福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2022.07.21[Thu] 09:00
अन्य(その他)
【हिमावारी अर्थात् सूर्यमुखी फूल】
सूर्यमुखी, गर्मी मौसमलाई दर्शाउने फूल। सिधा उठेका डाँठहरूबाट सूर्य जस्तो ठूला-ठूला थुंगा भएको फूलहरु फुल्ने गर्छन्। अग्लो डाँठ भएका सूर्यमुखी फूलहरू सबैलाई थाहा नै होला, तर विबिध मिश्रणले गर्दा यो फूल लगभग १० सेन्टिमिटर जतिको बोटमा पाईनुका साथै अन्य विभिन्न प्रकारहरूमा पनि पाउन थालेको छ।
सूर्यमुखी फूलका लागि विशेष खालको माटो नभएनि हुन्छ। जमिन उर्वर भए बिना मल पनि फूल्छ।
गमलामा रोपिएका सूर्यमुखीहरुमा पानीको मात्रा राम्रो हुनुपर्छ। अनि बेसी भएको पानी फाल्ने र पानीको मात्रा मध्यम रुपमा रहिरहने किसिमको माटोको प्रयोग गर्नु उपयुक्त हुन्छ।
पक्कै पनि तपाईंहरुले सूर्यमुखी फूल घरमा रोप्न सक्नुहुन्छ, तर यदि धेरैभन्दा धेरै सूर्यमुखीहरू हेर्न चाहनुहुन्छ भने, फुकुओका शहर निशीकुको "नोकोनो शिमा आइल्याण्ड पार्क" वा यानागावा शहरको "यानागावा हिमावारी एन" मा घुम्न जान सक्नुहुन्छ।
आँखाले भ्याउने सम्मको सूर्यमुखी फूलहरूलाई हेर्दा मनमुक्ध पार्छ होला।
प्रेमी/प्रेमिकासँगको डेट होस् वा गर्मी मौसममा ड्राइव, मौसमी फूलहरूको आनन्द लिएर हेर्दा कसो होला?
【फुकुओका शहरको सूचना】
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
कानूनी परामर्शको परिचय
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि हरेक महिनामा दुई पटक निःशुल्क “कानूनी परामर्श” प्रदान गर्दै आईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्।
बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान पौने ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।
विदेशी भाषा समाचार पत्र "FCIF" ग्रीष्म ऋतु संस्करण प्रकाशनको सूचना
〇 फुकुओकामा बस्दै, जीवनयापन गरि रहनु हुने विदेशीहरूप्रति लक्षित, जीवनयापन सम्बन्धि जानकारी वा जापानी संस्कृति, कार्यक्रमहरू आदिको बारेमा जानकारी दिने विदेशी भाषा समाचार पत्र "FCIF", प्रत्येक तीन महिनामा अंग्रेजी, चाइनिज र कोरियन भाषामा प्रकाशन भईरहेको छ।
जुलाईमा प्रकाशित "FCIF" ग्रीष्म ऋतु संस्करणको विषयवस्तु रहेको छ, "फुकुओकामा ग्रीष्म ऋतुको आनन्द लिऔं"।
यसपटकको ग्रीष्म ऋतु संस्करणमा, फुकुओकामा हुने ग्रीष्म ऋतुका कार्यक्रमहरू, बाहिर घुमघामका स्थलहरु, समुद्रमा खेल्दा अपनाउनु पर्ने सावधानीहरू आदि बारे जानकारीहरु समाबेश छन्।
साथै, यस वर्षदेखि, फुकुओकामा बस्दै आउनु भएका विदेशीहरुसँगको अन्तर्वार्ता स्तम्भ पनि शुरु गरेका छौं। उहाँहरुको फुकुओका आउनुको कारण र जीवनयापन आदिको बारेमा कुराकानी पोस्ट गर्दै जानेछौं, अवश्य पढेर हेर्नुहोला!
समाचार पत्र तपाईं बस्नुभएको वार्ड कार्यालय, नगरपालिका कार्यालयको सूचना प्लाजा, फुकुओका सिटी इन्टरनेशनल सेन्टर आदिबाट पाउन सक्नुहुन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज "www.fcif.or.jp" मा पनि हेर्न सक्नुहुन्छ।