福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2022.07.07[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【नाचुबाते (गर्मीको थकान)बाट बचाउने खानेकुराहरु】
जुलाई महिना गर्मीको शुरुवात हुने मौसम हो। पहिलो पटक जापानको गर्मीको अनुभव लिनु हुने सम्पूर्ण महानुभावहरु, सन्चै हुनुहुन्छ?
नाचुबाते भनेको गर्मीको थकानको कारण बिरामी पर्नु हो।
जुलाईमा पाइने खानेकुराहरू अत्यधिक पौष्टिक हुने, र गर्मीको थकानबाट बचाउन प्रभावकारी हुने भएकोले, आफ्नो दैनिक आहारमा पौष्टिक मौसमी खानेकुराहरू समावेश गरेर, जापानको यस लामो र कठोर गर्मीमा स्वस्थ भई कटाऔं।
गर्मीमा हुने पौष्टिक तत्वको कमीलाई आपूर्ति गर्न राम्रो मानिने तरकारीहरुमध्ये एक हो, तिते करेला।
यसलाई नपकाईकन काँचै खानुभयो भने अलि तीतो हुन्छ, तर तेलमा भुटेर, वा अरु तरकारीहरूसँग मिसाएर यसको बिभिन्न परिकारहरु बनाएर आनन्द लिन सकिन्छ। तिते करेला जुलाईको एकदम मनपराउने तरकारीहरुमा पर्छ।
〇जापानको हप्हप्ति गर्मीमा साँझको रमाइलो भन्नाले चिसो बियर र एडामामे अर्थात् हरियो भटमास हो।
जुलाईदेखि हरियो भटमासको मौसम भएकोले, र यो रक्सीसँग जम्ने हुनाले इजाकाया आदिको मेनुमा पनि देखिन्छ। प्रायः धेरैजसो देखिराख्ने खाना भए पनि, उच्च गुणस्तरको प्रोटिन र पोटासियम प्रशस्त मात्रा पाइने, यो स्वादिलो र पौष्टिक तरकारीमा पर्छ। हरियो भटमासलाई पानीले धोएर, तातो पानीमा उमालेर वा माइक्रोवेभमा तताएर सजिलै खान सक्नुहुन्छ।
यी तरकारीहरू सुपरमार्केट र कन्भिनीहरूमा सजिलै उपलब्ध छन्।
राम्रोसँग खाएर गर्मीको थकानबाट बच्नुहोस्।
【फुकुओका शहरको सूचना】
नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना
फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।
हाल, तेस्रो पटक र चौंथो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।
यी दुबै, दोस्रो पटक वा तेस्रो पटकको खोप लिनुभएको ५ महिना पूरा हुने समयतिर खोप कुपन हुलाक मार्फत् पठाउने गरिएको छ।
चौथो पटकको खोपका लागि लक्षित बर्गमा, ३ पटक खोप लगाई सक्नुभएका ६० वर्ष वा सोभन्दा माथिका र १८ देखि ५९ वर्ष उमेरका अन्तर्निहित रोग भएका महानुभावहरु पर्दछन्।
खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।
खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।
अन्तर्निहित रोग भएका व्यक्तिहरूका लागि पनि दर्ता स्वीकार गर्छौं।
५ देखि ११ वर्षका बालबालिकाहरुलाई पनि खोप दिईरहेको छ।
फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ। नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।