ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.28

2020.10.08[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【भोक लाग्ने शरद ऋतु】

अब, अक्टुबरको मध्यमा, धानको फसल समाप्त भई, शरदका तरकारीहरूको फसल हुने शुरु भएको छ। यस समयमा तातो खाना खान पनि मन परेर आउँछ।

अन्न, चामल र सखरखंड लगायत बिभिन्न थरिका फलफूलहरू जस्तै, नाशपाती, अंगुर र चेस्टनट जस्ता, शरद मौसममा पाईने धेरै खानेकुरा छन्। जापानको चार मुख्य ऋतुहरुमध्ये, यो शरद ऋतु एउटा रमणीय मौसम हो।

के तपाईंलाई थाहा छ, जापानमा शरद ऋतुलाई “स्योकुयोकु नो आकी”(しょくよくのあき) अर्थात् "भोक लाग्ने शरद ऋतु" पनि भनिन्छ।

किन हामीलाई शरद ऋतुमा बेसी भोक लाग्छ त?

भनिन्छ कि, गर्मीको कारण हराएको भोक पुर्न जागेर आउने र त्यस्तै बजारमा पनि धेरै स्वादिष्ट मौसमी खानेकुराहरु पाईने भएकोले शरदमा धेरै भोक लाग्छ, तर हालसालैको वैज्ञानिक अध्यन अनुसार, Basal Metabolic Rate अर्थात् शरीरलाई आराम अवस्थामा आवश्यक क्यालोरीको मात्रामा वृद्धि हुनु यसको प्रमुख कारण मानिन्छ।

जापानमा शरद मौसमको तरकारीहरुमा मुख्यतयाः, आलु, गाजर, शिईताके, गोबोउ, र सखरखंड हुन्। यस पालीको शरद ऋतुमा, यी तरकारीहरु प्रयोग गरेर, तात्-तातो परिकार बनाएर खाएर हेरौं न है।

 

【घुमघामको जानकारी [Uminonakamichi Seaside Park मा फूल महोत्सव(९/१९~११/३)]】

आज, मैले शरद छुट्टीको लागि रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।

हाल, फुकुओका शहरको हिगाशी वार्डमा रहेको "Uminonakamichi Seaside Park" मा, नोभेम्बर ३ मंगलबारसम्म, “Uminaka Hana Matsuri 2020" अर्थात् फूल महोत्सव आयोजना भईरहेको छ।

यस शरद ऋतुमा, पातहरू चम्किलो रातो हुने, कोकिआ फूल, एकदमै आकर्षक देखिन्छ। तपाईंले यहाँ लगभग २०,००० जतिको कोकिआ फूलको विशाल बगैचा हेर्न सक्नुहुन्छ।

यस अतिरिक्त, शरद ऋतुका फूलहरू जस्तै Cock's comb र Cosmos फूलहरुको आनन्द लिनुका साथै,  

विशेष गरी सप्ताहन्तमा, स-परिवार रमाइलो गर्न सकिने विभिन्न कार्यक्रमहरू पनि आयोजना भईरहेको छ।

साथै, अक्टोबर १७ देखि नोभेम्बर १ सम्मको शनिबारमा, “Uminaka Asian Festival" पनि आयोजना भईरहेको छ।

थप जानकारीको लागि, https://uminaka-park.jp/ मा हेर्नुहोला।

अक्टोबर १८ आईतबार, पार्कभित्र प्रवेश निशुल्क रहेको छ।

घरबाट बाहिर निस्कनु हुँदा, नयाँ कोरोना भाइरस संक्रमणको प्रसार रोक्न; मास्क लगाउने, खोक्दा शिष्टाचारपूर्वक खोक्ने, आदि नयाँ जीवनशैली मनमा राख्दै, रमाईलो गर्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ