ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.214

2024.05.02[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【हाकाता डोन्टाकु मिनातो महोत्सव】

फुकुओकाको गोल्डेन वीकलाई रंगीन बनाउने परम्परागत महोत्सव भनेको "हाकाता डोन्टाकु मिनातो महोत्सव" हो! यसलाई "फुकुओका नागरिकको महोत्सव" को रूपमा पनि चिनिन्छ, र यस वर्ष यो मे ३ र ४ तारिखमा दुई दिनसम्म मनाइनेछ।

यस महोत्सवको ८४० वर्ष भन्दा बढीको इतिहास रहेको छ, जुन हाकाताको परम्परागत कला 'माचुबायाशी' बाट सुरु भएको हो। यस महोत्सवमा सुन्दर रंगीन पोशाक लगाएर, शहर भरि "स्यामोजी" अर्थात् काठको पन्यू बोकेर नाच्दैहिँड्ने, विशेष किसिमको परेड हो।

परेडका साथै, शहरभर विभिन्न स्थानमा विविध कार्यक्रमहरू आयोजना हुन्छन्, जसमा परम्परागत कलाको प्रदर्शनी, कलाकारहरूको लाइभ प्रस्तुति र दिनभर स्टलहरू पनि राखिन्छन्। त्यहाँ फुकुओकाको प्रसिद्ध उमेगाए मोचि जस्ता खानाको  आनन्द पनि लिन सक्नुहुन्छ।

शहरवासीहरू मात्र नभई, देशभित्र र विदेशबाट पनि धेरै पर्यटकहरू आउने, र हरेक वर्ष २० लाख भन्दा बढी मानिसहरूको चहलपहल हुने "हाकाता डोन्टाकु मिनातो महोत्सव" हो। यो हाकाताको ईतिहास, संस्कृति, र मानिसहरूको जीवनशक्ति महसुस गर्ने एक उत्कृष्ट अवसर हो। अवश्य जानुहोस्!

 


【फुकुओका शहरको सूचना】

 साइकल चलाउने नियम सम्बन्धि सूचना

प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईंहरुलाई साइकल चलाउने तरिका र नियमको बारेमा थाहा छ?

जापानमा नियम अनुसार साइकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छ।

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउने गरौं।  

साइकल चलाउने सबैले हेलमेट लगाउने गरौं।

राति नबिर्सिकन लाइट बाल्ने गरौं।

दुई जना चढ्ने र समानान्तर रूपमा सँगसँगै साइकल चलाउन निषेध भएकोले त्यस्तो कार्य नगरौं।

साथै, साइकलको हकमा पनि मादक पदार्थ सेवन गरी नचलाऔं।

छाता ओढेर चलाउने, मोबाइल फोन वा हेड फोन प्रयोग गरेर साइकल चलाउने गर्दा, दुर्घटनाको खतरा हुने भएकोले यस्ता कार्यहरु नगरौं।

साइकल पार्किंग गर्दा तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।

साइकल पार्किङस्थल बाहेकका सडकमा पार्क गरिएका साइकलहरू, पैदल यात्रुहरुलाई समस्या पुर्‍याउने वा अवरोध हुने भएकाले, अनावश्यक रूपमा छाडिएका साइकलको रूपमा सारिन्छ।

फुकुओका शहरमा, यसरी उठाएर लगेका साइकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।

व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।

यस अतिरिक्त, फुकुओका शहरमा साइकल चालकहरूले अनिवार्य रुपमा साइकल बीमा गर्नुपर्छ। साइकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने अवस्था आउन सक्छ। 

तर, साइकल बीमा लिएको खण्डमा, उदाहरणका लागि, साइकल चलाउँदै गर्दा, कसैलाई चोटपटक पुगाएमा उपचार खर्च जस्ता खर्चहरू तपाईंको साटोमा बीमा कम्पनीले तिर्नेछ। 

सम्भावित दुर्घटनाको लागि तयारीका स्वरूप, अवश्य पनिसाइकल बीमा लिऔं।

पर्यावरण अनुकूल र सुविधाजनक सवारी साधन हो, साइकल। यसलाई चलाउँदा नियम तथा आचरणको पालन गर्ने गरौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ