ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.54

2021.04.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【नयाँ आर्थिक वर्षको परिचय र DJ को आफ्नो परिचय】

अहिले अप्रिल महिना। अप्रिललाई जापानीमा "उजुकी" भनिन्छ। अप्रिल महिना, नयाँ शैक्षिक भर्ना हुने वा नयाँ रोजगार शुरु गर्ने आदि जस्ता नयाँ जीवन शुरु हुने महत्वपूर्ण महिना हो।

नयाँ शुरुवातको मौसमसँगै, मेरो बारेमा छोटकरीमा भन्नु पर्दा, मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट।

फुकुओका आएको ६ बर्ष भयो। Kyushu University बाट Urban Planning मा PhD गरि हाल Love FM मा DJ को सँगसँगै, Professional Architect को रुपमा, जापानी डिजाईन् कम्पनीमा पनि काम गर्दैछु। यसका साथै, नेपाली भाषा सिक्न चाहाने जापानीहरुलाई बिगत ४ वर्षदेखि नेपाली भाषा पनि सिकाउँदै आईरहेकी छु।

मलाई पुरानो जापानी शैलीको भवनहरुको अध्ययनको साथसाथै नयाँ शैलीको डिजाईन् गर्न मनपर्छ। जापानी खाना मलाई असाध्यै मनपर्छ, त्यसमा पनि फुकुओकाको तोन्कोचु रामेन र ओडेन साह्रै मनपर्छ। फुकुओकामा, Dazaifu र Ohari Park चै मलाई घुम्न र फुर्सदको समय बिताउन मनपर्ने ठाउँहरु हुन्।

मेरो छोटो परिचय यति नै। आगामी दिनहरुमा पनि, यस कार्यक्रम मार्फत् फुकुओकामा बस्दै आउनुभएका नेपालीहरुका लागि फुकुओकामा सुरक्षित भई आरामदायक जीवनयापनका लागि आवश्यक जानकारीहरु, नेपालीमा सबै नेपालीहरुले बुझ्न सजिलो हुने गरि प्रदान गर्दै आउने नै छु। कृपया सुनिदिनु होला।

 

【Fukuoka City Consultation Support Center for Foreign Residents को परिचय】

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धित बिषयमा परामर्शका लागि, उपयुक्त सम्पर्क तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, ०९२-२६२-१७९९ I

सम्पर्क समय ८:४५ देखि ६:०० बजेसम्मI शनिवार, आइतवार, सार्वजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्षको दिन बिदा हुन्छ।

यो सेवा १९ भाषाहरूमा उपलब्ध छI

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ