福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.03.04[Thu] 09:00
आवास(住宅) , नियम तथा आचरण(ルール・マナー)
【साकुरा-मोची】
साकुरा-मोची भनेको वसन्त ऋतुलाई प्रतिनिधित्व गर्ने एक किसिमको जापानी मिठाई वागाशी हो।
साकुरा-मोची, खान्टो शैलीको च्योउ-मेइ-जी र खान्साई शैलीको डोउ-म्यो-जी गरि दुई प्रकारमा छुट्याएको पाईन्छ। दुबैलाई सामान्यतया "साकुरा-मोची" भन्ने गरिन्छ, तर अलग्याउँदा "च्योउ-मेइ-जी" र "डोउ-म्यो-जी" भन्ने गरिन्छ।
पिठोलाई मुछि बनाईएको खोललाई पोलेर त्यसमा आन्को हालिएको, क्रेप आकारको च्योउ-मेइ-जी, ग्लुटेनस चामल प्रयोग गरिएको मान्ज्युउको जस्तो डोउ-म्यो-जी। दुबै चेरी पातको नुनिलो स्वादमा पोको पारिएको हुन्छ।
गुलियोभित्र नुनिलो स्वादको कारणले गर्दा यो अत्यन्त स्वादिष्ट हुन्छ।
खैर, चेरीको पात खाए पनि नखाए पनि, यसलाई आफूलाई मन पर्ने तरिकाले खाएर आनन्द लिनु सकिन्छ।
【बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्नु】
〇 हरेक वर्ष, मार्चको अन्त्यतिर वार्ड अफिसको काउन्टरमा भीड हुने समय हो।
बसाईसराईको प्रक्रिया सकेसम्म चाँडो पूरा गर्न हुन अनुरोध गर्दछौं।
यदि फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, सर्ने दिनसम्ममा वार्ड अफिसमा बसाई सरेर जादैछु छु भन्ने सूचना पेश गरेमा, सरुवा भई जाने ठाउँको आवश्यक बसोबास सरुवा प्रमाणपत्र पाउनुहुनेछ।
यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना पेश गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएको दिनदेखि १४ दिनभित्र तपाईं सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।
वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।
शनिवार, आइतवार, र सार्वजनिक बिदाका बाहेक, कम्तिमा ५ दिन अगाडिसम्ममा स्मार्टफोन आदिबाट ठेगाना परिवर्तन, वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउन्टरमा प्रक्रिया समय कम लाग्नेछ।
〇बसाईसराईको प्रक्रिया वा लिएर जाने सामग्री आदि सम्बन्धि फुकुओका सिटी LINE Official Account मा जाँच गर्न सक्नुहुनेछ। आवास कार्ड र My Number Card पनि नबिर्सिकन लिएर जानुहोला।
काउन्टरमा भीडको स्थिति आदि पनि थाहा पाउन सकिनेभएकोले यसलाई प्रयोग गरेर हेर्नुहोला।
〇यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार, र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।
फोन नम्बर ०९२-५३२-१०१०।
शनिवार, आइतवार, र सार्वजनिक बिदाका बाहेक, कम्तिमा ५ दिन अगाडिसम्म भएमा, इन्टरनेटबाट पनि प्रक्रिया बढाउन सक्नुहुन्छ।
"Fukuoka City Waterworks Bureau" भनि खोजि हेर्नुहोस्।
【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】
कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI