福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.10.30[Thu] 09:00
【BOOKUOKA】
हरेक वर्ष अक्टोबर २७ देखि नोभेम्बर ९ तारिकसम्मको दुई हप्तालाई "पठन सप्ताह" को रूपमामनाइन्छ।
यसको उद्देश्य मानिसहरूलाई किताबसँग नजिक हुनेअवसर प्रदान गर्नुहो। शरद ऋतुको मौसम, जहाँ हावा स्वच्छ रमनोरमहुन्छ, पढ्नको लागिएकदमै उपयुक्त मानिन्छ। यस समयमा ध्यान केन्द्रित गर्ने क्षमता पनि बढ्ने भएकाले पढाइको आनन्द लिनको लागि योउत्कृष्टअवधि हो।
र, यही समयमाहरेक वर्ष आयोजना हुने लोकप्रिय कार्यक्रम हो, "BOOKUOKA(बुकुओका)"।
"फुकुओकालाई किताबको सहर बनाऔं" भन्ने सोचका साथ सुरु भएको यो कार्यक्रम, यस वर्ष२०औं पटकआयोजना हुँदैछ। किताब पसलहरू, प्रकाशन गृहहरू, सम्पादकहरू लगायत किताबसँग सम्बन्धित व्यक्तिहरूले आयोजक समितिमा रहेर, फुकुओका सहरभरिपुरानो किताबको बजाररगोष्ठीजस्ताविभिन्न कार्यक्रमहरूआयोजना गर्नेछन्। कार्यक्रम अवधिभरिसहरभरि नै किताब प्रेमीहरूकोभीडभाडदेखिनेछ।
तीमध्ये, मुख्य कार्यक्रमहो, "खुला आकाशमुनि प्रयोग गरिएका पुस्तक बजार"।
यो कार्यक्रम, यस वर्ष नोभेम्बर २ तारिक आइतबारका दिनआयोजना हुनेछ। कार्यक्रमस्थल, तेन्जिनबाटगोकोकु जिन्जासम्म जाने "खेयाकी डोरी" सडक हो। यो सडकमा पुरानो किताबको खुला बजारसजिएको हुनेछ। प्रकाशन गृहहरू, किताब पसलहरू, र साधारण किताब मन पराउने व्यक्तिहरूलेआफ्नै तरिकालेछानेका पुरानो किताबहरू राखेरएक दिनका लागिसानो किताब पसलखोल्नेछन्। तपाईंले खोजिरहनुभएकोलोप भइसकेकोवामूल्यवान्किताबहरू पनि यहाँभेटिन सक्छन्। अवश्य पनि, नयाँ किताबहरूपनि भेट्टाउनुहोला! पसलवालाहरूसँग कुराकानी गर्नु रव्यक्तिगत विशेषताभएका स्टलहरूघुमेर हेर्नुपनिरमाइलो हुन्छ। यो हरेक वर्ष धेरै मानिसहरूकोसहभागितामाआयोजना हुने,एक लोकप्रिय कार्यक्रम हो।घुम्दै जाँदाएकपटकअवश्य हेर्नुहोला।
त्यस्तै, अर्को एउटा कार्यक्रम जुनगत वर्षको शरद ऋतुमापहिलो पटक आयोजना भईअत्यन्तै सफलभएको थियो, त्यो यस वर्ष पनिआयोजना हुँदैछ! त्यो हो, तेन्जिनको Fukuoka PARCO मा सीमित अवधिको लागि आयोजना हुने कार्यक्रम, "BOOK MEETS FUKUOKA"।
यसमादेशभरिका प्रकाशन गृहहरू र किताब पसलहरूभेला हुनेछन्रविभिन्न प्रकारका किताबहरूप्रदर्शित हुनेछन्। जापानभरिका ३४ वटासाना र मध्यम आकारकाप्रकाशन गृहहरू रआफ्नै शैलीकाकारण लोकप्रिय बनेका प्रिफेक्चर भित्रका ६ वटास्वतन्त्रकिताब पसलहरूआ-आफ्नोउत्कृष्टकिताबहरूलिएर सहभागी हुनेछन्।किताबका विशेषज्ञहरूलेसिफारिस गरेका किताबहरू राखिएको कर्नर, पुरानो किताब बजार घुम्ती, साथैप्रदर्शनी कर्नररमौलिक सामानको बिक्री पनिगरिनेछ।
यसका अतिरिक्त, फुकुओकाका विभिन्न किताब पसलहरूमा पनिकार्यक्रम अवधिभरिविभिन्न योजनाहरूआयोजना हुनेछन्।
स्थानीयउच्च विद्यालयका विद्यार्थीहरूरकिताब पसलका कर्मचारीहरूलेसिफारिस गरेका किताबहरू राखिएकोविशेष कर्नर,हरेक पसलमाफरक-फरक हुनेछन्। साथै, केही किताब पसलहरूमालेखकहरूद्वारागोष्ठीपनिआयोजना हुनेछन्, र यस वर्षकोरियाबाटपनिएक लोकप्रिय निबन्धकारआमन्त्रित हुनेखबर छ।
केही किताब पसलहरूमा त काम गरिरहेका किताब पसलकर्मीहरूको एक जुट हुने कार्यक्रमहरू समेत आयोजना गरिन्छ। त्यसमै, भूत-प्रेतको कथा सुनाउने विशिष्ट कथावाचन कार्यक्रम, नाटकको मज़ा लिने योजना, र सृजनात्मक कार्यशाला जस्ता विभिन्न गतिविधिहरू पनि हुनेछन्। यो समयको विशेष अवसरमा, किताबसँग सम्बन्धित अनौठा र रोचक अनुभवहरू थुप्रै छन्!
यदि तपाईंलाईयसमाचासो छभने, कृपया "BOOKUOKA (बुकुओका)"भनेर खोजीगर्नुहोला।
किताबको बीचमा बसेर रमाइलो किसिमका अनौठा भेटघाटको अनुभव लिन सक्नुहुन्छ।
पढाइको यो शरद ऋतु, दिल खोलेर रमाइलो गर्नुहोस् है♪
2025.10.23[Thu] 09:00
【Fukuoka City Bousai Fair】
फुकुओकासिटी हलको पश्चिमपट्टी रहेको "फुरेआई हिरोबा" मा विपद् रोकथाम (आपतकालीन तयारी) सम्बन्धी जानकारीहेर्न, सिक्न र अनुभव गर्न सकिनेकार्यक्रम, " Fukuoka City Bousai Fair " आयोजना हुन गईरहेको छ।
यो कार्यक्रमनोभेम्बर महिनाको १ तारिक शनिबारका दिनआयोजना हुनेछ।
कार्यक्रम स्थलमा, विपद् रोकथामसँग सम्बन्धित लगभग ४० वटा संघसंस्था तथा कम्पनीहरूलेआफ्नो जानकारीमूलक बुथ स्थापना गर्नेछन्। त्यहाँ विपद् रोकथाममा उपयोगी ज्ञान, प्रविधि र नवीनतम उपकरणहरूप्रत्यक्ष हेर्न, सिक्न र अनुभव गर्न सकिनेछ।
साथै, आश्रयस्थल (Evacuation center) कस्तो हुन्छ भन्ने कुरा जान्नका लागि आश्रयस्थलको जीवनशैली झल्काउनेठाउँको प्रदर्शनीपनिहुनेछ। यो कार्यक्रमलेपरिवारका सबै सदस्यहरुले रमाइलोका साथविपद्का लागि तयारी गर्न सहयोगगर्नेछ।
स्टेजमा, फुकुओका शहरद्वारा दमकलको परम्परागत कलाको प्रस्तुति, सिटी हलको प्रयोग गरेर गरिने दमकल अभ्यास, र विपद् उद्धार कुकुरहरूको प्रदर्शन जस्ताआकर्षक कार्यक्रमहरूहेर्न सकिनेछ।
यसका साथै, दमकल, पुलिस कार जस्ता विपद् प्रतिकार्यमा प्रयोग हुने सवारी साधनहरूको प्रदर्शनी, अभिभावक-बालबालिका दुवैले भाग लिन मिल्ने विपद् रोकथाम क्विज, रचार मिटर लामोडायनासोरको आगमन जस्ताधेरै रमाइला योजनाहरूअभिभावक-बालबालिकाका लागिउपलब्ध छन्!
पुरस्कार जित्न सकिने क्विज र्याली र लोकप्रिय किचन कारहरूको उपस्थिति पनिहुनेछ, जसले गर्दा बालबालिकादेखि वयस्कसम्म, सबै उमेर समूहका मानिसहरूले विपद् रोकथामलाईनजिकबाट बुझ्न सक्नेकार्यक्रमबनेको छ।
कार्यक्रम बिहान१० बजेदेखिबेलुका४ बजेसम्मचल्नेछ।
आगामी हप्ता, नोभेम्बर १ तारिक शनिबार, फुकुओका सिटी हल अगाडिको फुरेआई हिरोबामारमाइलो तरिकालेविपद् रोकथामबारेज्ञान हासिल गरौं।
【फुकुओका शहरको सूचना】
“फुकुओका किबो च्युउ गाक्को - विद्यालयको जानकारीमूलक सेमिनार”को सूचना
"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमायहाँहरुलाई जानकारी छ?
यो फुकुओका शहरले स्थापना गरेकोसरकारी रात्रि माध्यमिक विद्यालयहो, जुन विभिन्न कारणले अनिवार्य शिक्षा प्राप्त गर्न नसकेका वा विद्यालय नजाने जस्ता कारणले कक्षा लिन नपाएका व्यक्तिहरूको लागिखोलिएको हो।
यसमाराष्ट्रियताको कुनै बन्देज नराखीभर्ना हुन सकिन्छ।
यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषयपढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूलेजापानी भाषाको विशेष कक्षा पनिलिन सक्नेछन्।
विद्यालयकोपाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयकोस्नातकको प्रमाणपत्रप्राप्त हुनेछ।
कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ।
विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमाअवस्थित छ।
कक्षाकोशुल्क र पाठ्यपुस्तकको खर्चलाग्ने छैन।
विस्तृत जानकारीलिन चाहने व्यक्तिहरूको लागि, विद्यालयको जानकारीमूलक सेमिनार डिसेम्बर ७ तारिक दिउँसो २ बजेदेखिआयोजना हुनेछ।
कृपयाडिसेम्बर १ तारिकभित्र फोन वा वेबसाइट मार्फतआफ्नो सहभागिताको लागि दर्तागर्नुहोला।
फोन नम्बर ०९२-४००-०७५१ हो।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेबाट राति ९:३० बजेसम्म कल स्वीकार गरिन्छ।
वेबसाइटको लागि, कृपया " फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集) "भनेर खोज्नुहोस्।
सोधपुछ तथा परामर्शको लागि पनिसम्पर्क गर्न सकिन्छ।
वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, तपाईंलेआफ्नो भाषामापनिसजिलै सोधपुछगर्न सक्नुहुनेछ।
🔎https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info
2025.10.16[Thu] 09:00
जापानी भाषा(日本語) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【Hakata Old Town Festival/Hakata Old Town Light-up Walk】
पुराना हाकाताको आकर्षण अनुभव गर्न सकिने शरद ऋतुका केही कार्यक्रमहरूको जानकारी गराउँदैछौँ ।
यस शुक्रबार, १७ तारिकबाट सुरु हुने कार्यक्रम हो, "Hakata Old Town Festival"। धेरैजसो मन्दिर तथा पुराना सहरहरू रहेका "हाकाता पुरानो सहर" क्षेत्रमा अर्को महिना नोभेम्बर ९ तारिकआइतबारसम्म, इतिहास र संस्कृतिले भरिपूर्ण सहरमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । २४ दिनसम्म चल्ने यो महोत्सवमा पुरानो सहर घुम्ने, किमोनो लगाउने, खानेकुराको आनन्द लिने अवसर प्राप्त हुनेछ ।
यसमध्ये पनि " Hakata Old Town Light-up Walk"विशेष छ, सामान्यतया प्रवेश गर्न नमिल्ने मन्दिरहरू यो अवधिमा विशेष गरी राति खुला गरिनेछ । मन्दिरका भवन र बगैँचालाई उज्यालोले सजाइनेछ र सुन्दर बनाइएका मन्दिरका बाटो तथा रमणीय परिसरको आनन्द लिन सकिनेछ । यो कार्यक्रममा दिउँसोभन्दा फरक वातावरणमा मन्दिर दर्शन गर्न पाइनेछ । यस वर्षको झिलिमिलीको विषय "प्रकाशको जङ्गल"रहेको छ । " Hakata Old Town Light-up Walk" ३१ तारिकशुक्रबारबाट सुरु भई नोभेम्बर ३ तारिकसोमबारसम्म चल्नेछ । झिलिमिलीको समय साँझ १७:३० देखि राति २१:०० बजेसम्म तोकिएको छ ।
यी ४ दिनमा, क्लासिक सङ्गीतको प्रत्यक्ष प्रस्तुति, ज्याजको प्रत्यक्ष सङ्गीतसँगै जापानी रक्सी लगायतका पेय पदार्थ, फुड ट्रकका परिकारको आनन्द लिन सकिने साङ्गीतिक कार्यक्रम, साथै रात्रिकालीन बजार र बजारमा दिन र रात दुवै समय हाकाताको खानाको मजा लिन सकिनेछ । थप जानकारीको लागि, कृपया वेबसाइट हेर्नुहोस् ।
यो कार्यक्रममा मात्र उपलब्ध हाकाताको विशेष इतिहास र संस्कृतिको अनुभव गर्न, तपाईहरु पनि पक्कै जानुहोला ।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" को जानकारी
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ।
यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल, फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ आवश्यक छैन।
प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
अक्टोबर महिनामा यो कार्यक्रम२८ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु हो,"सान्नो कोदोमो प्लाजाबाट सञ्चालित ३० मिनेटको रिथमिक कक्षा"।
सङ्गीतको तालमा अभिभावक र बच्चा दुवैले जिउ हल्लाउँदै रमाइलो गर्नेछन्। यो अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने अवसर हो। रिथमिकको माध्यमबाट सङ्गीतको मजा र अभिव्यक्तिको आनन्दलाई अभिभावक र बच्चा दुवै मिलेर महसुस गरेर हेरौं!
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
2025.10.09[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【लकुद दिवस】
प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो सोमबारलाई “खेलकुद दिवस” का रूपमा मनाइन्छ। यो दिनलाई “खेलकुदमा रमाएर स्वस्थ शरीर र मनको विकास गर्ने दिन” भनी सार्वजनिकबिदा दिइएको छ।
यो समय मौसम पनि राम्रो हुने भएकाले ठाउँठाउँमा खेलकुद प्रतियोगिता र कार्यक्रमहरू आयोजना हुन्छन्। यदि तपाईंलाई पनि नियमित व्यायामको कमी महसुस भएको छ भने, यो मौकामा शरीरलाई चलायमान बनाउने होइन त? व्यायाम गर्नाले शरीर स्वस्थ हुनुका साथै धेरै परिश्रम गरेपछि भोक लाग्छ र खाना पनि अझ स्वादिष्ट लाग्छ।
साथै, व्यायामपछि राम्रोसँग आराम गर्दा दैनिक जीवन व्यवस्थित हुन्छ, शरीर र मनबीच सन्तुलन कायम रहन्छ, र यसले दैनिक कार्यक्षमता पनि बढाउन सक्छ।
स्वस्थ रहनका लागि वयस्क मानिसका लागि दैनिक ६० मिनेट वा सोभन्दा बढी समय हिँड्नु वा त्यस्तै प्रकारको शारीरिक गतिविधि गर्नु उपयुक्त मानिन्छ। यसलाई हिँडाइमा नाप्दा लगभग ८,००० पाइला वा त्योभन्दा बढी हिँड्नु राम्रो मानिन्छ।
यो समय मौसम पनि राम्रो हुने भएकाले यो उपयुक्त हुन्छ। त्यसैले, यो 'खेलकुदको शरद ऋतु' मा आफूलाई मन पर्ने खेल्ने वा नयाँ खेलमा सहभागी हुने वा दैनिक जीवनमा शारीरिक गतिविधि थप्ने जस्ता प्रयास गर्नुभए कसो होला?
【फुकुओका शहरको सूचना】
द क्रिएटर्स २०२५' कार्यक्रमको जानकारी
फुकुओकाको रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम 'द क्रिएटर्स २०२५' बारे जानकारी रहेको छ। यस वर्ष पनि यो कार्यक्रममा नयाँ मनोरञ्जनात्मक सामग्री तथा प्रविधिको प्रयोगबाट तयार पारिएका रोचक विषयहरू प्रस्तुत गरिनेछ।
यो कार्यक्रम यस वर्ष अक्टोबर ११ (शनिबार) र १२ (आइतबार) गरी दुई दिनसम्म चुओ-कु दाइम्यो स्थित युनाइटेड ल्याबमा आयोजना हुनेछ र प्रवेश निःशुल्क छ।
स्टेजमा SIRUP र muque जस्ता चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुति, किमोनोका कलाकार फुकुमोतो कोउजी र फूल सजावट गर्ने समूह HANA ART KATAYAMA को संयुक्त प्रस्तुति पनि रहनेछ।
यसका साथै, 'फुकुओका क्रिएटर्स अवार्ड' अन्तर्गत फुकुओकासँग सम्बन्धित कलाकारहरूलाई सम्मान गरिनेछ। यो विशेष कार्यक्रमले गेम, सङ्गीत, एनिमे, मङ्गा, भिडियो, फेसन, र डिजाइनजस्ता क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्नेछ। स्थानीय कलाकारहरूले तयार पारेका हेर्नसक्नु हुन्छ। साना बालबालिकाका लागि पनि विशेष कार्यक्रमहरू समावेश छन्। यहाँ प्रोग्रामिङ, गेम बनाउने कार्यशाला, डीजे र भीआर अनुभवजस्ता परिवारसँगै रमाउन सकिने सामग्रीहरू पनि उपलब्ध छन्।
गेमका मनपराउनेहरूका लागि, चर्चित गेम 'ग्रान टुरिज्मो ७' को अनुभव लिने बुथ, स्थानीय गेम कम्पनीले बनाएको भीआर अनुभव, गेम कम्पनीका प्रतिनिधि तथा गेम डिजाइनरहरू लगायतका विशेष पाहुनाहरूसँग छलफलका सत्रहरू पनि राखिएको छ।
यसबाहेक, आमामुदाकोतान को अर्को ब्रान्ड 'daco फुकुओका' ले कार्यक्रमस्थलमा मात्र पाइने विशेष प्रकारको ब्रेड बिक्री गर्नेछ। यो ब्रेड फुकुओकाको आर्ट बुक फेयर'NEWGRAPHY' सँगको सहकार्यमा तयार गरिएको विशेष झोलामा उपलब्ध गराइनेछ।
यो विशेष दुई दिनको कार्यक्रममा बालबालिकादेखि वयस्कसम्म सबैले 'सिर्जना गर्ने आनन्द' को अनुभव लिन सक्नेछन्।
2025.10.02[Thu] 09:00
जापानी भाषा(日本語)
【DISNEY ANIMATION IMMERSIVE EXPERIENCE】
डिज्नीका फ्यानहरूलाई एउटा रमाइलो सूचना छ।
आगामी अक्टोबर १३ देखि, फुकुओका सिटि म्युजियममा ‘Disney Animation Immersive Experience’ भन्ने विशेष कार्यक्रम आयोजना हुँदैछ।
यो कार्यक्रम पहिलो पटक क्युशु क्षेत्रमा हुँदैछ।
यो कार्यक्रम सन् २०२२ मा उत्तर अमेरिकाबाट सुरु भएको हो, र त्यसयता संसारभरका धेरै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।
यस कार्यक्रममा, डिज्नी एनिमेशनका प्रसिद्ध चलचित्रहरूलाई विशेष दृश्य र संगीतको माध्यमबाट प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ।
अलादीन र जास्मिनसँगै जादुई गलैँचामा उड्ने वा मिराबलसँगै उनको जादुमय घरभित्र पस्ने जस्ता डिज्नी एनिमेशनका सुरुका उत्कृष्ट फिल्मदेखि हालैका चर्चित फिल्मसम्मका कथाहरूलाई चलचित्रभित्रै पसेर अनुभव गर्न सकिने एउटा बिल्कुलै नयाँ कार्यक्रम हुँदैछ।
यो कार्यक्रम अक्टोबर १३ देखि २०२६ को फेब्रुअरी १ सम्म चल्नेछ। यसको आयोजना फुकुओका सिटी म्युजियममा हुनेछ।
यो कार्यक्रमको सबै क्षेत्रमा फोटो खिच्न सकिनेछ। यसका साथै, कार्यक्रमका लागि मात्रै बनाइएका विशेष सामग्रीहरू पनि खरिदका लागि उपलब्ध हुनेछन्।
वाल्ट डिज्नी एनिमेशन स्टुडियोको कला र विरासतको संसारमा प्रवेश गरी 'फ्रोजन', 'द लिटिल मरमेड', 'बिग हिरो सिक्स' जस्ता फिल्मका निर्माताहरूले तयार पारेको सङ्गीत, कला र एनिमेशनको आनन्द लिन सक्नुहुन्छ। यो बिल्कुलै नयाँ कार्यक्रमको अनुभव लिन तपाईहरु पनि गएर हेर्दा कस्तो होला!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।
प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।
“स्वयंसेवक बैङ्क - भाषा र मनलाई जोड्ने अन्तर्राष्ट्रिय आदानप्रदानमा सहयोग”
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले सन् २०२१ देखि नै 'विदेशीलाई सहयोग गर्ने स्वयंसेवक बैङ्क' स्थापना गरेको छ। यसको उद्देश्य यहाँका जापानी र विदेशी नागरिकहरूबीच आपसी समझदारी बढाएर सबैले मिलेर बस्न सक्ने बहुसांस्कृतिक समाजको निर्माण गर्नु हो।
यो अभियानमा, फुकुओका सहरमा बसोबास गर्ने, काम गर्ने वा पढ्ने १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहभागी हुन सक्छन्। यसमा तपाईंले जापानी भाषाबाट विदेशी भाषामा वा विदेशी भाषाबाट जापानी भाषामा दोभासे अनुवादको काम गर्नुपर्ने हुन्छ।
स्वयंसेवकको रूपमा काम गर्दा तपाईंको जापानी भाषाको सीप बढ्छ र तपाईंले समाजलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ। तपाईंको भाषिक सीपले ठूलो सहयोग पुर्याउन सक्छ।
यदि तपाईंलाई यसमा रुचि छ वा सहभागी हुन चाहनुहुन्छ भने, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोस्। त्यहाँ तपाईंले विस्तृत जानकारी र आवेदन दिने तरिका पाउनुहुनेछ।
यदि कुनै कुरामा स्पष्ट हुनुभएन भने, (०९२-२६२-१७४४) मा फोन गरेर हामीलाई सोध्न सक्नुहुन्छ।