ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026年02月

2026.02.26[Thu] 09:00

【हिना माचुरी】

मार्च ३ तारिखमा जापानमा "हिना माचुरी"मनाइन्छ। यो जापानको एउटा पुरानो र मौलिक परम्परा हो। यस दिन घरमा "हिना निङ्ग्यो"भनिने विशेष पुतलीहरू सजाइन्छ र गुलाबी, सेतो तथा हरियो तीन रङ सुन्दर देखिने हीराको आकारको “हिशिमोची” चढाएर पूजा गरिन्छ।

यो पर्व बालिकाहरूको सुस्वास्थ्य, सुख र उज्ज्वल भविष्यको कामना गर्दै मनाइन्छ। हिनामाचुरीसँग सम्बन्धित विशेष परिकारहरू तयार गरी परिवार र आफन्तहरू भेला भएर उत्सव मनाउने चलन पुस्तौँदेखि चल्दै आएको छ।

 “हिना माचुरी” का खानाहरू भन्नुपर्दा, रङ्गीचङ्गी "चिरासी जुशी", शुभ मानिने “हामागुरीको सूप”, र "हिना आराले"जस्ता परिकारहरू प्रचलित छन्। त्यसबाहेक, सकुरा मोची र स्ट्रबेरी केकजस्ता वसन्तको झल्को दिने मिठाइहरूले उत्सवको माहोललाई अझै रंगीन बनाउँछन्।

आजकल एकल परिवार र जीवनशैलीमा आएको परिवर्तनका कारण घरमा 'हिना निङ्ग्यो' सजाउने चलन केही कम भएको छ। तैपनि, हिना माचुरीअझै पनि जापानको एक महत्त्वपूर्ण परम्पराको रूपमा लोकप्रिय छ। अहिले यो पर्व परम्परा जोगाउने मात्र नभई, परिवारका सदस्यहरूबीच आपसी प्रेम र सम्बन्ध अझ बलियो बनाउने माध्यम पनि बनेको छ।

समयसँगै यी पुतलीहरूको स्वरूपमा पनि परिवर्तन आएको छ। आजकल थोरै ठाउँमा सजाउन मिल्ने साना आकारका र आधुनिक डिजाइनका पुतलीहरू पनि पाउन सकिन्छ। आफ्नो सुविधा अनुसार छनौट गर्न सकिने यस्ता विकल्पहरूले यो परम्परालाई आधुनिक समयमा पनि जीवन्त राखेका छन्।

पुतलीको स्वरूप फेरिए पनि, छोरीहरूको सुस्वास्थ्य र सुखको कामना गर्ने भावना भने हिजो र आज उत्तिकै बलियो छ। 'हिना माचुरी' परम्परा र आधुनिकताको सुन्दर संगम हो, जुन नयाँ पुस्तामा पनि उत्तिकै उत्साहका साथ निरन्तर भइरहेको छ।

अहिले यो पर्व घरभित्र मात्र सीमित छैन। धेरै ठाउँमा समुदायले नै पुराना र ऐतिहासिक पुतलीहरू प्रदर्शनमा राखेर सबै मिलेर मनाउने गर्छन्। फुकुओका प्रान्तका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय विशेषता झल्कने गरी आयोजना गरिएका विविध 'हिना माचुरी' कार्यक्रमहरूको आनन्द लिन सकिन्छ।

वसन्त ऋतुको आगमनको सङ्केत दिने यस 'हिना माचुरी' पर्वलाई तपाईं पनि उल्लासका साथ मनाउनुहोस्। यस अवसरमा पाइने विशेष परिकारहरूको स्वाद लिँदै र सहरको चहलपहलको आनन्द उठाउँदै यो सुन्दर समयको अनुभव गर्नुहोला।

 

 

【खावाजु जाकुरा】

के तपाईंलाई "खावाजु जाकुरा" को बारेमा थाहा छ? फेब्रुअरीको सुरुदेखि नै फुल्न थाल्ने यो साकुरा अलि चाँडो फुल्ने जात हो। सामान्यतया हामीले देख्ने हल्का गुलाबी रङको 'सोमेई योशिनो' भन्दा यो अलि फरक हुन्छ। यसको रङ गाढा गुलाबी हुन्छ र यसका फूलका पत्रहरू पनि अलि ठूला हुन्छन्। यो साकुरा करिब एक महिनासम्म फुलिरहने हुनाले धेरै समयसम्म यसको आनन्द लिन सकिन्छ।

फुकुओकामा खावाजु जाकुरा हेर्ने उपयुक्त स्थानहरूमा, हाकाताको संरक्षक देवता मानिने तथा 'हाकाता गिओन यामाकासा' जात्राका लागि प्रसिद्ध ‘कुशिदा मन्दिर’ हो। यहाँ सुन्दर खावाजु जाकुराको दृश्य देख्न सक्नुहुन्छ। अर्को छ, तेन्जिनको मुटुमा रहेको केगो मन्दिर । सहरको भिडभाडमै बसेर खावाजु जाकुरा हेर्दै वसन्तको अनुभव गर्न सक्नुहुन्छ। 

यदि तपाईं अलि टाढा जान चाहनुहुन्छ भने फुकुचु सहरमा रहेको ‘मियाजिदाके मन्दिर’ मन्दिर उपयुक्त छ। यहाँको साकुरालाई "खाइउन जाकुरा"अर्थात् भाग्य चम्काउने साकुरा भनिन्छ।

जाडो अझै बाँकी भए पनि यी फूलहरूले वसन्त आउन लागेको सङ्केत दिन्छन्। घुमघामको साथमा जापानको यो सुन्दर ऋतुको आनन्द लिनुहोला!

2026.02.19[Thu] 09:00

【पानीको बचतमा सहयोग गरौं】

फुकुओका प्रान्तमा गत शरद ऋतुदेखि वर्षा निकै कम भएको छ। तथ्याङ्क अनुसार, चिकुगोगावा नदी क्षेत्रमा विगत ५० वर्षयताकै कम पानी परेको छ, जसका कारण बाँधहरूमा पानीको सतह घट्दै गएको छ।

फुकुओका सहरमा खपत हुने पानीको करिब एक तिहाइ भाग चिकुगोगावा नदीबाट आउँछ। आउने महिनामा पनि औसतभन्दा कम पानी पर्ने सम्भावना रहेकाले, पानीको अभाव गम्भीर हुन सक्छ।

त्यसैले, फुकुओका सहरले पानीको अनावश्यक प्रयोग घटाउन र बचत गर्न अनुरोध गरेको छ। यदि सहरका प्रत्येक नागरिकले दैनिक एक बाल्टिन मात्र पानी बचाउनुभयो भने, वर्षभरिमा करिब ६० लाख क्यूबिक मिटर पानी बचत गर्न सकिन्छ।

हामी सबैले स–साना कुरामा ध्यान दिएर पानीको बचतमा आफ्नो तर्फबाट सहयोग गरौं।

 

 

【फुकुओका शहरको सूचना】

फुकुओका शहरले रेइवा ८ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ। 

कर फाइल गर्ने म्याद, मार्च १६ सोमबारसम्म हो। 

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, 

२०२६ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२५ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 कर फाइलका लागि आवश्यक कागजातहरु,

  • माइनम्बर कार्ड भएका व्यक्तिहरुले माइनम्बर कार्ड

  • माइनम्बर कार्ड नभएका व्यक्तिहरुले माइनम्बर उल्लेख गरिएको बसोबास प्रमाणपत्रको प्रतिलिपि जस्ता माइनम्बर थाहा हुने कागजातहरू। सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने प्रमाणपत्रहरू

  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२५ को आय देखाउने कागजातहरु

  • २०२५ मा गरिएका कटौतीहरुको कागजातहरू

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। 

जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

 

 

अप्रिलदेखि लागू हुने “साइकलका लागि निलो चिट" नियम

जापानमा साइकललाई पनि 'सवारी साधन' मानिन्छ, त्यसैले ट्राफिक नियम पालना गर्नु अनिवार्य छ।सन् २०२६ अप्रिलदेखि साइकलको ट्राफिक नियम उल्लंघन गर्ने१६ वर्षभन्दा माथिकाव्यक्तिहरूलाई जरिवाना सहितको“निलो चिट” काटिनेछ।

यस अन्तर्गत ११३ प्रकारका गल्तीहरू समेटिएका छन्। विशेषगरी यी कार्यहरू नगर्नुहोस्:

  • ट्राफिक संकेत उल्लङ्घनगर्नु

  • मोबाइल फोन चलाउँदै सवारी चलाउनु

  • राती लाइट नबाली चलाउनु

  • सडकको गलत दिशामा चलाउनु

  • फुटपाथमा तीव्र गतिमा चलाउनु

  • समानान्तर रूपमा चलाउनु

  • इयरफोन वा हेडफोन प्रयोग गर्नु

  • छाता समातेर साइकल चलाउनु

  • सडकको दाहिने पट्टि सवारी चलाउनु

  • प्रवेश निषेध क्षेत्रमा पस्नु

  • अनिवार्य रूपमा रोकिनुपर्ने ठाउँमा नरोकिनु।

2026.02.12[Thu] 09:00

【ताइवान महोत्सव in फुकुओका】

हाल फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआइ हिरोबामा “ताइवान महोत्सव इन फुकुओका” आयोजना भइरहेको छ। ताइवानकोसबैभन्दाठूलोचाड 'शुन्सेचु' (Lunar New Year) यस वर्ष फेब्रुअरी १४ (शनिबार) देखि फेब्रुअरी २२ (आइतबार) सम्म ९ दिनसम्म मनाइँदैछ। 

“ताइवान महोत्सव” भनेको “जापानमै ३६५ दिन ताइवानको रात्री बजार” भन्ने अवधारणामा आधारित, ताइवानका विभिन्न क्षेत्रका रात्री बजारका परिकारमार्फत ताइवानको संस्कृति अनुभव गर्न सकिने सांस्कृतिक आदान–प्रदान कार्यक्रम हो।यस वर्षको “ताइवान महोत्सव” ताइवानको दक्षिणी ऐतिहासिक सहर ताइनान सिटीसँग सहकार्यमा आयोजना गरिएको छ। ताइनानको खाना, संस्कृति र आकर्षणहरू पत्ता लगाउन सकिने विशेष महोत्सव बनेको छ।

यसमहोत्सवलेताइवानकोप्रसिद्धरात्रिकालीनबजारकोझल्कोदिनेछ।यसवर्षकोविशेषआकर्षणदक्षिणताइवानकोऐतिहासिकसहर 'ताइनान' कोसंस्कृतिरस्वादरहेकोछ।

महोत्सवकामुख्यआकर्षणहरूमा,ताइवानकालोकप्रिय 'सियालोङपाओ' (सिजिलिङडम्पिङ), ठूलोआकारको 'फ्राइडचिकेन' (Dajipai) रताइनानकोविशेष 'दान्जाईनुडल' जस्तास्थानीयस्वादहरूउपलब्धछन्।यहाँकापरिकारहरूताइवानकैदक्षसेफहरूलेतयारपारेकाहुन्।

साँझपरेपछियोक्षेत्ररङ्गीचङ्गी 'ताइनानलालटिन' हरूलेझिलिमिलीहुन्छ।ड्रागनकाआकृतिरकलात्मकलालटिनहरूलेतपाईंलाईताइवानमैपुगेकोजस्तोअनुभवगराउनेछन्, जुनफोटोखिच्नकालागिपनिनिकैआकर्षकछन्।

अहिले तेन्जिनको मुटुमा 'ताइवान महोत्सव फुकुओका २०२६ — शुन्सेचु ताइनान लालटिन महोत्सव' सञ्चालन भइरहेको छ। यो महोत्सव फुकुओका सिटी हलको पश्चिमपट्टि फुरेआइ हिरोबामा फेब्रुअरी २३ तारिख, सोमबारसम्म चल्नेछ। कार्यदिनहरूमा दिउँसो १२ बजेदेखि राति ९:३० बजेसम्म, तथा शनिबार, आइतबार र सार्वजनिक बिदामा बिहान ११ बजेदेखि राति ९:३० बजेसम्म खुला रहनेछ।

ताइवानी संस्कृतिलाई नजिकबाट अनुभव गर्ने यो एउटा सुनौलो अवसर हो। तपाईं पनि समय मिलाएर एक पटक पक्कै जानुहोला!"

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

बालबालिकाका लागि विशेष वर्कशप

“फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” ले बालबालिकाका लागि वर्कशप आयोजना गर्दैछ।

सहभागी हुन पाउने:कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरू।

समय:मार्च १, आइतबार बिहान १०:०० देखि दिउँसो १२:०० बजेसम्म।

स्थान:फुकुओका सिटी इन्टरनेशनल सेन्टरकोचौथो तला, हल नम्बर १।

यो वर्कशप 'सरल जापानी भाषा' मा सञ्चालन गरिनेछ।

यस वर्कशपमा बालबालिकाले तीनवटा साना र राम्रा सामानहरू हातले बनाउन सिक्नेछन्। साथै, विश्वका विभिन्न देशहरूमा वसन्त ऋतु कसरी अनुभव गरिन्छ र मनाइन्छ भन्ने कुरा पनि रमाइलो तरिकाले सिकाइनेछ।

यो कार्यक्रम पूर्ण रूपमानि:शुल्कछ, तर सहभागी हुनका लागि पहिले नै आवेदन दिनु पर्नेछ।

थप जानकारी र आवेदनका लागि कृपया “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” को होमपेज (https://www.fcif.or.jp) मा गई "Latest News" हेर्नुहोला।




 LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2026.02.05[Thu] 09:00

【अङ्ग्रेजी राकुगो ”इन्ग्लिस दे राकुगो”】

यो शनिबार, निकै चर्चामा रहेको "अङ्ग्रेजी राकुगो"तेन्जिनमा फेरि फर्किएर आउँदैछ! के तपाईंलाई 'राकुगो' बारे थाहा छ?

"राकुगो"जापानको एडो कालदेखि चलिआएको एउटा विशेष कथावाचन कला हो। यसमा एकजना कलाकारले बसेरै विभिन्न पात्रहरूको अभिनय गर्दै एउटा छुट्टै संसारको सिर्जना गर्छ। "अङ्ग्रेजी राकुगो"मा यही परम्परागत कलालाई अङ्ग्रेजी भाषामा प्रस्तुत गरिन्छ, जसले गर्दा जापानी भाषा नजान्नेहरूले पनि उत्तिकै आनन्द लिन सक्छन्। यो अहिले विश्वभरका मानिसहरूलाई जोड्ने मनोरञ्जनको एउटा माध्यम बनेको छ।

सन् २०२४ को पहिलो प्रदर्शनपछि निकै लोकप्रिय बनेको यो कार्यक्रम, कलाकारद्वयतातेखावा सिनोहाचीरसिनोहारुद्वारा प्रस्तुत गरिँदैछ। यसलाई "इन्ग्लिस दे राकुगो" (English de Rakugo) नाम दिइएको छ। राकुगो मन पराउनेहरू र पहिलो पटक हेर्न चाहनेहरू सबैका लागि यो सँगै हाँस्ने र रमाउने एउटा राम्रो मौका हो।

कार्यक्रमको आयोजना,यसै शनिबार, फेब्रुअरी ७ तारिख,दिउँसो ३:०० बजेदेखि, तेन्जिनको मुटुमा रहेको, LOVE FM स्टुडियो नजिकै 'रेसोला हल' मा हुनेछ।

टिकट:२,००० येन (विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ)।

थप जानकारीका लागि कृपया LOVE FM को वेबसाइट हेर्नुहोला।

हाँसो, अङ्ग्रेजी र जापानको परम्परागत कलाको यो अनुपम सङ्गमलाई नजिकबाट नियाल्न नछुटाउनुहोला। जापानको यो प्रसिद्ध "सिट-डाउन कमेडी"को अनुभव लिन तपाईंहरू सबैलाई स्वागत छ!

 

 

【फुकुओका शहरको सूचना】

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ