ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年11月

2025.11.20[Thu] 09:00

【फुकुओकाको प्राकृतिक तातोपानी(ओन्सेन्)】

तपाईंहरूलाई तातो पानी (ओन्सेन्) कत्तिको मन पर्छ? जाडो मौसम सुरु हुँदै गर्दा, फराकिलो ओन्सेन्मा डुबेर, शरीरलाई न्यानो पार्दै एकछिन आराम गर्न मन लाग्छ नि, होइन!

धेरैलाई थाहा नहुन सक्छ, तर फुकुओका शहरभित्रै पनि सजिलै जान सकिनेप्राकृतिक ओन्सेन्हरू धेरै छन्। आज ती शहरको बीचबाटै सजिलै पुग्न सकिने केही उत्कृष्ट ओन्सेन्हरूको जानकारी दिनेछु।

पहिलो रहेको छ,हाकाता फुतो स्थित बेसाइड प्लेस हाकातामा रहेको लोकप्रियमिनातो ओन्सेन नामिहा नो यु"। जमिनमुनि ८०० मिटरबाट प्रशस्त मात्रामा तातो पानी निस्कने यहाँको विशेषता हो। यहाँ खुला स्नानगृहमा फरक-फरक तापक्रमका ओन्सेन्हरू छन्, जसले गर्दा तपाईं आफ्नो रुचि अनुसार आराम गर्न सक्नुहुन्छ। परिवारका लागिप्राइभेट ओन्सेन्को व्यवस्था पनि छ। विशेष गरी, यहाँ रहेकोजिमजिलबानसुविधामा साउना जस्तै तातो ढुङ्गामा पसिना निकालेर शरीरलाई डिटक्स गर्न सकिन्छ, भने बेलुका बेसाइड प्लेसको सुन्दर रातको दृश्य हेर्दै यहाँको आनन्द लिनुको मज्जा नै बेग्लै छ।

दोस्रो छ, हाकाता स्टेशन नजिकै रहेको लोकप्रिय व्यवसायिक होटल याओजी हाकाता होटल को प्राकृतिक ओन्सेन्। यहाँ साउना पनि छ, र होटलका कोठाहरू सामान्य व्यवसायिक होटलहरूको तुलनामा केही फराकिला छन्। लामो दूरीको यात्रा गर्न नसक्ने तर तातोपानीमा आराम गर्न चाहने व्यक्तिहरूका लागि यो राम्रो विकल्प हो।

तेस्रो रहेको छ,फुकुओका शहरको मिनामी वार्डमा रहेको शान्त आवासीय क्षेत्रमा स्थित फुजिनोएन नामकर्‍योखान् (पारम्परिक जापानी होटल)। यो ओन्सेन्का पारखीहरूमाझ निकै प्रसिद्ध छ, किनभने यहाँको तातो पानी१००% मूल मुहानबाट सिधै निरन्तर बग्ने गर्छ। यदि तपाईं तातो पानीको असली अनुभव लिन चाहनुहुन्छ भने, यहाँको 'पहिलो स्नान' को अनुभव लिन सिफारिस गरिन्छ। यहाँ बास बस्न पनि पाइन्छ, तर नजिकका बासिन्दाले दिनभरि मात्र स्नान गर्ने सेवालाई सामान्य स्नानघरझैँ प्रयोग गर्ने गरेको बताइन्छ।

त्यस्तै अर्को रहको छ, सावारा वार्डमा रहेकोपुरानो शैलीको खाप्पो र्‍योखान् मिहारुसो ओन्सेन्। प्राकृतिक स्रोतबाट स्वतः निस्कने १००% शुद्ध तातोपानी यसको विशेषता हो। छेउकै बगिरहेको खोलाको कलकल सुमधुर आवाज सुन्दै खुला आकाशमुनि तातो पानीको अनुभव साँच्चिकै अविस्मरणीय हुन्छ।

र अन्त्यमा, फुकुओका शहरको पर्यटकीय गन्तव्य शिकानोशिमामा रहेको बिच रिसोर्ट होटल 'क्युकामुरा शिकानोशिमा' को ओन्सेन्। क्युकामुराको खुला आकाशमुनिको तातोपानी स्नान;गेन्काई नादा समुद्रतिर फर्केको छ, जहाँबाट विशाल समुद्र र समुद्रमा डुब्ने सूर्यको दृश्यलाई एकै नजरमा देख्न सकिन्छ। अचम्मको कुरा त के छ भने, यस होटलका सबै कोठाहरू समुद्रको दृश्य देखिने खालका छन्। राति, खुला स्नानगृहबाट ताराहरूले भरिएको आकाश पनि हेर्न सकिने भएकाले बाससहितको योजना लिएर जाने सुझाव दिइन्छ। समुद्रले घेरिएको शिकानोशिमामा समुद्री खाना पनि प्रशस्त पाइने भएकाले समुद्री स्वादिष्ट भोजनको आनन्द पनि लिन सक्नुहुन्छ।

क्युशुमा धेरै ठाउँहरू तातोपानीका लागि प्रसिद्ध छन्, तर फुकुओका शहरभित्र नै प्राकृतिक तातोपानी पाइने कुरा धेरैलाई थाहा नहुन सक्छ। अब जाडो पूर्ण रूपमा सुरु हुन लागेको छ। सुलभ रूपमा पुग्न सकिने शहरभित्रकै यी प्राकृतिक तातोपानीहरूमा गएर न्यानोपनको अनुभव लिंदा कस्तो होला ?

2025.11.13[Thu] 09:00

【Christmas Advent】

यस वर्ष पनि फुकुओकाको जाडोलाई सिँगार्ने "क्रिसमस एड्भेन्ट (Christmas Advent)" सुरु भएको छ!

यस वर्ष १२ औं वर्षमा प्रवेश गरेको यो कार्यक्रममा अहिलेसम्म करिब १ करोड २० लाख दर्शकहरू आइसकेका छन्।जापानमै सबैभन्दा धेरै दर्शकहुने यो क्रिसमस कार्यक्रमप्रकाश, संगीत र कलालाई संयोजनगरी "पाँच इन्द्रियले आनन्द लिने क्रिसमस" को रूपमा हरेक वर्ष धेरैले मन पराएका छन्। क्रिसमसको दिनसम्म, सहरलाई झिलिमिली सँगै, क्रिसमस विशेष परिकार, संगीत र स्टेज कार्यक्रमहरू यस वर्ष पनि हरेक स्थानमा भरिपूर्ण हुनेछन्!

मुख्य स्थानहरू, JR हाकाता स्टेशन अगाडिको हिरोबा, किहिनकान अगाडिको हिरोबा, तेन्जिन च्युओ पार्क, फुकुओका सिटी हल पश्चिम फु्रेआई हिरोबा, र फुकुओका डाइम्यो गार्डेन सिटी हुन्। हाकाताबाट नाकासु हुँदै तेन्जिनसम्म विभिन्न किसिमका झिलिमिली बत्ती र क्रिसमस बजारहरू आयोजना हुनेछन्।

प्रत्येक स्थानमा राखिएकाहुट्टे (काठका साना घरहरू)मा हट वाइन, हट चकलेट रयूरोपका मौलिक क्रिसमस सामग्रीहरूबिक्री गरिनेछ।

हरेक वर्ष चाँडै सकिने, प्रत्येक स्थानको लागि मात्र उपलब्धविशेष मगहरूलोकप्रिय वस्तु हुन्, जसलाई धेरै मानिसहरूले हरेक वर्ष सङ्कलन गर्ने गरेका छन्। यदि तपाईं पनि कुनै मग किन्ने सोचमा हुनुहुन्छ भने, चाँडै जानुहोला!

यसका साथै, संगीत स्टेज र कार्यशालाहरू जस्तासबै पुस्ताले रमाइलो गर्न सक्नेकार्यक्रमहरू पनि छन्, त्यसैले परिवारसँग घुम्नको लागि पनि यो उपयुक्त छ।

 त्यस्तै, नोभेम्बर २० देखि डिसेम्बर २१ सम्म, "क्रिसमस एड्भेन्ट" का स्थानहरू र फुकुओका सहरका कन्सर्ट हलहरूमा "फुकुओका क्लासिक संगीत महोत्सव" पनि सँगै आयोजना हुनेछ। यो कार्यक्रम विश्व-स्तरीय वादकहरू र शीर्ष कलाकारहरू द्वारा सामान्यतया अनुभव गर्न नपाइने प्रत्यक्ष वादन र गायन सुन्ने एक बहुमूल्य अवसर हो। पक्कै पनि नछुटाउनुहोला।

फुकुओका सहर हिँड्न र घुम्नको लागि रमाइलो क्रिसमसको सहर बन्नेछ। झिलिमिली बत्ती हेर्दै, संगीत र परिकारहरूको आनन्द लिँदै, कृपया फुकुओकाको क्रिसमसको भरपुर मज्जा लिनुहोस्।

 


【फुकुओका शहरको सूचना】

“Autumn National Fire Prevention Campaign सप्ताह”

नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म "Autumn National Fire Prevention Campaign" सप्ताह हो।

शरद ऋतुबाट जाडोमा सर्दै गर्दा, हावा सुक्खा हुने र आगलागीका घटना बढ्ने मौसम आउँछ।

फुकुओका शहरमा गत वर्ष २७९ वटा आगलागीका घटना भएका थिए।

आगलागीका मुख्य कारणहरूमाचुरोट, ग्याँस चुलो, र विद्युतीय उपकरणहरू आदि रहेका छन्।

चुरोट आगलागीको मुख्य कारण भएकाले सुतेर चुरोट नपिउने, ठुटाहरू जम्मा नगर्ने र चुरोटको आगोलाई पानीमा निभाएर मात्र फाल्ने कुरालाई कडाइका साथ पालना गर्नुहोस्।

ग्याँस चुलोबाट हुने आगलागीमा विशेष ध्यान दिन आवश्यक छ।जाडो बढ्दै आए पछि, नाबे आदिका लागि ग्याँस चुलोको प्रयोग बढी हुन्छ।तर आगो बालिरहेको बेला कहिल्यै पनि त्यस स्थानबाट टाढा नजानुहोस्।

विद्युतीय उपकरणहरूको प्लगमा धूलो जम्मा हुनु वा तारहरू टुट्नु/छिनिनु पनि आगलागीको कारण बन्न सक्छ। प्लग र त्यस वरपर नियमित रूपमा सफा गर्नुहोस्।

  • टिभी वा फ्रिज जस्ता दैनिक लुकेका ठाउँहरूपछाडि पनि सफा गर्नुहोस्।

  • तारहरू फर्निचर मुनि नपरुन्भनेर ध्यान दिनुहोस्।

स्मार्टफोन वा मोबाइल ब्याट्री जस्ता लिथियम आयोन ब्याट्री प्रयोग गरिएका विद्युतीय उपकरणहरूले बलियो चोट लाग्दा वा खसाल्दा जस्ताकडा धक्कापाएमा आगो लाग्न सक्छ।

साथै, ब्याट्रीफुलेको छ वाचार्ज गर्ने क्रममा असामान्य रूपमा धेरै तातोभएको छ भने पनि आगो लाग्ने सम्भावना भएकालेत्यसको प्रयोग नगर्नुहोस्।

ब्याट्री फाल्दा सार्वजनिक सुविधा केन्द्र वा विद्युतीय पसलहरूमा राखिएकासङ्कलन बक्समा लगेर फाल्नुहोस्।

दैनिक जीवनमा नै आगलागी रोकथामका उपायहरूमा ध्यान दिने गरौँ।

2025.11.06[Thu] 09:00

【फुकुओका म्याराथन】

यस आइतबार, नोभेम्बर ९ मा, "फुकुओका म्याराथन २०२५" आयोजना हुँदैछ।

यो सन् २०१४ देखि हरेक वर्ष नोभेम्बर महिनामा हुँदै आएको एकनागरिक सहभागितामा आधारित म्याराथन प्रतियोगिताहो। यसको दूरी फुकुओका शहर र इतोसिमा शहरलाई जोड्ने४२.१९५ किलोमिटररहेको छ। दौडको सुरुवात बिन्दु फुकुओकाको मुख्य केन्द्रतेन्जिनबाट१५,००० धावकहरूलेएकैसाथ दौड सुरु गर्नेछन्। सहरको केन्द्रबाटै दौडनु र अघि बढ्नु - यस्तो अनुभव साधारणतया दैनिक जीवनमा पाइन्दैन।

धावकहरूलेसुन्दर समुद्र र पहाडका दृश्यहरूमहसुस गर्दै इतोसिमाको गन्तव्य (गोल) तर्फ दौडनेछन्। यो सहरबाट प्रकृतिमा रूपान्तरण हुने दृश्यका साथ एकरमाइलो र स्फूर्तिदायी दौड हो।

धावकहरूलाई फुकुओकाकोप्रसिद्ध परिकारहरू, स्थानीय सामग्री प्रयोग गरिएका व्यञ्जनहरू (मेनु) दिइनेछ। यसबाहेक, विजेताहरूलाई फुकुओकाको परम्परागत हस्तकलाको रूपमा रहेकोहाकाता ओरीको रिबनप्रयोग गरिएको मेडल दिइनेछ। साँच्चै नै यो "फुकुओकाको मौलिकता" ले भरिएको म्याराथन प्रतियोगिता हो।

४२.१९५ किलोमिटरको फुल म्याराथनबाहेक, यसमारमाइलोका साथ दौडने उद्देश्यले ५.२ किलोमिटरको 'फन रन' ह्वीलचेयर दौड प्रतियोगितापनि एकैसाथ आयोजना गरिँदैछ।

कृपया ध्यान दिनुहोला, प्रतियोगिताको दिन दौड मार्ग वरपरका सडकहरूमासवारी आवागमन नियन्त्रणगरिनेछ, र दौड चलिरहेको बेला पैदल यात्री तथा साइकलको बाटो काट्ने कार्यमा पनि प्रतिबन्ध लगाइनेछ।

सडकको छेउछाउमा धेरै मानिसहरूसमर्थन गर्नभेला हुने फुकुओकाको यस महान् म्याराथन कार्यक्रम "फुकुओका म्याराथन २०२५"मा आउनुहोस्!नोभेम्बर ९, आइतबार, हामी सबैलेन्यानो शुभकामना र प्रोत्साहनदिएर धावकहरूलाई अन्तिम रेखा पार गर्न प्रोत्साहित गरौं!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

नोभेम्बर महिनामा यो कार्यक्रम११ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० बजेसम्महो।

कार्यक्रमको विषयबस्तु,डे माए जिदोउखान्हो।

केन्द्रीय बाल कल्याण केन्द्र "आइकुरु", नाराया सामुदायिक केन्द्रमा आउनेछ।

विभिन्न खेल र चित्र पुस्तकको वाचनमार्फत अभिभावक तथा बालबालिकाले सँगै रमाइलो समय बिताउन सक्नुहुन्छ।

साथै, यसले अभिभावकहरूका बीचमा पनि आपसी घुलमिल बढाउनेछ।

हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौँ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।



 जापानी बालबालिका र विदेशी बालबालिकाहरूद्वारा अनुभवजन्य कार्यशाला "भाषाको सीमा नाघेर सबै मिलेर एउटा संसार कोरौं" को लागि सहभागी आह्वान

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले JICA क्युशुसँगको सहकार्यमा बालबालिकाका लागि अनुभवजन्य कार्यशाला आयोजना गरिँदैछ।

लक्ष्य वर्ग:कक्षा १ देखि ६ सम्मका प्राथमिक विद्यालयका विद्यार्थीहरू।

आयोजना मिति: नोभेम्बर ३०, आइतबार, बिहान १०:०० बजे देखि ११:०० बजे सम्म।

स्थान:फुकुओका सिटी इन्टरनेशनल सेन्टरको चौथो तल्लाकोबैठक कोठा-१

जुनसुकै भाषा बोल्नेले पनि भाग लिन सक्छन्।

यो कार्यशालामा, विभिन्न भाषाको प्रयोग गर्दै सबैले सँगै चित्र कोर्नेछन् र एक-अर्काको संस्कृति बुझ्ने अवसर पाउनेछन्। फरक भाषा भए तापनिसहयोग र समन्वयगर्ने आनन्दको अनुभव गरिनेछ।

यो कार्यक्रमनिःशुल्क, तरअग्रिम दर्ता आवश्यक छ।

थप जानकारीका लागि, फाउन्डेसनको वेबसाइट "www.fcif.or.jp" को "Latest News" मा हेर्नुहोस्।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ