福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.10.16[Thu] 09:00
जापानी भाषा(日本語) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【Hakata Old Town Festival/Hakata Old Town Light-up Walk】
पुराना हाकाताको आकर्षण अनुभव गर्न सकिने शरद ऋतुका केही कार्यक्रमहरूको जानकारी गराउँदैछौँ ।
यस शुक्रबार, १७ तारिकबाट सुरु हुने कार्यक्रम हो, "Hakata Old Town Festival"। धेरैजसो मन्दिर तथा पुराना सहरहरू रहेका "हाकाता पुरानो सहर" क्षेत्रमा अर्को महिना नोभेम्बर ९ तारिकआइतबारसम्म, इतिहास र संस्कृतिले भरिपूर्ण सहरमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । २४ दिनसम्म चल्ने यो महोत्सवमा पुरानो सहर घुम्ने, किमोनो लगाउने, खानेकुराको आनन्द लिने अवसर प्राप्त हुनेछ ।
यसमध्ये पनि " Hakata Old Town Light-up Walk"विशेष छ, सामान्यतया प्रवेश गर्न नमिल्ने मन्दिरहरू यो अवधिमा विशेष गरी राति खुला गरिनेछ । मन्दिरका भवन र बगैँचालाई उज्यालोले सजाइनेछ र सुन्दर बनाइएका मन्दिरका बाटो तथा रमणीय परिसरको आनन्द लिन सकिनेछ । यो कार्यक्रममा दिउँसोभन्दा फरक वातावरणमा मन्दिर दर्शन गर्न पाइनेछ । यस वर्षको झिलिमिलीको विषय "प्रकाशको जङ्गल"रहेको छ । " Hakata Old Town Light-up Walk" ३१ तारिकशुक्रबारबाट सुरु भई नोभेम्बर ३ तारिकसोमबारसम्म चल्नेछ । झिलिमिलीको समय साँझ १७:३० देखि राति २१:०० बजेसम्म तोकिएको छ ।
यी ४ दिनमा, क्लासिक सङ्गीतको प्रत्यक्ष प्रस्तुति, ज्याजको प्रत्यक्ष सङ्गीतसँगै जापानी रक्सी लगायतका पेय पदार्थ, फुड ट्रकका परिकारको आनन्द लिन सकिने साङ्गीतिक कार्यक्रम, साथै रात्रिकालीन बजार र बजारमा दिन र रात दुवै समय हाकाताको खानाको मजा लिन सकिनेछ । थप जानकारीको लागि, कृपया वेबसाइट हेर्नुहोस् ।
यो कार्यक्रममा मात्र उपलब्ध हाकाताको विशेष इतिहास र संस्कृतिको अनुभव गर्न, तपाईहरु पनि पक्कै जानुहोला ।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" को जानकारी
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ।
यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल, फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ आवश्यक छैन।
प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
अक्टोबर महिनामा यो कार्यक्रम२८ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु हो,"सान्नो कोदोमो प्लाजाबाट सञ्चालित ३० मिनेटको रिथमिक कक्षा"।
सङ्गीतको तालमा अभिभावक र बच्चा दुवैले जिउ हल्लाउँदै रमाइलो गर्नेछन्। यो अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने अवसर हो। रिथमिकको माध्यमबाट सङ्गीतको मजा र अभिव्यक्तिको आनन्दलाई अभिभावक र बच्चा दुवै मिलेर महसुस गरेर हेरौं!
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।