福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.08.08[Thu] 09:00
जापानी भाषा(日本語)
【हाकाता नाचु माचुरी・तेन्जिन नाचु माचुरी】
फुकुओकाको गर्मीलाई झकझक्याउने महोत्सव, 【हाकाता नाचु माचुरी】, 【तेन्जिन नाचु माचुरी】 आयोजना भइरहेको छ। तेन्जिनको कार्यक्रम स्थल रफुकुओका सिटी हलको पश्चिममा रहेको फुरेआई हिरोबामा, १८ तारिक आइतबारसम्म, हरेक दिन आयोजना हुनेछ।
हाकाताको कार्यक्रम स्थल, JR हाकाता स्टेशन अगाडिको हिरोबामा, २२ तारिक बिहीबारसम्म,हरेक दिन आयोजना हुनेछ।
खाकीगोरी, याकिसोबा, हाकाता स्वादको फूड स्टलहरू, योयो फिसिङ, शूटिङ ग्यालरी जस्ता मेलाका स्टलहरू, र संगीत लाइभ स्टेज पनि छन्। सबैले "यागुरा" लाई घेरेर घेरा बनाएर, संगीतको तालमा मिलेर नाच्ने "बोन डान्स" को मनोरञ्जन लिन सक्नुहुन्छ। पहिलो पटक भए पनि रमाइलो शतप्रतिशत हुनेछ । जापानमा मात्र मनाईने यो विशेष उत्सवको मजा पक्कै पनि लिनुहोस्♪
【फुकुओका शहरको सूचना】
जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी
यस पटक, शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयको जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी दिनेछु।
यो साइट विदेशीहरुले स्वअध्ययनबाट जापानी भाषा सिक्न सकून् भन्ने उद्देश्यले बनाइएको हो। यो साइटबाट जापानी भाषामा संवाद गर्न र दैनिक जीवनमा आवश्यक जापानी भाषा सिक्न सकिन्छ।
यो साइटमा, जापानी, अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी लगायत १८ भाषाहरुमा सेवा उपलब्ध छन्।
१देखि ३स्तर सम्मका पाठहरू छन्, र तपाईं आफ्नो स्तरअनुसार सिक्न सक्नुहुन्छ। कुन स्तरमा सिक्ने भन्ने कुरा तपाईँको जापानी भाषाको क्षमतालाई जाँच गरेर थाहा पाउन सक्नुहुन्छ।
उदाहरणका लागि, "किनमेल गर्ने," "अस्पताल जाने," "बालबालिकालाई हुर्काउने" जस्ता अवस्थामा प्रयोग हुने जापानी भाषा भिडियो मार्फत सिक्न सक्नुहुन्छ। जापानी भाषा, रोमन अक्षर, र विदेशी भाषामा उपलब्ध उपशीर्षकहरू हेर्दै, अर्थ र उच्चारण दुवै राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ। साथै, भिडियोमा भएका सबै संवादहरूको सूची पनि हेर्न सक्नुहुन्छ।
जापानी भाषामा धेरै प्रकारका अक्षरहरू छन्, जसले गर्दा यो कठिन लाग्न सक्छ।
यस साइटमा नाम, ठेगाना, र दैनिक जीवनका कागजातहरूको पढाइ र लेखाइका टिप्सहरूको पनि परिचय दिइन्छ। त्यस्तै, "कर" र "चिकित्सा" प्रणालीको बारेमा भिडियोहरू र दैनिक जीवनमा उपयोगी हुने स्तम्भहरू पनि छन्, जसले गर्दा यो साइट धेरै उपयोगी छ।
"つながるひろがる にほんごでのくらし(चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी)" खोजेर, कृपया चासो लागेको अवस्थाबाट जापानी भाषा सिक्न शुरु गर्नुहोस्।
फुकुओका शहरको वेबसाइट "Support for Foreign Residents" मा पनि लिङ्क समावेश गरिएको छ।
यसका साथै, फुकुओका शहरमा, सामुदायिक केन्द्रहरू लगायतका स्थानहरूमा स्वयंसेवक शिक्षकहरूले पढाउने धेरै जापानी भाषा कक्षाहरू छन्। ती प्रत्येक कक्षाहरूको स्तर, सहभागी शुल्क, र विषयवस्तुहरूको बारेमा "निहोंगो क्लास म्याप" मा जानकारी दिइएको छ। प्रारम्भिक कक्षामा बिस्तारै अध्ययन गर्न सक्नुहुन्छ।खान्जी अभ्यास गर्ने कक्षाहरू पनि छन्, जापानी संस्कृति सिक्ने, र जापानी भाषा सिक्दै गर्दा स्थानीय बासिन्दाहरूसँग रमाइलोसँग अन्तरक्रिया गर्न सकिने कक्षाहरू पनि उपलब्ध छन्।
"福岡市にほんご Class Map (फुकुओका सिटी निहोंगो क्लास म्याप)" भनि खोजी, नजिकको जापानी भाषा कक्षा फेला पार्नुहोस्।