ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.89

2021.12.09[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【सरसफाई】

२०२१ वर्ष अब थोरै मात्र बाँकी छ। जापानमा, डिसेम्बरमा घर भित्र सरसफाई गर्ने चलन छ। यसलाई जापानी भाषामा "ओसोउजी" भनिन्छ।

नयाँ वर्षको दिन भगवान्लाई स्वागत गर्न एक वर्षभरिको फोहोर हटाई सरसफाई गर्ने काम पहिलेदेखि हुँदै आईरहेको छ।

सरसफाईको लागि आवश्यक, यसको तयारी र मौसम हुन्। घमाइलो भई थोरै हावा चल्ने दिन सफाईको लागि उत्तम मानिन्छ।

धुनपखाल्नमा ठूलो मात्रामा पानी प्रयोग हुने भएकोले ओफुरोमा बाँकी रहेको तातो पानीलाई राख्ने गरेमा, पानीको बचत हुनुका साथै मनतातो पानीले हात कठ्यांग्रिनु नपाउने गरी काम छिट्टै पनि गर्न सकिन्छ।

बजारमा सरसफाईका लागि प्रयोग हुने बिभिन्न किसिमका सामानहरु पाइन्छन्। यस समयमा सरसफाईका सामानहरु धेरैले किन्ने भएकोले पसलमा सकेछ भन्नु नपर्ने गरि, बेलैमा आफूलाई चाहिने सामानको तयारी गरि राखौं।

सरसफाई गर्दा मूलतया, माथिबाट तलतिर शुरु हुन्छ अर्थात् सिलिंग→ भित्ता→ भुइँ। त्यस्तै, स्टोर→ दराज→ टिभी मुनि आदि, पछाडीबाट अगाडितिरको क्रममा सफा गर्ने गरिन्छ।

यसो गर्नाले, पहिले सफा गरिएको ठाउँमा फोहोर हुनपाउँदैन।

सफा सुग्गर घरमा नयाँ वर्षलाई स्वागत गरौं।

 

 

【विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा】

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनेको अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा सोच्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले “मानव अधिकार सम्मान सप्ताह” आयोजना गरिंदै आईरहेको छI

 

हरेक व्यक्ति आफू जस्तै स्वाभिमानी हुन्छI

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिलाने यो महत्त्वपूर्ण हप्ता हो।

SDGs द्वारा उल्लेख गरिए अनुसार "कोही पनि नछुटौं" समाजलाई महसुस गर्न, महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गर्न जरुरी छ।

तपाईंहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक सोचेर हेर्दा कस्तो होला?

 

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

खोप को लागी योग्य १२ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरु सबैलाई , फुकुओका शहरले खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम आदि जस्ता कागजपत्रहरु पठाइएको छ।

खोप लिन चाहाने व्यक्तिहरुमध्ये यदि अझै सम्म खोप लिनु भएको छैन भने, खोप लगाउन सकिने स्थानहरु आदिको बारेमा बुझ्न फुकुओका शहरको होमपेजमा हेर्नुहोला।

 

खोप निःशुल्क हो।

खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।

खोप लगाउँदा खेरि, खोप कुपनको कागजमा टाँसीदिने सील, तपाईंले खोप लगाउन सकिएको हो भनेर देखाउने महत्वपूर्ण कागज हो।

यसलाई  नहराउने गरि राख्नुहोला।

 

खोप सम्बन्धि परामर्श  लिन  र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ