ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年07月

2025.07.31[Thu] 09:00

【कुओका शहरका सिफारिस गरिएका समुद्र किनार र सार्वजनिक पौडी पोखरीहरू!】

गर्मीको मौसम एकदमै चरममा पुगेको छ —तपाईंहरु समुद्र किनार जानुभइसकेको छ कि छैन?

शहरीकरण र प्रकृतिको तालमेल भएको फुकुओकामा गर्मीमा रमाइलो गर्न सकिने थुप्रै रमणीय स्थानहरू छन्।

यसपटक फुकुओका शहरमा रहेको समुद्रकिनार र सार्वजनिक पूलहरुको बारे जानकारी लिएर आएकी छु।

 

 सर्वप्रथम कुरा गरौं, समुद्र किनारको बारेमा 

【सीसाइड मोमोची समुद्री पार्क】

यो समुद्र किनार फुकुओका टावरको उत्तरतर्फ अवस्थित छ र सुरक्षित तथा आरामदायी रूपमा व्यवस्थित गरिएको छ। यहाँ समुद्रमा पौडी खेल्नुका साथै मरीन स्पोर्ट्स पनि मज्जाले गर्न सकिन्छ। Beach House मात्र होइन, वरिपरि रेस्टुरेन्ट र पसलहरू पनि छन्। तेंन्जिनबाट सजिलै पुग्न सकिने भएकोले स्थानीयबासी र पर्यटक दुवैको लागि लोकप्रिय गन्तव्य हो।

 

【शिखानोसिमा समुद्र किनार】

शिकानोसिमा जमिनसँग जोडिएको टापु हो, जसले गर्दा गाडीमा ड्राइभ गर्न पनि उपयुक्त छ। ट्रेन, बस, वा फेरी प्रयोग गर्दा शहरको केन्द्रबाट १ घण्टाभित्रै पुग्न सकिन्छ। सफा समुद्र र सेतो बालुवाले भरिएको यो समुद्र किनार अत्यन्तै सुन्दर छ। उत्तरपट्टिको “शिरोसे” क्षेत्र भने फुकुओकाको एकमात्र डाइभिङ स्पट हो।

 

【नोकोशिमा क्याम्प समुद्र किनार】

मेइनोहामाबाट फेरीमा करिब १० मिनेट लाग्छ। यो समुद्र किनार नोकोशिमा टापुमा रहेको छ र वरिपरि नरिवलका रूखले घेरिएको छ। यहाँ क्याम्प, आवास, रेस्टुराँ, पसलहरू पनि छन्, जसले गर्दा शहरको भीडभाडबाट टाढा छुट्टीजस्तो महसुस हुन्छ।

 

【ओहारा समुद्र किनार】

फुकुओकाको सबैभन्दा लामो समुद्र किनारमध्ये एक हो। खुला क्षेत्र भएकाले आरामसँग पौडी खेल्न सकिन्छ। यहाँ Beach House, BBQ, अनि बनाना बोट लगायत मरीन खेलकुदहरू मज्जाले गर्न सकिन्छ।

 

यी चार फुकुओकाका समुद्र किनारहरूमध्ये, म चाहिं सीसाइड मोमोची समुद्री पार्कमा धेरैपटक गएकी छु।

यो समुद्र किनार फुकुओका टावरको एकदमै नजिकै पर्छ, र शहरमै भए पनि साँच्चिकै ‘रिसोर्ट फील’ दिन्छ।
त्यहाँ बसेर साँझपखको सूर्यास्त हेर्दा म आनन्द हुन्छ।

अहिलेसम्म नपुगेको तर पक्कै जान चाहने ठाउँ भनेको — शिखानोसिमा समुद्र किनार हो।
मेइनोहामाबाट फेरी चढेर १० मिनेटमै पुगिन्छ, तर पुग्नेबित्तिकै अर्कै संसारमा पुगेजस्तो लाग्छ रे!
नरिवलका रूखहरूले घेरिएको त्यो प्राकृतिक बीचमा, टेन्टमा बसेर रमाइलो गर्नु – मलाई त एकदमै मनपर्छ।

त्यहाँ क्याम्प पनि गर्न पाइन्छ, र साथीभाइ वा परिवारसँग मिलेर छुट्टीको मजा लिन सकिन्छ।

यो बाहेक पनि, फुकुओका शहरमा प्राकृतिक वातावरणको मजा लिन सकिने रमाइला, शान्त समुद्र किनारहरू प्रशस्तै छन्। बरु बाहिर निस्कँदा गर्मी र डिहाइड्रेसनबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोस्!

 

अर्को जानकारी छ, पौडी पोखरीको बारेमा

【उमी नो नाखामिची सनशाइन पूल】

पश्चिम जापानको सबैभन्दा ठूलो ३०० मिटर लामो बहने पोखरी पूल सहित ६ प्रकारका विभिन्न रमाइला पूलहरू छन्। बच्चादेखि बयस्कसम्म सबैलाई रमाइलो लाग्ने यो फुकुओकाको प्रमुख गर्मी स्थान हो। गर्मी बिदामा तेन्जिन पोस्ट अफिस अगाडिबाट डायरेक्ट बस पनि चल्ने भएकाले आवतजावत गर्न सजिलो छ।

 

अब कुरा गरौं, सार्वजनिक पूलहरुको बारेमा

【फुकुओका सार्वजनिक पूलहरू】

फुकुओका शहरका सात वटै वार्डमा कम शुल्कमा सर्वसाधारणका लागि खुल्ला नागरिक पूलहरू छन्।

वर्षभरी सञ्चालन हुने यी पूलहरूमा नियमित तापक्रम कायम गरिन्छ।

साथै, पार्किङ, शावर र लक्कर पनि उपलब्ध छन्।

 

भीत्रि पूल भएकोले गर्मी वा वर्षाको मौसममा पनि चिन्ताबिना रमाइलो गर्न सकिन्छ।

गर्मीमा प्रयोग शुल्क, वयस्कको २ घण्टाको लागि ३२० येन, हाई स्कूलका विद्यार्थीको १६० येन, प्राथमिकदेखि माध्यमिक तहका बालबालिकाको ११० येन लाग्छ।

 

सहरको केन्द्रबाट सबैभन्दा सजिलै पुग्न सकिने पोखरी भनेको — तेन्जिनबाट करिब ६ मिनेट बस चढेपछि、निशि कोएन नजिकै अवस्थित 【चुओ सिमिन पूल अर्थात् Fukuoka City Chuo Ward Public Pool】 हो।

 

त्यसैगरी, २५ मिटर र ५० मिटर लम्बाइका दुवै प्रकारका पूलहरू, १ मिटरदेखि ३ मिटरभन्दा बढी गहिराइसम्मका विकल्पहरू भएको, सुविधाजनक र फुकुओका शहरकै सबैभन्दा ठूलो स्केलको पूल भनेको【सोउगो निसि सिमिन पूल अर्थात् Fukuoka City Nishi Civic Pool Complex】 हो। यस पूलमा परिवारदेखि व्यायाम गर्न चाहने सबैको लागि उपयोगी सुविधा पाइन्छ।

 

गम्भीर रूपमा पौडी खेल्नेहरूका लागि भने, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत प्रयोग हुने हाकाता वार्डमा रहेको【Prefectural Swimming Pool (Axion Fukuoka)】 उपयुक्त हुन्छ।

यहाँ ५० मिटर लम्बाइको प्रतिस्पर्धात्मक कोर्स, साथै डाइभिङ्ग पूल समेत उपलब्ध छन्।

 

अधिकांश पूलहरूमा साना बच्चाहरूका लागि कम गहिराइ भएका पूल र बाहिरी पूल पनि छन्।

यस गर्मीमा आफ्नो नजिकको सार्वजनिक पूल प्रयोग गर्दै, सक्रिय र तन्दुरुस्त रहनुहोस्!

2025.07.24[Thu] 09:00

【IRIE MUSIC with JIM BEAM SUMMER FES 2025 in FUKUOKA】

यस सप्ताहन्त, LOVE FM को रेगे संगीत कार्यक्रम "IRIE MUSIC" को संगीत कार्यक्रम आयोजना हुँदैछ।

प्रत्येक शनिबार बिहान ८ बजे प्रशारण हुने रेगे १००% प्रोग्राम IRIE MUSIC ले आयोजना गर्ने यो खुल्ला मन्चमा हुने संगीत महोत्सव हो। हरेक वर्ष अत्यधिक लोकप्रिय हुने यो कार्यक्रम यस वर्ष पनि तेंन्जिनको केन्द्रमा ३ दिनसम्म आयोजना गरिँदैछ! रेगेहिप-हप र ओकिनावालाई विषय बनाएर रमाइलो तालको उत्कृष्ट संगीत प्रस्तुत गरिनेछ। रेगे संगीतमा नौलो व्यक्तिदेखि लिएर रेगे प्रेमीहरूसम्म सबैले रमाइलो गर्न सक्ने निशुल्क संगीत कार्यक्रम हो।

कार्यक्रम शुक्रबार २५ तारिखदेखि आइतबार २७ तारिकसम्म — ३ दिन लगातार।

शुक्रबार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ।

शनिबार र आइतबार भने कार्यक्रम बिहान ११ बजेबाट रातिसम्म चल्नेछ।

स्थान, तेंन्जिन स्टेशन नजिकैको तेंन्जिन चुओ पार्क।

प्रवेश निःशुल्क छ।

संगीत महोत्सवमा स्वादिलो खानाको पनि आनन्द लिन सक्नुहुन्छ! महोत्सवमा फुकुओकाका प्रसिद्ध स्थानीय स्टलहरूविशेष ओकिनावा परिकारहरूअनि चिसो पेय पदार्थहरूको साथमा रमाइलो गर्न सकिन्छ।

उत्कृष्ट कलाकारहरूको लाइभ संगीतस्वादिलो खानार रमाइलो पेय पदार्थहरूको साथ यो गर्मीको सबैभन्दा रमाइलो संगीत क्षण अनुभव गरौं!

🔎https://lovefm.co.jp/jbsf/

 

 

फुकुओका शहरको सूचना

साइकल चलाउने नियम सम्बन्धि सूचना

प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?

जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।

  • पैदलमार्गमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ। पैदलमार्ग प्रयोग गर्दा सडकपट्टि बिस्तारै चलाउनुपर्छ।
  • साइकल प्रयोग गर्ने सबै व्यक्तिले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ।
  • राति साइकल चलाउँदा अनिवार्य रूपमा बत्ती बाल्नुपर्छ।
  • दुई जनाले एउटै साइकलमा सँगै चढ्ने वा सँ र समानान्तर रूपमा सँगसँगै साइकल चलाउने कार्य निषेध गरिएको छ।
  • छाता ओढेर सवारी गर्नु, मोबाइल फोन प्रयोग गर्नु वा ठूलो आवाजमा हेडफोन लगाएर सवारी गर्नु पनि प्रतिबन्धित गरिएको छ।
  • साथै, साइकल चलाउँदै मदिरा सेवन (ड्रिंक ड्राइभिङ्ग) गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।
  • साइकल सधैं पार्किङ स्थलमा राख्नुपर्छ। पार्किङ स्थलबाहेकको सडकमा साइकल राखेमा, त्यो पैदल यात्रीलाई अवरोध वा असुविधा पुर्‍याउन सक्छ, त्यसैले त्यसलाई परित्याग साइकल मानी हटाइन्छ। फुकुओका शहरमा हटाइएको साइकल फिर्ता लिन २,५०० येन लाग्छ, र निश्चित अवधिभित्र नलिइएमा त्यो फ्याँकिन सक्छ। व्यापारिक क्षेत्र वा स्टेशन वरपर छोटो अवधिका लागि निःशुल्क पार्किङ स्थल पनि उपलब्ध छन्, त्यसलाई प्रयोग गरौं।
  • साथै, फुकुओका शहरभित्र साइकल चलाउने जो-कोहीले साइकल बीमा लिन अनिवार्य छ। साइकल दुर्घटनामा तपाईंले अर्कोलाई ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ। यदि तपाईंले साइकल बीमा लिनुभएको छ भने, तपाईंको साइकलले कसैलाई चोट पुर्‍यायो भने उपचार खर्च बीमाले तिर्नेछ। यस्तो आकस्मिक घटनाको लागि, अवश्य पनि साइकल बीमा लिनुहोस्।

साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।

2025.07.17[Thu] 09:00

【आफ्नै बोतल (My Bottle) प्रयोग गर्न थालौं】

जुलाई महिना "नेच्च्युस्योउ अर्थात् लू रोकथाम सुदृढीकरण महिना" हो।
नेच्च्युस्योउ, कडा शारीरिक गतिविधि, वा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा शरीरमा पानी र नुनको सन्तुलन बिग्रिएरलू हुन सक्छ। सानो बालबालिकामा तापक्रम नियन्त्रण गर्ने क्षमता अझै विकास नभएकाले, थोरै समयमै असर गर्न सक्ने सम्भावना हुन्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ।

नेच्च्युस्योउ रोक्नका लागि, अत्यधिक गर्मीबाट जोगिनुहोस्। नियमित रूपमा पानी र नुनको सेवन गर्नुहोस्।

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। एक दिनमा करिब१.२ लिटर (लगभग ६ गिलास पानी)पिउनु राम्रो मानिन्छ। तिर्खा नलागे पनि स-सानो मात्रामा पानी पिउँदै गर्नु जरूरी छ। साथै, स्पोर्ट्स पेय पदार्थ र नुनिलो क्यान्डीबाट पनि नुनको मात्रा केही पूरा गर्न सकिन्छ।

फुकुओका शहरले बाहिर जाँदा पनि सजिलै पानी पिउन सकियोस् भनेर विभिन्न सार्वजनिक स्थानहरू—जस्तैवार्ड अफिस, सामुदायिक केन्द्र, जिमखाना र पार्कहरूमाचिसो धारा पानी दिने "आफ्नै बोतलमा पानी भर्न मिल्ने स्थान"स्थापना गरेको छ।

त्यस्तै, सहरका झन्डै ९० वटा पसलहरूले तपाईँको आफ्नै बोतलमा पानी, कफी आदि भरिदिने "माइ बोतल सहयोगी पसल"का रूपमा दर्ता गरिएका छन्।
यी स्थानहरूको जानकारीफुकुओका सिटीको वेबसाइटमाउपलब्ध छ।
「福岡市 マイボトルを始めよう」 भनेर सर्च गर्नुहोस्।

बाहिर जाँदा आफ्नो बोतल बोकौं, पानी समयमै पिउँदै स्वास्थ्य जोगाऔं

🔎फुकुओका सिटी मेरो बोतल सुरु गरौं! (पानी आपूर्ति स्पट / मेरो बोतल सहयोग स्टोर)

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

जुलाई महिनामा यो कार्यक्रम२२ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु,स्कुल सोसल वर्कर तथा स्कुल काउन्सिलर होरिइ चिहोद्वारा "जन्मिएर आएकामा धन्यवाद बाल्यकाल र किशोर अवस्था आपसमा जोडिएका छन् 〜" भन्ने विषयमा स्पीच दिनुहुन्छ। होरिइ चिहो, NHK टेलिभिजन कार्यक्रममा पनि देखा परिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। 

सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण छ। कार्यक्रम जापानी भाषामा सञ्चालन हुनेछ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

🔎福岡市国際会館/あったか福岡 | Fukuoka-shi Fukuoka | Facebook

 

 LINE कल मार्फत परामर्श लिन सकिन्छ!

 फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 🔎लाइन आधिकारिक खाता | फुकुओका सिटी इन्टरनेशनल फाउन्डेसन

2025.07.10[Thu] 09:00

【फुकुओका सिटी सबवे - खाली कोइन लककर खोज्ने सेवा】

फुकुओका शहरको तेनजिन र हाकाता जस्ता व्यस्त क्षेत्रमा विदेशी पर्यटकहरू बढिरहेकाले सामान राख्ने कोइन लककरको प्रयोग पनि बढेको छ। यसै कारण, फुकुओका सिटी सबवेले यात्रुहरूलाई सजिलो बनाउन तेनजिन र हाकाता स्टेशनमा नयाँ सेवा सुरु गरेको छ, जसले खाली लककर सजिलै पत्ता लगाउन मद्दत गर्छ।

यो सेवाबाट यात्रुहरूले लककर खाली छ कि छैन भनेर प्रयोग गर्न चाहेको समयमा हेर्न सक्नेछन्। स्टेशनका दुई स्थानमा रहेको लककरमा टच प्यानल राखिएको छ, जसले लककरको आकार र स्थान हेर्न सकिन्छ।

यो सेवा अंग्रेजी, चाइनिज र कोरियन भाषामा पनि उपलब्ध छ। साथै, टच प्यानल नभएका लककरहरूका लागि QR कोड स्क्यान गरेर मोबाइल फोनबाट पनि जानकारी लिन सकिन्छ।

यसबाहेक, दुबै स्टेशनमा ठूला झोला राख्न मिल्ने ठूला लककरहरूको संख्या दोब्बर बनाइएको छ, जसले सेवा अझै सहज र आरामदायी भएको छ।

अब चाँडै गर्मी बिदा सुरु हुँदैछ। फुकुओका शहर सजिलै घुम्न र रमाइलो गर्नका लागि, यदि तपाईं सँग धेरै सामान छ भने यो सेवा प्रयोग गरेर हेर्नुहोस् है।

🔎ロッカーコンシェルジュ|富士アイティ株式会社

 

 

फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

🔎फुकुओका सिटी गर्मी स्ट्रोक रोक्न र गर्मीको आनन्द लिनुहोस्

 

 

विदेशी विद्यार्थीहरूका लागि रोजगारी परामर्श सेवा सुरु गरिएको छ!

फुकुओका शहरभित्र रोजगारी चाहने विदेशी विद्यार्थीहरूका लागि निशुल्क रोजगारी परामर्श सेवा सुरु गरिएको छ।

यस परामर्श केन्द्रमा, विशेषज्ञले रोजगारीका लागि आवश्यक बसोबास अनुमति (भिसा) सम्बन्धी जानकारी, अन्तर्वार्ता तयारी लगायतका विषयहरूमा निरन्तर सहयोग र सल्लाह प्रदान गर्नेछन्।

परामर्श केन्द्रको स्थान:
फुकुओका शहर, हाकाता वार्डको तेन्यामाची स्थित "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" भित्र।

अनलाइनबाट पनि परामर्श लिन सकिन्छ।

विस्तृत समय तालिका र अग्रिम बुकिङका लागि
「Global Community Fukuoka」को Facebook पेज हेर्नुहोस्।

 🔎Global Community Fukuoka | Facebook

2025.07.03[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

➖पाहां खँल्हाबल्हा➖

【Dharma Raj Adhikari】

 

ASIA JAPANESE ACADEMY Director

https://www.a-j-academy.jp/aja/index.html

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ