福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.03.12[Thu] 09:00
【LOVE FM FESTIVAL】
संगीत, स्वादिला परिकार, वर्कसप, र रेडियोसँगको अन्तर्क्रियात्मक अनुभव समेटिएको 'लभ एफएम फेस्टिभल', अर्थात् 'लभ फेस' आगामी हप्ता मार्च २०, शुक्रबार र २१ तारिख शनिबार आयोजना हुँदैछ!
लभ एफएमको यो विशेष विश्वव्यापी उत्सव फुकुओका सिटि हलअगाडिको 'निशिगावा फुरेआई हिरोबा' मा हुनेछ। प्रवेश पूर्ण रूपमानि:शुल्कछ। लभ एफएमले मात्र प्रदान गर्न सक्ने यो रमाइलो र अन्तर्राष्ट्रिय वातावरणको अनुभव लिन तपाईं पनि आउनुहोस्!
यस पटकको मुख्य विषय "REUNION" रहेको छ। हाम्रा श्रोताहरू, हामी डिजेहरु, कार्यक्रमहरू, कलाकारहरू र यो पूरै सहरलाई फेरि एकै ठाउँमा जोड्ने उद्देश्यका साथ २ वर्षपछि यो 'लभ फेस' आयोजना हुन लागेको हो। महोत्सवमा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, फुड स्टलहरूमा फुकुओका, क्युशु र विदेशका विभिन्न स्वादका छानिएकाकरीपसलहरू पनि रहनेछन्।
यसबाहेक, फेस्टिभल सुरु हुनुभन्दा एक दिनअघि, अर्थात् मार्च १९, बिहीबार दिउँसो ३ बजेदेखि ४ घण्टासम्म एउटाविशेष कार्यक्रमप्रसारण गरिनेछ। यसमा महोत्सवको पछिल्लो जानकारी, सहभागी स्टलहरूको परिचय र कलाकारहरूको बारेमा जानकारी दिइनेछ, ताकि तपाईंले कार्यक्रमको १०० गुणा बढी आनन्द लिन सक्नुहुनेछ। त्यसैले यो सुन्न नछुटाउनुहोला!
आगामी मार्च २० र २१ तारिखमा संगीत, आवाज र मुस्कानका साथ "पुनर्मिलन" को हामी सबै मिलेर भरपुर आनन्द लिऔँ! तपाईंहरु सबैलाई कार्यक्रम स्थलमा स्वागत छ।"
【फुकुओका शहरको सूचना】
ठूला आकारको फोहोर फाल्ने तरिका
वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।
यस पटक, “ठूला आकारको फोहोर फाल्ने तरिका” सम्बन्धि जानकारी दिनेछु।
“ठूला आकारको फोहोर” फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा “प्रशोधन टिकट” खरीद गर्नुहोस्।
LINE मार्फत आवेदन दिनुभएमा अनलाइन भुक्तानी पनि गर्न सक्नुहुनेछ।
वसन्त ऋतुमा घर सर्ने मानिसहरूको संख्या धेरै हुने भएकाले बुकिङहरू चाँडै भरिन सक्छन्। त्यसैले, आफूले चाहेको दिनमा सेवा प्राप्त गर्नका लागि कृपया समयमै आवेदन दिनुहोला।
“संकलनको दिनमा बिहान ८:३० बजेसम्म” तोकिएको ठाउँमा राख्नुहोस्।
“ठूला आकारको फोहोर रिसेप्शन सेन्टर” को फोन नम्बर (०९२-७३१-११५३) ।
इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।
फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला।
यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।
नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।
नागरिक विपद् रोकथामदिवस
फुकुओका सहरले सन् २००५ मार्च २० मा गएको 'फुकुओका प्रान्तको पश्चिमी तटीय भूकम्प' को अनुभव र पाठलाई बिर्सन नदिनका लागि हरेक वर्षकोमार्च २०तारिखलाई 'नागरिक विपद् रोकथाम दिवस' को रूपमा तोकिएको छ।
पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्।
विपद् कहिले आउँछ भनेर थाहा हुँदैन।
विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।
फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।
"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।