ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.236

2024.10.03[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【शरद ऋतुको स्वाद】

गर्मी कम हुँदै, शरद ऋतुको स्वादहरू अझै मिठो हुँदै आएको यो मौसममा, यो हप्ता, मौसमी स्वादिष्ट तरकारीहरूको जानकारी लिएर आएकी छु।

शरद ऋतुको मुख्य परिकारहरू जस्तै " सखरखण्ड", "फर्सी", "चेसनट", जुन वर्षभरि खान पाइन्छ, तर यो समयमा पाक्ने हुँदा, यसको मिठास र स्वाद अझ बढ्छ। हल्का भुटेर वाटेम्पुरा गरेर, भात, सीच्यु, उमालेर वा बेक गरेर विभिन्न परिकारमा मजा लिन सकिन्छ। 

यस बाहेक, "रेन्कोन" र "गोबो" जस्ता जराहरू हल्का भुटेर वाटेम्पुरा वा चिप्स बनाएर पनि स्वादिष्ट हुन्छ। पिसेको मासु वा अन्य मासुका परिकारसँग पनि राम्रो जम्छ।

अनि, महँगो भए तापनि , यो समय मात्रै पाइने "माचुटाके" च्याउ, जसको सुगन्ध र स्वादको मजा ग्रिल गरिएको भात, ताकिकोमी भातवा माटोको भाँडोमा भापिएको भात बनाएर लिन सकिन्छ।

माछामा, नुन मात्र हालेर ग्रिल गर्दा उत्कृष्ट "सान्मा", बोसो भएको "साबा", "शरदकालीन साल्मोन", काँचो वा ताताकिमा स्वादिलो "मोदोरी खाचुओ", अनि सजिलै पकाउन मिल्ने "मादाई" सबै शरद ऋतुमा विशेष स्वादका पाइन्छन्। पक्कै पनि ताजा मौसमी माछाको स्वाद लिनुहोस्।

फलहरूमा, "नास्पाती", "अङ्गुर", "हलुवाबेद", र "स्याउ" छन्। त्यसलाई त्यस्तै खानु मात्र होइन, सलाद वा जाम बनाएर पनि मजा लिन सकिन्छ। यो समयमा मात्रै पाइने मिठाईहरू पनि थरिथरिका छन्।

शरद ऋतुमा स्वादिष्ट परिकारहरू प्रशस्तै पाइन्छन्! मौसमी खानेकुरा पोषक तत्वले भरिएको हुने भएकोले,  शरद ऋतुका स्वादहरूको भरपुर आनन्द लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

The Creators 2024

रचनात्मक रमनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2024"को सूचना छ।

यस वर्ष पनि नवीनतम मनोरञ्जनका बिषयवस्तुहरू र प्रविधिको उपयोग गरिएको सामग्रीहरू प्रस्तुत गर्ने योजना रहेको छ।

यस वर्षको कार्यक्रम दुई हप्ता, अक्टोबर ५ (शनिवार) र ६ (आइतवार), साथै १२ (शनिवार) र १३ (आइतवार) मा आयोजना हुनेछ। पहिले दुई दिनमा मात्र अनुभव गर्न नसकिएका विविध सामग्रीहरूलाई यस पटक विस्तारमा, आरामसँग अनुभव गर्न सक्नुहुन्छ।

पहिलो हप्ताको अक्टोबर ५ (शनिवार) र ६ (आइतवार) मा, ध्वनि र दृश्यको माध्यमबाट अनौठो अनुभव प्रदान गर्ने लोकप्रिय इभेन्ट "खेल्न सकिने! डिजिटल आर्ट प्रदर्शनी", साथै प्रोग्रामिङ र हस्तकलाको कार्यशाला, र फुकुओकाको क्रिएटिभ कम्पनीले विकास गरेको 3D नृत्य सिर्जना गर्ने AI सेवा "सबैभन्दा शक्तिशाली AI डान्सर" को प्रयोग गरेर AI डान्स शो Fukuoka City Science Museum मा आयोजना हुनेछ।

दोस्रो हप्ताको अक्टोबर १२ (शनिवार) र १३ (आइतवार) मा, विशाल लाइटिंग र स्क्रीनमार्फत प्रदर्शन गरिएको स्टेजमा क्रिएटरहरू र कलाकारहरूको लाइभ, साथै eSports का प्रो खेलाडीहरू र विद्यार्थीहरूबीचको बटल स्टेज, "इमर्सिभ" विषयको अन्तर्गतका अनुभवात्मक बूथहरू, VR अनुभव गर्न सकिने ट्रक जस्ता विविध सामग्रीहरू फुकुओका सिटी हल पश्चिमी क्षेत्रमा रहेको फुरेआइ हिरोबामा आयोजना हुनेछ।

त्यस बाहेक, फुकुओकाको नगरपालिकाको पहिलो तल्लाको लबीमा, लोकप्रिय मंगाओसिनोकोको संसारलाई अनुभव गर्न सकिने नयाँ इमर्सिभ स्पेस "मंगा डाइभ" को स्याटेलाइट स्थल पनि राखिएको छ। Fukuoka Asian Art Museum मा भने, लोकप्रिय फिल्म "समर वार्स"को प्रर्दशन र फिल्म निर्माणको अनुभव प्रदान गर्ने कार्यशाला जस्ता कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। यी सबै स्थलहरूको प्रवेश निःशुल्क हुनेछ।

"क्रिएटिभ सहर फुकुओका" मा नयाँ संस्कृतिको र प्रविधिको सम्पर्कमा आउँदै, चार दिनको उत्कृष्ट मनोरञ्जन र नवीनतम प्रविधिको अनुभव लिनुहोस्!

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ