福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.08.29[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【अंगूर बजार】
अहिलेको मौसमी फल भनेको "अंगुर"। फुकुओकामा पनि स्वादिष्ट अंगुर खान पाइन्छ। के तपाईंहरुलाई थाहा छ, फुकुओका सिटीकोनिशि वार्डमा रहेको खानाताके क्षेत्र, स्वादिष्ट अंगुर उत्पादन हुने क्षेत्र हो। प्रकृतिले घेरिएको माटो, अंगुर खेतीका लागि उपयुक्त हुने भएकोले यहाँ करिब ५० वर्षदेखि यसको खेती गरिँदै आएको छ।
यस वर्ष पनि मीठो र स्वादिष्ट "अंगुर" सिधै उत्पादन क्षेत्रबाट बिक्री गर्न सुरु भएको छ। "खानाताके नो सातो पार्क" भित्र, "CO_YARD KANATAKE" मा, सेप्टेम्बरको मध्यसम्म मात्र फसलको अवधिमा बिक्री गरिन्छ। हरेक बिहान ९ बजेबाट, सो दिन टिपेका रसिला "अंगुरहरु" विभिन्न जात र ब्रान्डमा पङ्क्तिबद्ध राखेका हुन्छन्। शाइन मस्कट पनि उपलब्ध छ। दिउँसो पनि बिक्री गरिन्छ, तर एक पटक बिक्री सकिएपछि, बजार बन्द हुन्छ, त्यसैले त्यहाँ चाँडै पुग्नु राम्रो हुन्छ।
मौसमी फलबाट पौष्टिकता प्राप्त गरेर, बाँकी गर्मीलाई पनि सहजै पार गरौं!
【Cinema Night Fukuoka】
अब अर्को जानकारी छ, "Cinema Night Fukuoka" को बारेमा।
फुकुओका सिटीको निशि वार्ड उमी नो नाखामिचीमा रहेको रिसोर्ट होटल "The Luigans Spa & Resort" मा आयोजना हुने आउटडोर चलचित्र हेर्ने कार्यक्रम हो।
गर्मी मौसममा, समुद्र किनारको नजिक रातको हावाको मज्जा लिंदै, ठूलो स्क्रिनको अगाडि लेजर शीट ओछ्याएर आरामसाथ चलचित्र हेर्न सकिने यो कार्यक्रम, लोकप्रिय बन्दै आएको छ।
यो कार्यक्रम सेप्टेम्बरसम्म हरेक बुधवार र शनिबार राति आयोजना हुन्छ। प्रवेश तथा चलचित्र हेर्न निःशुल्क हो! चलचित्रहरूमा, नयाँ फिल्महरूदेखि लिएर सदाबहार क्लासिकहरू, र बच्चाहरूको लागि एनिमेटेड फिल्महरू समेत समावेश छन्।
साथै, कार्यक्रम स्थलमा किचन कारहरू पनि हुन्छन्, त्यसैले पेय पदार्थ र खानाका साथ चलचित्रको मजा लिन सक्नुहुन्छ।
समुद्र किनारको घाँसे मैदानमा सूर्यास्त हेर्दै कार्यक्रम सुरु हुन्छ, र रातको आकाशमुनि आरामसँग चलचित्र हेर्न सक्नुहुन्छ। यदि समय ठ्याक्कै मिल्यो भने, आतिशबाजी पनि देख्न सक्नुहुन्छ♪
जान ईच्छुक महानुभावहरुले, आधिकारिक वेबसाइटमा गएर प्रदर्शन हुने चलचित्रहरूको जानकारी लिई, बुकिङ गर्नुहोस्।
गर्मीको रातको लागि उपयुक्त मानिने यस कार्यक्रमको अनुभव लिएर हेर्दा कसो होला♪