबल टोली "राइजिंग जेफर" को सहयोगमा, जल्ने फोहोर, नजल्ने फोहोर तथा प्लास्टिक बोतलहरू जस्तै देखिने बललाई हानेर सही ठाउँमा फ्याँक्ने खेलमार्फत, फोहोर छुट्याउने तरिका सिक्न सक्नुहुन्छ। 

हलिवुड चलचित्रमा देखिने "डेलोरियन" कार पनि प्रदर्शन गरिनेछ। यो कारभित्र बसेर फोटो खिच्न सकिन्छ। साथै, त्यहाँफ्री मार्केट पनि हुनेछ।

सोलारिया जेफरमा, स्कुल र कलेज विद्यार्थीहरूले पृथ्वी बचाउन नायक बन्ने उद्देश्यले क्विज खेल्नेछन्, जहाँ रमाइलो तरिकाले वातावरणको बारेमा सिक्न सकिन्छ। "फुकुओकाको फोहोरबाट बनेको कला प्रदर्शनी" मा तपाईको दैनिकीलाई कलाको माध्यमबाट देखाइनेछ। त्यहाँ स्टाइलिश र पर्यावरणमैत्री सामानहरूको बिक्री पनि गरिनेछ।

बालबालिकादेखि वयस्कहरूसम्मले रमाइलो गर्दै वातावरणको बारेमा धेरै कुरा सिक्न सक्ने विभिन्न गतिविधिहरू हुनेछन्। " Environmental Festival Fukuoka 2024" मा सहभागी भई नजिकको इको-फ्रेन्डली कुराहरूको अनुभव गरौं र रमाइलो गरौं!

 

 

“अक्टोबर २२ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना


तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

अक्टोबरमा यो कक्षा २२ तारिकमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

अक्टोबर महिनाको विषयवस्तु "अभिभावक-बच्चा उद्धार तालिम" हो। बच्चाहरूको आकस्मिक घटनाको लागि तयारी गर्न, फुकुओका सिटी विपद् व्यवस्थापन केन्द्रका कर्मचारीहरूबाट जीवनरक्षक प्राथमिक उपचार विधिहरू सिक्न सक्नुहुन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।

2024.10.03[Thu] 09:00

【शरद ऋतुको स्वाद】

गर्मी कम हुँदै, शरद ऋतुको स्वादहरू अझै मिठो हुँदै आएको यो मौसममा, यो हप्ता, मौसमी स्वादिष्ट तरकारीहरूको जानकारी लिएर आएकी छु।

शरद ऋतुको मुख्य परिकारहरू जस्तै " सखरखण्ड", "फर्सी", "चेसनट", जुन वर्षभरि खान पाइन्छ, तर यो समयमा पाक्ने हुँदा, यसको मिठास र स्वाद अझ बढ्छ। हल्का भुटेर वाटेम्पुरा गरेर, भात, सीच्यु, उमालेर वा बेक गरेर विभिन्न परिकारमा मजा लिन सकिन्छ। 

यस बाहेक, "रेन्कोन" र "गोबो" जस्ता जराहरू हल्का भुटेर वाटेम्पुरा वा चिप्स बनाएर पनि स्वादिष्ट हुन्छ। पिसेको मासु वा अन्य मासुका परिकारसँग पनि राम्रो जम्छ।

अनि, महँगो भए तापनि , यो समय मात्रै पाइने "माचुटाके" च्याउ, जसको सुगन्ध र स्वादको मजा ग्रिल गरिएको भात, ताकिकोमी भातवा माटोको भाँडोमा भापिएको भात बनाएर लिन सकिन्छ।

माछामा, नुन मात्र हालेर ग्रिल गर्दा उत्कृष्ट "सान्मा", बोसो भएको "साबा", "शरदकालीन साल्मोन", काँचो वा ताताकिमा स्वादिलो "मोदोरी खाचुओ", अनि सजिलै पकाउन मिल्ने "मादाई" सबै शरद ऋतुमा विशेष स्वादका पाइन्छन्। पक्कै पनि ताजा मौसमी माछाको स्वाद लिनुहोस्।

फलहरूमा, "नास्पाती", "अङ्गुर", "हलुवाबेद", र "स्याउ" छन्। त्यसलाई त्यस्तै खानु मात्र होइन, सलाद वा जाम बनाएर पनि मजा लिन सकिन्छ। यो समयमा मात्रै पाइने मिठाईहरू पनि थरिथरिका छन्।

शरद ऋतुमा स्वादिष्ट परिकारहरू प्रशस्तै पाइन्छन्! मौसमी खानेकुरा पोषक तत्वले भरिएको हुने भएकोले,  शरद ऋतुका स्वादहरूको भरपुर आनन्द लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

The Creators 2024

रचनात्मक रमनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2024"को सूचना छ।

यस वर्ष पनि नवीनतम मनोरञ्जनका बिषयवस्तुहरू र प्रविधिको उपयोग गरिएको सामग्रीहरू प्रस्तुत गर्ने योजना रहेको छ।

यस वर्षको कार्यक्रम दुई हप्ता, अक्टोबर ५ (शनिवार) र ६ (आइतवार), साथै १२ (शनिवार) र १३ (आइतवार) मा आयोजना हुनेछ। पहिले दुई दिनमा मात्र अनुभव गर्न नसकिएका विविध सामग्रीहरूलाई यस पटक विस्तारमा, आरामसँग अनुभव गर्न सक्नुहुन्छ।

पहिलो हप्ताको अक्टोबर ५ (शनिवार) र ६ (आइतवार) मा, ध्वनि र दृश्यको माध्यमबाट अनौठो अनुभव प्रदान गर्ने लोकप्रिय इभेन्ट "खेल्न सकिने! डिजिटल आर्ट प्रदर्शनी", साथै प्रोग्रामिङ र हस्तकलाको कार्यशाला, र फुकुओकाको क्रिएटिभ कम्पनीले विकास गरेको 3D नृत्य सिर्जना गर्ने AI सेवा "सबैभन्दा शक्तिशाली AI डान्सर" को प्रयोग गरेर AI डान्स शो Fukuoka City Science Museum मा आयोजना हुनेछ।

दोस्रो हप्ताको अक्टोबर १२ (शनिवार) र १३ (आइतवार) मा, विशाल लाइटिंग र स्क्रीनमार्फत प्रदर्शन गरिएको स्टेजमा क्रिएटरहरू र कलाकारहरूको लाइभ, साथै eSports का प्रो खेलाडीहरू र विद्यार्थीहरूबीचको बटल स्टेज, "इमर्सिभ" विषयको अन्तर्गतका अनुभवात्मक बूथहरू, VR अनुभव गर्न सकिने ट्रक जस्ता विविध सामग्रीहरू फुकुओका सिटी हल पश्चिमी क्षेत्रमा रहेको फुरेआइ हिरोबामा आयोजना हुनेछ।

त्यस बाहेक, फुकुओकाको नगरपालिकाको पहिलो तल्लाको लबीमा, लोकप्रिय मंगाओसिनोकोको संसारलाई अनुभव गर्न सकिने नयाँ इमर्सिभ स्पेस "मंगा डाइभ" को स्याटेलाइट स्थल पनि राखिएको छ। Fukuoka Asian Art Museum मा भने, लोकप्रिय फिल्म "समर वार्स"को प्रर्दशन र फिल्म निर्माणको अनुभव प्रदान गर्ने कार्यशाला जस्ता कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। यी सबै स्थलहरूको प्रवेश निःशुल्क हुनेछ।

"क्रिएटिभ सहर फुकुओका" मा नयाँ संस्कृतिको र प्रविधिको सम्पर्कमा आउँदै, चार दिनको उत्कृष्ट मनोरञ्जन र नवीनतम प्रविधिको अनुभव लिनुहोस्!

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ