ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.263

2025.04.10[Thu] 09:00

【नेपाल फेस्टिवल फुकुओका】

वसन्तको आगमनसँगै बाहिर घुमघाम गर्नको लागि मौसम राम्रो हुँदै गएको छ। यस हप्ता अन्त्यत: १२ अप्रिल (शनिवार) र १३ अप्रिल (आइतबार) का दिनहरूमा, तेन्जिन चुओ पार्कमा नेपाल फेस्टिवल फुकुओकाआयोजना हुन गईरहेको छ। यस फेस्टिवलमा, नेपालका परम्परागत कला र संस्कृतिको परिचय, स्वादिष्ट नेपाली खाना तथा लोकप्रिय कलाकारहरूको प्रस्तुति अनुभव गर्न सक्नुहुनेछ।

फुकुओका शहरमा अहिले १०,००० भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन्, जसमा धेरैजसो विद्यार्थीहरू छन्। यसले फुकुओकालाई जापानभर नेपालीहरूको धेरै जनसंख्या भएको क्षेत्रहरू मध्ये एक बनाएको छ। साथै, यस वर्ष अप्रिल १४ मा नेपाली विक्रम संवत अनुसार नयाँ वर्ष पर्दछ। नयाँ वर्षलाई मनाउने कार्यक्रमको रूपमा, फुकुओकामा सन् २०१० देखि 'नेपाल फेस्टिवल फुकुओका' आयोजना हुँदै आएको छ, र यो पटक फेस्टिवलको १२औं संस्करण हो।

यो फेस्टिवल मुख्य रूपमा फुकुओकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र नेपाली समुदायका व्यक्तिहरूको नेतृत्वमा आयोजना गरिन्छ। महोत्सवमा नेपाली खानाका परिकार र सामग्रीको बिक्री, सांस्कृतिक नृत्य र संगीत प्रदर्शन, परम्परागत बाजा परेड, नेपाली पहिरन सारीको अनुभव, कला प्रदर्शनी, पर्यटन जानकारी जस्ता कार्यक्रमहरू समावेश गरिएको छ। विविध कार्यक्रमहरूले भरिएको यस महोत्सवमा, हरेक वर्ष धेरै मानिसहरू सहभागी हुने गर्दछन्।

फेस्टिवलको दुवै दिन बिहान १० बजे देखि साँझ ६ बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ। प्रवेश निःशुल्क छ। फुकुओकामा रहँदा नेपाली संस्कृति अनुभव गर्ने दुर्लभ अवसरका रूपमा, यस दुई दिने कार्यक्रममा सहभागी भई, हामीसँगै नेपाली नयाँ वर्षको उत्सव मनाऔं!

 

 

फुकुओका शहरको सूचना

“विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय”

नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, ०१२०-६६-१७९९ ।

सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ । 

सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७३३-५४२९ हो।

चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ। 

उपयोग शुल्क निःशुल्क छ, तर फोनको शुल्क भने फोन गर्ने व्यक्तिले तिर्नु पर्छ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ