福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2020.06.18[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ) , नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)
【बुबाको मुख हेर्ने बारे】
आज हामी बुबाको दिन अर्थात् फादर्स् डे को बारेमा केही कुरा गरौँI अब आउने आइतबार जापानमा, फादर्स् डे परेको छ I हरेक वर्ष, जुनको तेश्रो आइतबार, जापानमा फादर्स् डे मनाईन्छ I जापानमा यो दिन, प्राय जसो, बुबालाई जापानी रक्सी, राम्रो ब्रान्डको खानेकुरा र मिठाईहरु दिने चलन छ I यसैगरि, यस दिन बुबालाई धन्यवाद ज्ञापन चिठ्ठी लेखेर दिने वा बाहिर सँगै खान जाने चलन पनि रहेको छ I हामी नेपालीहरुको बुबाको मुख हेर्ने दिन तिथि अनुसार यो वर्ष भाद्रको ३ गते अर्थात् अगस्तको १९ मा परेको छI
【विपद् सम्बन्धि】
जापानमा जूनदेखि जुलाईसम्मलाई "वर्षा ऋतु" भनिन्छ र यस बखत भारी वर्षा हुने गर्दछI
जसका कारण प्रकोपहरू हुने सम्भावना हुन्छ।
जुलाई २०१७ मा, फुकुओका प्रान्तमा पनि भारी वर्षाले धेरै क्षति पुर्याएको थियोI
अधिक वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतरनाक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्I
यस अतिरिक्त, फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छI
‘Fukuoka Support for Foreigners’ को साइटमा गएर, Fukuoka City Support for Foreigners को पेजबाट विपद् रोकथाम सम्बन्धि जानकारीहरु हेर्न सक्नुहुन्छI
आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँI
फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा Fukuoka City International Foundation को Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि प्राप्त गर्न सक्नुहुन्छI
पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होलाI
त्यस्तै, फुकुओका शहरमा छाताको Sharing service ‘आइकासा’「アイカサ」को शुरु गरिएको छI
तपाईंले सजिलै र सस्तोमा आफ्नो स्मार्टफोनको लाइनबाट छाता भाँडामा लिन सक्नुहुन्छ।
सबवे स्टेशन र डिपार्टमेन्ट स्टोरहरूमा छाताहरू राखिएको हुनाले, अचानक वर्षा हुँदा आदि जस्तोमा कृपया
प्रयोग गरेर हेर्नुहोस्I
बिस्तृत जानकारी ‘आइकासा फुकुओकाश शी’ 「アイカサ 福岡市」मा हेर्नुहोलाI
【फुकुओका शहरबाट राष्ट्रिय स्वास्थ्य बीमा सम्बन्धि सूचना】
जापानमा, सबैको स्वास्थ्य बीमा भएको हुनुपर्दछ। तपाईंहरुले पनि बीमा सदस्यता लिनु भएको हुनुपर्छ। स्वास्थ्य बीमाको शुल्क तिर्नाले, यदि तपाई घाइते वा रोगका कारण अस्पताल जानुभयो भने, कम पैसा लाग्छ।
स्वास्थ्य बीमा ३ प्रकारका छन्, तर आज, राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश भएकाहरुका लागि सुचना रहेको छI
बीमा शुल्क प्रत्येक वर्ष जूनमा निर्णय हुन्छ। जूनको बीचतिर बीमा शुल्कको लिखित सूचना पठाइनेछ।
बीमा शुल्क जाँच गरेर, र समयभित्र शुल्क तिनुहोस्।
बीमा शुल्क, अघिल्लो वर्षको आयमा आधारित हुन्छ।
नयाँ कोरोनाभाइरसको प्रभावका कारण आयमा कमी भएका परिवारहरूका लागि, कर शुल्क घटाउन सकिने भएकोले, कृपया वार्ड अफिसमा परामर्श लिनुहोस्।
त्यस्तै, राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश भएकाहरुमध्ये, अघिल्लो वर्षको आम्दानी थाहा नभएका परिवारहरूलाई ‘राष्ट्रिय स्वास्थ्य बीमा आय रिपोर्ट’ पठाईएको छI
यदि तपाईंले अहिलेसम्म बुझाउनु भएको छैन भने, कृपया आवश्यक जानकारीका साथ फिर्ता पठाउनुहोस् वा वार्ड अफिस वा शाखा कार्यालयमा पेश गर्नुहोस्।
यदि तपाईंले केही कुरा बुझ्नुभएन भने, १८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३, फेरि एकपटक, ०९२-७५३-६११३
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
त्यसपछि, आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
2020.06.04[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【हालसालै पकाएको नेपाली परिकार】
मलाई लाग्छ, कोरोना भाईरसको कारणले गर्दा तपाईहरुमध्ये धेरैको समय घरमै बितिरहेको छ होला।आजकल म पनि, शनिबार र आईतबार बिदाका दिनहरूमा घरमै बसेर नेपाली परिकार पकाएर रमाइलो गर्ने गरिरहेकी छु। गएको शनिबार मात्रै घरमै मः मः बनाएर खाएँ। अनि आईतबार नेवारी खाना; चतामारी, बारा र आलुतामाको मज्जा लिएँ। तपाईहरुले पनि आफ्नै घरमा नेपाली परिकार बनाएर खाँदै हुनुहुन्छ होला। यसरी नै विदेशमा नेपाली स्वादको आनन्द लिंदै, राम्रोसँग बस्नुहोस है!
【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】
“कोरोना सम्बन्धि”
फुकुओका शहरबाट, सबै बासिन्दाहरुलाई कोरोना युगको नयाँ जिवनशैली अपनाउनका लागि अनुरोध गरेको छ।
जस्तै कि,
आदि कुराहरुलाई व्यवहारमा ल्याउन अनुरोध गरेको छ।
साथै, नयाँ जीवन शैलीको रुपमा,
जस्ता कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ।
विशेष गरि, नयाँ जीवन शैलीको आधारभूत ब्यवहारको रुपमा, सबवेको प्रयोग गर्दा, मास्क अवश्य लगाउनु नै होला।
फुकुओका प्रान्तमा, आफ्नो जागिर गुमाएका विद्यार्थी तथा विदेशी विद्यार्थीहरुका लागि, तुरुन्तै, छोटो अवधिको लागि रोजगारको सृजना गर्ने हेतुले, कार्यहरु अघि बढाउने निर्णय भएको छ।
त्यस्तै, जापान सरकारले, आरुबाईतो गरिरहेका विद्यार्थीहरुको आयमा उल्लेखनीय कमी आएको र तोकिएको मापदण्डहरु पूरा भएको अवस्थामा, अनुदान रकम प्रदान गर्ने निर्णय गरेको छ।
बिस्तृत जानकारी, फुकुओका सिटिको होमपेजमा राखिएको छ।
“विशेष तथा निश्चित अनुदान रकम” सम्बन्धि नयाँ जानकारीका लागि ‘Fukuoka Support for Foreigners’को साइटमा हर्नुहोला।
“हलुका सवारी साधन कर सम्बन्धि”
मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।
यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, मे ५ तिर, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्दछ। तिर्न बाँकी व्यक्तिहरुले शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।
यसका अतिरिक्त, जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको, यदि अघिल्लो वर्षको आय १०लाख नाघेको भए, फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।
कम्पनिमा काम गर्नेहरुको तलबबाट कटाईन्छ भने कम्पनिमा काम नगर्नेहरुलाई कर तिर्न, जुन १५ तिर सूचना आउन सक्दछ। शिघ्र कोन्भिनी वा बैंक मार्फत तिर्नुहोला।
यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले कब्जा गर्ने सम्भावना पनि छ।
यदि तपाईंलाई कोरोना भाईरसको असरले गर्दा, शहरी कर तिर्नमा समस्या परिरहेको छ भने, कृपया, वार्ड अफिसको परामर्श सेवामा सम्पर्क राख्नुहोस्।
१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३,
फेरि एकपटक, ०९२-७५३-६११३
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
त्यसपछि, तपाईं बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
यो फुकुओका शहरबाट जारी सूचना थियो।
2020.05.28[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)
【COVID-१९ आपतकालीन समयको अनुभव】
नोबल कोरोना भाईरसको असर तपाईंको दैनिक जीवनमा पक्कै पनि पर्यो नै होलाI फुकुओकामा आपतकालीन घोषणा भएपछि कतिपय घरमै बस्नु भयो होलाI अनि कतिपयले घरबाटै काम पनि गर्नु भयो होलाI मेरो चाहिँ अफिस पहिले जस्तै निरन्तर नै भयोI अफिसका सबै सहकर्मीहरु आ-आफ्नो सवारी प्रयोग गरेर आउने भएकोले अफिस सामान्य रुपमा नै चल्योI बरु, अफिसमा हरेक दिन, ज्वरो नापी लेख्नु पर्ने, मास्क लगाउनु पर्ने, बाहिरबाट आएपछि हात धुने वा sanitizerले हात पुछ्नुपर्ने अनि मिटिंगहरु भिडियो अनलाइनमा गर्ने जस्ता सावधानीहरु अपनाईयोI
मलाई लाग्छ, जो स्टे होममा बस्नु भयो, केही आराम तथा मनोरञ्जन पक्कै पनि भयो नै होलाI
अहिले आपतकालीन घोषणा हटाईए पनि सकेसम्म हुलमुल हुने ठाउँमा नजाऔं अनि सम्पर्कमा आउँदा दूरी बनाएर कुराकानी गर्ने गरौँI
【जापान सरकारले १ लाख येनको अनुदान रकम बितरण गर्ने बारे (विशेष तथा निश्चित अनुदान रकम)】
जापान सरकारले घरेलु खर्चमा मद्धत पुर्याउने हेतुले सबैजनालाई १ लाख येन दिने भएको छI
२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएका विदेशी नागरिकहरुले पनि आवेदन दिन सक्नुहुन्छ।
फकुओकाका बासिन्दाहरुलाई, अनुदान रकमको लागि आवेदन फारम मे १५ देखि बितरण भईरहेको छI
यदि तपाईंलाई आवेदन फारम भर्नमा कठिनाई वा केही परामर्शको आवश्यक्ता परेमा, हामीलाई फोन गर्नुहोस्I तपाईंले अंग्रेजी, चाइनिज, कोरियाली, भिएतनामी र नेपाली भाषामा परामर्श पाउन सक्नुहुन्छI
फोन नम्बर रहेको छ, ०९२-४०१-०८२६ I फेरि एकपटक फोन नम्बर, ०९२-४०१-०८२६ I
LOVE FM मा अनुदान रकमको बारेमा जानकारी दिने ५ मिनेटको कार्यक्रमको बारेमा
Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM प्रसारण भईरहेको छI
नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ मिनेटबाट सुन्न सक्नुहुन्छI
LOVE FM को होमपेजबाट podcast मा गएर तपाईको मिल्ने समयमा सुन्न सक्नुहुन्छI
अवश्य होमपेज हेर्नुहोलाI
यस अतिरिक्त, फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’ बाट पनि, फुकुओकामा जीवनयापनका लागि आवश्यक जानकारी वा कोरोना भाईरस सम्बन्धि जानकारीहरु प्रदान गर्दै आईरहेको छI अवश्य पनि यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI
【कपडाको मास्क वितरणको बारेमा】
जापान सरकारबाट कपडाको मास्क वितरण, फुकुओका शहरमा मे १२ देखि शुरु भयोI
एउटा परिवारलाई २ वटा मास्क वितरण गरिन्छI यो कपडाको मास्क धोएर जति पटक पनि प्रयोग गर्न सकिन्छI
धुँदा, लुगा धुने डिटर्जन्टले बिस्तारै धोएर छायाँमा प्राकृतिक तरिकाले सुकाउनुहोस्I
【मास्क र सवारीको बारेमा】
फुकुओका प्रान्तमा आपतकालीन घोषणा हटाईएकोले, सार्वजनिक यातायात प्रयोग गर्ने व्यक्तिहरुको संख्या बढेको हुनुपर्छI त्यसकारण, फुकुओका शहरबाट सबैलाई अनुरोध छI
फुकुओका सिटि सबवे वा फुकुओका सिटि चार्टर जहाज प्रयोग गर्दा, ३ मुख्य कुराहरुबाट बच्न, नबिर्सिकन मास्क लगाउनुहोस्I आपतकालमा बाहेक, अरु बेलामा पनि सबवे ट्रेन वा जहाजमा कुराकानी नगर्नुहोस् र त्यस्तै, मिल्छ भए घरमै बसेर काम गर्नुस् वा फरक समयमा काममा जाने गरि भींडभाड हुन नदिनमा सहयोग गर्नुहोस् I
2020.04.30[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【मनपर्ने जापानी फिल्म】
फुकुओकाले पनि अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गरेदेखि, तपाईहरुमध्ये कतिपय आजकल घरमै समय बिताउने गरि राख्नुभएको होला। तपाईंहरु घरमा समय हुँदा कत्तिको फिल्म हेर्नुहुन्छ हो? आजकल त फिल्म हेर्न, सिनेमा हल नै जानु पर्छ भन्ने छैन, घरमै विभिन्न फिल्महरू अनलाईनमा हेर्न सकिन्छ नि होइन!
मलाई चाहिँ, फुर्सदको समयमा घरमा हुँदा फिल्म हेर्न एकदम मन पर्छ! म नेपाली फिल्मसँगै हिन्दि, इंगलिस, अनि जापानी फिल्महरु हेर्छुI मैले हेरको जापानी फिल्महरुमध्ये, मन पर्ने फिल्म Thermae Romae; जापानी भाषामाテルマエ・ロマエ(तेरुमाए रोमाए) नामले चिनिन्छ| Mari Yamazaki को award-winning manga series मा आधारित, यो कमेडी फिल्म, प्राचीन रोमका एकजना आर्किटेक्टको बारेमा हो, जसले बिभिन्न समस्याको समाधान, आधुनिक जापानमा प्रवेश गरि फेला पार्दछI फिल्मको अन्य रमाईलो विषयहरुमध्ये, एउटा चै, प्राचीन रोमको Thermae, अर्थात् तातोपानीले नुहाउने सुबिधा, अहिलेको जापानको ओन्सेन्को आइडिया प्रयोग गरि बनाएको भनि कमेडीको रुपमा देखाएको छI यस फिल्मको हिरो Hiroshi Abe को अभिनय पनि धेरै राम्रो लाग्यो! फुर्सद भए तपाईंहरु पनि यो फिल्म हेर्नुहोस् है!
【आपतकालीन घोषणा र तीन मुख्य कुराहरुको बारेमा आव्हान 】
• कोरोना भाइरस फैलिरहेको परिस्थितिले गर्दा, राष्ट्रिय आपतकालिन घोषणा भयो र सबै बासिन्दालाई बिनम्र अनुरोध गरियो।
• अनुरोधमा, मे ६, बुधवारसम्म, अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गरिएको छ।
तर अस्पताल जान वा खानेकुरा किन्नको लागि निस्कन सक्नुहुन्छ।
• मुख्यतया: तीनवटा कुराहरुको बारे जानकारी लिनु र व्यवहारमा ल्याउनु अत्यन्तै आवश्यक छ। ती हुन् :
१. हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने।
२. भीडभांडका ठाउँहरूमा नजाने।
३. कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउने।
यी तिनै कुराहरु ध्यानमा राख्नुहोस् ।
प्रत्येक व्यक्तिको प्रयास जीवन बचाउँनमा महत्वपूर्ण भूमिमा खेल्दछ। त्यसैले, आफुलाई कोरोना सर्नेबाट जोगाउने मात्र होसियार नभई, नजिकैका व्यक्तिहरूलाई पनि संक्रमित गर्ने खतराहरूदेखि सावधान हुनुहोस् र यसलाई रोक्नको लागि उपयुक्त कदमहरु अपनाउनुहोस् ।
【प्रोत्साहन शुक्रबार】
कोरोना भाइरस रोकथाम गर्न अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरु जस्तै चिकित्सक तथा नर्सिंग पेशामा संलग्नहरू, जो निरन्तर उपचार र संक्रमण फैलिन नदिने क्रियाकलापहरुमा संलग्न छन्, भाइरस संक्रमणको जोखिममा पनि हाम्रो जीवन रक्षाको लागि सहयोग गर्दै हुनुहुन्छ।
हाम्रो जीवन रक्षाको लागि संघर्ष गर्ने सबैजनालाई, हरेक शुक्रबार १२ बजे, धन्यवाद स्वरुप ताली बजाई, “प्रोत्साहन शुक्रबार” भन्दै प्रशंसा गरौँI
यो फुकुओका शहरबाट जारी सूचना थियो।
2020.04.16[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
कोरोना भाईरसको संक्रमणको विस्तार रोकथामको लागि अनुरोध
तपाईंहरुले सुन्नुनै भयो होला, फुकुओका प्रान्तलाई अप्रिल ७ मा आपतकालीन क्षेत्र भनेर घोषित गरिएको छ। फुकुओकाको गभर्नरले सबै बासिन्दालाई मे ६, बुधवारसम्म, अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गर्नुभएको छ। यसका साथै, मुख्यतया: तीनवटा कुराहरुको बारे जानकारी लिनु र व्यवहारमा ल्याउनु पनि अत्यन्तै आवश्यक छ। ती हुन् :
१. हावा आवतजावत कम हुने बन्द कोठामा नबस्नुहोस्।
२. भीडभांडका ठाउँहरूमा नजानुहोस्।
३. कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउनुहोस्।
यी कुराहरु ध्यानमा राखेर, कोरोना भाइरसलाई फैलिन नदिन, कुनै पनि कार्यक्रम वा ठूलो जमघट आदिमा, सहभागी नहुनुहोस्।
आपतकालीन भन्नाले शहर नाकाबन्दी होइन। रेल, बस र अन्य प्रकारका सार्वजनिक यातायात सञ्चालन जारी रहनेछ र सडकहरू अवरुद्ध हुनेछैन। त्यसैले नआतिनुहोस्।
साथै, अभिभावकहरु जसले आफ्नो बच्चालाई प्रमाणित नर्सरी स्कूल वा स्कूलमा बच्चाहरुको क्लब, जापानिजमा रुसुखातेई कोदोमो खाई, मा पठाउनुहुन्छ, उहाँहरुले सम्भव भएसम्म घरमै आफ्ना बच्चाहरूको हेरचाह गर्नुहोस् भनि फुकुओका शहरबाट आग्रह गरिएको छ।
अधिक जानकारीको लागि, कृपया वेबसाइटहरु मार्फत, फुकुओका प्रान्त र फुकुओका शहरले निकालेका जानकारीहरु अन्य लिदैंगर्नुहोस्।
2020.04.09[Thu] 13:20
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
“कोरोना भाईरसको संक्रमणको विस्तार रोकथामको लागि अनुरोध”
यो फुकुओका शहरको सुचना होI
यो सुचना कोरोना भाईरसको संक्रमणको विस्तार रोकथामको लागि अनुरोध सम्बन्धि होI
कोरोना भाईरसको संक्रमणको विस्तार रोकथामको लागि, अप्रिल ७ मा, फुकुओकाको गभर्नरले फुकुओका प्रान्तका सबै बासिन्दालाई मे ६, बुधवारसम्म आपतकालीन क्षेत्र घोषणा गरिएको जानकारी दिनुका साथै मुख्यतया: तीनवटा कुराहरु (3C) लाई व्यवहारमा ल्याउनका लागि जोड दिएका छन्I ती हुन् : हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने र कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउने।
आपतकालीन भन्नाले शहर नाकाबन्दी होइन। रेल, बस र अन्य प्रकारका सार्वजनिक यातायात सञ्चालन जारी रहनेछ र सडकहरू अवरुद्ध हुनेछैन। त्यसैले नआतिनुहोस्।
साथै, अभिभावकहरु जसले आफ्नो बच्चालाई प्रमाणित नर्सरी स्कूल वा स्कूलमा बच्चाहरुको क्लब, जापानिजमा रुसुखातेई कोदोमो खाई, मा पठाउनुहुन्छ, उहाँहरुले सम्भव भएसम्म घरमै आफ्ना बच्चाहरूको हेरचाह गर्नुहोस् भनि फुकुओका शहरबाट आग्रह गरिएको छ।
अधिक जानकारीको लागि, कृपया फुकुओका प्रान्त र फुकुओका शहरको होमपेजहरु हेर्नु होलाI
यो फुकुओका शहरबाट जारी सूचना थियो।
2020.04.02[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट |
फुकुओका आएको ५ वर्ष भयो | मैले Kyushu University बाट Urban Planning मा PhD गरि, हाल Love FM मा नेपाली भाषामा कार्यक्रमको DJ सँगसँगै, Professionally as an Architect, Japanese Design and construction company मा पनि काम गर्दैछु | यसको साथै, नेपाली भाषा सिक्न चाहाने Japanese हरुलाई बिगत ३ वर्षदेखि नेपाली भाषा पनि सिकाउदै आइरहेकी छु |
मलाई पुरानो Japanese buildings को अध्ययनको साथसाथै नयाँ शैलीको building design गर्न मनपर्छ |
अबबाट Fukuoka City ले जारी गरेको जानकारीमुलक सूचना दिन लागि रहेकी छु |
अबबाट फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचना दिन लागिरहेकी छु |
फुकुओकामा विदेशीहरुलाई समस्या भईरहेको जुनसुकै बिषयमा पनि परामर्श लिनका लागि, Fukuoka City Consultation Support Center for Foreign Residents को सुबिधा रहेको छ |
नयाँ बसोबासमा भएको समस्या, जापानी भाषा भएर नबुझेको कुरा वा कुनै पनि बिषयमा तपाईंले परामर्श लिन सक्नुहुनेछ | यो सुबिधा १९ भाषाहरुमा राखिएको हुनाले, अबश्य यो सुबिधालाई प्रयोग गर्नुहोस् |
परामर्शका लागि फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नु होला |
यो फुकुओका शहरबाट जारी सूचना थियो |