福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2022.07.14[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【एकिबेन वार्षिकोत्सव】
विभिन्न वार्षिकोत्सवहरू हुने जापानमा, जुलाई १६ को दिन "एकिबेन वार्षिकोत्सव" हो।
"एकिबेन" भन्नाले स्टेशनमा बेचिराख्ने बेन्टो बक्स हो। जुन रेल यात्राको लागि अपरिहार्य मानिन्छ।
सन् १८८५ जुलाई १६ मा, हालको JR तोहोकु होन्सेन्मा रहेको उचुनोमियामा जापानको पहिलो एकिबेन बेचिएको थियो। स्थानीय होटेलले ओनिगिरी दुईवटा र खादेको मूलाको अचार राखेर बाँसको बोक्रामा बेरेर, हालको मूल्य करिब १००० येन जतिमा बेचेको भनिन्छ।
त्यस पश्यात्, एकिबेन जापानभर फैलियो।
यहाँ फुकुओकामा, ओरिओ स्टेशनमा रहेको "काशिवा-मेशी" प्रसिद्ध छ।
पक्कै पनि, हाकाटा स्टेशनमा पनि विभिन्न किसिमका एकिबेनहरु बिक्रीमा राखिएका छन्। तपाईंहरु पनि रेलबाट यात्रा गर्नुहुँदा, एकिबेन र ओच्याको साथमा जाँदा कसो होला? दृश्यको आनन्द लिंदै खाने एकिबेनको मज्जा नै बेग्लै छ।
बरु, रेलभित्र खाईसक्नु भएपछि एकिबेनको फोहोरलाई लैजाने गर्नुहोस्। फोहोरलाई रेलभित्र छोड्न नहुने भएकोले यसप्रति ध्यान दिनुहोस्!
【फुकुओका शहरको सूचना】
स्टर सिटीको वार्षिकोत्सव बारेमा
〇फुकुओका शहर, हाल आठ वटा शहरहरुसँग सिस्टर सिटीको सम्बन्ध रहेको छ। प्रत्येक शहरको आ-आफ्नो विशेषताहरु एकआपसमा आदानप्रदान गरिंदै आइरहेको छ।
यस वर्ष संयुक्त राज्य अमेरिकाको Auckland शहरसँग सिस्टर सिटी सम्झौता भएको ६०औं वार्षिकोत्सव हो भने, फ्रान्सको Bordeaux शहरसँगको ४० औं वार्षिकोत्सव हो।
वार्षिकोत्सवको अवसरमा, दुबै शहरहरूमा PR कार्यक्रमहरू आयोजना गर्ने, र परिचित प्रतिनिधिहरू पठाउने गरिन्छ।
कार्यक्रमको विवरण वा प्रत्येक सिस्टर सिटीसँगको आदानप्रदान गतिविधिहरू सम्बन्धि जानकारीहरुका लागि, [fukuoka8] भनि खोजेर, फुकुओका सिटी सिस्टर सिटी कमिटी (Fukuoka City Sister City Committee)को होमपेजमा हेर्नुहोस्।
Asian-Pacific City Summit को बारेमा
Asian-Pacific City Summit जुलाईमा आयोजना हुन गईरहेको छ।
यस शिखर सम्मेलनमा, हामी सबैले आफ्नो वरपर देखिरहेको र भोगीरहेको शहरी समस्याहरू र तिनका समाधानहरूको बारे, एशिया-प्रशान्त क्षेत्रका शहरहरुका प्रतिनिधिहरूसँग अनलाइन मार्फत् छलफल गरिन्छ।
यस पटकको विषय रहेको छ, " New Values – New Cities नयाँ मूल्यमान्यताहरु - नयाँ शहरहरू"।
कोरोनाका कारण देखापरेका शहरी समस्याहरू एकआपसमा विचार बिमर्श गर्दै नयाँ मूल्यमान्यताहरुका साथ नयाँ शहरी विकासको बारेमा छलफल गरिनेछ।
सहभागिताको लागि दर्ता गरेर जो कोहीले पनि प्रशारण हेर्न सक्नुहुन्छ।
विवरणको लागि, [APCS13th] भनि खोजेर, "१३ औं Asian-Pacific City Summit" को विशेष साइट
हेर्नुहोस्।