ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021.09.09[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【नयाँ चामलको सिजन】

भात जापानको मुख्य खाना हो। हरेक वर्ष जुलाईबाट नयाँ चामलको आनन्द उठाउन सकिनेभए पनि नयाँ चामलको स्वादको भरपूर आनन्द लिने चाहिं शरद ऋतुतिर मानिन्छ । अक्टोबरमा, तोहोकु र होक्काइडोको नयाँ चामलहरु पनि पसलहरुमा बिक्रीमा राखिएको देख्न पाउनुहुन्छ।

चामललाई स्वादिष्ट रुपमा पकाउनका लागि, धेरै नपखाल्ने, थोरै पानीमा पकाउने, अनि पाक्ने बित्तिकै भातलाई पन्युले चलाएर हल्का पार्ने गर्नुपर्छ।

फुकुओका प्रान्तमा, "युमेचुकुशी", "गेन्कीचुकुशी", र "हिनोहिकारी" गरि तीन प्रकारका चामलहरु उत्पादन हुने गरेका छन्।

तपाईंहरु पनि यस सिजनमा नयाँ चामलको मिठो भात खाएर आनन्द लिनुहोला है।

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरले फुकुओका शहरमा आवासीय कार्ड प्राप्त गर्नुभएका १२ वर्षका वा सोभन्दा माथिका व्यक्तिहरुलाई नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना पठाइएको छl

खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम आदि जस्ता कागजपत्रहरु पठाइएको हुनाले जाँच गर्नुहोलाl

फुकुओका शहरमा बसोबास गर्दैहुनुभए पनि अहिलेसम्म प्राप्त गर्नुभएको छैन भने, कार्यक्रमको अन्त्यमा दिइने फोन नम्बरमा सम्पर्क गर्नुहोस्।

अहिले बस्दै गर्नुभएको ठेगाना यदि आवासीय कार्डमा भन्दा फरक भएका व्यक्तिहरुले, सर्वप्रथम वार्ड अफिसमा ठेगाना परिवर्तनको प्रकिया शुरु गर्नका लागि अनुरोध गर्दछौं।

 

सूचना प्राप्त गर्नुभएपछि, बुकिंग गरेर खोप केन्द्रमा खोप लगाउन सक्नुहुन्छ।

खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।

खोप दिने स्थानहरु, स्थानीय क्लिनिक, प्रत्येक वार्डको सामूहिक खोप केन्द्र, र च्यूओउ फुतोउ क्रूज़ सेन्टर हुन्।

तेन्जिनबाट नि:शुल्क शटल बसबाट च्यूओउ फुतोउ क्रूज़ सेन्टरमा जान सक्नुहुन्छ।

साथै फुकुओका सिमीन् ब्योउइन्मा राती १०:०० देखि भोलिपल्ट बिहान ८:०० सम्म मध्यरातमा खोप लगाउन सकिन्छ।

 

खोप लिन इच्छुक व्यक्तिहरुले कृपया अग्रिम बुकिंग गर्नुहोस्।

•       बुकिंग साइटबाट एकै समयमा दोस्रो पटकको खोपको लागि पनि बुकिंग गर्नुहोस्।

•       साइटबाट बुकिंग गर्न गाह्रो भएमा, फोन मार्फत पनि बुकिंग गर्न सक्नुहुन्छ।

•       बुकिंगका लागि खोप कुपन नम्बरको आवश्यक पर्छ।

•       खोपको दिनमा; खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम एक प्रति र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।

•       खोप कुपन टाँस्न मिल्ने सीलको रुपमा छ। तर सील नउप्काइकन सील सहितको कागज खोप केन्द्रमा लिएर जानुहोस्।

•       १ पटकको खोपमा १ प्रति प्रारम्भिक चिकित्सा जाँच फाराम प्रयोग गरिन्छ। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।

•       कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।

•       मास्क पक्कै पनि लगाउनुहोस्।

 

तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।

त्यसैले शारीरिक अवस्था कमजोर भएको बेला बाहेक, सो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।

 

खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।

खोप सम्बन्धि परामर्श लिन सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

साथै, खोप निःशुल्क हो। पैसा माग्ने, फोन वा ईमेलबाट व्यक्तिगत विवरण सोध्ने जस्ता गतिविधिहरु पाईएको हुनाले सावधान रहनुहोस्।

2021.09.02[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】
Devraj Budhathoki

(https://www.facebook.com/mininepal.jp/)

2021.08.26[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【तरकारी दिवस】

अगस्त ३१ तरकारी दिवस हो।

प्रति वयस्कको दैनिक आवश्यक तरकारीको मात्रा ३५० ग्राम हो, तर सर्वेक्षण अनुसार लगभग ६०ग्राम कमी भएको देखिन्छ। यस कमीलाई परिपूर्ति गर्न, खानामा सागपातलाई संलग्न गराउनु राम्रो हुन्छ।

नरम हुने गरि नूनको स्वाद भएको ससमा उमालेर वा तेलमा भुटेर सागपातलाई खानामा समावेश गर्न सकिन्छ।

कहिलेकाहीँ तरकारी किने पनि, खान नसकी फ्याँक्नु परेको पनि हुन सक्ला। यस्तो अवस्थामा, काटिएर नै राखिएको तरकारीको उपयोग गर्नु पनि राम्रो होला।

एक जनालाई खान पुग्ने मात्राको काटिएर राखिएको तरकारी, सुपरमार्केट र कन्भिनीयन्सहरुमा सजिलै किन्न पाईन्छ।

यो सूप बनाउन र तुरुन्तै नूडल्स बनाउनको लागी एकदम सजिलो छ।

 

【प्रकोप रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा】

प्रत्येक वर्ष सेप्टेम्बर १ "प्रकोप रोकथाम दिवस" हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "प्रकोप रोकथाम दिवस" बाट  सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ। "भण्डारण" भन्नाले, खानेकुरा आदि संचित गरेर राख्नु हो।

घर वा कार्यस्थलमा "भण्डार" का साथ, प्रकोप रोकथामको बारेमा नागरिकहरुमा जनचेतना जगाउने प्रयास गर्दैछौं।

 

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।

पसल बन्द भएमा, तपाईं खाना वा पेय पदार्थ किन्न सक्नुहुन्न।

यदि पानी आपूर्ति बन्द भयो भने, पानी पिउन पाउनुहुन्न।

यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, तपाईं पकाउन सक्नुहुन्न।

बाँच्न सफल ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्नु आवश्यक छ।

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौंI

प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।

आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राख्नुहोस्।

रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गर्नुहोस्।

सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार पार्नुहोस्।

यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गर्नुहोस्।

 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ।

दिनदिनै, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयार गरि राखौं।

 

सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छI

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छI

 

टाइफून, प्राय: वर्षको यस बेला हुन्छ, त्यसैले प्रकोपको लागि तयार गरि राखौं।

2021.08.19[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【सुइका अर्थात् खर्बुजा】

सुइका अर्थात् खर्बुजा, तपाईंहरु प्रायःजसोले खानुभएको नै छ होला। खर्बुजामा पोटाशियम, क्याल्शियम, म्याग्नीशियम, इत्यादि भई पौष्टिक हुन्छ। यसमा अलिकति नुन छर्केर खानुभयो भने स्पोर्ट्स ड्रिंकको जस्तो काम गर्छ।

यस फलमा पानीको मात्रा धेरै हुने भएकोले, अत्याधिक गर्मीबाट बच्नका लागि पनि उपयुक्त हुन्छ।

प्रति १०० ग्राममा ३७ क्यालोरी, भन्नाले कम क्यालोरी हुनु यसको अर्को बिशेषता हो।

क्युशुमा यसको मुख्य उत्पादन क्षेत्र, कुमामोटो प्रान्त हो, जसले जापानकै सबैभन्दा ठूलो उत्पादन खण्डलाई ओगटेको छ।

फुकुओका शहरमा चाहिं निशी वार्डमा मात्र खर्बुजाको उत्पादन गरिंदै आईरहेको छ।

ब्रान्डको नाम "किताजाकी सुइका" हो।

यदि तपाईंहरुले सुपरमार्केटमा खर्बुजा देख्नुभएमा, उत्पादन क्षेत्रहरूको तुलना गरेर हर्न पनि रोचक हुन सक्ला कि।

 

【मापसे ड्राइभिंग उन्मूलनको बारेमा】

तपाईंहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १५ वर्ष पुग्यो।

फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ।

तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२० मा, मापसेका कारण ३१ वटा दुर्घटनाहरू भएको पाईन्छ।

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

  • मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।
  • मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।
  • साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

 

मदिरा पिएर गाडी चलाउनु भयो भने, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरण को लागी,

  • सुरक्षित ड्राइभिंगका लागि आवश्यक पर्ने ध्यान र निर्णय कम हुनेछ।
  • अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुनेछ।
  • ब्रेक पेडल थिच्न लामो समय लिनेछ।

 

साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।

  • ट्राफिक लाइट रोकिंदा, गाडी स्टप लाइनभन्दा केही अगाडि रोकिन्दा
  • ट्राफिक लाइट हरियो भएता पनि, गाडी सजिलैसँग शुरु नहुँदा
  • अस्वभाविक लाग्दा
  • गाडी अचानक शुरू र अचानक गति दोहोर्याउँदा

 

"मदिरा सेवन गरि गाडी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौं"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ।

सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

2021.08.12[Thu] 09:00

समुदाय(コミュニティ)

【उचिवा】

के तपाईंले कहिल्यै "उचिवा"को प्रयोग गर्नुभएको छ?

"उचिवा" भनेको काठ वा प्लास्टिकको ह्यान्डल भएको, फराकिलो गोलाकार आकारको, कागजले बनेको गर्मीमा हावाको लागि प्रयोग गर्ने वस्तु हो।

 

उचिवा, छैठौं शताब्दीतिर चीनबाट आएको भनिन्छ।

नारा र हेइआन् कालमा, उच्च-पदस्थ व्यक्तिहरूले यसलाई समारोह र भाग्य हेर्न, साथै घामलाई छेक्न र अनुहार ढाक्न प्रयोग गर्ने गर्थे। ईडो कालमा, यसको प्रयोग खाना पकाउन र कीराहरू समात्नलाई मात्र नभई, सजावट र विज्ञापनको रूपमा पनि प्रयोग गरेको देखिन्छ।

अहिले पनि, शहरमा कहिलेकाँही कम्पनीको लोगो भएको उचिवा वितरण गरिरहेको देख्न सकिन्छ।

यदि तपाईले उचिवा पाउनुभयो भने, पक्कै पनि यसलाई प्रयोग गरेर हेर्नुहोस्।

पर्यावरण अनुकूल उचिवा, राख्ने गर्नु भएमा, यस गर्मीमा एकदम सुविधाजनक हुन्छ।

 

【प्रसाशनिक वकिलद्वारा परामर्श,कानूनी परामर्श र मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय】

यस पटक, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

 

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

अर्को, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” को जानकारी रहेको छ I

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १ बजे देखि ४ बजेसम्म, परामर्श अवधि ४५ मिनेट, वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छI

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोलाI

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी वा जापानी भाषामा प्रदान गरिंदै आइरहेको छ।

 

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I

 

बुकिंग वा विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ देखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध छI

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

2021.08.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरले जून ३० तारिखमा, ६४ वर्षका वा सोभन्दा कम उमेरका व्यक्तिहरुलाई नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना पठाइएको छl

खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम दुई प्रति, खोप लगाउने बारेको निर्देशिका, खोपको सूचना पर्चा, अनि बुकिंग शुरु हुने मिति र समयको सूचना खामभित्र राखेर पठाइएको छl

फुकुओका शहरमा बसोबास गर्दैहुनुभए पनि अहिलेसम्म प्राप्त गर्नुभएको छैन भने, कार्यक्रमको अन्त्यमा दिइने फोन नम्बरबाट पुन: जारीको लागि निवेदन दिनुहोस्।

 

•       १२ वर्षको वा सोभन्दा माथिका व्यक्तिहरु खोपका लागि योग्य छन्। विदेशीहरू पनि योग्य छन्।

 

•       खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।

 

•       खोप दिने स्थान, स्थानीय क्लिनिक वा प्रत्येक वार्डको सामूहिक खोप केन्द्र हो।

 

•       बस्दै आउनुभएको वार्ड बाहेक अन्य ठाउँमा पनि खोप लिन सम्भव छ।

 

•       १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरुले च्यूओउ फुतोउ क्रूज़ सेन्टरमा पनि खोप लगाउन सकिन्छ।

 

तेन्जिन र च्यूओउ फुतोउ क्रूज़ सेन्टरको बीच नि:शुल्क शटल बस संचालन भइरहेको छ।

 

साथै फुकुओका सिमीन् ब्योउइन्मा राती १०:०० देखि भोलिपल्ट बिहान ८:०० सम्म मध्यरातमा खोप लगाउन सकिन्छ।

 

खोप लिन इच्छुक व्यक्तिहरुले कृपया अग्रिम बुकिंग गर्नुहोस्।

 

•       बुकिंग साइटबाट एकै समयमा दोस्रो पटकको खोपको लागि पनि बुकिंग गर्नुहोस्।

 

•       साइटबाट बुकिंग गर्न गाह्रो भएमा, फोन मार्फत पनि बुकिंग गर्न सक्नुहुन्छ।

 

•       बुकिंगका लागि खोप कुपन नम्बरको आवश्यक हुन्छ।

 

•       खोपको दिनमा; खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम एक प्रति र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।

 

•       खोप कुपन टाँस्न मिल्ने सीलको रुपमा छ। तर सील नउप्काइकन सील सहितको कागज खोप केन्द्रमा लिएर जानुहोस्।

 

•       १ पटकको खोपमा १ प्रति प्रारम्भिक चिकित्सा जाँच फाराम प्रयोग गरिन्छ। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।

 

•       कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।

 

•       मास्क पक्कै पनि लगाउनुहोस्।

 

तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।

 

त्यसैले शारीरिक अवस्था कमजोर भएको बेला बाहेक, सो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।

 

खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।

 

खोप सम्बन्धि परामर्श लिन सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५

 

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

 

अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

खोप निःशुल्क हो। कुनै पनि पैसा लाग्ने छैन।

 

साथै, फोन वा ईमेलबाट व्यक्तिगत विवरण सोध्ने छैन।

 

कृपया शंकास्पद फोन कल र ईमेलदेखि सावधान रहनुहोस्।

2021.07.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

मिराज सेदाई (Indo-Neparu Ryori Izayaka Khanpai को Owner)

 

https://www.facebook.com/pg/%E7%84%BC%E8%82%89%E5%B1%85%E9%85%92%E5%B1%8B%E3%82%AB%E3%83%B3%E3%83%91%E3%82%A4-113175703751279/community/

2021.07.22[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ)

【पानीको राम्रोसँग उपयोग】

अगस्ट आउनै लाग्यो। अगस्ट, बर्षको सबैभन्दा बढी पानी प्रयोग हुने महिना हो।

हामीहरु प्राय:, पानीको असुविधा बिना प्रत्येक दिन बिताउँदै आइरहेकोले, धारा खोल्नासाथ जुन बेला पनि चाहे जति पानी आउँछ भनेर सोच्न सजिलो छ।

यद्यपि, यस पानीलाई पानीको स्रोतबाट धारासम्म सुरक्षित रूपमा पुर्याउन धेरै मानिसहरूको श्रम लागेको हुन्छ। पानी भनेको सीमित र अमूल्य स्रोत हो भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी छ।

त्यस्तै, पानी खेर नफाली आवश्यक जति मात्र पानी उपयोग गरेर पानीको बचत गर्ने प्रयास महत्वपूर्ण छ।

जापानका शहरहरूमध्येमा, प्रति व्यक्ति कम पानी प्रयोग गर्ने शहर, वास्तवमा फुकुओका हो।

अवश्य तपाईंहरुले पनि दैनिक रुपमा पानीको प्रयोग समझदारीका साथ गर्नुहोला।

सबैभन्दा पहिले, दैनिक जीवनमा तुरून्त पानीको बचत गर्न सक्ने तरिकाहरूको परिचय दिनेछु।

१. मुख धुँदा, दाँत माझ्दा, वाशबेसिन वा कपको प्रयोग गर्नुहोस्, धारा खोली नराखौं।

२. खाना बनाउने क्रममा, पानीको बहावलाई मिलाएर, तरकारी र भाँडा पखाल्ने गरौं।

३. ओफुरोको समयमा, शावरको धारालाई बन्द गर्नुहोस्, धेरै मात्रामा तातो पानी प्रयोग नगर्नुहोस्।

सिमित स्रोतको प्रभावकारी ढंगले उपयोग गरौं।

 

【प्रसाशनिक वकिलद्वारा परामर्श सम्बन्धि】

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I

 

विस्तृत जानकारी वा बुकिंग गर्ने तरिकाका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज तथा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

 

【Mail Magazine को परिचय】

“Fukuoka City International Foundation Mail Magazine” भन्नाले, फुकुओकाको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, अन्तर्राष्ट्रिय सहयोगको बारेमा, हरेक महिना अंग्रेजी र जापानी भाषामा समाचार दिने Mail Magazine हो।

वेबसाइटबाट सजिलै यस सेवाको लागि आवेदन दिन सक्ने भएकोले, कृपया "fcif" भनि खोजेर प्रयोग गर्नुहोला।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.07.15[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【विश्व इमोजी दिवस】

जुलाई १७, विश्व इमोजी दिवस हो। ईमोजी सम्बन्धित वेबसाइट "Emojipedia" को आयोजक Jeremy Burge ले सन् २०१४ मा स्थापना गरेका थिए। यसलाई अंग्रेजीमा "World Emoji Day" भनिन्छ। यो मिति चाहिं, धेरैजसो स्मार्टफोनको क्यालेन्डरको ईमोजीले जुलाई १७ लाई प्रतिनिधित्व गर्दै आईरहेको तथ्यबाट देखिन्छ।

"इमोजी" जापानमा सिर्जना भएको हो र सन् १९९९ मा NTT Docomo को मोबाइल फोन सेवा      "i-mode" मा राखिएको थियो। त्यस समयमा, इमोजी "शब्द" नभई "चित्रण" हो, भनेर आलोचनाहरू पनि भएका थिए तर पछि गएर, विशेष गरी युवाहरू माझ अत्यन्तै लोकप्रिय भई फैलियो।

अनि, २०१० मा अन्तर्राष्ट्रिय क्यारेक्टर कोड "युनिकोड" मा नयाँ थपियो। फलस्वरुप, मोबाइल फोनको इमोजी, कम्प्युटर र स्मार्टफोन आदिमा पनि प्रयोग गर्न मिल्ने भई, अहिले "इमोजी" को रूपमा विश्वभरका मानिसहरूले प्रयोग गरिरहेका छन्।

इमोजी, भाषा नबुझे पनि कुराकानी सहज बनाउने भएकोले, विश्वव्यापी भाषा हो भन्दा पनि ठिकै होला।

 

【अत्याधिक गर्मीदेखि सावधान हुनुहोस् !】

अत्याधिक गर्मीको बेला, गर्मीबढ्ने जस्ता गाह्रो ब्यायाम गरेमा शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन, अनि शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा हुन्छI

अत्याधिक गर्मीले गर्दा टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने र झाडापखाला लाग्ने जस्ता लक्षणहरु देखा पर्न सक्छ। यस्तो बेलामा शरीरलाई  चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछI यदि यस्तो गर्दा नी ठिक नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्।

विशेष गरि, यो जुलाईमा चर्को घामसँगै बढेको अत्याधिक गर्मीका कारण आपतकालीन वाहकहरु धेरै परिचालन गरिन्छ।

यस्तो अत्याधिक गर्मी र आर्द्रतालाई शरीरले सामान्य रुपमा लिन नसक्ने हुनाले कृपया सावधान हुनुहोलाI

नयाँ कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन, घरमा बिताउने समय बढी रहेको छI

अत्याधिक गर्मीको असर, घर बाहिर मात्र नभई, घर भित्र पनि हुन सक्छ।

गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुन्छ, कृपया सतर्क हुनुहोस्I

〇अब केही अत्याधिक गर्मीबाट बच्ने उपायहरु बताउन गईरहेकी छुI

・ध्यानपूर्वक शरीरमा पानीको आपूर्ति गर्ने गरौं।

शरीरमा पानीको आपूर्तिको लागि आफ्नो दैनिकीमा चिया र पानीको सक्दो धेरै प्रयोग गरौंI

व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छI

यदि तपाईको धेरै पसिना निस्किरहेको छ भने, नुन र पानी पिएर शरीरमा पानीको मात्रा कायम राखौंI

・टोपी वा छाताको प्रयोग गरि, प्रत्यक्ष सूर्यको किरणबाट जोगौं।

・कोठाको तापक्रम २८ डिग्री भन्दा बढी नबनाउनका लागि, air conditioner र फ्यान राम्रोसँग प्रयोग गर्ने गरौँI

・Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

・सन्तुलित आहार र राम्रो निद्रा लिएर, स्वस्थ्य शारीरिक अवस्थालाई कायम राखौं।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.07.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【क्यूउरी अर्थात् काँक्रो】

वर्षभरि खान सकिने तरकारी हो, क्यूउरी अर्थात् काँक्रो। यसमा ९५% भन्दा बढी पानीको मात्रा हुन्छ।

साथै, क्यूउरीमा प्रशस्त मात्रामा रहेको पोटाशियममा मूत्रवर्धक छ भनिन्छ तथा ह्यांगओभर र हातखुट्टाहरूको सूजनलाई कम गर्नका लागि पनि राम्रो मानिन्छ।

 

फुकुओका प्रान्तमा, संस्थागत खेतीमा केन्द्रित भई वर्षभरि स्वादिष्ट क्यूउरी उत्पादन र शिपिंग गर्दै आईरहेको छ। हाकाता पोर्ट लामो समयदेखि, महाद्वीपसँगको व्यापारको मुख्य केन्द्रबिन्दु भएकोले, खेतीको शुरुवात जापानमा पनि पहिलेदेखि नै भएको देखिन्छ।

घरमा क्यूउरीलाई भण्डारण गर्दा, पानीलाई पुछेर, तिनीहरूलाई सुख्खा हुन नदिन प्लास्टिकको झोलामा राखेर फ्रिजको तरकारी डिब्बामा राख्ने गर्नुहोस्।

अधिकतम तापक्रम १० देखि १५ डिग्री सेल्सियस, अधिक चिसोले क्यूउरी तितो हुनुका साथै भिटामिन C मा पनि कमी आउने भएकोले ध्यान दिनुहोला।

 

फुकुओका शहरलाई प्रतिनिधित्व गर्ने उत्सव, हाकाता गिओन् यामागासाको बेला, जुलाई १ देखि जुलाई १५ सम्म, उत्सवमा भाग लिने मानिसहरूले कहिल्यै क्यूउरी खाँदैनन्।

किनकि, गोलो आकारमा काटिएको क्यूउरीको भाग, यामागासाको देवताको चिन्हसँग मिल्दोजुल्दो छ भनिन्छ।

 

【फुकुओका शहरको सूचना “नयाँ कोरोनाको खोपको सूचना】

तपाईंले फुकुओका शहरबाट हुलाक मार्फत्, नयाँ कोरोनाको खोपको सूचना प्राप्त गर्नुहुनेछ, त्यसैले खाम खोलेर अवश्य भित्र हेर्नुहोस्।

खोप कुपन र २ वटा प्रारम्भिक परिक्षा स्लिपहरूको साथसाथै, खोप निर्देशिका, खोप जानकारी पुस्तिका, तथा रिजर्भेसन शुरु मिति र समय सूचना पुस्तिका समावेश छन्।

 

१६ वर्ष वा १६ वर्षभन्दा माथिका व्यक्तिहरु खोपका लागि योग्य छन्।

खोपको संख्या २ पटक हो, ३ हप्ताको अन्तरालमा दिईन्छ।

  

खोप दिने स्थान, स्थानीय क्लिनिक वा प्रत्येक वार्डको सामुहिक खोप केन्द्र हो।

भविष्यमा खोप केन्द्रहरूको संख्या बढ्ने सम्भावना पनि छ।

 

अन्तर्निहित चिकित्सा अवस्था भएका व्यक्तिहरुको उपस्थिति वा अनुपस्थिति वा उमेरको आधारमा, रिजर्भेसन शुरू मिति र समय फरक हुन्छ।

कृपया खामभित्र भएको "रिजर्भेसन शुरु मिति र समयको सूचना" मा, आफ्नो शुरु मिति र समय जाँच गर्नु होला।

अपोइन्टमेन लिन मिल्ने दिन भएमा, अवश्य अग्रिम रिजर्भेसन गर्नुहोस्।

रिजर्भेसन साइटमा, सकेसम्म दोस्रो पटकको खोपको लागि पनि त्यहि समयमा अपोइन्टमेन लिनुहोस्।

यदि साइटबाट रिजर्भेसन गर्न समस्या भइरहेको छ भने, कृपया फोनमा सम्पर्क गर्नुहोस्।

रिजर्भेसन गर्न तपाईंको आफ्नो भौचर नम्बर चाहिन्छ।

 

खोपको दिनमा; खोप कुपन, १ वटा प्रारम्भिक परिक्षा स्लिप र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।

खोप कुपन एक किसिमको स्टीकर हो, तर यसलाई नहटाईकन जस्ताको तस्तै ल्याउनुहोस्।

१ पटकको खोपमा १ वटा प्रारम्भिक परिक्षा स्लिप प्रयोग गर्नुहोस्। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।

कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।

मास्क पक्कै पनि लगाउनुहोस्।

तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।

त्यसैले कमजोर शारीरिक अवस्था भएको बेला बाहेक, त्यो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।

 

खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।

नबुझेको कुरा भएमा वा रिजर्भेसन साइटबाट रिजर्भेसन गर्न समस्या भइरहेको छ भने, कृपया फोनमा सम्पर्क गर्नुहोला। फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५, हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म फोन सेवा उपलब्ध छ।

अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

खोप निःशुल्क हो। कुनै पनि पैसा लाग्ने छैन।

साथै, फोन वा ईमेलबाट व्यक्तिगत जानकारीको लागि सोधिने छैन।

कृपया शंकास्पद फोन कल र ईमेलदेखि सावधान रहनुहोस्।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ