福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.08.14[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【म्यारिन वर्ल्ड उमी नो नाखामिची【रातको जलजीव संग्राहालय】】
गर्मीकोरातमा, केतपाईंविशेषजलजीव संग्राहालयकोअनुभवगर्नचाहनुहुन्छ?
फुकुओकाशहरकोपूर्वीक्षेत्रस्थित“म्यारिन वर्ल्ड उमी नो नाखामिची” मा अहिले समय बढाएर राति ९ बजेसम्म खुला रहने “रातको जलजीव संग्रहालय” आयोजनाभइरहेकोछ।
दिनकोसमयभन्दायहाँकोप्रकाशव्यवस्थाबिल्कुलैफरकछ, जसलेतपाईंलाईएकजादुईवातावरणमापुर्याउँछ।विशेषगरी, करिब२०,०००माछाजत्तिकोइवाशी (सार्डिनमाछा) लाईसंगीतरबत्तिहरूसँगमिलेरनाच्नेअद्भुतशोहेर्नपाइन्छ!त्यस्तै, रातकोआकाशकोपृष्ठभूमिमाडल्फिनकोडायनामिकजम्पशोपनिदिनकोशोभन्दाधेरैप्रभावकारीररोमाञ्चकहुन्छ।
यस“म्यारिन वर्ल्ड उमी नो नाखामिची” माक्यूशूकासमुद्रीजीवहरूकोथिममाकरिब३५०प्रजातिका, ३०,०००भन्दाबढीसमुद्रीजीवहरूप्रदर्शितगरिएकोछ।त्यस्तै, “आइल्याण्डस्टेज” माअजाराशीजीवहरूलाई३६०डिग्रीबाटहेर्नसकिन्छ, र "पेंग्विनबीच" मापेंग्विनहरूलाईनजिकबाटअवलोकनगर्नसकिन्छ।
अहिले चर्चित कोलाब कार्यक्रम पनि चलिरहेको छ!
सेप्टेम्बर २३ सम्मको सीमित अवधिमा, लोकप्रिय गेम "आचुमारे डोउबुचु नो मोरी" को संसार म्यारिन वर्ल्ड मा देख्न सकिन्छ।
गेममा देखिने समुद्री जीवहरू ५० भन्दा बढी प्रजातिहरू — वास्तविक रूपमा प्रदर्शित गरिएका छन्, जसले गेम र वास्तविकता बीचको रमाइलो सम्बन्ध अनुभव गराउँछ!
यस्तोअनुभवहरूलेपरिवारकासबैसदस्यहरूलाईरमाइलोगर्नकालागिविशेषकार्यक्रमहरूप्रस्तुतगरिएकोछ—जस्तै“जीवजन्तुखोजी”र“शंखकोसानोफूलमालाबनाउने”।
दिनकोव्यस्तताभन्दाफरक, रातकोजलजीवसंग्राहालयकोअनुभव२४अगस्त (आईतवार) सम्महरेकदिनहुनेछ।
३०अगस्त (शनिबार) देखि२३सेप्टेम्बर (मङ्गलबार) सम्म, योकेवलशनिबाररआइतबारमात्रहुनेछ।
प्रदर्शनबिहान९:३०देखिसुरुभएरदिनभरिरमाइलोगर्नसकिन्छ।
यो गर्मीको विशेष सम्झनाको रूपमा, अवश्य पनि एकपटक अनुभव गरेर हेर्नुहोस्!
【फुकुओका शहरको सूचना】
“Fukuoka Prize को बारेमा”
फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ।
यस वर्षको ३५औँ Fukuoka Prize का विजेताहरु घोषितभएकाछन्।
The Grand Prize को विजेतामा, ओकिनावाररयूक्यूकोपहिचानलाईव्यावहारिकरूपमाप्रस्तुतगर्नेइतिहासकार " TAKARA Kurayoshi "
The Academic Prize मा,जनताकोदृष्टिकोणबाटपूर्वीएशियाकोइतिहासलाईअध्ययनगर्नेइतिहासकार "BAIK Young-seo"
The Arts and Culture Prize मा, भियतनामकाशहरीसमस्याहरूसमाधानगर्नवास्तुकलाअनुसन्धानगर्नेवास्तुकार "Vo Trong Nghia" छनोट भएका छन्।
पुरस्कारवितरणसमारोहसेप्टेम्बर१६(मङ्गलबार),टकइभेन्टहरू१५ तारिक (सोमबार)र१७ तारिक (बुधबार) आयोजना हुनेछन्।
१५ तारिकमा, The Arts and Culture Prize विजेता "Vo Trong Nghia" कोलेक्चर, १७ तारिकदिउँसो, The Academic Prize विजेताइतिहासकार "BAIK Young-seo", र साँझमा The Grand Prize विजेता इतिहासकार " TAKARA Kurayoshi " कोलेक्चर हुनेछन्।
पुरस्कार समारोह र टक कार्यक्रमहरूमा जो–कोहीले निःशुल्क सहभागी हुन सक्नुहुन्छ।
तर, अगावै दर्ता अनिवार्यछ, कृपयाआधिकारिक वेबसाइटबाट आवेदन गर्नुहोस्।
दर्ता अन्तिम मिति, पुरस्कार समारोहको लागि:अगस्ट २६ (मंगलबार) सम्मर टक कार्यक्रमहरूको लागि,प्रत्येक कार्यक्रमको २ दिनअघिसम्म हो।
कार्यक्रमकोथपविवरणकोलागि "福岡アジア文化賞" वा "Fukuoka Prize" भनि खोजी, Fukuoka Prize को आधिकारिक वेबसाइटको कार्यक्रम पृष्ठ हेर्नुहोस्।
2025.07.24[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【IRIE MUSIC with JIM BEAM SUMMER FES 2025 in FUKUOKA】
यस सप्ताहन्त, LOVE FM को रेगे संगीत कार्यक्रम "IRIE MUSIC" को संगीत कार्यक्रम आयोजना हुँदैछ।
प्रत्येक शनिबार बिहान ८ बजे प्रशारण हुने “रेगे १००% प्रोग्राम” IRIE MUSIC ले आयोजना गर्ने यो खुल्ला मन्चमा हुने संगीत महोत्सव हो। हरेक वर्ष अत्यधिक लोकप्रिय हुने यो कार्यक्रम यस वर्ष पनि तेंन्जिनको केन्द्रमा ३ दिनसम्म आयोजना गरिँदैछ! रेगे, हिप-हप र ओकिनावालाई विषय बनाएर रमाइलो तालको उत्कृष्ट संगीत प्रस्तुत गरिनेछ। रेगे संगीतमा नौलो व्यक्तिदेखि लिएर रेगे प्रेमीहरूसम्म सबैले रमाइलो गर्न सक्ने निशुल्क संगीत कार्यक्रम हो।
कार्यक्रम शुक्रबार २५ तारिखदेखि आइतबार २७ तारिकसम्म — ३ दिन लगातार।
शुक्रबार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ।
शनिबार र आइतबार भने कार्यक्रम बिहान ११ बजेबाट रातिसम्म चल्नेछ।
स्थान, तेंन्जिन स्टेशन नजिकैको तेंन्जिन चुओ पार्क।
प्रवेश निःशुल्क छ।
संगीत महोत्सवमा स्वादिलो खानाको पनि आनन्द लिन सक्नुहुन्छ! महोत्सवमा फुकुओकाका प्रसिद्ध स्थानीय स्टलहरू, विशेष “ओकिनावा” परिकारहरू, अनि चिसो पेय पदार्थहरूको साथमा रमाइलो गर्न सकिन्छ।
उत्कृष्ट कलाकारहरूको लाइभ संगीत, स्वादिलो खाना, र रमाइलो पेय पदार्थहरूको साथ यो गर्मीको सबैभन्दा रमाइलो संगीत क्षण अनुभव गरौं!
【फुकुओका शहरको सूचना】
साइकल चलाउने नियम सम्बन्धि सूचना
प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।
के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?
जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।
साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।
2025.06.12[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【फुकुओका नागरिक अर्केस्ट्रा】
के तपाईंहरूलाई शास्त्रीय संगीत मन पर्छ?
आउँदो आइतवार, जुन १५ मा, फुकुओका शहरको तेनजिनस्थित "अक्रोस फुकुओका सिम्फोनी हल" मा [फुकुओका नागरिक अर्केस्ट्रा] को नियमित कन्सर्ट आयोजना हुन गईरहेको छ।
फुकुओका नागरिक अर्केस्ट्रा सन् १९७२ मा स्थापना भई, 'नागरिकले माया गर्ने अर्केस्ट्रा' बन्ने लक्ष्यसहित सक्रिय संगीत प्रस्तुतिहरू गर्दै आएको एउटा अमेचर अर्केस्ट्रा हो।
यसमा मुख्यत: कामकाजी व्यक्तिहरू, विद्यार्थीहरू, तथा गृहिणीहरू समेत विभिन्न पृष्ठभूमिका करिब १०० सदस्यहरु छन्। उनीहरूले हरेक हप्ता शनिबार अभ्यास गर्छन्, र वर्षमा दुई पटक नियमित कन्सर्टका साथै विभिन्न कार्यक्रमहरूमा प्रस्तुति दिन्छन्।
यस पटकको कार्यक्रममा सिबेलियसद्वारा रचित 'सिम्फोनिक कविता – वसन्तको गीत', 'सिम्फोनी नम्बर ५, इ-फ्ल्याट मेजर', तथा मेन्डेलसोनद्वारा रचित 'नाटक संगीत –ग्रीष्म रातको सपना, ओपस ६१ बाट अंशहरु' समावेश गरिनेछ।
त्यसैगरी, प्रस्तुति सुरु हुनुअघि लोबी कन्सर्ट र निर्देशकद्वारा विशेष वार्ता पनि आयोजना गरिनेछ।
कार्यक्रम, अक्रोस फुकुओका सिम्फोनी हलमा जुन १५ (आइतवार), हल खुल्ने समय दिउँसो १ बजे, कार्यक्रम शुरु दिउँसो २ बजे।
टिकट शुल्क, साधारण दर्शक – १,५०० येन र विद्यार्थी (प्राथमिकदेखि विश्वविद्यालय तहसम्म) – ५०० येन हो।
यो अवसरलाई नछुटाउनुहोस्—शास्त्रीय संगीतको आनन्द लिनुहोस्!
【फुकुओका शहरको सूचना】
कर सम्बन्धि
जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।
जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला।
तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
स्मार्टफोन भुक्तानी वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ।
त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।
शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।
नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।
२३ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
2025.05.01[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【कुओकाको गोल्डेन वीक सम्बन्धि जानकारी】
यस वर्ष पनि "गोल्डेन वीक" को समय आएको छ।
यस साता देखि अर्को साता सम्म फुकुओकामा आयोजना हुने केही इभेन्टहरूको जानकारीहरु लिएर आएकी छु।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सामाजिक सञ्जाल र मिडियामा निकै चर्चित 【क्राफ्ट ग्योज़ा फेस्ट】 फुकुओकामा आयोजना हुँदैछ। सरल नेपालीमा भन्ने हो भने यो मःमः फेस्टिवल हो।
यसपटक, जापानभरिबाट आएका १४ वटा ग्योज़ा पसलहरू, साथमा फ्राइड राइस, ड्रिंक र डिजर्टका पसलहरू पनि सहभागि छन्।
लोकप्रिय याकी ग्योज़ा, सुई ग्योज़ा, आगे ग्योज़ा, मुसि ग्योज़ा लगायत अन्य अनौठा स्वादका ग्योज़ाहरू पनि उपलब्ध छन्।
२८ प्रकारका ग्योज़ा छन्, जसको हरेक पक्षमा खास ध्यान दिइएको छ; चाहे त्यो ग्योज़ाको खोल होस्, भित्रको भराइ, वा साथमा दिने अचार।
ग्योज़ा मन पराउने सबैका लागि उपयुक्त, यो १२ दिने फेस्टिबलमा, क्राफ्ट ग्योज़ा र क्राफ्ट बियर भरपूर पाइनेछ।
कार्यक्रम फुकुओका शहरको माईजुरु पार्कमा, बिहान ११ बजेदेखि राति ९ बजेसम्म।
समाप्ति मिति अर्को साता मंगलबार, मे ५।
अर्को कार्यक्रम “खाना” र “संस्कृति” को मिलन भन्ने बिषयमा छ।
【फुकुओका ज्योउ नाइट मार्केट GW स्पेशल】 नामक यो इभेन्ट माईजुरु पार्कको पूर्व अदालत स्थलमा भइरहेको छ। यो मार्केट मे ६ तारिकसम्म चल्नेछ।
रातमा उज्यालो पारिएको सुन्दर किल्लाको दृश्यबीच, स्थानीय खानाका स्टलहरू, सरसजावट तथा सानातिना थरिथरिका सामग्रीहरू बिक्री हुने पसलहरू हुनेछन्।
फुकुओका भित्रका चर्चित रेस्टुरेन्ट र विशेष पसलहरूको उत्कृष्ट खानाका साथै, लोकप्रिय किचन कारहरू पनि हुनेछन्।
यो कार्यक्रममा भाग्य जाँच, वर्कशप र परम्परागत खेलकुद जस्ता रमाइलो गतिविधिहरू पनि हुने भएकोले बुढाबुढीदेखि बच्चासम्म सबैले रमाउन सक्ने कार्यक्रम हो।
समय दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म।
रातको शितल हावासँगै संगीत र प्रदर्शनले भरिएको फुकुओकाको नयाँ नाइट स्पटको आनन्द लिननुहोस्।
अब अर्को रमाइलो कार्यक्रमको कुरा गरौं!
यो कार्यक्रमस्थल तेनजिन स्टेशनबाट सजिलै पुग्न सकिन्छ, र स्टेशनकै नजिकैको खुला मैदानमा आयोजना हुने भएकाले झन् सुविधाजनक छ। हरेक वर्ष ३०,००० भन्दा बढी मानिसहरु सहभागी हुने यो इभेन्ट यस वर्ष १५ औं पटक आयोजना हुँदैछ।【क्युशु क्राफ्ट बियर वीक】 नामक यो लोकप्रिय कार्यक्रम, यस पटक ३८ वटा क्युशु र यामागुचिको ब्रुअरीहरूले ल्याएका ८० प्रकारका क्राफ्ट बियरहरू सहित, अप्रिल २९ (यो साता मंगलबार) देखि मे ५ (अर्को साता सोमबार) सम्म तेनजिन चुओ पार्क, किहिनखान अगाडिको खुला मैदानमा आयोजना हुँदैछ। खुला ठाउँको रमाइलो माहोलमा, यहीँ मात्र पाइने विशेष स्वादका क्राफ्ट बियर र स्वादिलो खानाको मजा एकै साथ लिन सकिन्छ।
यसपालि जापानमा क्राफ्ट बियर शुरु भएको ३० औं वर्ष भएको उपलक्ष्यमा, जापानका अनुभवी र नयाँ, दुबै प्रकारका उत्पादनकर्ताहरूले आफ्ना विशेष बियर ल्याएका छन्।
बियर मन पराउनेहरूका लागि यो दुर्लभ बियर चाख्ने सुन्दर मौका हो।
कार्यक्रम बिहान ११ बजेदेखि राति ९ बजेसम्म संचालन हुनेछ। त्यसैले बिदाको दिनको दिउँसो होस् वा कामपछि थकान मेट्न, यो राम्रो अवसर हुन सक्छ।
अन्त्यमा, 【नाइट एक्वेरियम】।
फुकुओका शहरको पूर्व क्षेत्रमा रहेको Marin World Uminonakamichi मा, मे ६ सम्मको बिदामा, संग्रहालय राति ९ बजेसम्म खुला हुने गर्दछ।
【नाइट एक्वेरियम】 मा, साँझ ६ बजेदेखि संग्रहालयको प्रकाश विशेष रूपमा परिवर्तन हुन्छ, जसले गर्दा तपाईंले पानीजन्तुहरूलाई रातको वातावरणमा, रमाइलो र रहस्यमय प्रकाशमा हेर्न सक्नुहुन्छ।
दोस्रो र तेस्रो तलाको शो पूलमा, साँझ ६ बजेदेखि “सी लायन शो”, “डल्फिन शो”, र “इवासी शो” पनि प्रदर्शन हुन्छ।
पहिले नै सिट बुक गर्न सकिनेछ, त्यसैले इच्छुक व्यक्तिहरूले अफिसियल वेबसाइट हेरेर योजना बनाउन सक्नुहुन्छ।
बिदामा बालबालिकालाई एक रात ढिला सुत्न दिएर यो अनौठो अनुभव दिन सकिन्छ!
सामान्यतया नदेखिने रातको जलजीवहरूको संसार हेर्न पाइने यो एकदमै सुन्दर अवसर हो।
अहिलेसम्म हामीले ४ वटा रमाइला इभेन्टको जानकारी दिइसकेका छौं।
तर फुकुओकाको गोल्डेन वीकको मुख्य आकर्षण भनेको, यही साता शनिबार र आइतबार (मे ३ र ४ मा) हुने 【हाकाटा डोन्ताकु मिनातो माचुरी】 हो।
हाकाताको इतिहास, संस्कृति, र यहाँका मानिसहरूको जोश र उत्साह अनुभूत गर्न सकिने यो भव्य पर्वमा तपाईं पनि अवश्य सहभागी हुनुहोस्।
2025.04.10[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【नेपाल फेस्टिवल फुकुओका】
वसन्तको आगमनसँगै बाहिर घुमघाम गर्नको लागि मौसम राम्रो हुँदै गएको छ। यस हप्ता अन्त्यत: १२ अप्रिल (शनिवार) र १३ अप्रिल (आइतबार) का दिनहरूमा, तेन्जिन चुओ पार्कमा 【नेपाल फेस्टिवल फुकुओका】 आयोजना हुन गईरहेको छ। यस फेस्टिवलमा, नेपालका परम्परागत कला र संस्कृतिको परिचय, स्वादिष्ट नेपाली खाना तथा लोकप्रिय कलाकारहरूको प्रस्तुति अनुभव गर्न सक्नुहुनेछ।
फुकुओका शहरमा अहिले १०,००० भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन्, जसमा धेरैजसो विद्यार्थीहरू छन्। यसले फुकुओकालाई जापानभर नेपालीहरूको धेरै जनसंख्या भएको क्षेत्रहरू मध्ये एक बनाएको छ। साथै, यस वर्ष अप्रिल १४ मा नेपाली विक्रम संवत अनुसार नयाँ वर्ष पर्दछ। नयाँ वर्षलाई मनाउने कार्यक्रमको रूपमा, फुकुओकामा सन् २०१० देखि 'नेपाल फेस्टिवल फुकुओका' आयोजना हुँदै आएको छ, र यो पटक फेस्टिवलको १२औं संस्करण हो।
यो फेस्टिवल मुख्य रूपमा फुकुओकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र नेपाली समुदायका व्यक्तिहरूको नेतृत्वमा आयोजना गरिन्छ। महोत्सवमा नेपाली खानाका परिकार र सामग्रीको बिक्री, सांस्कृतिक नृत्य र संगीत प्रदर्शन, परम्परागत बाजा परेड, नेपाली पहिरन सारीको अनुभव, कला प्रदर्शनी, पर्यटन जानकारी जस्ता कार्यक्रमहरू समावेश गरिएको छ। विविध कार्यक्रमहरूले भरिएको यस महोत्सवमा, हरेक वर्ष धेरै मानिसहरू सहभागी हुने गर्दछन्।
फेस्टिवलको दुवै दिन बिहान १० बजे देखि साँझ ६ बजे सम्म कार्यक्रम सञ्चालन हुनेछ। प्रवेश निःशुल्क छ। फुकुओकामा रहँदा नेपाली संस्कृति अनुभव गर्ने दुर्लभ अवसरका रूपमा, यस दुई दिने कार्यक्रममा सहभागी भई, हामीसँगै नेपाली नयाँ वर्षको उत्सव मनाऔं!
【फुकुओका शहरको सूचना】
“विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय”
नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?
Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।
फोन नम्बर, ०१२०-६६-१७९९ ।
सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ ।
सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७३३-५४२९ हो।
चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ।
उपयोग शुल्क निःशुल्क छ, तर फोनको शुल्क भने फोन गर्ने व्यक्तिले तिर्नु पर्छ।
2025.03.27[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【फुकुओका टावरमा साकुरा इभेन्ट】
वसन्तको रमाइलो अनुभवगर्न सकिने इभेन्टको जानकारी छ। फुकुओका टावरमा अहिले जापानको वसन्तको अनुभूति गर्न सकिने साकुरा इभेन्ट भइरहेको छ।
टावरको शिखरमा साकुराको इल्युमिनेशन बत्तीले सजाइएको छ, जसले ३ प्रतिशतदेखि ५ प्रतिशत फुलेकोबाट पूर्ण रूपमा फुलेको साकुरालाई उज्यालोमा फुलाउँदै देखाउँछ। टावरको अगाडिको क्षेत्र पनि साकुराको रंगमा प्रकाशमय गरिएको छ, जसले वसन्तको रातको आकाशको जस्तो सुन्दर दृश्य प्रस्तुत गर्दछ। लाइट अपको समय हरेक रात ७ बजे देखि ११ बजे सम्म हो। यो वसन्तको रातको पैदल यात्रा गर्न उपयुक्त अवसर पनि हो।
त्यस्तै, टावरको तेस्रो तल्लामा रहेको अवलोकन कक्षमा, साकुराको सुगन्धको अनुभव गर्न सक्नुहुन्छ। लिफ्टको ढोका खोल्दा, साकुराको सुगन्ध फैलिन्छ र अवलोकन अनुभवलाई अझ विशेष बनाउँछ। यो साँच्चिकै पाँचौं इन्द्रियबाट वसन्तको अनुभव गर्न सकिने स्थान हो।
त्यसै गरी, दोस्रो तल्लामा रहेको " Refuge Sky Cafe & Dining" मा साकुरा विषयमा आधारित विशेष मेनुहरू उपलब्ध छन्। साकुराको स्वाद भएको माचो लाटे, गुलाबी रंगको आकर्षक चेरि लेमोन सोडा, र चेरि क्रीमसँग माचो प्यानकेकहरू समेत, वसन्तको स्वादका मिठाइ र पेय पदार्थहरू पाइन्छ।
यो इभेन्ट १३ अप्रिल, आइतबारसम्म चल्नेछ। पक्कै पनि फुकुओका टावरको साकुरा इभेन्टमा सहभागी भएर वसन्तको रमाइलो अनुभव गर्नुहोस्।
【फुकुओका शहरको सूचना】
फोहर फ्याँक्ने नियम सम्बन्धी
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ। "ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।
फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्। शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ ।
टेलिफोन अनुवाद मार्फत् २३ वटा भाषाहरुमा सेवा उपलब्ध छ।
यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।
2025.03.13[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)
【फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडानको ग्राण्ड ओपनिङ】
२०२२ देखि नवीकरण हुँदै आएको फुकुओका अन्तर्राष्ट्रिय एयरपोर्ट अब अझ बढी सुविधाजनक र आरामदायक रूपमा पुनर्निर्माण हुने भएको छ। फुकुओका एयरपोर्टको अन्तर्राष्ट्रिय उडान टर्मिनल भवन यस महिना २८मा ग्राण्ड ओपन हुन गईरहेको छ! “सहज, छिटो, रमाइलो” भन्ने अवधारणामा आधारित, यो अझै आरामदायक स्थानको रूपमा रूपान्तरण हुनेछ।
सुगम प्रस्थान प्रक्रियालाई सुनिश्चित गर्न, सुरक्षा जाँच क्षेत्र र आवगमन जाँच क्षेत्रको विस्तार र स्थानान्तरण गरिएको छ। यहाँ अधिकतम ४जनाले एकसाथ तयारी गर्न सक्ने र तयार भएका व्यक्तिहरूलाई सुरक्षा जाँचमा अघि बढ्न अनुमति दिने “स्मार्ट लेन” प्रणालीको प्रयोग गरिएको छ। साथै, कुनै लामो लाइन बिना, प्राथमिकताका आधारमा सुरक्षा जाँच लिने “प्रायोरिटी लेन” प्रणाली, जुन क्युशु क्षेत्रमा पहिलो पटक लागू गरिएको छ।
त्यसै गरी, प्रस्थान अघि आनन्द लिन सकिने स्थान पनि थप सुसज्जित गरिएको छ! ड्यूटी-फ्री स्टोरको क्षेत्र चार गुणा बढाइएको छ र फुकुओका र क्युशुको खाद्य संस्कृतिलाई अनुभव गर्न सकिने फूड कोर्ट पनि खुल्ला हुनेछ। विभिन्न प्रकारका स्टोरहरू यस स्थानमा छन्, र प्रस्थानको समयमा फुकुओका र क्युशुको स्वाद र वातावरणको आनन्द लिन सकिने यस स्थानमा परिणत भएको छ।
फुकुओका, क्युशु र पश्चिमी जापानको प्रवेशद्वारको रूपमा, यो नवीनीकरण पछि अझ बढी सुविधाजनक र आरामदायक बनाइएको, फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडान टर्मिनललाई अवश्य चेक गरि हेर्नुहोस्!
【फुकुओका शहरको सूचना】
बसाईसराई फोहर सम्बन्धि
वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।
यस पटक, ठूला आकारको फोहोर फाल्ने तरिका सम्बन्धि जानकारी दिनेछु।
ठूला आकारको फोहोर फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।
फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।
संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।
ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।
इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।
फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला।
यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ।
नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।
नागरिक विपद् रोकथामदिवस
यस वर्ष, सन् २००५ मार्च २० मा गएको फुकुओका प्रान्त पश्चिम तट भूकम्प गएको २० वर्ष भएको छ। फुकुओका शहरले यस भूकम्पको अनुभवलाई नबिर्सन मार्च २० लाई "नागरिक विपद् रोकथाम दिवस" को रूपमा तोकिएको छ।
पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। विपद् कहिले आउँछ भनेर थाहा हुँदैन।
विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।
फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।
"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।
2025.02.20[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【त्रीय बिरालो गतिविधि】
फेब्रुअरी २२ तारिक बिरालो दिवस हो। "बिरालोको साथ बस्न पाएको खुशीको लागि धन्यवाद व्यक्त गर्ने र बिरालोसँग यो खुशीलाई अनुभव गर्ने "स्मरणीय दिन" भन्ने उद्देश्यले यो दिवस मनाईन्छ।
तपाईंहरूलाई【क्षेत्रीय बिरालो】 थाहा छ कि छैन? क्षेत्रीय बिरालो भनेको क्षेत्रमै व्यवस्थापन गरिएका सडकमा फेला पर्ने बिरालोहरू हुन्। क्षेत्रीय बिरालोहरूलाई प्रजनन नियन्त्रण गर्न शल्यक्रिया गरिन्छ र चिन्हको लागि कानको अग्रभाग थोरै काटिन्छ या कान छेडिएको हुन्छ। यदि तपाईंले बाटोमा यस्तो बिरालो देख्नुभयो भने, त्यो बिरालो पक्कै पनि नजिकैको क्षेत्रमा पालिएको क्षेत्रीय बिरालो हुनेछ।
सडकमा बिरालोहरूलाई छोड्दा, शौचालय र आवाजको कारणले वरपरको पर्यावरणमा समस्या पर्न सक्छ। कसैलाई बिरालो मनपर्ने र बाहिरी बिरालोहरूको मद्दत गर्न चाहने, हेरचाह गर्न चाहने व्यक्तिहरू हुन्छन् भने, केहीलाई एलर्जी वा बिरालो मन नपर्ने हुन्छन्। यी दुबै प्रकारका मानिसहरूलाई बिरालोहरूबाट उत्पन्न हुने समस्याबाट बच्न, वा बिरालोको संख्या नबढाउन समाधान गर्ने तरिका भनेको, 【क्षेत्रीय बिरालो गतिविधि】हो।
यसलाई क्षेत्रीय पर्यावरणको रूपमा बुझेर, क्षेत्रीय बासिन्दाहरुको सहमति र सहयोगमा, प्रजनन नियन्त्रण शल्यक्रिया गरिन्छ, निश्चित नियमहरूको आधारमा खाना दिने, शौचालय व्यवस्थापन जस्ता कार्यहरू संचालन गर्छन्। सडक बिरालोलाई हटाउने होइन, तर केही वर्षको अवधिमा क्षेत्रबाट मालिकविहीन बिरालोहरू हट्छ भन्ने लक्ष्य हो। क्षेत्रीय बिरालो गतिविधिहरूमा पनि क्षेत्रीय बासिन्दाहरुको सहयोग र समझदारी आवश्यक छ। सबैको बसोबासलाई सहज बनाउन, नजिकका क्षेत्रहरूमा भइरहेको 【क्षेत्रीय बिरालो गतिविधि】तर्फ चासो दिएर हेर्दा कसो होला।
【फुकुओका शहरको सूचना】
शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि
फुकुओका शहरले रेइवा ७ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।
कर फाइल गर्ने म्याद, मार्च १७ सोमबारसम्म हो।
कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।
काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।
फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२५ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२४ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।
कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।
कर फाइलका लागि आवश्यक कागजातहरु,
आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला।
जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।
नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।
फोन नम्बर, (०९२-७५३-६११३) हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।
तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।
यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।
2024.12.26[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【सीसाइड मोमोची ICE SKATING PARK】
श्रोताहरू, के तपाईंहरूले कहिल्यै आइस स्केटिङ गर्नुभएको छ? यो जाडो मौसमको विशेष गतिविधि हो। यस जाडोमा, फुकुओकाको प्रसिद्ध पर्यटकीय क्षेत्रमोमोचिहामामा, आइस्केटिङ पार्क "सीसाइड मोमोची ICE SKATING PARK" खुल्ला भएको छ।
यो पार्क २४ फेब्रुअरीसम्म मात्र खुल्ला रहने छ, र "फुकुओका टावर" अगाडि रहेको हरियाली पार्कमा स्केटिङ गर्न पाइनेछ। साथै, मौसम अनुसारका विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
२५ डिसेम्बरसम्म, मोमोचिमा पहिलो पटक आयोजना हुने क्रिसमस मार्केट हुनेछ। डिसेम्बर २८ देखि २०२५ को जनवरी १३ सम्म, द्वार, तोरि गेट, र पूजास्थलहरू जस्ता नयाँ वर्षको विशेष सजावटहरु हुनेछन्। १६ जनवरीदेखि २४ फेब्रुअरीसम्म, भ्यालेन्टाइन माहोल बनाउन हार्ट मोन्युमेन्ट स्थापना हुनेभएको छ।
त्यस अतिरिक्त, स्केटिङ सिक्ने कक्षाहरू र स्केट शोहरू पनि आयोजना हुनेछन्।
"सीसाइड मोमोची ICE SKATING PARK" को सञ्चालन समय बिहान ११:०० बजेदेखि राति ९ बजेसम्म हो। मौसमका कारण सञ्चालन समय परिवर्तन हुन सक्छ, त्यसैले जानुअघि आधिकारिक वेबसाइट जाँच गर्नुहोस्।
टिकट मूल्य, बयस्कका लागि १७०० येन र माध्यमिक तहका विद्यार्थीहरू वा सो भन्दा मुनिका लागि १२०० येन हो, जसमा जुत्ताको शुल्क समावेश छ।
बयस्क र बच्चा दुवैले रमाइलो गर्न सक्ने यो अवसर नछुटाउनुहोस्। यस जाडोमा, आइस स्केटिङको आनन्द लिन सीसाइड मोमोची मा अवश्य जानुहोस्!
シーサイドももち ICE SKATING PARK🔎https://fuk-sc.com/
【यो फुकुओका शरहको सूचना हो।】
“वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि”
वर्षको अन्त्य र नयाँ वर्षमा प्रायः मदिरा पिउने अवसर धेरै हुन्छ।
मदिरा पिएपछि, आफैं वा अरू कसैलाई गाडी चलाउन कहिल्यै अनुमति दिनु हुँदैन।
मदिरा पिएपछि साइकल चलाउनु पनि कानुनले प्रतिबन्धित गरेको छ।
भोलिपल्ट बिहान मदिरा अलिकति पनि बाँकी छ भन्ने लागेको अवस्थामा सवारी चलाउन हुँदैन।
यस अतिरिक्त, वर्षको अन्त्यमा सडक दुर्घटनाको संख्या बढ्ने गर्दछ।
राति बाहिर निस्कँदा, चालकहरूले सजिलै देख्न सक्ने गरी उज्यालो लुगा वा राती चम्किलो देखिने लुगा लगाउनुस्।
साँझपख गाडी वा साइकल चलाउँदा छिट्टै बत्ती बाल्न नबिर्सनुहोस्।
अब, सामाजिक मिडिया मार्फत गरिने लगानी ठगी र रोमान्स ठगीबारे जानकारी गराउँदै छु।सामाजिक मिडिया वा डेटिङ एप्स मार्फत चिनजान गरिएका मानिसहरूबाट वा चर्चित व्यक्तिका रूपमा प्रस्तुत भई लगानी गर्न सुझाउनेहरूबाट ठगीका घटनाहरू बढिरहेका छन्।यस्ता ठगीबाट जोगिनका लागि
१. सामाजिक मिडिया वा इन्टरनेटमा गरिने लगानीको आग्रहमा सजग रहनुहोस्।
२. प्रत्यक्ष रूपमा भेट नभएका व्यक्तिले तपाईंलाई पैसासँग सम्बन्धित कुरा गरे भने, त्यो ठगी हुन सक्छ भनेर शङ्का गर्नुहोस्।
३. "निश्चित रुपमा लाभ हुन्छ", "मूलधनको ग्यारेन्टी" जस्ता शब्दहरू प्रयोग गरेर गरिने लगानीको आग्रह ठगी हो।
यी तीन कुराहरुमा ध्यान दिनुहोस्।
अर्को कुरा, बाहिर हिंड्दा वा साइकल चलाउँदा धूम्रपान नगर्नुहोस्।वरपर मानिस भएको बेला बाहिर धूम्रपान नगर्नुहोस्। तपाईंहरुको सहकार्यको अनुरोध गर्दछौं।
आफू र आफ्ना प्रियजनहरुलाई सुरक्षित राख्दै रमाइलो नयाँ वर्ष मनाउनुहोस्।
2024.12.19[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"】
वर्षको अन्त्य र नयाँ वर्षको तयारीका लागि किनमेलको आवृत्ति र परिमाण बढ्ने यो समयमा, तपाईँले आफ्नो "माई ब्याग" बिर्सनु भएको अवस्थामा वा ल्याएको माई ब्याग पर्याप्त नहुने अवस्थामा प्रयोग गर्न मिल्ने "रेजि ब्याग" को बारेमा थाहा पाउनु भएको छ? फुकुओका शहरभित्रका कनभिनि, सुपरमार्केट, ड्रगस्टोर आदिका रेजि काउन्टर नजिकै, फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"बिक्रीमा उपलब्ध छ।
अन्तिम वर्षहरूमा, रेजिझोलाको शुल्क लाग्न थालेपछि माईब्यागको प्रयोगको विस्तार भएको छ। तर, प्लास्टिक फोहोरमध्ये एक हुने रेजि ब्याग अझै पनि फुकुओका शहरमा वार्षिक करिब २,६०० टन फ्याँकिएको तथ्य पत्ता लागेको छ। यसै कारण, किनमेलको समयमा रेजि ब्यागको प्रयोग घटाउनका लागि एउटा नयाँ विकल्पको रूपमा, फुकुओका शहरमा फोहोर फाल्दा प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"को शुरुवात गरिएको छ।
माई ब्याग बिर्सनु भएको बेला वा अचानक किनमेलको अवस्थामा रेजि ब्याग किन्ने आवश्यकता परेमा, प्लास्टिक फोहोर घटाउने र रेजि ब्यागको खर्च जोगाउने "फुकुरेजि" लाई रोज्नुहोस्।
फुकुरेजि, १५ लिटरको १५ येन तथा १० लिटरको १० येन गरि २ प्रकारको साइजहरुमा उपलब्ध छ। रेजिझोलाको रूपमा प्रयोग गरेपछि, त्यसलाई घरेलू फोहोर फाल्दा, जल्ने फोहोरको झोलाको रुपमा प्रयोग गर्न सकिन्छ। नियमित फोहोर निकाल्ने बेला जस्तै, फुकुओका शहरले तोकिएको समय र स्थानमा फोहोर फ्याँक्न सकिन्छ।
झोलाको डिजाइन कलाकार इफुकु खाजुहिकोले ल "मानिस र प्रकृतिप्रति सहानुभूतिका भावनाले सिर्जना गर्ने 'सहानुभूतिको चक्र'"लाई चित्रित गरेर तयार गर्नुभएको हो।
प्लास्टिक फोहोर घटाउनका लागि, कनभिनि, सुपरमार्केट, ड्रगस्टोरमा रेजिझोलाको आवश्यकता पर्दा, "फुकुरेजि" लाई रोज्नुहोस्।
【यो फुकुओका शरहको सूचना हो।】
“नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिनसम्बन्धि सूचना”
नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला।वार्ड अफिसको काउण्टर, डिसेम्बर २८ (शनिबार) देखि जनवरी ५(आइतबार) सम्म बन्द रहनेछ।
नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भीड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।
डिसेम्बर ३१ (मङ्गलबार) देखि जनवरी ३ (शुक्रबार) सम्म, फोहर संकलन हुनेछैन।
जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (सोमबार) सम्ममा हुनेछ।
नयाँ बर्षको जनवरी ५ (आइतबार) बाट संकलन पुनः शुरु हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्।
सँधै मंगलबार र शुक्रबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा जनवरी ४ (शनिबार) मा संकलन हुनेछ।
नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि,
जनवरी १ (बुधबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २९ (आइतबार) मा र
जनवरी २ (बिहीबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर ३० (सोमबार) फोहर बाहिर राख्नुहोस्।
त्यसैगरी, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (आइतबार) देखि जनवरी ३ (शुक्रबार) सम्म बन्द हुनेछ।
फोहोर बाहिर राख्ने बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, अनुवाद सेवा केन्द्रमा फोन गरेर आफ्नो वार्ड कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
फोन नम्बर (०९२-७५३-६११३) हो।
कृपया आफू बस्ने वार्ड र फोहोर बाहिर राख्ने सम्बन्धी सोधपुछको बारेमा भन्नुहोस्।
समय, ९:०० बजेदेखि १७:०० बजेसम्म।शनिबार, आइतबार, सार्वजनिक बिदा, र डिसेम्बर२९ देखि १ जनवरी ३ बन्द हुनेछ।