ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.32

2020.11.05[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【रित्तोउ” को परिचय】

आजको कार्यक्रममा, निज्युउ सिसेक्की भन्ने कोयोमीको एउटा, “रित्तोउ” को परिचय दिनेछुI रित्तोउ  भन्नाले, “हिउँदको शुरुवात” होI

यो दिन, हरेक वर्ष, नोभेम्बर ७ या त ८ तारिक तिर पर्छ भने, यो वर्ष चाहिं, नोभेम्बर ७ शनिबारमा परेको छI

चिसो उत्तरी हावा चल्न शुरु भई, अबबाट हिउँदको जस्तै जाडो भएर आउँछ भन्ने, क्यालेन्डरमा हिउँद ऋतुको यो एक किसिमको सन्देश पनि होI

साथै, आगो प्रयोग गर्न शुरू गर्ने समय भएकोले, मन्दिरहरुमा चिन्कासाई आयोजना गरिन्छ।

फुकुओका शहरमा, निशी वार्डको "आटागो जिन्ज्या", आगो निभाउने र आगो रोकथामको देवताको रूपमा प्रख्यात छI यस वर्ष, नोभेम्बर १ मा चिन्कासाई आयोजना सम्पन्न भयो।

फुकुओकामा आगलागी रोक्नको लागि आयोजित गरिने, यो परम्परादेखि चलिआएको रितिरिवाज होI

घरमा पनि आगोबाट सावधान रहनुहोस्। आगो चलाउँदा ध्यान दिनुहोस्।

अनि, पूर्ण रुपमा हिउँद आउनु अघि नै, पक्कै पनि हिउँदको लागि तयार गरि राखौंI

 

【जापानी बगैचा・शरद पात】

फुकुओका शहरमा धेरै जापानी बगैंचाहरु छन्।

युउसेन्तेइ कोउयेन, स्योउफुउयेन, राकुसुइयेन, ओहोरी कोउयेन र निहोन्तेइयेन, जस्ता जापानी बगैंचाहरु शहरको केन्द्रमा भएकाले सजिलै जान सक्नुहुन्छ।

जापानी बगैचामा, सीमित स्थानमा पनि चारै ऋतुहरुको दृश्यको आनन्द लिन सक्नुहुन्छ।

शुल्क तिरेर माच्च्याको स्वाद लिने सुबिधाको साथै, यस ऋतुमा,बगैंचा हेरी आनन्दमय समय बिताउने र रुखहरुका रंगिन पातहरुको मनोरञ्जन लिने अत्यन्तै राम्रो मौसम होI

फुकुओका शहरमा, शरद पातको अवलोकनका लागि अरु पनि लोकप्रिय धेरै ठाउँहरु छन्।

फुकुओका सिटि म्युजियमको वरिपरि, आबुरायामा नागरिक वन, मोमीजी हाचीमान्गुउ आदि, नोभेम्बरदेखि डिसेम्बरतिर शरद पातको अवलोकनका लागि उत्तम समय होI

कोरोना भाइरस संक्रमणको बिरूद्ध कदम चाल्न नबिर्सीकन, फुकुओकाको शरद ऋतुको आनन्द लिनुहोला।

 

Go To Eat Campaign

आजकल बाहिर खाने सम्भावना अलि अलि गरि बढेर आएको जस्तो लाग्छ, तापनि सबथोक कोरोना भाइरस संक्रमणको बिरूद्ध कदम चालेर मात्र आनन्द लिने गरौँ।

बाहिर खान जाँदा, "संक्रमण रोकथाम प्रमाणित स्टीकर" टाँसिएको छ छैन हेरी पसल छनौट गर्ने, गाईडको रूपमा प्रयोग गर्नु राम्रो उपाय हुन सक्छ।

"संक्रमण रोकथाम प्रमाणित स्टीकर" भन्नाले, कोरोना भाइरस संक्रमणको रोकथामका उपायहरू लागू गर्दै आएको पसल वा सेवालाई दर्शाउने स्टिकर हो।

यसका साथै, अक्टुबरदेखि शुरु भएको "Go to Eat Campaign" प्रयोग गरेर विशेष छुट मूल्यमा बाहिर खान सक्नुहुन्छ!

प्रयोग गर्ने तरिका र तोकिएका पसलहरुको बारेमा जान्न, कृपया ईन्टरनेटमा, "Go to Eat Campaign" टाईप गरि खोज्नु होलाI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ