福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.12.25[Thu] 09:00
【FUKUOKA SILVESTER CONCERT】
यस वर्ष सकिन अब१० दिनभन्दा कमसमय बाँकी छ। वर्षको अन्त्य र नयाँ वर्षको आगमनलाईसंगीतको साथमास्वागतगर्नेहोइन त?
नयाँ वर्षको पूर्वसन्ध्या, डिसेम्बर ३१मा, हाकाता क्षेत्रकोफुकुओका सनप्यालेसमा "फुकुओका सिल्भेस्टर कन्सर्ट २०२५(FUKUOKA SILVESTER CONCERT 2025)"आयोजना हुनेछ।
यो कार्यक्रम गायन मण्डल र अर्केस्ट्राकासामान्य सहभागीहरूलाई आमन्त्रण गरी सोलो कलाकार र व्यावसायिक संगीतकारहरूसँग मिलेरठूलो मञ्चमा वर्षको अन्त्यगर्ने एक सांगितिक कार्यक्रम हो।
सन् २०१४ मा पहिलो पटक आयोजना भएदेखि, यसलेसंगीत संस्कृतिको प्रसारमा योगदान र मानिसहरूबीच सम्बन्ध स्थापनागर्ने उद्देश्यका साथ धेरै फुकुओका नागरिकहरूलाई संलग्न गराएको छ।
नयाँ सिक्नेहरूलाई स्वागत छ!शास्त्रीय संगीतसँग परिचित नभएकाहरूलाई पनि यहाँ आउन विशेष आग्रह गरिन्छ। दर्शकका रूपमा आउनेहरू अर्को वर्ष गायन मण्डलका कलाकार बनेर स्टेजमापहिलो प्रदर्शनगर्ने उदाहरणहरू पनि छन्।
कन्सर्ट सुरु हुनुअघि नै रमाइलो गर्न सकिनेलबी कार्यक्रममा हल्का खानेकुरा, उपहार स्टल र सडक कलाकारहरूको प्रस्तुतिहरू समावेश छन्, जसले शास्त्रीय संगीतसँग अपरिचित व्यक्तिहरूलाई पनि सजिलै सहभागी गराउँछ। मुख्य कन्सर्टमा पनि "नाइन्थ सिम्फोनी" (Ninth Symphony) लगायत परिचित प्रसिद्ध धुनहरूको प्रस्तुति हुने भएकाले, पहिलो पटक शास्त्रीय संगीत सुन्ने अनुभवका लागि पनि उपयुक्त छ।
कन्सर्टको मुख्य आकर्षण भनेकोवर्ष सकिने (काउन्टडाउन) प्रस्तुतिहो!
यस वर्षकोकाउन्टडाउन धुन (Countdown Song) 'द ब्लू ड्यान्युब' (The Blue Danube) लाई तोकिएको छ! आफ्नो२०० औं जन्म जयन्तीमनाउन लागेकाश्ट्राउस दोस्रोको यस सिर्जनालाई गायन मण्डलसहित प्रस्तुत गरिनेछ। यस प्रस्तुतिमा,उत्सवपूर्ण नयाँ वर्षको आगमनसँगै मनाउने एक विशेष अनुभव प्राप्त गर्न सक्नुहुन्छ।
यो कार्यक्रमडिसेम्बर ३१ को साँझ १० बजेपछिहाकाता क्षेत्रको फुकुओका सनप्यालेसमा सुरु हुनेछ।
आउनुहोस्, यस वर्षको अन्तिम रातलाई संगीत र नयाँ भेटघाटहरूसँगै बिताऔं! शास्त्रीय संगीतको सीमा नाघेर फैलिएको फुकुओकाको विशेष नयाँ वर्षको अनुभव लिऔं!
【फुकुओका सिटीको सूचना】
नयाँ वर्षको बिदालाई सुरक्षित र ढुक्क भएर बिताउनका लागि
नयाँ वर्षको बिदामारक्सी पिउने अवसरहरूधेरै हुन्छन्।
रक्सी पिएपछि, तपाईं आफैंले वा अरू कसैले पनि सवारी साधन नचलाउनुहोस्।
रक्सी पिएपछिसाइकल चलाउनु पनि कानुनले निषेधगरेको छ।
रक्सी पिएको भोलिपल्ट पनिथोरै मात्रामा रक्सी बाँकी रहेको शङ्का लागेमापनि कहिल्यै सवारी साधन नचलाउनुहोस्।
साथै, हरेक वर्ष नयाँ वर्षको पूर्वसन्ध्या नजिकिँदै जाँदासडक दुर्घटनाहरू बढ्नेगर्छन्।
राति बाहिर निस्कँदा, चालकहरूलेसजिलै देख्न सकून् भनेर उज्यालो र परावर्तित हुने खालका कपडाहरूलगाउनुहोस्।
गाडी वा साइकल चलाउँदाबेलुका छिट्टै बत्ती बाल्नेगर्नुहोस्।
त्यस्तै, सामाजिक सञ्जाल मार्फत हुनेलगानी ठगी ररोमान्स ठगी बारे जानकारी रहेको छ।
सामाजिक सञ्जाल वा डेटिङ एप्समार्फत चिनजान भएका व्यक्तिहरू वाप्रसिद्ध व्यक्तिको रूपमा नक्कल गर्नेव्यक्तिहरूबाट लगानीको लागि आग्रह गरीपैसा ठगी गर्ने घटनाहरू तीव्र रूपमा बढेकाछन्।
यस्ता ठगीबाट बच्नका लागि:
१.सामाजिक सञ्जाल वा इन्टरनेटमा गरिने लगानीका प्रस्तावहरूमाथि शङ्का गर्नुहोस्।
२.प्रत्यक्ष भेट नभएका व्यक्तिले पैसा सम्बन्धी कुरा गरेमा त्यो ठगी हुन सक्छ भनी शङ्का गर्नुहोस्।
३. "निश्चित रूपमा नाफा हुन्छ" वा "पुँजीको ग्यारेन्टी दिइन्छ"जस्ता शब्दहरू प्रयोग गरिएका लगानी प्रस्तावहरूठगीहुन्।
यी तीन कुराहरूमा विशेष ध्यान दिनुहोस्।
अर्को, बाहिर हिँड्दा वा साइकल चलाइरहेको बेलाधूम्रपान नगर्नुहोस्।
तपाईंको वरपर मानिसहरू भएको बेला, बाहिर धूम्रपान गर्ने कार्यबाट टाढै रहनुहोस्।यसमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ।
आफू र आफ्नो प्रिय मानिसहरूको सुरक्षा गर्दै, सुरक्षित र रमाइलोनयाँ वर्षको बिदा मनाऔं।
2025.12.18[Thu] 09:00
【फुकुओका अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ क्षेत्रहरू र नयाँ सेवाहरू】
यस हप्ता फुकुओका अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै सञ्चालनमा आएका नयाँ क्षेत्रहरू र नयाँ सेवाहरूका बारेमा जानकारी दिनेछु।
यसै महिना, अन्तर्राष्ट्रिय टर्मिनलको तेस्रो तल्लामा रहेको बोर्डिङ प्रतिक्षालयभित्र व्यापारिक क्षेत्रको नयाँ विस्तार गरिएको छ।
बोर्डिङको ठीक अघि यात्रुहरूको आवश्यकता रआगन्तुक पर्यटकहरूको मागलाई सम्बोधन गर्दै यो किनमेल क्षेत्र तयार गरिएको हो। यसमा,क्युशुमा पहिलो पटक खोलिएका ६ वटा स्टोरसहित, विशेष १३ वटा पसलहरूसञ्चालनमा आएका छन्।
जापान छाड्नुअघि जापान र फुकुओकाको आकर्षणलाई पुनः अनुभव गर्न सकिनेखाद्य वस्तु, परम्परागत हस्तकला र क्यारेक्टरका सामानहरूका साथैकन्भिनी स्टोर, कपडा पसल र इलेक्ट्रोनिक्स पसलसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरूको सङ्ग्रह यहाँ उपलब्ध छ। यात्रामा काम लाग्नेट्राभल सामग्रीहरूरउपहारका लागि उपयुक्त सामानहरूपनि प्रशस्त मात्रामा छन्। यो स्थानअझ आरामदायी र सुविधाजनक समय बिताउन सकिनेखालको बनेको छ।
यसका अतिरिक्त, पहिलो तल्लाको आगमन लबीमा अहिले जापानी संस्कृतिको रूपमा विश्वभरि नै लोकप्रिय बनेकोक्याप्सुल खेलौनाको विशेष पसल पनि खोलिएको छ!
यहाँ करिब५०० भन्दा बढीक्याप्सुल खेलौनाहरू लहरै राखिएका छन्, जसमा विविध प्रकारका सामानहरू उपलब्ध छन्। आफ्नो लागि वा सानो उपहारको लागि पनि तपाईंले "खोजेको वस्तु"अवश्य पाउनुहुनेछ।
यसका साथै, एउटा उपयोगी सेवा पनि भर्खरै सञ्चालनमा आएको छ।
फुकुओका अन्तर्राष्ट्रिय विमानस्थलमा AI को प्रयोग गरी हराएको सामान व्यवस्थापन र फिर्ता गर्ने सहयोग प्रणालीजसलाई 【हराएको सामान क्लाउड 'Find'】 भनिन्छ, नोभेम्बर महिनाबाट सुरु भएकोछ।
फुकुओका विमानस्थल भित्र कुनै सामान हराएमाच्याटमार्फत सजिलै सोधपुछ गर्न सकिनेयो सेवा हो। यो सेवाजापानी भाषाका साथैअंग्रेजी, चिनियाँ (सरलीकृत) र कोरियन भाषामा पनि उपलब्धछ।
कृपया ध्यान दिनुहोस्:यो सेवा फुकुओका विमानस्थल भित्र संकलन गरिएका हराएका सामानहरूको लागि मात्र लागू हुन्छ।भन्सार क्षेत्र, विमान भित्र, एयरलाइन्स काउन्टर र एयरलाइन्स लाउन्जमा हराएका सामानहरूको लागि यो लागू हुँदैन।
यो सेवा प्रयोग गर्नका लागि कुनैएप इन्स्टल गर्नु पर्दैन। तपाईं फुकुओका अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक वेबसाइटबाट, इमेल ठेगानामार्फत सरल प्रमाणीकरण गरेपछि, ब्राउजरमा सिधै च्याट गर्न सुरुगर्न सक्नुहुन्छ।
अब आउन लागेको लामो नयाँ वर्षको बिदामा फुकुओका विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने श्रोताहरू धेरै हुनुहुन्छ होला। यो जानकारी उपयोगी हुनेछ भन्ने आशा छ!
【फुकुओका सिटीको सूचना】
नयाँ वर्षको बिदामा वडा कार्यालयको काउन्टर र फोहोर सङ्कलनको तालिका
नयाँ वर्षको बिदाको समयमा, वडा कार्यालयका काउन्टरहरू र फोहोर सङ्कलनको दिन परिवर्तन हुनेछन्, त्यसैले कृपया ध्यान दिनुहोला।
वडा कार्यालयका काउन्टरहरू डिसेम्बर २७ (शनिबार) देखि जनवरी ४ (आइतबार) सम्म बिदा हुनेछन्।
नयाँ वर्षको बिदा अघि र पछि वडा कार्यालयमा धेरै भीड हुने भएकाले, कृपया पर्याप्त समय लिएर जानुहोस्।
जलाउन मिल्ने फोहोर, जलाउन नमिल्ने फोहोर र खाली बोतल/पेट बोतलको सङ्कलनडिसेम्बर ३१ (बुधबार) देखि जनवरी ३ (शनिबार) सम्म हुने छैन।
यी फोहोरहरूडिसेम्बर ३० (मङ्गलबार) सम्मवाजनवरी ४ (आइतबार) पछिको निर्धारित दिनमा फाल्नुहोस्।
तर, जलाउन नमिल्ने फोहोर र खाली बोतल/पेट बोतलहरूजनवरी १ (बिहीबार) मा सङ्कलन हुनेक्षेत्रका महानुभावहरूले, त्यसको सट्टाडिसेम्बर ३० (मङ्गलबार) मा फाल्नसक्नुहुनेछ।
ठूला फोहोरको दर्ता र सङ्कलनडिसेम्बर २८ (आइतबार) देखि जनवरी ४ (आइतबार) सम्म बिदाहुनेछ।
फोहोर फाल्नेबारे कुनै जानकारी चाहिएमा, तपाईंअनुवाद केन्द्रमा फोन गरेर आफू बसेको वडा कार्यालयमा जोडेर सोधपुछ गर्न सक्नुहुन्छ।
फोन नम्बर: (०९२-७५३-६११३)हो।
कृपया आफू बस्नेवडाको नामरफोहोर सम्बन्धी सोधपुछहो भनी बताउनुहोस्।
बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म,शनिबार, आइतबार, सार्वजनिक बिदाहरू र डिसेम्बर २९ देखि जनवरी ३ सम्म यो सेवा बन्द रहन्छ।
2025.12.12[Fri] 09:00
【जापान मोबिलिटी शो फुकुओका】
आगामी हप्ताडिसेम्बर १८, बिहीबारदेखि २१, आइतबारसम्म ४ दिनका लागि फुकुओका शहरकोहाकाता वार्डमा रहेकोमारिन मेस्से फुकुओकाको A हल र B हलमा "जापान मोबिलिटी शो फुकुओका २०२५" (Japan Mobility Show Fukuoka 2025) आयोजना हुँदैछ।
यस कार्यक्रममा स्वदेशी तथा विदेशी कम्पनीहरूका 'कन्सेप्ट कार' , नवीनतम बजारमा आएका गाडीहरू, मोटरसाइकलहरूको प्रदर्शनीका साथै, विविध प्रकारकामोबिलिटीहरूको परिचय रपरीक्षण सवारीको अनुभव लिन सकिनेछ।
मुख्य आकर्षणहरूमा, चार पाङ्ग्रे र दुई पाङ्ग्रेको ३४ वटा ब्रान्डहरूको सहभागितारहनेछ! नवीनतम प्रविधि जडित सवारी साधनहरूको प्रदर्शनी र परीक्षण सवारीका अतिरिक्त, दुर्लभ क्लासिक कारहरूको प्रदर्शनी पनि हुनेछ। यसमा त्योजमानाको इन्जिनको आवाजसुन्न सकिनेडेमोन्स्ट्रेसनको पनि योजना छ।
यसबाहेक, स्वतन्त्र र विविधमोबिलिटीको रूपमा "परिवर्तन हुने रोबोट"रपोकेमोन क्यारेक्टरको आकारमा बनाइएकाभविष्यका मोबिलिटी (Future Mobility) को प्रदर्शनी तथानयाँ पुस्ताको मोबिलिटी (Next-Generation Mobility) को परीक्षण सवारी पनि उपलब्ध हुनेछ।
पारिवारिक र शैक्षिक कार्यक्रम अन्तर्गत, यस वर्षको मोबिलिटी शोलाईसम्पूर्ण परिवारले आनन्द लिन सक्नेकार्यक्रमको रूपमा अझ सशक्त बनाइएको छ। दमकल र प्रहरीको गाडीजस्ता "कार्यरत गाडीहरू"को प्रदर्शनी, मिनी कार ब्रान्ड "टॉमिका"को प्रदर्शनी तथा बिक्री, गाडी मर्मत इन्जिनियर जस्ता सवारी साधनसँग सम्बन्धित कामहरूकोअनुभव लिने अवसरपनि उपलब्ध छन्।
साथै, जापानभरिकास्वादिष्ट परिकारहरूपनि उपलब्ध हुने भएकाले, यो कार्यक्रमदिनभरि रमाइलो गर्न सकिनेभरिपूर्ण सामग्रीसहित तयार पारिएको छ।
टिकट शुल्क लगायत विस्तृत जानकारीका लागि, "जापान मोबिलिटी शो फुकुओका २०२५"भनी खोज गर्नुहोस्।
उत्साह जगाउने नयाँ मोबिलिटीको सम्भावनालाई अनुभव गर्न तपाईंहरु पनि अवश्य जानुहोस्!
【फुकुओका सिटीको सूचना】
“नयाँ वर्षको बिदाको सूचना”
"फुकुओका शहर विदेशी नागरिक परामर्श तथा सहयोग केन्द्र" (Fukuoka City Consultation Support Center for Foreign Residents) बाट यो सूचना रहेको छ।
"फुकुओका शहर विदेशी नागरिक परामर्श तथा सहयोग केन्द्र" डिसेम्बर २७शनिबारदेखि जनवरी ४आइतबारसम्म ९ दिनका लागि बन्द रहनेछ। सन् २०२६ मा जनवरी ५, सोमबार बिहान ९ बजेदेखि केन्द्र खुल्नेछ।
सन् २०२६ को पहिलो "विदेशीहरूको लागि निःशुल्क कानूनी परामर्श"जनवरी २१, बुधबार आयोजना हुनेछ। कानूनी परामर्शको लागिअग्रिम बुकिङ आवश्यकछ, त्यसैले परामर्श चाहने व्यक्तिहरूले चाँडै सम्पर्क गर्नुहोस्।
आरक्षण बिना उपभोग गर्न सकिने ‘विदेशीहरूका लागि अध्यागमन, बसोबास तथा नागरिकता सम्बन्धी प्रशासनिक लेखापाल (Gyoseishoshi) परामर्श’ जनवरी ११, आइतवारआयोजनाहुनेछ।
विस्तृत जानकारीका लागि, कृपया फोनवा“Fukuoka City Consultation Support Center for Foreign Residents” को वेबसाइट हेर्नुहोस्।
फोन नम्बर हो:०१२०-६६-१७९९ । फोन कल निःशुल्क छ।
“Fukuoka City Consultation Support Center for Foreign Residents” ले यहाँ बसोबास गर्ने विदेशी नागरिकहरूलाई बसोबास प्रक्रिया, रोजगार, स्वास्थ्य सेवा, कल्याण, प्रसूति/बाल हेरचाह, बालबालिकाको शिक्षा लगायतका जीवनसँग सम्बन्धित परामर्शहरूप्रत्यक्ष भेटेर, फोन वा इमेलमार्फत एकै ठाउँबाट (One-stop) स्वीकार गर्छ र उचित जानकारी तथा सम्बन्धित निकायमा पठाउने कार्य गर्दछ।बहुभाषी परामर्शउपलब्ध छ। साथै, मनोवैज्ञानिक परामर्श, प्रशासनिक लेखापाल र वकिलद्वारानिःशुल्क विशेषज्ञ परामर्शपनि गरिन्छ।
कृपया निःसंकोच परामर्श लिनुहोस्।
2025.12.04[Thu] 09:00
【फुकुओका अन्तर्राष्ट्रिय म्याराथन】
फुकुओकाको जाडोयामको विशेष आकर्षण, "फुकुओका अन्तर्राष्ट्रिय म्याराथन" डिसेम्बर ७, यसै आइतबार आयोजना हुँदैछ।
यो सन् १९४७ देखि आयोजना हुँदै आएको विश्व एथलेटिक्सबाट मान्यता प्राप्त पुरुषहरूको फुल म्याराथन प्रतियोगिता हो। यो प्रतियोगिता "आइची/नागोया २०२६ एसियाली खेलकुद" र "लस एन्जलस २०२८ ओलम्पिक" का लागि पुरुषतर्फको जापानी राष्ट्रिय टोली चयन गर्ने प्रतियोगिताहरूमध्येको एक हो। यसमा स्वदेश तथा विदेशबाट कुशल धावकहरू फुकुओकामा भेला हुनेछन्।
धावकहरू फुकुओका शहरको च्युओ क्षेत्रको हेइवादाई एथलेटिक्स रङ्गशाला र ओहोरी पार्कबाट दिउँसो १२:१० बजे दौड सुरु गर्नेछन्। उनीहरू फुकुओका शहरको दक्षिण-पश्चिम भागमा घुमेर, हिगासी वार्डको खासीमा फर्किएर पुन: हेइवादाई एथलेटिक्स रङ्गशालामै फर्किने मार्गमा दौडनेछन्।
केगो, याकुइन र हाकाता स्टेशन अगाडि जस्ता शहरका मुख्य भागहरू हुँदै यो दौड अघि बढ्ने भएकाले, तपाईंले विश्वका शीर्ष धावकहरूको उत्साहपूर्ण दौड नजिकबाट हेर्न सक्नुहुन्छ।
साथै, JR हाकाता स्टेशन अगाडिको हाकातागुची चोकमा विगतका विजेताहरूको खुट्टाको छाप र हस्ताक्षरसहितको प्लेट प्रदर्शनमा राखिएको छ।
कृपया ध्यान दिनुहोला: प्रतियोगिताको दिन JR हाकाता स्टेशन अगाडि लगायत शहरको केन्द्र भागमा रहेको दौड मार्ग वरपरका सडकहरूमा यातायात आवागमन नियन्त्रण गरिनेछ।
आउनुहोस्, सडकको छेउबाट खेलाडीहरूलाई उत्साहपूर्ण शुभकामना दिऔं!
【फुकुओका शहर / फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहबारे”
"मानव अधिकार" भनेको प्रत्येक व्यक्तिले जन्मदेखि नै पाएको "मानव भएर मानव सरह बाँच्ने" अधिकार हो।
डिसेम्बर १० लाई "विश्व मानव अधिकार दिवस" को रूपमा मनाइन्छ, र यो जापानमा मात्र नभई विश्वभरि नै "मानव अधिकार" बारे चिन्तन गर्ने दिन हो।
डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" हो, र फुकुओका शहरमा पनि मानव अधिकारको सम्मान हुने र भेदभावमुक्त, बस्न योग्य फुकुओका शहरको लक्ष्य राख्दै यसलाई"मानव अधिकार सम्मान सप्ताह" को रूपमा मनाउँदै आइरहेको छ।
जसरी तपाईं आफैं एक अमूल्य अस्तित्व हुनुहुन्छ, त्यसरी नै अरू मानिसहरू पनि अमूल्य अस्तित्व हुन्। यो हप्ता हरेक व्यक्ति महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्ने एउटा महत्त्वपूर्ण समय हो। SDGs ले अघि सारेको "कसैलाई पनि पछाडि नछोड्ने" समाज हासिल गर्नका लागि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, विदेशी, अपाङ्गता भएका व्यक्ति आदिलाई लिएर गरिने भेदभाव र पूर्वाग्रहलाई हटाएर एक-अर्काको मानव अधिकारको सम्मान गर्नु आवश्यक छ। तपाईंहरू पनि एकपटक "दयालु मन" र "अमूल्य जीवन" बारे विचार गरेर हेर्दा कसो होला!
शिशु तथा साना बालबालिकासँगको अन्तरक्रियात्मक कक्षा- “याराना हिरोबा” को जानकारी
शिशु तथा साना बालबालिकाका अभिभावकहरू, के तपाईंहरू घुम्ने ठाउँ खोजिरहनुभएको छ?
हाकाता वार्डमा रहेको नाराया सामुदायिक हल (याराना हिरोबा) मा हरेक महिना अभिभावक र बालबालिका मिलेर खेल्नका लागि "शिशु तथा साना बालबालिकासँगको अन्तरक्रियात्मक कक्षा" आयोजना भइरहेको छ!
डिसेम्बर महिनाको विषय हो, मनलाई खुसी तुल्याउने "क्रिसमस पार्टी"।
मिति: डिसेम्बर ९, मङ्गलबार । समय: बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म ।
चित्र पुस्तक, गीत र स्टिकर खेलहरूबाट अभिभावक र बालबालिकाले सँगै रमाइलो समय बिताऔं!
आवेदन गर्ने तरिका लगायत विस्तृत जानकारीका लागि, “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको” को फेसबुक हेर्नुहोस्। हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौं!