ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026年03月

2026.03.26[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【अतिथि अन्तर्वार्ता】
➖Basyal Bishnu➖

https://www.fcif.or.jp/

विदेशी बासिन्दाहरूको लागि फुकुओका शहर व्यापक परामर्श र समर्थन केन्द्र 

नेपाली भाषा: बिहिबार १०:००-१५:००

2026.03.19[Thu] 09:00

【FUKUOKA FLOWER SHOW】

यसै आउँदो आइतबारदेखि फुकुओका शहरमा "फूलहरूको शहर फुकुओका" भन्ने मूल नाराका साथ पाँच दिने फूल र हरियालीको भव्य उत्सव — 【FUKUOKA FLOWERSHOW 2026】 आयोजना हुँदैछ।

फुकुओका सिटी बोटानिकल गार्डेनमा हुने यस कार्यक्रममा स्वदेशी तथा विदेशी प्रख्यात मालीहरूद्वारा निर्मित विश्वस्तरीय बगैँचाहरूको प्रतिस्पर्धा हुनेछ। साथै, विश्वभरका दुर्लभ फूलहरूको प्रदर्शनी र हरेक दिन फरक-फरक स्टेज प्रोग्रामहरू पनि सञ्चालन गरिनेछन्।

त्यति मात्र कहाँ हो र? यहाँ तपाईंले विभिन्न प्रजातिका फूलका बिरुवा र बगैँचाका सामानहरू खरिद गर्न सक्नुहुन्छ। साथै, फुकुओकाका चर्चित रेस्टुरेन्टहरूले एउटा विशेष "गार्डेन रेस्टुरेन्ट" पनि सञ्चालन गर्नेछन्, जहाँ फूलहरूको सुगन्ध माझ लन्च, खाजा र 'आफ्टरनुन टी' को मज्जा लिन सकिनेछ।

विशेष आकर्षणको रूपमा, यहाँको 'ग्रिनहाउस' मा "फुकुओका अर्किड एक्जिबिसन" पनि चल्नेछ, जहाँ तपाईंले अर्किडको एउटा छुट्टै सुन्दर संसार नियाल्न पाउनुहुनेछ। कार्यक्रम अवधिभर तेन्जिन र हाकाता क्षेत्रमा पनि "फ्लावर्स इन फेसन" थिममा शहर लाई फूलै फूलले सजाइनेछ, जसले तपाईंको पैदल यात्रालाई झन् मनमोहक बनाउनेछ।

कार्यक्रमको मिति : मार्च २२, आइतबार देखि मार्च २६, बिहीबार सम्म। (जम्मा ५ दिन)।

कार्यक्रम स्थान: फुकुओका सिटी बोटानिकल गार्डेन।

तपाईं पनि आफ्ना पाँचै इन्द्रियले फूल र प्रकृतिको आनन्द लिन यो भव्य उत्सव 【FUKUOKA FLOWERSHOW 2026】 मा पक्कै सहभागी हुनुहोला है!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

कानूनी परामर्श” र “मानसिक परामर्श

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। 

यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर (०१२०-६६-१७९९) हो।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

2026.03.12[Thu] 09:00

【LOVE FM FESTIVAL】

संगीत, स्वादिला परिकार, वर्कसप, र रेडियोसँगको अन्तर्क्रियात्मक अनुभव समेटिएको 'लभ एफएम फेस्टिभल', अर्थात् 'लभ फेस' आगामी हप्ता मार्च २०, शुक्रबार र २१ तारिख शनिबार आयोजना हुँदैछ!

लभ एफएमको यो विशेष विश्वव्यापी उत्सव फुकुओका सिटि हलअगाडिको 'निशिगावा फुरेआई हिरोबा' मा हुनेछ। प्रवेश पूर्ण रूपमानि:शुल्कछ। लभ एफएमले मात्र प्रदान गर्न सक्ने यो रमाइलो र अन्तर्राष्ट्रिय वातावरणको अनुभव लिन तपाईं पनि आउनुहोस्!

यस पटकको मुख्य विषय "REUNION" रहेको छ। हाम्रा श्रोताहरू, हामी डिजेहरु, कार्यक्रमहरू, कलाकारहरू र यो पूरै सहरलाई फेरि एकै ठाउँमा जोड्ने उद्देश्यका साथ २ वर्षपछि यो 'लभ फेस' आयोजना हुन लागेको हो। महोत्सवमा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, फुड स्टलहरूमा फुकुओका, क्युशु र विदेशका विभिन्न स्वादका छानिएकाकरीपसलहरू पनि रहनेछन्।

यसबाहेक, फेस्टिभल सुरु हुनुभन्दा एक दिनअघि, अर्थात् मार्च १९, बिहीबार दिउँसो ३ बजेदेखि ४ घण्टासम्म एउटाविशेष कार्यक्रमप्रसारण गरिनेछ। यसमा महोत्सवको पछिल्लो जानकारी, सहभागी स्टलहरूको परिचय र कलाकारहरूको बारेमा जानकारी दिइनेछ, ताकि तपाईंले कार्यक्रमको १०० गुणा बढी आनन्द लिन सक्नुहुनेछ। त्यसैले यो सुन्न नछुटाउनुहोला!

आगामी मार्च २० र २१ तारिखमा संगीत, आवाज र मुस्कानका साथ "पुनर्मिलन" को हामी सबै मिलेर भरपुर आनन्द लिऔँ! तपाईंहरु सबैलाई कार्यक्रम स्थलमा स्वागत छ।"

 

 

【फुकुओका शहरको सूचना】

ठूला आकारको फोहोर फाल्ने तरिका

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, “ठूला आकारको फोहोर फाल्ने तरिका” सम्बन्धि जानकारी दिनेछु।

 “ठूला आकारको फोहोर” फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा “प्रशोधन टिकट” खरीद गर्नुहोस्।

LINE मार्फत आवेदन दिनुभएमा अनलाइन भुक्तानी पनि गर्न सक्नुहुनेछ। 

वसन्त ऋतुमा घर सर्ने मानिसहरूको संख्या धेरै हुने भएकाले बुकिङहरू चाँडै भरिन सक्छन्। त्यसैले, आफूले चाहेको दिनमा सेवा प्राप्त गर्नका लागि कृपया समयमै आवेदन दिनुहोला।

 “संकलनको दिनमा बिहान ८:३० बजेसम्म” तोकिएको ठाउँमा राख्नुहोस्।

“ठूला आकारको फोहोर रिसेप्शन सेन्टर” को फोन नम्बर (०९२-७३१-११५३) ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला।

यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

 

 

नागरिक विपद् रोकथामदिवस

फुकुओका सहरले सन् २००५ मार्च २० मा गएको 'फुकुओका प्रान्तको पश्चिमी तटीय भूकम्प' को अनुभव र पाठलाई बिर्सन नदिनका लागि हरेक वर्षकोमार्च २०तारिखलाई 'नागरिक विपद् रोकथाम दिवस' को रूपमा तोकिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। 

विपद् कहिले आउँछ भनेर थाहा हुँदैन। 

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

2026.03.05[Thu] 09:00

【निशितेचु रेल र फुकुओका सब-वेको नयाँ तालिका】

निशितेचु रेलको 'N-Liner' सेवानिशितेचु तेन्जिन ओमुता लाइनमा यही शनिबार, मार्च १४ तारिखदेखि "N-Liner" सेवा सुरु हुँदैछ। यो सेवा विशेष गरी कार्यदिनको बेलुका घर फर्कने यात्रुहरूका लागि लक्षित गरिएको हो, जसले अतिरिक्त शुल्क तिरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।

यो रेल बेलुका ७:११ बजे फुकुओका (तेन्जिन) स्टेशन र ७:१४ बजे याकुइन स्टेशनबाट छुट्नेछ। यात्रुहरू यी दुई स्टेशनबाट मात्र चढ्न सक्नेछन् भने फुचुखाइची स्टेशन देखि ओमुता स्टेशन बीचका ७ वटा स्टेशनहरूमा ओर्लन मात्र पाउनेछन्। सिट क्षमता:यसमा जम्मा २०० जनाको क्षमता रहेको छ।

सिट सुरक्षित गर्न निशितेचुको आधिकारिक LINE अकाउन्टमार्फत अग्रिम बुकिङ र भुक्तानी गर्नुपर्नेछ। सिट नम्बर तोकिएको हुँदैन, त्यसैले खाली रहेको कुनै पनि सिटमा बस्न सकिन्छ।

साधारण भाडामा थप४०० येनशुल्क लाग्नेछ। यो पूर्ण रूपमा 'क्यासलेस' र 'टिकटलेस' सेवा हो।

रेल सेवामा थप सुविधाबिहानको समयमा हुने भीडभाड कम गर्न निशितेचु रेल र सब-वेले फेरबदल गरेका छन्। निशितेचु तेन्जिन ओमुता लाइन;कार्यदिनको बिहान ७:३० देखि ९:०० बजेसम्म तेन्जिनतर्फ जाने साधारण रेलहरू र बिहान ९:०० देखि १२:०० सम्म दाजाइफुतर्फ जाने एक्सप्रेस रेलहरूको संख्या थपिएको छ। खाइजुका लाइन;बिहान ७:३० देखि ८:३० को समयमा रेलको संख्या बढाइएको छ।

“फुकुओका सिटी सब-वे” मा पनि;मार्च १६, सोमबारदेखि कुको लाइन・मेइनोहामा - फुकुओका एयरपोर्ट खण्डमा बिहानको व्यस्त समय, अर्थात् ७:३० देखि ९:३० बजेको बीचमा यात्रुहरूको सुविधाका लागि थप रेलहरू सञ्चालन गरिनेछ।

विस्तृत जानकारीका लागि कृपया सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

भीडभाड नगरी बसाईसराईको प्रक्रिया चाल्नु

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

विशेष गरी मार्च २३ देखि अप्रिल १० सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला। 

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि “मार्च २९ र अप्रिल ५ को आइतबार”, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्। 

बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म,बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

 वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

“शनिवार, आइतवारर सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्म” मा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।

 “फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ” भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।

यद्यपि, “विदेशमा सर्दै हुनुहुन्छ” भने, कृपया ध्यान दिनुहोस् कि अनलाइनबाट बसाईसराईको प्रक्रिया गर्न सक्नुहुन्न।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, “बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन” तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

फोन नम्बर, (०९२-७५३-६११३) हो।

तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। “शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्म” मा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर (०९२-५३२-१०१०) हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।

अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ