ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.264

2025.04.17[Thu] 09:00

【FUKUOKA IS OPEN सेन्टर】

नयाँ आर्थिक वर्षको शुरुवातसँगै, सबैले आफ्नो नयाँ जीवनशैलीको तालमेल समात्न सक्नुभएको छ कि छैन? नयाँ वातावरणमा कडा मेहेनत गरिरहनुभएका अनि हालसालै फुकुओकामा नयाँ जीवन शुरू गर्नुभएका व्यक्तिहरू धेरै हुनुहुन्छ होला।

यस हप्ता, फुकुओका प्रान्तमा बसोबास गर्ने विदेशीहरूको लागि बनाइएको वन-स्टप परामर्श केन्द्र【FUKUOKA IS OPEN सेन्टरको जानकारी दिन चाहन्छु।

【FUKUOKA IS OPEN सेन्टर】एक निःशुल्क परामर्श केन्द्र हो, जसले फुकुओकामा सुरक्षात्मक र सहज जीवनयापन गर्न र सफलतापूर्वक काम गर्न मद्दत गर्दछ। यो परामर्श केन्द्र शहरको चुओ-कु, तेनजिनमा रहेको एक्रोस फुकुओका भवनको तेस्रो तल्लामा छ। यो केन्द्र फुकुओका प्रिफेक्चर र विभिन्न विशेषज्ञ संस्थासँग सहकार्य गर्दै, रोजगारी खोज्ने परामर्श, बसोबास अनुमति सम्बन्धी जानकारी, आवास, स्वास्थ्य सेवा र शिक्षा जस्ता धेरै विषयहरूमा सहयोग गर्दछ।

परामर्श केन्द्र, नयाँ वर्षको विदा र सार्वजनिक बिदा बाहेक, हरेक सोमवारदेखि शुक्रवार, तेस्रो आइतबार र चौथो शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहन्छ।

यसका साथै, परामर्श लिनको लागिकाउण्टर बाहेकअनलाइन, इमेल र फोनका माध्यमबाट पनि सेवा उपलब्ध छ, र यो २४ भाषामा उपलब्ध छ।

जीवनयापन सम्बन्धी जानकारी र फुकुओकाका आकर्षणहरू विदेशीहरूद्वारा देखाउने भिडियोहरूको समावेश भएको बहुभाषी पोर्टल साइट [FUKUOKA IS OPEN] पनि शुरु गरिएको छ। अवश्य हेर्नहोस्!

तपाईंहरु सबैलाई, फुकुओकामा आरामदायी र समृद्ध जीवनयापनका लागि धेरै धेरै शुभकामना

 

 

【फुकुओका शहरको सूचना】

"फोहर फ्याँक्ने नियम सम्बन्धी"

 

फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।

यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।

फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ। "ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।

खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।

खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।  

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।

फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।

फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।

फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।

एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्। 

शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ । 

टेलिफोन अनुवाद मार्फत् २३ वटा भाषाहरुमा सेवा उपलब्ध छ।

यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ