福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2020.05.14[Thu] 09:00
रोजगार तथा उद्यमशीलता(就業・起業) , अन्य(その他)
【फुकुओका शहरमा खान सकिने नेपाली खाना】
आज म fukuoka मा नेपाली खाना सम्बन्धि केही जानकारीहरु लिएर आएकी छुI विदेशमा बस्दा, नेपाली खानालाई नसम्झने कोहि हुनुहुन्न होला जस्तो लाग्छ मलाईI तपाईंहरुमध्ये धेरैजसोले घरमै खाना पकाउनुहुन्छ होलाI प्रायःले नेपाली मसला, गेडागुडी वा फुकुओकामा नपाइने वा पाए पनि हाम्रोमा नेपालमा जस्तो स्वाद नहुने खानाहरु, नेपालबाट ल्याएर राख्नुभएको होलाI अनि घरमै नेपाली खानाको आनन्द लिंदै हुनुहुन्छ होलाI
फुर्सदमा, रमाईलोको लागि वा बेफुर्सदमा पेट पूजाको लागि तपाईहरु fukuoka मा रहेको विभिन्न नेपाली रेस्टुरेन्टमा पक्कै छिर्नु भएकै होलाI कहिलेकाहिँ, नयाँ ठाउँहरुमा गएर नेपाली खानाको स्वाद लिने सोची राख्नु भएको छ भने आज म यहाँ केही नेपाली रेस्टुरेन्टहरुको लिस्ट लिएर आएकी छुI यो लिस्ट Rettyको websiteमा राखिएको पोस्ट “फुकुओकाको २० वटा लोकप्रिय नेपाली रेस्टुरेन्ट” बाट साभार गरिएको छI
यसभित्र परेका, फुकुओका सिटिमा भएका १० वटा नेपाली रेस्टुरेन्टहरुको नाम आजको कार्यक्रममा तपाईहरु संग share गर्न लागि रहेकी छु | क्रमबद्ध नाम लिंदा, Ohasi स्टेशनबाट नजिकै रहेको मगर रेस्टुरेन्ट, Hakataको Gion स्टेशनबाट नजिकै रहेको श्री गणेश, त्यस्तै, Yakuin Odori स्टेशन बाट नजिकै रहेको नेपारू र्योरी तो जाख्खा माइतीघर रेस्टुरेन्ट, Yoshizuka स्टेशनबाट पैदल दूरीमा रहेको Nanglo Ghar, Hakata Eki बाट नजिकै रहेको, Bajeko Sekuwa House I त्यसै गरि, Sakuradai Station बाट पैदल दूरीमा रहेको Four Season, अर्को छ, Takamiya Station बाट नजिकै रहेको Buddha रेस्टुरेन्ट र Nan House, अनि, नम्बर ९ मा, Higashihie Station बाट नजिकै पर्ने Namaste Hakata , र अन्तमा, Watanabe Dori Stationबाट पैदल दूरीमा पर्ने Ashok's Bar I यहाँ नाम छुटेका अरु पनि धेरै नेपाली रेस्टुरेन्टहरु छन् फुकुओकामा! विदेशमा नेपाली खानाको आनन्द लिनुहोस् अनि अवश्य पनि आफ्ना जापानी साथीहरुलाई पनि नेपाली खानाको स्वाद लिने मौका दिनुस् है!
【फुकुओका सिटी होमपेज - Support for Foreigners】
कुनै पनि नयाँ सुचनाको बारेमा, विदेशीहरुलाई सहयोग पुर्याउने हेतुले बनाईएको फुकुओका सिटि होमपेजको साइट ‘Support for Foreigners’बाट पाउन सक्नुहुन्छ I हालै मात्र, भियतनामी र नेपाली भाषामा पनि हेर्न मिल्ने गरि राखिएको छI
तपाईंले खोज्नु हुँदा, key word मा, ‘Fukuoka Support for Foreigners’ राखी खोज्नुहोला I हजुर, ‘Fukuoka Support for Foreigners’, भनेर टाइप गरि अवश्य यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI
【जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे (बिशेष निश्चित राहत रकम) सुचना】
जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे; कुराहरु वा आवेदन फारम भर्ने आदि बारे बुझ्नु भएन भने, फुकुओका सिटीको होमपेज “Support for foreigners”मा हेर्नुहोला I यस अतिरिक्त, १ लाख येनको राहत रकम सम्बन्धि परामर्श लिन सकिने गरि फुकुओका सिटिको कल सेन्टरको ब्यावस्था गरिएको छI अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली गरि पाँच भाषाहरुमा हेर्न मिल्ने गरि राखिएको छI
फोन नम्बर ०९२-४०१-०८२६
होमपेज हेरेर नबुझिएमा, फोनबाट सम्पर्क गर्नुहोलाI
【रोजगारी वा पार्टटाइम काम खोज्नेहरूका लागि】
Fukuoka City Foreign Workers Corner ले, रोजगारीको लागि कामहरु खोज्नमा सहयोग गर्दै आईरहेको छI
विदेशी विद्यार्थीहरुले, Fukuoka International Student Support Center मा परामर्श लिनुहोस् I
अनुवाद र व्याख्या आदिको सबैको क्षमता प्रयोग गर्न सकिने रोजगारी वा पार्टटाइम काम खोज्नमा सहयोगगर्दै आईरहेको छI फोन नम्बर, ०९२-७२५—९२०१ मा सम्पर्क गर्नुहोस्|
यो फुकुओका शहरबाट जारी सूचना थियो।
2020.05.07[Thu] 09:00
अन्य(その他)
【आमाको मुख हेर्ने बारे】
आज हामी आमाको दिन अर्थात् मदर्स् डे को बारेमा केही कुरा गरौँI अब आउने आइतबार जापानमा, मदर्स् डे परेको छ I हरेक वर्ष, मे को दोस्रो आइतबार, जापानमा मदर्स् डे मनाईन्छ I जापानमा यो दिन, प्राय जसो, आमालाई रातो carnesia फुल दिने चलन छ I यस फूललाई आमाको स्वच्छ, करुणामय र सहनशीलताको प्रतिकको रुपमा लिइन्छ I यसैगरि, यस दिन आमालाई विभिन्न उपहारहरु दिने, चिठ्ठी लेखेर दिने वा बाहिर सँगै खान जाने चलन छ I
हामी नेपालीहरुको आमाको मुख हेर्ने दिन, गएको अप्रिल २३मा परेको थियो I तपाईंहरुले पनि त्यस दिन आफ्नो आमालाई फोन गर्नुभयो होला I विदेशमा भए पनि, आजकल भिडियो कलको सुबिधा भएकोले आमाको मुख हेरेर कुरा गर्न सजिलो, अनि रमाइलो भएको छ नि है I मैले पनि त्यस दिन, आमासँग भिडियो कलमा आमाको मुख हेरी रमाईलो कुराकानी गरें I अनि सधैं झैं, विशेष गरि आफू सानो छँदाको, आमासँग बिताएका ती पलहरु सम्झें I हामीहरु अहिले विदेशमा छौँ, लगनका साथ मिहिनेत गरि, आमालाई गौरवान्बित हुने राम्रो काम गरौँ I
【फुकुओका सिटि होमपेज- Support for Foreigners】
फुकुओका सिटिको आधिकारिक होमपेजमा, विदेशीहरुलाई सहयोग पुर्याउने हेतुले ‘Support for Foreigners’ साइट बनाईएको छ I तपाईंले खोज्नु हुँदा, key word मा, ‘Fukuoka Support for Foreigners’ राखी खोज्नुहोला I हजुर, ‘Fukuoka Support for Foreigners’, भनेर टाइप गरि अवश्य यो साइटमा जानुहोला, अनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्नुहोलाI
【जीवनयापनखर्चमासमस्याभएकाहरूकोलागि】
Fukuoka City Council को Social Welfare ले कोरोनाभाइरसको कारण, कामबाट निलम्बित वा बेरोजगारी भई आफ्नो जीवनयापन खर्चमा समस्या भएका व्यक्तिहरुलाई, विशेष ऋण सुबिधा सम्बन्धि परामर्श प्रदान गर्दछI
सम्पर्क फोन नम्बर ०९२-७९१-७२६६ , फेरि एकपटक फोन नम्बर, ०९२-७९१-७२६६ I
यो जानकारी, फुकुओका सिटी होमपेजको ‘Support for Foreigners’ साइटमा गएर पनि पाउन सकिन्छ।
【जापान सरकारले १ लाख येनको राहत रकम बितरण गर्ने बारे (बिशेष निश्चित राहत रकम)】
जापान सरकारले घरेलु खर्चमा मद्धत पुर्याउने हेतुले सबैजनालाई १ लाख येनको नगद दिने भएको छI
२०२० अप्रिल २७ सम्ममा जापानको Basic Resident Register मा दर्ता भएका विदेशीहरूले पनि आवेदन दिन सक्नेछन्।
बिस्तृत जानकारीहरू पछि फुकुओका शहरको होमपेजमा राखिनेछ।
यो फुकुओका शहरबाट जारी सूचना थियो।