ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年03月

2025.03.20[Thu] 09:00

अन्य(その他)

【फुकुओकामा इन्डियन फेस्टिवल】

यो साता अन्त्यमा, यहाँ फुकुओका शहरमा क्युशु क्षेत्रको सबैभन्दा ठूलो इन्डियन फेस्टिवल हुँदैछ।
२२ तारिक शनिबार र २३ आइतबार, तेन्जिन च्यूओ पार्कमा हुने "होली महोत्सव"। नेपालमा जस्तै "होली" भनेको इन्डियामा वसन्त ऋतुको आगमनलाई मनाउने महोत्सव हो। "ह्यापी होली" भन्दै, रंगका पाउडरले एक अर्कामा रंग लगाउने र रंगीन पानी छर्केर उत्सव मनाइन्छ।
कार्यक्रम स्थलमा, देशभरका ५० भन्दा बढी प्रसिद्ध स्टलहरू जम्मा हुनेछन्, जहाँ इन्डियन करी लगायत इन्डियन परिकार, मसला, रंगीन गहना र हस्तकलाका सामग्रीहरू बिक्री हुनेछ। त्यस्तै, इन्डियन संगीत, शास्त्रीय नृत्यका स्टेज प्रदर्शनहरू, इन्डियन चलचित्रका गीत-संगीतका दृश्यहरूमा प्रायः देखिने "बोलिवुड डान्स" पनि प्रस्तुत हुने भएकोले उत्सवलाई झनै रोमाञ्चक बनाउने पक्का छ! थप रूपमा, विशेष अतिथिको रूपमा, लोकप्रिय डीजे, डान्सर र प्रभावकारी व्यक्तिहरू पनि उपस्थित हुनेछन्। प्रवेश निशुल्क छ।
इन्डियन संस्कृतिको आकर्षणले भरिएको यो दुई दिनको रंगीन महोत्सवमा वसन्तको उत्सव मनाऔं।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

 

 

LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।

च्याट सेवा उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2025.03.13[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)

【फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडानको ग्राण्ड ओपनिङ】

२०२२ देखि नवीकरण हुँदै आएको फुकुओका अन्तर्राष्ट्रिय एयरपोर्ट अब अझ बढी सुविधाजनक र आरामदायक रूपमा पुनर्निर्माण हुने भएको छ। फुकुओका एयरपोर्टको अन्तर्राष्ट्रिय उडान टर्मिनल भवन यस महिना २८मा ग्राण्ड ओपन हुन गईरहेको छ! सहज, छिटो, रमाइलो भन्ने अवधारणामा आधारित, यो अझै आरामदायक स्थानको रूपमा रूपान्तरण हुनेछ।

सुगम प्रस्थान प्रक्रियालाई सुनिश्चित गर्न, सुरक्षा जाँच क्षेत्र र आवगमन जाँच क्षेत्रको विस्तार र स्थानान्तरण गरिएको छ। यहाँ अधिकतम ४जनाले एकसाथ तयारी गर्न सक्ने र तयार भएका व्यक्तिहरूलाई सुरक्षा जाँचमा अघि बढ्न अनुमति दिने स्मार्ट लेन प्रणालीको प्रयोग गरिएको छ। साथै, कुनै लामो लाइन बिना, प्राथमिकताका आधारमा सुरक्षा जाँच लिने प्रायोरिटी लेन प्रणाली, जुन क्युशु क्षेत्रमा पहिलो पटक लागू गरिएको छ।

त्यसै गरी, प्रस्थान अघि आनन्द लिन सकिने स्थान पनि थप सुसज्जित गरिएको छ! ड्यूटी-फ्री स्टोरको क्षेत्र चार गुणा बढाइएको छ र फुकुओका र क्युशुको खाद्य संस्कृतिलाई अनुभव गर्न सकिने फूड कोर्ट पनि खुल्ला हुनेछ। विभिन्न प्रकारका स्टोरहरू यस स्थानमा छन्, र प्रस्थानको समयमा फुकुओका र क्युशुको स्वाद र वातावरणको आनन्द लिन सकिने यस स्थानमा परिणत भएको छ।

फुकुओका, क्युशु र पश्चिमी जापानको प्रवेशद्वारको रूपमा, यो नवीनीकरण पछि अझ बढी सुविधाजनक र आरामदायक बनाइएको, फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडान टर्मिनललाई अवश्य चेक गरि हेर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

बसाईसराई फोहर सम्बन्धि

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर फाल्ने तरिका सम्बन्धि जानकारी दिनेछु।

ठूला आकारको फोहोर फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला

यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।




नागरिक विपद् रोकथामदिवस

यस वर्ष, सन् २००५ मार्च २० मा गएको फुकुओका प्रान्त पश्चिम तट भूकम्प गएको २० वर्ष भएको छ। फुकुओका शहरले यस भूकम्पको अनुभवलाई नबिर्सन मार्च २० लाई "नागरिक विपद् रोकथाम दिवस" को रूपमा तोकिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। विपद् कहिले आउँछ भनेर थाहा हुँदैन। 

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

2025.03.06[Thu] 09:00

आवास(住宅)

【फुकुओका ह्यान्डमेड र विबिध सामान महोत्सव】

आज हस्तकला सामानका प्रेमीहरूका लागि उपयुक्त जानकारी लिएर आएकी छु!
फुकुओका ह्यान्डमेड र विबिध सामान महोत्सवयस हप्ता शनिबार ८ र आइतबार ९ गरि २ दिन, फुकुओका कोकुसाई सेन्टरमा आयोजना हुन गईरहेको छ। 

यो कार्यक्रम क्यूशुको सबैभन्दा ठूलो हस्तकला सामान लगायत विबिध सामानको मेला हो, जसमा देशभरबाट लगभग ६६० वटा स्टलहरू लाग्नेछन्। कार्यक्रममा हस्तकलाबाट बनेको लुगा, हस्तकला सामग्रीको बिक्री, गहना, फर्निचर र माटोका भाँडा, बगैचाका सामानहरू र अन्य धेरै प्रकारका सामानहरू पाइन्छ। थप रूपमा, कार्यशालामा तपाईंले पनि बनाउने अनुभव लिन सक्नुहुन्छ, जुन बच्चासँगै रमाइलो गर्ने राम्रो अवसर हुन सक्छ। साथै, स्थलमा विश्रामको लागि स्थान र खानपान सेवा लगायत बाहिर किचन कारहरू पनि उपलब्ध हुनेछन्, जसले गर्दा दिनभर रमाइलो गर्न सक्नुहुन्छ।

यस पटक कार्यक्रमको बिषयबस्तु हो, " आरामदायी जीवनको प्रस्ताव"।
वसन्तको लागि नयाँ जीवन र जीवनशैली अपडेट गर्न उपयुक्त सामग्रीहरू पनि पाउन सकिन्छ। अहिलेसम्म नदेख्नुभएका र अनौठो हस्तनिर्मित सामानहरु देख्न सक्नुहुन्छ! यस हप्ताको अन्त्यमा, तपाईंहरु पनि फुकुओका ह्यान्डमेड र विबिध सामान महोत्सवमा गएर हेर्दा कसो होला!

 

 

फुकुओका शहरको सूचना

भीडभाड नगरी बसाईसराईको प्रक्रिया चाल्नु

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

विशेष गरी मार्च २१ देखि अप्रिल ११ सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला। 

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च ३० र अप्रिल ६ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्। बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म,बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

शनिवार, आइतवारर सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्ममा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।

फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।

यद्यपि, विदेशमा सर्दै हुनुहुन्छ भने, कृपया ध्यान दिनुहोस् कि अनलाइनबाट बसाईसराईको प्रक्रिया गर्न सक्नुहुन्न।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर ०९२-५३२-१०१० हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।

अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ