ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.260

2025.03.20[Thu] 09:00

अन्य(その他)

【फुकुओकामा इन्डियन फेस्टिवल】

यो साता अन्त्यमा, यहाँ फुकुओका शहरमा क्युशु क्षेत्रको सबैभन्दा ठूलो इन्डियन फेस्टिवल हुँदैछ।
२२ तारिक शनिबार र २३ आइतबार, तेन्जिन च्यूओ पार्कमा हुने "होली महोत्सव"। नेपालमा जस्तै "होली" भनेको इन्डियामा वसन्त ऋतुको आगमनलाई मनाउने महोत्सव हो। "ह्यापी होली" भन्दै, रंगका पाउडरले एक अर्कामा रंग लगाउने र रंगीन पानी छर्केर उत्सव मनाइन्छ।
कार्यक्रम स्थलमा, देशभरका ५० भन्दा बढी प्रसिद्ध स्टलहरू जम्मा हुनेछन्, जहाँ इन्डियन करी लगायत इन्डियन परिकार, मसला, रंगीन गहना र हस्तकलाका सामग्रीहरू बिक्री हुनेछ। त्यस्तै, इन्डियन संगीत, शास्त्रीय नृत्यका स्टेज प्रदर्शनहरू, इन्डियन चलचित्रका गीत-संगीतका दृश्यहरूमा प्रायः देखिने "बोलिवुड डान्स" पनि प्रस्तुत हुने भएकोले उत्सवलाई झनै रोमाञ्चक बनाउने पक्का छ! थप रूपमा, विशेष अतिथिको रूपमा, लोकप्रिय डीजे, डान्सर र प्रभावकारी व्यक्तिहरू पनि उपस्थित हुनेछन्। प्रवेश निशुल्क छ।
इन्डियन संस्कृतिको आकर्षणले भरिएको यो दुई दिनको रंगीन महोत्सवमा वसन्तको उत्सव मनाऔं।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

 

 

LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।

च्याट सेवा उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ