ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026年09月

2026.09.24[Thu] 09:00

【Fan Week】

शरद् ऋतु नजिकिँदै गर्दा, यस वर्ष पनि फुकुओका सहरभित्र आधुनिक सहरी कला महोत्सव आयोजना भइरहेको छ!

फुकुओका सहरका विभिन्न स्थानहरूलाई "सहरभरि फैलिएको कलाको खेलमैदान" बनाउने उद्देश्यका साथ 'फ्यान विक' (FaN Week) नामको विशेष कला महोत्सव चलिरहेको छ।

यस कार्यक्रमका मुख्य स्थलहरूमा Fukuoka City Art Museum, Fukuoka Asian Art Museum, Artist Café Fukuoka, ONE FUKUOKA BLDG., र फुकुओका इन्टरनेसनल सेन्टर लगायत करिब २० वटा प्रमुख सुविधाहरूका साथै १० वटा कला ग्यालरीहरू रहेका छन्।

कार्यक्रममा ONE FUKUOKA BLDG.' को ग्राण्ड लबीमा खेलौना तथा खेलकुदका सामग्रीहरू प्रयोग गरेर बनाइएको ठूलो कलाकृति प्रदर्शनमा राखिएको छ। त्यसैगरी, Artist Cafe Fukuoka' को ग्राण्ड स्टुडियोमा जिम्न्याजियमलाई नै एउटा ठूलो थिएटर वा नाट्यशाला जस्तो बनाएर कलाकृति सजाइएको छ। यस्ता थुप्रै विविधतापूर्ण प्रदर्शनी र व्यवहारिक अनुभव गर्न सकिने कार्यक्रमहरूमार्फत, सहरमा पैदल हिँड्दै कलाको मज्जा लिन सकिने गरी विभिन्न प्रबन्धहरू मिलाइएको छ।

यो महोत्सव अक्टोबर १२ तारिक (सोमबार) सम्म फुकुओका सहरका विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ। कार्यक्रमको विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट हेरेर, आफूलाई मनपर्ने कलाको अनुभव लिन एकचोटि पक्कै घुम्न जानुहोला है! ♪

 

 

【फुकुओका शहरको सूचना】

क्षयरोग रोकथाम सप्ताह

सेप्टेम्बर २४ देखि ३० सम्म “क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी संक्रमण रोकथाम साताह” हो।

क्षयरोग भनेको क्षयरोग किटाणुले मुख्यतया फोक्सोमा सूजन ल्याउने रोग हो।
बिरामीको खोकी वा हाच्छिउँबाट निस्कने क्षयरोग किटाणु सास फेर्दा फोक्सो भित्र पस्दा संक्रमण हुन्छ।
२०२५ मा, फुकुओका सहरमा नयाँ १४५ जना क्षयरोग बिरामी पत्ता लागेका छन्।
हालसालैका वर्षहरूमा २०–३० वर्ष उमेर समूहका विदेशमा जन्मेका बिरामीहरू बढी देखिएका छन्।
साथै, जापानी भाषा शिक्षा संस्थाहरूमा पनि सामूहिक संक्रमण देखिएको छ।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, छातीमा दुखाइ, थकान, रातको पसिना, तौल घट्नु आदि पर्छन्।

शुरुका लक्षणहरू रुघाखोकी जस्तै हुन्छन्। "खोकी २ हप्ता भन्दा बढी रहनु", "खकार आउनु", "शरीर गलेको महसुस हुनु", "अचानक तौल घट्नु" जस्ता लक्षण देखिएमा, चाँडो अस्पताल वा क्लिनिकमा जाँच गराउनुहोस्।
समयमै पत्ता लगाउनु र उपचार गर्नुले रोग गम्भीर हुनबाट जोगाउनका साथै, आफ्ना प्रिय परिवार, साथीभाई, कार्यस्थल आदिमा संक्रमण फैलिनबाट रोक्नका लागि पनि महत्त्वपूर्ण छ।

क्षयरोग संक्रमित भएकै कारणले अनिवार्य रूपमा रोग देखा पर्छ भन्ने होइन, तर शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्षयरोग किटाणुलाई दबाउन नसकेमा, समयसँगै किटाणु बढेर रोग देखा पर्न सक्छ।
संक्रमण वा रोग लाग्नबाट बच्नका लागि पर्याप्त निद्रा, सन्तुलित आहार, उचित व्यायाम जस्ता दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।

साथै, क्षयरोग पुष्टि भएपछि पनि, डाक्टरको निर्देशन अनुसार दैनिक रूपमा नियमित औषधि सेवन गरेमा निको हुन्छ।

फुकुओका सहरमा मेडिकल दोभाषे कल सेन्टर " Fukuoka City Medical Interpreting Call Center" रहेको छ, जहाँ अस्पताल खोज्न सम्बन्धी सल्लाह लिन सकिन्छ।
साथै, अस्पतालमा डाक्टरसँग कुरा गर्दा वा अस्पताल तथा प्रेस्क्रिप्शन ग्रहण गर्ने फार्मेसीमा औषधि लिँदा पनि यो सेवा प्रयोग गर्न सकिन्छ।

यो सेवा २४ घण्टा, हरेक दिन प्रयोग गर्न सकिन्छ।
फोन नम्बर ०९२-७३३-५४२९ हो। 

२० भाषाहरूमा सेवा उपलब्ध भएकोले, समस्या परेमा नि:संकोच परामर्श लिनुहोस्।

2026.09.17[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

➖अतिथि अन्तर्वार्ता➖

【रेशम बिक】गुल्मी जिल्लाबाट

अटोमोबाइल प्राविधिक विद्यालय

2026.09.10[Thu] 09:00

【होजोया】

फुकुओकाको शरद ऋतुको विशेष चाडपर्व भनेको वसन्तको 'हाकाता डोन्ताकु' र गर्मीको 'हाकाता गिओन यामागासा' सँगै हाकाताका तीन ठूला चाडहरूमध्ये एक हो, 'होजोया' ।

फुकुओका सिटीको हिगासी वार्डस्थित हाकोजाकी गुउ (मन्दिर) मा, हरेक वर्ष सेप्टेम्बर १२ देखि १८ सम्म 'होजोया' चाड आयोजना हुन्छ । यस अवधिमा लगभग १० लाख मानिसहरूको भीडभाड हुन्छ, र यस वर्ष यो चाड यही हप्ता शनिबारदेखि सुरु हुँदैछ।

हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परागत चाड हो यो, जसमा माछा र चराचुरुङ्गीलाई प्रकृतिमा फुकाइन्छ र जीवनप्रति सम्मान व्यक्त गरिन्छ। आजकल यसलाई प्रशस्त उब्जनी, व्यापार-व्यवसायमा प्रगति र परिवारको सुख-शान्तिको कामना गरिने, फुकुओकाको प्रतिनिधित्व गर्ने एउटा लोकप्रिय शरद् ऋतु को चाडपर्वका रूपमा मनाइँदै आइएको छ। करिब १ किलोमिटर लामो मन्दिर मार्गमा लगभग ५०० वटा साना पसलहरू लहरै हुन्छन्। मेलामा पाइने स्वादिला खानेकुरा, गोल्डेन फिस समात्ने खेल, योयो बेलुन टिप्ने खेल (Yo-Yo Fishing) र बन्दुकले निशाना लगाउने खेलका साथै, शोवा कालको नोस्टाल्जिक झल्को दिने भूतघर जस्ता रमाउनका लागि थुप्रै रोमान्चक गतिविधिहरू रहेका छन्!

त्यसैगरी, मन्दिर तर्फ जाने मूल बाटोमा हिँड्दा सडकैभरिका पसलहरूमा लहरै सजाइएका हरिया पातसहितका 'ताजा अदुवा', होजोयामेलाको एउटा मुख्य र प्रख्यात पहिचान हो। पहिले हाकोजाकी मन्दिरको वरपर अदुवाका खेतहरू फैलिएका थिए, त्यही परम्पराका कारण दर्शनको सम्झनास्वरूप नयाँ अदुवा घर लैजाने चलन आजसम्म कायम छ।

बिहानदेखि रातसम्म रमाइलोले भरिपूर्ण 'होजोया' मेलामा, शरद ऋतुको फसलप्रति कृतज्ञता व्यक्त गर्दै, फुकुओकाको यो मौलिक शरदकालीन परम्पराको मज्जा लिन एकचोटि पक्कै जानुहोला!

 

 

【फुकुओका शहरको सूचना】

विपद् रोकथाम दिवस” र “भण्डारण प्रवर्द्धन सप्ताह

हरेक वर्ष सेप्टेम्बर १ 【विपद् रोकथाम दिवस】 हो। फुकुओका सिटीले सेप्टेम्बर १ को 【विपद् रोकथाम दिवस】 देखि सेप्टेम्बर ७ सम्मको १ हप्तालाई 【फुकुओका सिटी भण्डारण प्रवर्द्धन साताह】 भनी तोकेको छ।

'भण्डारण' भनेको आकस्मिक अवस्थाका लागि खाद्य सामग्री आदि भण्डार गरेर राख्नु हो। घर र कम्पनीहरूमा 'भण्डारण' सहित, नागरिकहरूको विपद् चेतना बढाउने कार्यक्रमहरू सञ्चालन गरिँदैछ।

किन भण्डारण आवश्यक छ त?

भूकम्प वा टाइफुन आई बाँचे पनि, पानी र खाना नभएमा बाँच्न सकिँदैन।

पसलहरू बन्द भएमा खाना वा पिउने कुरा किन्न सकिँदैन।

धारा पानी बन्द भएमा पानी पिउन सकिँदैन।

बिजुली वा ग्यास बन्द भएमा खाना पकाउन सकिँदैन।

बचेको जीवन जोगाउन दैनिक रूपमा भण्डारण आवश्यक छ।

के, कसरी भण्डारण गर्ने त?

पिउन मिल्ने पानी र खानेकुरा कम्तीमा ३ दिनको लागि तयार गरौं।

पानी एक दिनमा प्रति व्यक्ति करिब ३ लिटर आवश्यक हुन्छ।

आपतकालीन खानामा भात (अल्फा राइस आदि), टिनको खाना, बिस्कुट, चकलेट, र सुख्खा रोटी आदि पर्दछन्।

खाना नपकाई खान मिल्ने चीजहरू तयार गर्नुहोस्।

रेडियो र टर्च लाइटमा ब्याट्री छ कि छैन जाँच गर्नुहोस्।

नियमित रूपमा खाने औषधि र ब्यान्डेजजस्ता आकस्मिक उपचार सामग्री पनि तयार गर्नुहोस्।

घरमा शिशु भएमा न्यापी लगायत आवश्यक सामग्री पनि तयार गर्नुहोस्।

पिउने पानीबाहेक, शौचालय बगाउन जस्ता कार्यका लागि जीवन प्रयोजनको पानी पनि आवश्यक हुन्छ।

दैनिक रूपमा, धारा पानी भरेर राखेको प्लास्टिक ट्याङ्की तयार गर्ने, बाथटबमा सधैं पानी भरेर राख्ने जस्ता तयारी गरौं।

सामान्यतया खाने चीजहरू अलि धेरै किनेर राख्ने, म्याद सकिने मिति हेरेर पुरानो चीज पहिले खाने, र खाएको जति फेरि किन्ने गरी सधैं एउटा निश्चित मात्रामा खाद्यसामग्री भण्डारण गर्ने विधिलाई 'रोलिङ स्टक' भनिन्छ। खर्च र समयको हिसाबले दैनिक किनमेलकै दायराभित्र गर्न सकिने भएकाले यो विधि सिफारिस गरिन्छ।

हरेक वर्ष यही समयमा टाइफुन धेरै आउने गर्छ, र कुमामोतोमा ठूलो भूकम्प भइसकेको हुनाले, फेरि एकपटक विपद्को तयारी गरौं।

2026.09.03[Thu] 09:00

【Fukuoka Music Month】

यस हप्ता गर्मी बिदा सकेर अर्को हप्तादेखि नयाँ शैक्षिक सत्र सुरु हुने धेरै विद्यालयहरू होला।अनि याद गर्दा-गर्दै अब सेप्टेम्बर भइसक्यो! सेप्टेम्बर भन्नु नै, 【Fukuoka Music Month】! संगीतले भरिपूर्ण शहर 'संगीत शहर फुकुओका' मा, सेप्टेम्बरदेखि अक्टोबरसम्म, फुकुओका सिटीभित्र आयोजना हुने विभिन्न संगीत महोत्सवहरू एकआपसमा मिलेर, हरेक वर्ष संगीतको महोत्सव मनाउँदै आएको छ। यस वर्षको 【Fukuoka Music Month】 मा, सेप्टेम्बरका हरेक साप्ताहिक अन्त्यमा, ध्यान तान्ने ५ वटा संगीत कार्यक्रमहरू आयोजना हुनेछन्! त्यसैले, आज सेप्टेम्बरलाई रौनकपूर्ण बनाउने 【Fukuoka Music Month 2026】का ५ ठूला कार्यक्रमहरूको जानकारी लिएर आएकी छु।

पहिलो हप्ताको रूपमा, यही हप्ताको अन्त्य सेप्टेम्बर ५ र ६, शनिबार-आइतबार 'BAYFES' आयोजना हुनेछ।

बेसाइड प्लेस हाकातालाई 'संगीतले भरिएको बन्दरगाह' बनाउने उद्देश्यले स्टेज कार्यक्रम र डुङ्गा भाडामा लिई लाइभ कार्यक्रम आयोजना गरिनेछ। साथै, अघिल्लो दिन अर्थात् ४ शुक्रबार साँझ, हाकाता बन्दरगाहको ल्याण्डमार्क हाकाता पोर्ट टावरमा पूर्व-उत्सव पनि आयोजना हुनेछ। हाकाता पोर्ट टावरको भ्यूइङ रुम एक उत्कृष्ट लाउन्ज स्पेसमा परिणत भई 'Special DJ Night' बाट सुरु हुनेछ। रमाइलो समुद्री हावा चलिरहेको बन्दरगाहमा संगीतमा डुब्न सकिने यो कार्यक्रममा, प्रवेश निःशुल्क छ।

https://www.baysideplace.jp/bayfes/

 

 

अनि, दोस्रो हप्ता, सेप्टेम्बर १२ र १३, शनिबार-आइतबार दुई कार्यक्रम आयोजना हुनेछन्।

पहिलो त फुकुओकाको प्रमुख रमाइलो क्षेत्र नाकासुमा आयोजना हुने निःशुल्क ज्याज महोत्सव 'NAKASU JAZZ' हो! नाकासु शहरको ठाउँ-ठाउँमा स्टेजहरू खडा हुनेछन् र लगभग ५० भन्दा बढी उत्कृष्ट कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिले सडकहरू गुञ्जिने, दुई दिनको विलासितापूर्ण अनुभव! क्लासिक धुनदेखि नयाँ गीतसम्म, फराकिलो दायराको ज्याज संगीतको आनन्द लिन सकिन्छ, साथै आँखैअगाडि हुने प्रस्तुतिहरू निकै प्रभावशाली हुन्छन्! संगीतप्रेमीहरू मात्र होइन, ज्याज बारेमा थोरै मात्र जानकारी भएकाहरूले पनि यसको ऊर्जा र वातावरणको आनन्द लिनुहुनेछ। साँझदेखि सुरु भई रात गहिरिँदै जाँदा, नाकासु शहर पूरै ज्याजमय हुँदै जान्छ। साथै, यही दिन मात्र देख्न पाइने विशेष सहकार्य प्रस्तुतिहरू पनि 'NAKASU JAZZ' को विशेषता हुन्! 

 https://nakasujazz.net/

 

 

अनि अर्को कार्यक्रम भनेको JR हाकाता स्टेसन अगाडिको चोकमा आयोजना हुने जनसहभागितामूलक संगीत कार्यक्रम हो, 'Sing! HAKATA'! गस्पेल, कोरस, र अकापेला गरी ३ विधामा, संगीतको सीमा नाघेर सबैले मिलेर गाउँदै, क्युशुको प्रवेशद्वार मानिने हाकाता शहरमा संगीतको उत्साह पूर्ण रूपमा आनन्द लिन सक्नुहुनेछ। कार्यक्रमको समय बिहान १० बजेदेखि राति ८ बजेसम्म, र यो पनि प्रवेश निःशुल्क छ।

https://fmfukuoka.co.jp/lp/singhakata/

 

 

अनि तेस्रो हप्ता, सेप्टेम्बर १९ शनिबार आयोजना हुने कार्यक्रम हो, 'ISLA DE SALSA (इस्ला डे साल्सा) - World Beat महोत्सव'। यो संगीत र नृत्यले विश्वलाई जोड्ने, २५ वर्षभन्दा बढी इतिहास भएको अन्तरसांस्कृतिक आदानप्रदान महोत्सव हो। स्थल फुकुओका सिटीको केन्द्रबाट डुङ्गाद्वारा जम्मा १० मिनेटमा पुगिने, प्राकृतिक सुन्दरताले घेरिएको हाकाता खाडीमा रहेको नोकोनोशिमाको समुद्रतट हो। स्थानीय स-साना ब्यान्डदेखि विश्वस्तरका कलाकारहरूसम्म, स्वदेशी तथा विदेशी विभिन्न विधाका संगीतकार र नर्तकहरू प्रस्तुत हुने स्टेजहरू सजाइनेछन्। ल्याटिन संगीतलाई केन्द्रमा राखेर, बहुराष्ट्रिय संगीत, नृत्य, स्वादिष्ट खाना, र कलाको आनन्द लिंदै, नाच्दै, कुरा गर्दै, मानिस र संस्कृति मिसिने यो रमाइलोले भरिपूर्ण संगीत कार्यक्रम हो।

https://isladesalsa.com/

 

 

त्यस्तै, 【Fukuoka Music Month 2026】को सेप्टेम्बरको अन्तिम कार्यक्रमको रूपमा सेप्टेम्बर २६ र २७ शनिबार-आइतबार आयोजना हुने हो 'MUSIC CITY TENJIN'। फुकुओकाको तेन्जिन शहरभरि धेरै निःशुल्क लाइभ स्टेजहरू देखा पर्नेछन्! तेन्जिन क्षेत्र सम्पूर्ण रूपमा नै एउटा संगीत महोत्सवको स्थलमा परिणत हुनेछ। मुख्य स्टेज फुकुओका सिटी हल पश्चिमको फुरेआई हिरोबामा हुनेछ। व्यावसायिक संगीतकारहरूलाई केन्द्रमा राखेर विभिन्न विधाका कलाकारहरू प्रस्तुत हुनेछन्, शहरका ठाउँ-ठाउँबाट संगीत सुनिने, साँच्चिकै 'संगीतको शहर फुकुओका' अनुभव गर्न सकिने दुई दिन हो! किनमेल र शहर घुमघाम गर्दै अचानक लाइभमा पुग्न सकिनु पनि यसको आकर्षण हो।

https://musiccitytenjin.com/

 

 

सेप्टेम्बरको अन्तिम साप्ताहिक अन्त्यमा, तेन्जिन शहर हिँड्दै संगीतको पूर्ण आनन्द लिनु कस्तो होला? 【Fukuoka Music Month 2026】 यही हप्ताको अन्त्यबाट सुरु हुँदैछ!

अक्टोबरमा पनि कार्यक्रमहरू छन्, विस्तृत जानकारीको लागि 【Fukuoka Music Month】 को वेबसाइट हेर्नुहोस्!

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ