福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2023.04.13[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【फुकुओका शहरको बारेमा】
यो वसन्तमा, फुकुओका शहरमा नयाँ जीवनयापन गर्न लागेका धेरैजना हुनुहुन्छ होला, त्यसैले आजको कार्यक्रममा फुकुओका शहरको बारेमा छोटो परिचय दिन चाहन्छु।
फुकुओका शहर, "एसियाको प्रवेशद्वार" को रूपमा, धेरै अन्तर्राष्ट्रिय उडानको सेवा भएको,
क्युशुको राजनीति, अर्थव्यवस्था, संस्कृति र फेसनको केन्द्रको रूपमा समृद्ध भई अत्यन्तै स्फूर्त शहर हो।
१६ लाख भन्दा बढी जनसंख्या भएको, स्वदेशी र विदेशी दुवै क्षेत्रबाट धेरै आप्रवासीहरू भएको जसमा हाल यहाँ ४० हजार विदेशी बसोबास गरिरहेका छन् ।
यातायातको राम्रो सुविधा, जापानको उत्कृष्ट याताई, खाद्य संस्कृतिको उच्च गुणस्तरको अतिरिक्त, किनमेल सुविधाहरू पनि प्रशस्तै भई, शहरी पूर्वाधारहरू कम्प्याक्ट रूपमा ब्यबस्थित छन्।
साथै, समुद्र र पहाडले घेरिएको, धेरै पार्कहरू भएको, शहर र प्रकृतिको मेल पनि आकर्षित भएकोले, यहाँ बस्न धेरै सुविधाजनक र आरामदायी छ!
हावापानी राम्रो हुने यस मौसममा, तपाईहरु पनि पक्कै पनि बिदाको दिनमा शहर वरिपरि हिड्डुल गरेर आनन्द लिनुहोस्।
【फुकुओका शहरको सूचना】
फोहर फाल्ने नियम सम्बन्धी
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फाल्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फाल्ने गरिन्छ।
जल्ने फोहर, खाली सिसाको बोतल/प्लास्टिकको बोतल, अनि नजल्ने फोहर गरी ३ किसिमका हुन्छन्।
कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छ।
फाल्न चाहनुभएको फोहरको नाम राख्नुभयो भने, फोहरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर संकलन गराउन सक्नुहुन्छ।
कृपया शुल्क, फोहर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर,
०९२-७३१-११५३ । दोभाषे सेन्टर मार्फत् १८ वटा भाषाहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको छ।
यस अतिरिक्त, QR कोड इस्क्यान् गर्नुभयो भने, १० वटा भाषाहरुमा, फोहर फाल्ने नियमहरू जानकारी दिने सेवा पनि उपलब्ध छ। फुकुओका शहरको होमपेजमा हेर्नुहोला।