ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.218

2024.05.30[Thu] 09:00

【चुयु (वर्षा ऋतु) र मौसमी फूल-आजिसाई】

जापानमा, वसन्तबाट गर्मी मौसममा परिवर्तन हुने अवधिमा, धेरै पानी पर्ने र बादल लाग्ने गर्छ, जसलाई चुयुभनिन्छ। फुकुओकामा औसत वर्षमा, चुयु जुनको शुरुतिर शुरु भई जुलाईको मध्यमा समाप्त हुन्छ।

यस्तो वर्षाको मौसममा आनन्द लिन सकिने मौसमी फूल हो, आजिसाई। 

आजिसाई फूल जापानको मौलिक फूल हो। फूल फुल्ने शुरुमा फूलको रङ फिक्का हुन्छ र दिन बित्दै जाँदा फूलको रंग गाढा हुँदै जान्छ। माटोको अम्लताको आधारमा फूलको रंग परिवर्तन हुन्छ।त्यसैले फरक स्थानमा फरक रङ्गका आजिसाईहरुको आनन्द लिन सक्नुहुन्छ।

फुकुओका शहरमा आजिसाई फूल हेर्नका लागि उपयुक्त स्पटहरुमध्येमा, हिगाशी वार्डमा रहेको "हाकोजाकी श्राइन" र हाकाता वार्डमा रहेको "तोखा एबिसु जिन्ज्या" हुन्।

मन्दिर परिसरमा फूलाईएका आजिसाईहरूका साथै, प्रार्थना गर्नु अघि हात र मुख धुने  पानी राख्ने भाँडोमा सजाइएको आजिसाईहरुलाई पनि हेर्न नछुटाउनुहोस्। यसलाई "हानाच्योजु"भनिन्छ। पानीको सतह टम्म भर्ने गरि राखिएका रंगीन आजिसाईहरु अति सुन्दर अनि  मन्दिरको पवित्र वातावरणसँग पनि अर्थपूर्ण रहेको यस सजावटले जोकोही आँखालाई तान्छ ।

उदास लाग्दो वर्षाको समय भएपनि, पक्कै पनि बाहिर निस्कनुस् अनि जीवन्त आजिसाई फूलहरुको साथमा आनन्द लिनुहोस्।

 

 

जुनकिरी

त्यस्तै, अर्को विषयवस्तु पनि यस समयमा हुने विशेषताहरुमध्ये पर्छ।

हजुर, जुनकिरी नाच्ने मौसम आइसकेको छ। जापानमा जुनकिरीलाई गर्मीको प्रतीक मानिन्छ। 

जुनकिरी नाच्दा बत्ती जस्तै चम्किने भएकोले यो मनमोहक र सुन्दर भई, धेरै मानिसहरूलाई यसले आकर्षित गर्ने गरेको छ। फुकुओकामा जुनकिरीहरू हेर्नका लागि सबैभन्दा राम्रो समय, हरेक वर्ष मेको अन्त्यदेखि जूनको शुरुसम्म हो। जुनकिरीहरु प्राकृतिक र स्वच्छ पानी वरिपरि बस्न मन पराउँछन्।

फुकुओका प्रिफेक्चरमा जुनकिरीहरू बस्ने प्राकृतिक धनी स्थलहरू धेरै छन्। जसमध्ये जुनकिरीहरू हेर्न सकिने ठाउँहरुमा, फुकुओका शहर च्युउ वार्डमा अवस्थित तोजिन माचीमा रहेको "म्योहोजी" मन्दिर हो। यो जुनकिरीहरू बस्ने मन्दिरको रूपमा चिनिन्छ।

हरेक वर्ष ३००० भन्दा बढी मानिसहरु, यो समयमा शहरमा बस्ने जुनकिरीहरूको आनन्द लिनको लागि हेर्न जान्छन्। साथै, यस सप्ताहन्तमा, जुन १ ( शनिबार) को दिन "जुनकिरी फेस्टिभल"आयोजना हुन गईरहेको छ।

बगैँचामा बस्ने स-साना जीवहरू अनि विशाल मन्दिर परिसर भित्रको खोलामा उड्दै नाच्ने जुनकिरीहरूको मनमोहक कोमल प्रकाशलाई हेरेर आनन्द लिऔं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ