ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年09月

2025.09.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【अतिथि अन्तर्वार्ता】

-KOIRALA KAMAL PRASAD-

सुपरमार्केट ダイキョーバリュー弥永店 खरिदकर्ता

instagram:@daikyo_yanaga

 

2025.09.18[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【ART FAIR ASIA FUKUOKA】

आउँदो हप्ताको अन्त्यमा, तपाईं कलात्मक समय बिताउन चाहनुहुन्छ कि? यस हप्ता, हामी तपाईंलाई एसिया-केन्द्रित कला मेला, “ART FAIR ASIA FUKUOKA 2025” बारे जानकारी दिँदैछौं।

यस वर्ष १०औँ वार्षिकोत्सव मनाउँदै गरेको यो कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो स्तरको हुनेछ! यहाँ १०० भन्दा बढी स्टलहरू हुनेछन्, जसमा देश-विदेशका ग्यालरी तथा कलाकारहरू भेला हुनेछन्।

यसपटक कला हेर्ने र किन्ने मात्र नभई, प्रत्यक्ष अनुभव गर्ने गरी कार्यक्रम थप आकर्षक बनाइएको छ। लाइभ प्रदर्शनहरू, ठूला कला संरचनाहरू (इन्स्टलेसनहरू), र एशियाली आधुनिक कलाका अगुवाहरूको प्रस्तुतिसहितको क्युरेटेड बुथहरू पनि रहनेछन्। यो तीन दिनको कार्यक्रम एसिया र जापान, स्थानीय र विश्वव्यापी कलाको मिलनबिन्दु बन्नेछ।

यो कार्यक्रम अगस्ट २६, शुक्रबारदेखि अगस्ट २८, आइतबारसम्म, मारिन मेस्से फुकुओकाको B हलमा हुनेछ। कला बारे धेरै नजाने पनि यो कार्यक्रममा रमाइलो रूपमा अनुभव गर्न सकिने हुनाले, अवश्य पनि गएर हेर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

यरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा संक्रमण गराउँछ।

यो एक सरुवा रोग हो।

२०२४ मा, फुकुओका शहरमा १७६ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए। हालैका वर्षहरूमा, २० देखि ३० वर्ष उमेर समूहका विदेशी मूलका बिरामीहरूको संख्या बढ्दो छ। साथै, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, छाती दुख्ने, थकान, राति पसिना आउने र तौल घट्ने आदि पर्दछन्। यसका प्रारम्भिक लक्षणहरू रुघाखोकीजस्तै हुन सक्छन्। यदि तपाईँलाई "दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहेको छ," "खकार आइरहेको छ," "शरीर कमजोर भएको छ," वा "अचानक तौल घटेको छ" जस्ता कुनै पनि लक्षणहरू देखिएमा, छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा गएर जाँच गराउनुहोस्।

रोगको सुरुमै पत्ता लगाएर उपचार गर्नाले गम्भीर हुनबाट जोगिनुका साथै तपाईँका प्रियजन, साथीभाइ वा कार्यस्थलमा संक्रमण फैलिनबाट रोक्न पनि महत्त्वपूर्ण हुन्छ।

क्षयरोगको जीवाणुको संक्रमण भए पनि सधैँ रोग लाग्छ भन्ने हुँदैन, तर यदि शरीरको रोग प्रतिरोधात्मक क्षमताले जीवाणुलाई नियन्त्रण गर्न सकेन भने, तिनीहरू समयसँगै बढेर रोग लाग्न सक्छ। संक्रमण र रोग लाग्नबाट बच्न पर्याप्त निद्रा, सन्तुलित आहार र नियमित व्यायाम जस्ता दैनिक स्वास्थ्य हेरचाह महत्त्वपूर्ण हुन्छ। साथै, क्षयरोग पत्ता लागे पनि डाक्टरको निर्देशनअनुसार हरेक दिन औषधि खाएमा यो निको हुन्छ।

फुकुओका शहरमा चिकित्सा दोभाषे Fukuoka City Medical Interpreting Call Center छ, जहाँ तपाईं अस्पताल खोज्नका लागि सल्लाह लिन सक्नुहुन्छ। यो सेवा अस्पतालमा डाक्टरसँग कुरा गर्न वा अस्पताल र औषधि पसलमा औषधि लिँदा पनि प्रयोग गर्न सकिन्छ। यो सेवा दिनको २४ सै घण्टा उपलब्ध छ। 

फोन नम्बर ०९२-७३३-५४२९ हो।

यो सेवा २० वटा भाषामा उपलब्ध छ, त्यसैले कुनै समस्या परेमा अवश्य परामर्श लिनुहोस्।

2025.09.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【होउजोउया】

फुकुओकाको शरद ऋतुको महत्त्वपूर्ण उत्सवका रूपमा परिचितहोउजोउया, फुकुओकाका तीन ठूला चाडपर्वहरूमध्ये एक हो। फुकुओका सहरको हिगाशी वार्डमा रहेको हाकोजाकी गु मन्दिरमा प्रत्येक वर्ष सेप्टेम्बर १२ देखि १८ तारिखसम्म, सात दिन र सात रातसम्म चल्ने यो चाडपर्व एक हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परा हो।

यो उत्सव हामीले जीवनयापनका लागि उपभोग गर्ने जीवहरूको आत्मालाई शान्ति दिन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न मनाइने एक धार्मिक विधि हो। साथै, धेरै मानिसहरू व्यवसायमा सफलता र परिवारको सुरक्षाको कामना गर्दै यहाँ पूजा गर्न आउँछन्। हरेक वर्ष करिब १० लाख भक्तजनहरू यहाँ आउने गर्छन्।

मन्दिर जाने करिब एक किलोमिटर लामो बाटोमा, खानाका स्टलहरूदेखि लिएर विभिन्न खेलहरू (जस्तै: निशाना लगाउने र यो-यो माछा समात्ने खेल) सहित ५०० भन्दा बढी पसलहरू सजाइएका हुन्छन्, जसले गर्दा त्यहाँ ठूलो भीड लाग्छ। भूत घर र अन्यत्र खासै नदेखिने पुरानो शैलीका पसलहरू पनि यहाँको विशेषता हुन्।

पुरानो समयमा यहाँ अदुवा खेती हुने भएकाले, मन्दिर दर्शनपछि हरियो पातसहितकोताजा अदुवा उपहारका रूपमा घर लैजाने चलन अझै पनि छ। यो अदुवा प्रशस्त मात्रामा बेचिन्छ। गर्मीको मौसममा अदुवाको झोल वा अचार बनाएर खानु निकै लाभदायक हुन्छ। साथै, आन्को पेस्टले भरेको याकिमोची, परम्परागत जापानी मिठाई पनि यहाँको एक स्वादिष्ट परिकार हो।

यसबाहेक, यहाँ परम्परागत जापानी ड्रम (ताइको) को प्रस्तुति र "चानपोन" भनिने काँचका कलाकृतिहरूको प्रदर्शनी पनि हुन्छ। यहाँ "हातो-मिकुजी" नामक विशेष लोटरी पनि हुन्छ, जसमा कुनै पनि टिकट खाली हुँदैन र शुभ प्रतीकहरू अवश्य पनि प्राप्त हुन्छन्। भाग्यको परीक्षा गर्नका लागि यो पनि एक राम्रो विकल्प हो।

बिहानदेखि रातिसम्म हेर्न लायक धेरै कुराहरू रहेको यो शरद् उत्सवहोउजोउया, हरेक दिन मानिसको भीडले भरिभराउ हुन्छ। शरद ऋतुको फसलप्रति आभार व्यक्त गर्न र फुकुओकाको शरद ऋतुको यो परम्परा अनुभव गर्न तपाईं पनि यहाँ भ्रमण गर्न सक्नुहुन्छ।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"सजिलो जापानी भाषा प्रयोग गरेर संयुक्त राष्ट्र संघका कर्मचारीहरुसँग सहरको योजना बनाऔं!" सहभागीताको लागि आवेदन खुल्ला

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।

यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, सेप्टेम्बर २८, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म, ACROS Fukuoka को सभा कक्षमा आयोजना हुनेछ।

UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।

कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्। कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्। संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।

सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』

2025.09.04[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【फुकुओका प्रिफेक्चरमा उत्पादित अञ्जीर फल “तोयोमिचुहिमे”】

अहिलेको मौसममा, अञ्जीर फलको सिजन सुरु भएको छ। तपाइलाई थाहा छ?जापानमा अञ्जीर उत्पादनमा फुकुओका प्रिफेक्चरदोस्रो स्थानमा आउँछ। फुकुओकाको अञ्जीर गर्मीको मौसममा प्रशस्त घाममा पाक्ने भएकोले यसको स्वाद मीठो र उत्कृष्ट हुन्छ।

फुकुओकामा, तोयोमिचुहिमे नामक स्वादिष्ट अञ्जीर मात्र उत्पादन हुन्छ। यो फल बाहिरबाट हेर्दा चम्किलो रुबी रङ्गको हुन्छ र भित्रबाट रसदार तथा मीठो हुन्छ। यसको औसत मिठासको स्तर १७ डिग्रीभन्दा बढी छ, जुन खरबूजाजस्तै मीठो हुन्छ। साथै, यसलाई बोक्रासहित पनि खान सकिन्छ भन्ने भनाइ छ।

अञ्जीर टिपेपछि छिट्टै ताजापन गुमाउँछ। किसानहरूले राम्रो गुणस्तर सुनिश्चित गर्नका लागि पूर्ण रूपमा पाकेको मात्र अञ्जीर टिप्छन्, त्यसैले तोयोमिचुहिमे प्रायजसो फुकुओका प्रिफेक्चर बाहिर पाउन मुस्किल हुन्छ।

राम्रो अञ्जीर चिन्नका लागि, हेर्दा पूरै रातो-खैरो रङ्गको र नरम बोक्रा भएको छ कि छैन भनेर हेर्नुहोस्। जति गाढा रङ्ग भयो, त्यति नै राम्रो मानिन्छ। अञ्जीरमा क्याल्सियम, पोटासियम र फाइबर जस्ता पौष्टिक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक हुन्छ।

यदि मौका मिल्यो भने, यो मौसममा पाइने स्वादिष्ट तोयोमिचुहिमे अञ्जीर अवश्य पनि चाख्नुहोला।

 

 

【फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“विपद् रोकथाम दिवस” र “भण्डारण प्रोत्साहन सप्ताह” को बारेमा

हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं। पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं। यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं। यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं। त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं। प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ। आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।  रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं। सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं। यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

वर्षेनी, यस समयतिर  समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

 

 

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

सेप्टेम्बर महिनामा यो कार्यक्रम९ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

सेप्टेम्बरको विषयबस्तु, "अङ्ग्रेजीमा कथा वाचन र फ्री स्पेस" रहेको छ। कार्यक्रममा अङ्ग्रेजीमा लेखिएका बाल कथाहरू पढ्ने र अङ्ग्रेजी गीतमा बालबालिकासँगै शारीरिक गतिविधि गरेर रमाइलो गर्न सकिन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

 

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ