ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026年10月

2026.10.08[Thu] 09:00

【TOUR de KYUSHU】

अन्तर्राष्ट्रियसाइकलरोडरेस 'टुरडिक्युशु२०२६' (Tour de Kyushu 2026) यसवर्षपनिअक्टोबर९तारिख (शुक्रबार) देखि१२तारिख (सोमबार) सम्मकुल४दिनआयोजनाहुँदैछ।योक्युशुकाविभिन्नभागकासार्वजनिकसडकहरूमासञ्चालनहुने 'UCI' (अन्तर्राष्ट्रियसाइकलखेलकुदसंघ) बाटमान्यताप्राप्तएकभव्यसाइकलरेसहो।

रेसको अवलोकन पूर्ण रूपमा 'नि:शुल्क' छ! सडक किनारमा उभिएर खेलाडीहरूलाई उत्साह भर्नुका साथै, प्रवेश नि:शुल्क रहेको गन्तव्य स्थलमा पुगेर विभिन्न स्टलहरू, सांस्कृतिक मञ्च, तथा स्थानीय स्वादिला खानेकुरा र पेय पदार्थको मज्जा लिँदै रेसको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

विशेष गरी, यस वर्ष रेसको दोस्रो दिन अर्थात्अक्टोबर १० तारिख (शनिबार), सागा-फुकुओका स्टेजअन्तर्गत पहिलोपटकफुकुओकाको 'तेन्जिन'लाईगन्तव्य गोलका रूपमा तोकिएको छ!

सागा प्रिफेक्चरको काराचुस्थित 'हादोमिसाकी' बाट बिहान सुरु हुने यो रेस, फुकुओकाको इटोशिमा शहर हुँदै फुकुओका शहरतर्फ अघि बढ्नेछ। फुकुओका शहरभित्र प्रवेश गरेपछि खेलाडीहरू प्रसिद्ध 'कुशिदा मन्दिर' वरपर र वातानाबे-दोरी जस्ता मुख्य शहरी सडकहरूमा तीव्र गतिमा साइकल कुदाउँदै, मेइजी-दोरीको 'तेन्जिनबाशी' वरपरदिउँसो करिब १:०० बजेगोल गर्ने तालिका रहेको छ।

साइकल खेलकुदका बारेमा धेरै जानकारी नभए पनि केही फरक पर्दैन! शहरमा घुम्न निस्किए जस्तै तेन्जिन पुगेर, ठूला एलइडी स्क्रिनहरूमा रेस कहाँ आइपुग्यो भनेर हेर्न सक्नुहुन्छ र खेलाडीहरू नजिकै आइपुगेपछि सडक किनारमा गएर हुटिङ गर्न सक्नुहुन्छ। साथै, त्यहाँका स्टलहरू घुम्ने, मञ्चका प्रस्तुतिहरू हेर्ने र स्थानीय मीठा खानेकुराहरूको स्वाद लिन पनि सक्नुहुन्छ।

यो मुख्य कार्यक्रम र उत्सवको आयोजना स्थलतेन्जिन सेन्ट्रल पार्कहो।

सामान्य दिनमा देखिने फुकुओकाका सडकहरू अन्तर्राष्ट्रिय रोड रेसको मञ्च बन्नेछन्, र सम्पूर्ण सहर एक दिनको लागि ठूलो चाडपर्वको मेला जस्तो बन्नेछ।
अवश्य, खेलाडीहरूलाई हौसला दिन र यो रोमान्चक माहोलको अनुभव लिन पक्कै पनि घुम्न जानुहोला! ♪

 

 

【फुकुओका शहरको सूचना】

साइकल चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम र शिष्टाचार

प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?

  • जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।

  • पैदलमार्गमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ। पैदलमार्ग प्रयोग गर्दा सडकपट्टि बिस्तारै चलाउनुपर्छ।

  • साइकल प्रयोग गर्ने सबै व्यक्तिले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ।

  • राति साइकल चलाउँदा अनिवार्य रूपमा बत्ती बाल्नुपर्छ।

  • दुई जनाले एउटै साइकलमा सँगै चढ्ने वा समानान्तर रूपमा सँगसँगै साइकल चलाउने कार्य निषेध गरिएको छ।

  • छाता ओढेर सवारी गर्नु, मोबाइल फोन प्रयोग गर्नु वा ठूलो आवाजमा हेडफोन लगाएर सवारी गर्नु पनि प्रतिबन्धित गरिएको छ।

  • साथै, साइकल चलाउँदा मदिरा सेवन (ड्रिंक ड्राइभिङ्ग) गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।

  • साइकल चलाउँदा ट्राफिक नियम मिच्ने १६ वर्ष वा सोभन्दा माथिका चालकहरूका लागि जरिवाना प्रणाली (जसलाई 'अओकिप्पु' वा निलो चिट भनिन्छ) लागू गरिएको छ।

  • साइकल सधैं पार्किङ स्थलमा राख्नुपर्छ। पार्किङ स्थलबाहेकको सडकमा साइकल राखेमा, त्यो पैदल यात्रीलाई अवरोध वा असुविधा पुर्‍याउन सक्छ, त्यसैले त्यसलाई परित्याग साइकल मानी हटाइन्छ। फुकुओका शहरमा हटाइएको साइकल फिर्ता लिन २,५०० येन लाग्छ, र निश्चित अवधिभित्र नलिइएमा त्यो फ्याँकिन सक्छ। व्यापारिक क्षेत्र वा स्टेशन वरपर छोटो अवधिका लागि निःशुल्क पार्किङ स्थल पनि उपलब्ध छन्, त्यसलाई प्रयोग गरौं।

  • साथै, फुकुओका शहरभित्र साइकल चलाउने जो-कोहीले साइकल बीमा लिन अनिवार्य छ। साइकल दुर्घटनामा तपाईंले अर्कोलाई ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ। यदि तपाईंले साइकल बीमा लिनुभएको छ भने, तपाईंको साइकलले कसैलाई चोट पुर्‍यायो भने उपचार खर्च बीमाले तिर्नेछ। यस्तो आकस्मिक घटनाको लागि, अवश्य पनि साइकल बीमा लिनुहोस्।

साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।

2026.10.01[Thu] 09:00

【ART FAIR ASIA FUKUOKA】

गत हप्ता जस्तै, यस हप्ता पनि हामी तपाईँहरूलाई एउटा विशेष कला कार्यक्रमको बारेमा जानकारी गराउँदैछौँ!

जापान र एसियालाई, मानिस र कलालाई आपसमा जोड्ने, जापानकै सबैभन्दा ठूला कला मेलाहरू मध्येको एक— ART FAIR ASIA FUKUOKA (AFAF)आयोजना हुँदैछ।

क्युशु र एसियाली क्षेत्रका कला सङ्ग्रहालय, विश्वविद्यालय, उद्योगहरू र आर्ट फेयरहरूबीचको सहकार्यमा, स्वदेशी तथा विदेशी उत्कृष्ट ग्यालरीहरूलाई एउटै छानामुनि ल्याएर यो प्रदर्शनी स्थल तयार पारिएको छ। यस वर्ष ताइवानबाट अहिलेसम्मकै सबैभन्दा धेरै ८ वटा ग्यालरीहरूसहित कोरिया र फिलिपिन्स जस्ता देशहरूबाट कुल १६ वटा विदेशी ग्यालरीहरू थपिएका छन्। यसरी जम्मा८३ वटा प्रमुख ग्यालरीहरूयहाँ एकैसाथ भेला हुँदैछन्।

यहाँ कलाकृतिहरूको प्रदर्शनी मात्र नभई, कला सम्बन्धी विचार-विमर्शर निर्देशित भ्रमणहरू पनि सञ्चालन गरिनेछन्। साथै, प्रत्यक्ष सांगीतिक/कलात्मक प्रस्तुति, विशाल कला संरचनार चर्चित नव-कलाकारहरूलाई चिनाउने विशेष प्रदर्शनीहरू मार्फत कलालाई धेरै कोणबाट अनुभव गर्न सकिने बहुआयामिक प्रबन्ध मिलाइएको छ।

यो भव्य कार्यक्रमअक्टोबर १ तारिख (बिहीबार) देखि अक्टोबर ४ तारिख (आइतबार) सम्मकुल ४ दिनका लागिफुकुओका इन्टरनेसनल सेन्टरमा आयोजना हुनेछ।

कलाका बारेमा धेरै ज्ञान वा अनुभव नभएका व्यक्तिहरूले पनि उत्तिकै रमाएर अवलोकन गर्न सक्ने कार्यक्रम भएकाले, यस पटक पक्कै पनि गएर हेर्नुहोला है! ♪

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

२४औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता"

अक्टोबर २५ आइतबार दिउँसो १३:०० बजे देखि "२४ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको "फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हल"मा हुनेछ।

प्रवेश शुल्क निःशुल्क छ, र कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतिभागीहरूले दिनहुँ गर्दै आएको अध्ययन र मिहिनेतको उत्कृष्ट नतिजा सुन्नका लागि यहाँहरू सबैजना पक्कै आइदिनुहोला है!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन अन्तर्गतको जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिमा सम्पर्क गर्न सक्नुहुनेछ।  

फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क गर्नुहोस्।

 

 

विदेशीहरुकालागिआप्रवासन, आवासरराष्ट्रियतासम्बन्धिपरामर्श

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ