ブログ

ポッドキャスト

ポッドキャスト RSS

2026.03.19[Thu] 09:00

【FUKUOKA FLOWER SHOW】

यसै आउँदो आइतबारदेखि फुकुओका शहरमा "फूलहरूको शहर फुकुओका" भन्ने मूल नाराका साथ पाँच दिने फूल र हरियालीको भव्य उत्सव — 【FUKUOKA FLOWERSHOW 2026】 आयोजना हुँदैछ।

फुकुओका सिटी बोटानिकल गार्डेनमा हुने यस कार्यक्रममा स्वदेशी तथा विदेशी प्रख्यात मालीहरूद्वारा निर्मित विश्वस्तरीय बगैँचाहरूको प्रतिस्पर्धा हुनेछ। साथै, विश्वभरका दुर्लभ फूलहरूको प्रदर्शनी र हरेक दिन फरक-फरक स्टेज प्रोग्रामहरू पनि सञ्चालन गरिनेछन्।

त्यति मात्र कहाँ हो र? यहाँ तपाईंले विभिन्न प्रजातिका फूलका बिरुवा र बगैँचाका सामानहरू खरिद गर्न सक्नुहुन्छ। साथै, फुकुओकाका चर्चित रेस्टुरेन्टहरूले एउटा विशेष "गार्डेन रेस्टुरेन्ट" पनि सञ्चालन गर्नेछन्, जहाँ फूलहरूको सुगन्ध माझ लन्च, खाजा र 'आफ्टरनुन टी' को मज्जा लिन सकिनेछ।

विशेष आकर्षणको रूपमा, यहाँको 'ग्रिनहाउस' मा "फुकुओका अर्किड एक्जिबिसन" पनि चल्नेछ, जहाँ तपाईंले अर्किडको एउटा छुट्टै सुन्दर संसार नियाल्न पाउनुहुनेछ। कार्यक्रम अवधिभर तेन्जिन र हाकाता क्षेत्रमा पनि "फ्लावर्स इन फेसन" थिममा शहर लाई फूलै फूलले सजाइनेछ, जसले तपाईंको पैदल यात्रालाई झन् मनमोहक बनाउनेछ।

कार्यक्रमको मिति : मार्च २२, आइतबार देखि मार्च २६, बिहीबार सम्म। (जम्मा ५ दिन)।

कार्यक्रम स्थान: फुकुओका सिटी बोटानिकल गार्डेन।

तपाईं पनि आफ्ना पाँचै इन्द्रियले फूल र प्रकृतिको आनन्द लिन यो भव्य उत्सव 【FUKUOKA FLOWERSHOW 2026】 मा पक्कै सहभागी हुनुहोला है!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

कानूनी परामर्श” र “मानसिक परामर्श

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। 

यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर (०१२०-६६-१७९९) हो।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

2026.03.12[Thu] 09:00

【LOVE FM FESTIVAL】

संगीत, स्वादिला परिकार, वर्कसप, र रेडियोसँगको अन्तर्क्रियात्मक अनुभव समेटिएको 'लभ एफएम फेस्टिभल', अर्थात् 'लभ फेस' आगामी हप्ता मार्च २०, शुक्रबार र २१ तारिख शनिबार आयोजना हुँदैछ!

लभ एफएमको यो विशेष विश्वव्यापी उत्सव फुकुओका सिटि हलअगाडिको 'निशिगावा फुरेआई हिरोबा' मा हुनेछ। प्रवेश पूर्ण रूपमानि:शुल्कछ। लभ एफएमले मात्र प्रदान गर्न सक्ने यो रमाइलो र अन्तर्राष्ट्रिय वातावरणको अनुभव लिन तपाईं पनि आउनुहोस्!

यस पटकको मुख्य विषय "REUNION" रहेको छ। हाम्रा श्रोताहरू, हामी डिजेहरु, कार्यक्रमहरू, कलाकारहरू र यो पूरै सहरलाई फेरि एकै ठाउँमा जोड्ने उद्देश्यका साथ २ वर्षपछि यो 'लभ फेस' आयोजना हुन लागेको हो। महोत्सवमा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, फुड स्टलहरूमा फुकुओका, क्युशु र विदेशका विभिन्न स्वादका छानिएकाकरीपसलहरू पनि रहनेछन्।

यसबाहेक, फेस्टिभल सुरु हुनुभन्दा एक दिनअघि, अर्थात् मार्च १९, बिहीबार दिउँसो ३ बजेदेखि ४ घण्टासम्म एउटाविशेष कार्यक्रमप्रसारण गरिनेछ। यसमा महोत्सवको पछिल्लो जानकारी, सहभागी स्टलहरूको परिचय र कलाकारहरूको बारेमा जानकारी दिइनेछ, ताकि तपाईंले कार्यक्रमको १०० गुणा बढी आनन्द लिन सक्नुहुनेछ। त्यसैले यो सुन्न नछुटाउनुहोला!

आगामी मार्च २० र २१ तारिखमा संगीत, आवाज र मुस्कानका साथ "पुनर्मिलन" को हामी सबै मिलेर भरपुर आनन्द लिऔँ! तपाईंहरु सबैलाई कार्यक्रम स्थलमा स्वागत छ।"

 

 

【फुकुओका शहरको सूचना】

ठूला आकारको फोहोर फाल्ने तरिका

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, “ठूला आकारको फोहोर फाल्ने तरिका” सम्बन्धि जानकारी दिनेछु।

 “ठूला आकारको फोहोर” फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा “प्रशोधन टिकट” खरीद गर्नुहोस्।

LINE मार्फत आवेदन दिनुभएमा अनलाइन भुक्तानी पनि गर्न सक्नुहुनेछ। 

वसन्त ऋतुमा घर सर्ने मानिसहरूको संख्या धेरै हुने भएकाले बुकिङहरू चाँडै भरिन सक्छन्। त्यसैले, आफूले चाहेको दिनमा सेवा प्राप्त गर्नका लागि कृपया समयमै आवेदन दिनुहोला।

 “संकलनको दिनमा बिहान ८:३० बजेसम्म” तोकिएको ठाउँमा राख्नुहोस्।

“ठूला आकारको फोहोर रिसेप्शन सेन्टर” को फोन नम्बर (०९२-७३१-११५३) ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला।

यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।

 

 

नागरिक विपद् रोकथामदिवस

फुकुओका सहरले सन् २००५ मार्च २० मा गएको 'फुकुओका प्रान्तको पश्चिमी तटीय भूकम्प' को अनुभव र पाठलाई बिर्सन नदिनका लागि हरेक वर्षकोमार्च २०तारिखलाई 'नागरिक विपद् रोकथाम दिवस' को रूपमा तोकिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। 

विपद् कहिले आउँछ भनेर थाहा हुँदैन। 

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

2026.03.05[Thu] 09:00

【निशितेचु रेल र फुकुओका सब-वेको नयाँ तालिका】

निशितेचु रेलको 'N-Liner' सेवानिशितेचु तेन्जिन ओमुता लाइनमा यही शनिबार, मार्च १४ तारिखदेखि "N-Liner" सेवा सुरु हुँदैछ। यो सेवा विशेष गरी कार्यदिनको बेलुका घर फर्कने यात्रुहरूका लागि लक्षित गरिएको हो, जसले अतिरिक्त शुल्क तिरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।

यो रेल बेलुका ७:११ बजे फुकुओका (तेन्जिन) स्टेशन र ७:१४ बजे याकुइन स्टेशनबाट छुट्नेछ। यात्रुहरू यी दुई स्टेशनबाट मात्र चढ्न सक्नेछन् भने फुचुखाइची स्टेशन देखि ओमुता स्टेशन बीचका ७ वटा स्टेशनहरूमा ओर्लन मात्र पाउनेछन्। सिट क्षमता:यसमा जम्मा २०० जनाको क्षमता रहेको छ।

सिट सुरक्षित गर्न निशितेचुको आधिकारिक LINE अकाउन्टमार्फत अग्रिम बुकिङ र भुक्तानी गर्नुपर्नेछ। सिट नम्बर तोकिएको हुँदैन, त्यसैले खाली रहेको कुनै पनि सिटमा बस्न सकिन्छ।

साधारण भाडामा थप४०० येनशुल्क लाग्नेछ। यो पूर्ण रूपमा 'क्यासलेस' र 'टिकटलेस' सेवा हो।

रेल सेवामा थप सुविधाबिहानको समयमा हुने भीडभाड कम गर्न निशितेचु रेल र सब-वेले फेरबदल गरेका छन्। निशितेचु तेन्जिन ओमुता लाइन;कार्यदिनको बिहान ७:३० देखि ९:०० बजेसम्म तेन्जिनतर्फ जाने साधारण रेलहरू र बिहान ९:०० देखि १२:०० सम्म दाजाइफुतर्फ जाने एक्सप्रेस रेलहरूको संख्या थपिएको छ। खाइजुका लाइन;बिहान ७:३० देखि ८:३० को समयमा रेलको संख्या बढाइएको छ।

“फुकुओका सिटी सब-वे” मा पनि;मार्च १६, सोमबारदेखि कुको लाइन・मेइनोहामा - फुकुओका एयरपोर्ट खण्डमा बिहानको व्यस्त समय, अर्थात् ७:३० देखि ९:३० बजेको बीचमा यात्रुहरूको सुविधाका लागि थप रेलहरू सञ्चालन गरिनेछ।

विस्तृत जानकारीका लागि कृपया सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट हेर्नुहोला।

 

 

【फुकुओका शहरको सूचना】

भीडभाड नगरी बसाईसराईको प्रक्रिया चाल्नु

मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।

विशेष गरी मार्च २३ देखि अप्रिल १० सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला। 

सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि “मार्च २९ र अप्रिल ५ को आइतबार”, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्। 

बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म,बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।

 वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।

“शनिवार, आइतवारर सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्म” मा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।

 “फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ” भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।

यद्यपि, “विदेशमा सर्दै हुनुहुन्छ” भने, कृपया ध्यान दिनुहोस् कि अनलाइनबाट बसाईसराईको प्रक्रिया गर्न सक्नुहुन्न।

यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, “बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन” तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

फोन नम्बर, (०९२-७५३-६११३) हो।

तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। “शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्म” मा फोनमार्फत सम्पर्क गर्नुहोस्।

फोन नम्बर (०९२-५३२-१०१०) हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।

अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।

2026.02.26[Thu] 09:00

【हिना माचुरी】

मार्च ३ तारिखमा जापानमा "हिना माचुरी"मनाइन्छ। यो जापानको एउटा पुरानो र मौलिक परम्परा हो। यस दिन घरमा "हिना निङ्ग्यो"भनिने विशेष पुतलीहरू सजाइन्छ र गुलाबी, सेतो तथा हरियो तीन रङ सुन्दर देखिने हीराको आकारको “हिशिमोची” चढाएर पूजा गरिन्छ।

यो पर्व बालिकाहरूको सुस्वास्थ्य, सुख र उज्ज्वल भविष्यको कामना गर्दै मनाइन्छ। हिनामाचुरीसँग सम्बन्धित विशेष परिकारहरू तयार गरी परिवार र आफन्तहरू भेला भएर उत्सव मनाउने चलन पुस्तौँदेखि चल्दै आएको छ।

 “हिना माचुरी” का खानाहरू भन्नुपर्दा, रङ्गीचङ्गी "चिरासी जुशी", शुभ मानिने “हामागुरीको सूप”, र "हिना आराले"जस्ता परिकारहरू प्रचलित छन्। त्यसबाहेक, सकुरा मोची र स्ट्रबेरी केकजस्ता वसन्तको झल्को दिने मिठाइहरूले उत्सवको माहोललाई अझै रंगीन बनाउँछन्।

आजकल एकल परिवार र जीवनशैलीमा आएको परिवर्तनका कारण घरमा 'हिना निङ्ग्यो' सजाउने चलन केही कम भएको छ। तैपनि, हिना माचुरीअझै पनि जापानको एक महत्त्वपूर्ण परम्पराको रूपमा लोकप्रिय छ। अहिले यो पर्व परम्परा जोगाउने मात्र नभई, परिवारका सदस्यहरूबीच आपसी प्रेम र सम्बन्ध अझ बलियो बनाउने माध्यम पनि बनेको छ।

समयसँगै यी पुतलीहरूको स्वरूपमा पनि परिवर्तन आएको छ। आजकल थोरै ठाउँमा सजाउन मिल्ने साना आकारका र आधुनिक डिजाइनका पुतलीहरू पनि पाउन सकिन्छ। आफ्नो सुविधा अनुसार छनौट गर्न सकिने यस्ता विकल्पहरूले यो परम्परालाई आधुनिक समयमा पनि जीवन्त राखेका छन्।

पुतलीको स्वरूप फेरिए पनि, छोरीहरूको सुस्वास्थ्य र सुखको कामना गर्ने भावना भने हिजो र आज उत्तिकै बलियो छ। 'हिना माचुरी' परम्परा र आधुनिकताको सुन्दर संगम हो, जुन नयाँ पुस्तामा पनि उत्तिकै उत्साहका साथ निरन्तर भइरहेको छ।

अहिले यो पर्व घरभित्र मात्र सीमित छैन। धेरै ठाउँमा समुदायले नै पुराना र ऐतिहासिक पुतलीहरू प्रदर्शनमा राखेर सबै मिलेर मनाउने गर्छन्। फुकुओका प्रान्तका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय विशेषता झल्कने गरी आयोजना गरिएका विविध 'हिना माचुरी' कार्यक्रमहरूको आनन्द लिन सकिन्छ।

वसन्त ऋतुको आगमनको सङ्केत दिने यस 'हिना माचुरी' पर्वलाई तपाईं पनि उल्लासका साथ मनाउनुहोस्। यस अवसरमा पाइने विशेष परिकारहरूको स्वाद लिँदै र सहरको चहलपहलको आनन्द उठाउँदै यो सुन्दर समयको अनुभव गर्नुहोला।

 

 

【खावाजु जाकुरा】

के तपाईंलाई "खावाजु जाकुरा" को बारेमा थाहा छ? फेब्रुअरीको सुरुदेखि नै फुल्न थाल्ने यो साकुरा अलि चाँडो फुल्ने जात हो। सामान्यतया हामीले देख्ने हल्का गुलाबी रङको 'सोमेई योशिनो' भन्दा यो अलि फरक हुन्छ। यसको रङ गाढा गुलाबी हुन्छ र यसका फूलका पत्रहरू पनि अलि ठूला हुन्छन्। यो साकुरा करिब एक महिनासम्म फुलिरहने हुनाले धेरै समयसम्म यसको आनन्द लिन सकिन्छ।

फुकुओकामा खावाजु जाकुरा हेर्ने उपयुक्त स्थानहरूमा, हाकाताको संरक्षक देवता मानिने तथा 'हाकाता गिओन यामाकासा' जात्राका लागि प्रसिद्ध ‘कुशिदा मन्दिर’ हो। यहाँ सुन्दर खावाजु जाकुराको दृश्य देख्न सक्नुहुन्छ। अर्को छ, तेन्जिनको मुटुमा रहेको केगो मन्दिर । सहरको भिडभाडमै बसेर खावाजु जाकुरा हेर्दै वसन्तको अनुभव गर्न सक्नुहुन्छ। 

यदि तपाईं अलि टाढा जान चाहनुहुन्छ भने फुकुचु सहरमा रहेको ‘मियाजिदाके मन्दिर’ मन्दिर उपयुक्त छ। यहाँको साकुरालाई "खाइउन जाकुरा"अर्थात् भाग्य चम्काउने साकुरा भनिन्छ।

जाडो अझै बाँकी भए पनि यी फूलहरूले वसन्त आउन लागेको सङ्केत दिन्छन्। घुमघामको साथमा जापानको यो सुन्दर ऋतुको आनन्द लिनुहोला!

2026.02.19[Thu] 09:00

【पानीको बचतमा सहयोग गरौं】

फुकुओका प्रान्तमा गत शरद ऋतुदेखि वर्षा निकै कम भएको छ। तथ्याङ्क अनुसार, चिकुगोगावा नदी क्षेत्रमा विगत ५० वर्षयताकै कम पानी परेको छ, जसका कारण बाँधहरूमा पानीको सतह घट्दै गएको छ।

फुकुओका सहरमा खपत हुने पानीको करिब एक तिहाइ भाग चिकुगोगावा नदीबाट आउँछ। आउने महिनामा पनि औसतभन्दा कम पानी पर्ने सम्भावना रहेकाले, पानीको अभाव गम्भीर हुन सक्छ।

त्यसैले, फुकुओका सहरले पानीको अनावश्यक प्रयोग घटाउन र बचत गर्न अनुरोध गरेको छ। यदि सहरका प्रत्येक नागरिकले दैनिक एक बाल्टिन मात्र पानी बचाउनुभयो भने, वर्षभरिमा करिब ६० लाख क्यूबिक मिटर पानी बचत गर्न सकिन्छ।

हामी सबैले स–साना कुरामा ध्यान दिएर पानीको बचतमा आफ्नो तर्फबाट सहयोग गरौं।

 

 

【फुकुओका शहरको सूचना】

फुकुओका शहरले रेइवा ८ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ। 

कर फाइल गर्ने म्याद, मार्च १६ सोमबारसम्म हो। 

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, 

२०२६ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२५ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 कर फाइलका लागि आवश्यक कागजातहरु,

  • माइनम्बर कार्ड भएका व्यक्तिहरुले माइनम्बर कार्ड

  • माइनम्बर कार्ड नभएका व्यक्तिहरुले माइनम्बर उल्लेख गरिएको बसोबास प्रमाणपत्रको प्रतिलिपि जस्ता माइनम्बर थाहा हुने कागजातहरू। सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने प्रमाणपत्रहरू

  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२५ को आय देखाउने कागजातहरु

  • २०२५ मा गरिएका कटौतीहरुको कागजातहरू

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। 

जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।

नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

 

 

अप्रिलदेखि लागू हुने “साइकलका लागि निलो चिट" नियम

जापानमा साइकललाई पनि 'सवारी साधन' मानिन्छ, त्यसैले ट्राफिक नियम पालना गर्नु अनिवार्य छ।सन् २०२६ अप्रिलदेखि साइकलको ट्राफिक नियम उल्लंघन गर्ने१६ वर्षभन्दा माथिकाव्यक्तिहरूलाई जरिवाना सहितको“निलो चिट” काटिनेछ।

यस अन्तर्गत ११३ प्रकारका गल्तीहरू समेटिएका छन्। विशेषगरी यी कार्यहरू नगर्नुहोस्:

  • ट्राफिक संकेत उल्लङ्घनगर्नु

  • मोबाइल फोन चलाउँदै सवारी चलाउनु

  • राती लाइट नबाली चलाउनु

  • सडकको गलत दिशामा चलाउनु

  • फुटपाथमा तीव्र गतिमा चलाउनु

  • समानान्तर रूपमा चलाउनु

  • इयरफोन वा हेडफोन प्रयोग गर्नु

  • छाता समातेर साइकल चलाउनु

  • सडकको दाहिने पट्टि सवारी चलाउनु

  • प्रवेश निषेध क्षेत्रमा पस्नु

  • अनिवार्य रूपमा रोकिनुपर्ने ठाउँमा नरोकिनु।

2026.02.12[Thu] 09:00

【ताइवान महोत्सव in फुकुओका】

हाल फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआइ हिरोबामा “ताइवान महोत्सव इन फुकुओका” आयोजना भइरहेको छ। ताइवानकोसबैभन्दाठूलोचाड 'शुन्सेचु' (Lunar New Year) यस वर्ष फेब्रुअरी १४ (शनिबार) देखि फेब्रुअरी २२ (आइतबार) सम्म ९ दिनसम्म मनाइँदैछ। 

“ताइवान महोत्सव” भनेको “जापानमै ३६५ दिन ताइवानको रात्री बजार” भन्ने अवधारणामा आधारित, ताइवानका विभिन्न क्षेत्रका रात्री बजारका परिकारमार्फत ताइवानको संस्कृति अनुभव गर्न सकिने सांस्कृतिक आदान–प्रदान कार्यक्रम हो।यस वर्षको “ताइवान महोत्सव” ताइवानको दक्षिणी ऐतिहासिक सहर ताइनान सिटीसँग सहकार्यमा आयोजना गरिएको छ। ताइनानको खाना, संस्कृति र आकर्षणहरू पत्ता लगाउन सकिने विशेष महोत्सव बनेको छ।

यसमहोत्सवलेताइवानकोप्रसिद्धरात्रिकालीनबजारकोझल्कोदिनेछ।यसवर्षकोविशेषआकर्षणदक्षिणताइवानकोऐतिहासिकसहर 'ताइनान' कोसंस्कृतिरस्वादरहेकोछ।

महोत्सवकामुख्यआकर्षणहरूमा,ताइवानकालोकप्रिय 'सियालोङपाओ' (सिजिलिङडम्पिङ), ठूलोआकारको 'फ्राइडचिकेन' (Dajipai) रताइनानकोविशेष 'दान्जाईनुडल' जस्तास्थानीयस्वादहरूउपलब्धछन्।यहाँकापरिकारहरूताइवानकैदक्षसेफहरूलेतयारपारेकाहुन्।

साँझपरेपछियोक्षेत्ररङ्गीचङ्गी 'ताइनानलालटिन' हरूलेझिलिमिलीहुन्छ।ड्रागनकाआकृतिरकलात्मकलालटिनहरूलेतपाईंलाईताइवानमैपुगेकोजस्तोअनुभवगराउनेछन्, जुनफोटोखिच्नकालागिपनिनिकैआकर्षकछन्।

अहिले तेन्जिनको मुटुमा 'ताइवान महोत्सव फुकुओका २०२६ — शुन्सेचु ताइनान लालटिन महोत्सव' सञ्चालन भइरहेको छ। यो महोत्सव फुकुओका सिटी हलको पश्चिमपट्टि फुरेआइ हिरोबामा फेब्रुअरी २३ तारिख, सोमबारसम्म चल्नेछ। कार्यदिनहरूमा दिउँसो १२ बजेदेखि राति ९:३० बजेसम्म, तथा शनिबार, आइतबार र सार्वजनिक बिदामा बिहान ११ बजेदेखि राति ९:३० बजेसम्म खुला रहनेछ।

ताइवानी संस्कृतिलाई नजिकबाट अनुभव गर्ने यो एउटा सुनौलो अवसर हो। तपाईं पनि समय मिलाएर एक पटक पक्कै जानुहोला!"

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

बालबालिकाका लागि विशेष वर्कशप

“फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” ले बालबालिकाका लागि वर्कशप आयोजना गर्दैछ।

सहभागी हुन पाउने:कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरू।

समय:मार्च १, आइतबार बिहान १०:०० देखि दिउँसो १२:०० बजेसम्म।

स्थान:फुकुओका सिटी इन्टरनेशनल सेन्टरकोचौथो तला, हल नम्बर १।

यो वर्कशप 'सरल जापानी भाषा' मा सञ्चालन गरिनेछ।

यस वर्कशपमा बालबालिकाले तीनवटा साना र राम्रा सामानहरू हातले बनाउन सिक्नेछन्। साथै, विश्वका विभिन्न देशहरूमा वसन्त ऋतु कसरी अनुभव गरिन्छ र मनाइन्छ भन्ने कुरा पनि रमाइलो तरिकाले सिकाइनेछ।

यो कार्यक्रम पूर्ण रूपमानि:शुल्कछ, तर सहभागी हुनका लागि पहिले नै आवेदन दिनु पर्नेछ।

थप जानकारी र आवेदनका लागि कृपया “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” को होमपेज (https://www.fcif.or.jp) मा गई "Latest News" हेर्नुहोला।




 LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

2026.02.05[Thu] 09:00

【अङ्ग्रेजी राकुगो ”इन्ग्लिस दे राकुगो”】

यो शनिबार, निकै चर्चामा रहेको "अङ्ग्रेजी राकुगो"तेन्जिनमा फेरि फर्किएर आउँदैछ! के तपाईंलाई 'राकुगो' बारे थाहा छ?

"राकुगो"जापानको एडो कालदेखि चलिआएको एउटा विशेष कथावाचन कला हो। यसमा एकजना कलाकारले बसेरै विभिन्न पात्रहरूको अभिनय गर्दै एउटा छुट्टै संसारको सिर्जना गर्छ। "अङ्ग्रेजी राकुगो"मा यही परम्परागत कलालाई अङ्ग्रेजी भाषामा प्रस्तुत गरिन्छ, जसले गर्दा जापानी भाषा नजान्नेहरूले पनि उत्तिकै आनन्द लिन सक्छन्। यो अहिले विश्वभरका मानिसहरूलाई जोड्ने मनोरञ्जनको एउटा माध्यम बनेको छ।

सन् २०२४ को पहिलो प्रदर्शनपछि निकै लोकप्रिय बनेको यो कार्यक्रम, कलाकारद्वयतातेखावा सिनोहाचीरसिनोहारुद्वारा प्रस्तुत गरिँदैछ। यसलाई "इन्ग्लिस दे राकुगो" (English de Rakugo) नाम दिइएको छ। राकुगो मन पराउनेहरू र पहिलो पटक हेर्न चाहनेहरू सबैका लागि यो सँगै हाँस्ने र रमाउने एउटा राम्रो मौका हो।

कार्यक्रमको आयोजना,यसै शनिबार, फेब्रुअरी ७ तारिख,दिउँसो ३:०० बजेदेखि, तेन्जिनको मुटुमा रहेको, LOVE FM स्टुडियो नजिकै 'रेसोला हल' मा हुनेछ।

टिकट:२,००० येन (विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ)।

थप जानकारीका लागि कृपया LOVE FM को वेबसाइट हेर्नुहोला।

हाँसो, अङ्ग्रेजी र जापानको परम्परागत कलाको यो अनुपम सङ्गमलाई नजिकबाट नियाल्न नछुटाउनुहोला। जापानको यो प्रसिद्ध "सिट-डाउन कमेडी"को अनुभव लिन तपाईंहरू सबैलाई स्वागत छ!

 

 

【फुकुओका शहरको सूचना】

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

2026.01.29[Thu] 09:00

【फुकुओका बुदोखान्】

यस महिना, फुकुओका शहरको हाकाता–कु, हिगासी पार्कमा नयाँ "फुकुओका बुदोखान्" सञ्चालनमा आएको छ।

यो फुकुओका प्रान्तद्वारा व्यवस्थित मार्सल आर्ट्सको मुख्य केन्द्र हो। यहाँ जुडो, केन्डो, क्युदो र सुमो जस्ता खेलका प्रतियोगिताहरू र प्रहरीका तालिमहरू सञ्चालन गरिन्छन्। पहिले यो ओहोरी पार्क नजिकै थियो, तर प्रान्तीय कला संग्रहालयको पुनर्निर्माणका कारण यसलाई अहिले हाकाताको 'फुकुओका सिभिक जिम्नासियम' को पश्चिम तर्फ सारिएको छ।

यो नयाँ बुदोखान्, भूमिगत एक तला बेसमेन्ट सहित जम्मा पाँच तलाको छ। पहिलो तला: सुमो रिङ। दोस्रो तला: जुडो र केन्डोका लागि चार–चार वटा हलहरू (जुन अब इन्डोर भएका छन्)। चौथो तला: क्युदो (धनुविद्या) हल। बेसमेन्टमा बास्केटबल कोर्टको आकारको नयाँ आधुनिक हल रहेको छ।

"मार्सल आर्ट्स र फुकुओकाको संस्कृतिलाई जोड्ने" उद्देश्यले बनाइएको यो भवनको बाहिरी भाग हाकाताको प्रसिद्ध कपडा 'हाकाता–ओरी' को बुट्टाबाट प्रभावित छ। भवनभित्र फुकुओकाका परम्परागत हस्तकलाका सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै, यसमा सोलार ऊर्जाको प्रयोग र फुकुओकाकै काठहरू प्रयोग गरी वातावरणमैत्री बनाइएको छ। 

प्रहरीको तालिम हुने समय बाहेक यो हल सर्वसाधारणका लागि पनि खुला रहनेछ। तपाईंले त्यहाँको काउन्टरमा गएर बुकिङ गर्न सक्नुहुन्छ।

यदि तपाईं मार्सल आर्ट्समा रुचि राख्नुहुन्छ वा नयाँ भवनको सुन्दरता हेर्न चाहनुहुन्छ भने, एक पटक पक्कै जानुहोला!

 

 

【फुकुओका शहरको सूचना】

नोरोभाइरसदेखि सावधान!

जाडोयाममा नोरोभाइरसका कारण झाडापखाला, बान्ता र फुड पोइजनिङ (Food Poisoning) हुने सम्भावना बढी हुन्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि यसले बिरामी बनाउन सक्छ। संक्रमित व्यक्तिको हात वा खानाको माध्यमबाट शरीरमा भाइरस प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।संक्रमित व्यक्तिको बान्ता वा दिसाबाट हावामा फैलिएको भाइरस सास फेर्दा शरीरमा पुगेर वा भाइरस भएका सी-फूड (जस्तै: काकी वा अन्य शंखेकीरा) राम्रोसँग नपकाई खाँदा संक्रमण हुन्छ। यसका मुख्य लक्षणहरू बान्ता, झाडापखाला, पेट दुख्ने र ज्वरो आउनु हुन्। धेरै बान्ता वा पखाला लागेमा शरीरमा पानीको कमी (Dehydration) हुन सक्छ।

लक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस्। सामान्यतया २-३ दिनमा सन्चो भए पनि, निको भएको १ हप्तादेखि १ महिनासम्म दिसाको माध्यमबाट भाइरस बाहिर निस्किरहने हुनाले अरूलाई सर्न नदिन सतर्क रहनुपर्छ।

संक्रमण फैलिनबाट रोक्नको लागि, निवारक उपायहरू अपनाऔं।

खाना पकाउनु अघि, खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुने गरौं। भाँडाकुँडाहरू तातो पानी वा क्लोरिनयुक्त ब्लिचले सफा गर्ने गरौं। नोरो भाइरसमा अल्कोहोलले खासै काम गर्दैन। खानालाई ८५ देखि ९० डिग्री सेल्सियसमा कम्तीमा ९० सेकेन्डसम्म राम्रोसँग पकाउने गरौं। काँचै खाइने फलफूल र तरकारी राम्ररी धोएर प्रयोग गरौं। सन्चो नभएको बेला खाना पकाउने काम नगरौं। 

यदि तपाईंलाई कुन अस्पताल जाने थाहा छैन वा डाक्टरसँग कुरा गर्न भाषाको समस्या छ भने, फुकुओका सहरको "मेडिकल इन्टरप्रिटेसन कल सेन्टर" मा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेवा अस्पताल वा फार्मेसीमा औषधि लिने बेला पनि प्रयोग गर्न सकिन्छ।

फोन नम्बर: (०९२-७३३-५४२९) हो ।

यो सेवा २४सै घण्टा उपलब्ध छ र २० वटा भाषामा सेवा लिन सकिने भएकोले, आवश्यक परेको बेला अवश्य पनि परामर्श लिनु होला।

2026.01.22[Thu] 09:00

【अतिथि अन्तर्वार्ता】

➖Ramchandra Giri➖

GAG Japanese Language Institute

https://info336916.wixsite.com/training-center/%E7%A6%8F%E5%B2%A1-gag%E6%97%A5%E6%9C%AC%E8%AA%9E%E5%AD%A6%E9%99%A2

2026.01.15[Thu] 09:00

【स्ट्रिट पियानो】

पछिल्लो समय स्टेशन र सार्वजनिक ठाउँहरूमा जोसुकैले बजाउन मिल्ने "स्ट्रिट पियानो" निकै लोकप्रिय बन्दै गएका छन्। फुकुओकामा पनि तेन्जिनको सोलेरिया प्लाजा, मेइनोहामाको आयोन मारिना टाउन र बेसाइड प्लेस हाकाता जस्ता ठाउँमा यस्ता पियानोहरू राखिएका छन्। विशेषगरी बेसाइड प्लेस हाकातामा ठूलो एक्वेरियम अगाडि राखिएको ग्राण्ड पियानो त फोटो खिच्नका लागि पनि निकै चर्चित छ।

एउटा खुसीको खबर! सन् २०२५ को ओसाका–कान्साई एक्स्पो (Osaka-Kansai Expo) मा प्रदर्शन गरिएको विशेष स्ट्रिट पियानो अब हाम्रो फुकुओकामा आउँदैछ। एक्स्पोको चर्चित पात्र "म्याकु-म्याकु"को डिजाइन गरिएको यो पियानो यसै हप्ता जनवरी १७, शनिबारदेखि प्रदर्शनीमा राखिनेछ।

स्थान: आक्रोस फुकुओका (Across Fukuoka) को भुइँतल्ला (B1) मा रहेको यामाहा म्युजिक फुकुओका स्टोर।

समय: जनवरी १७ देखि २६ तारिखसम्म।

सञ्चालन समय: बिहान ११:३० देखि बेलुका ६:३० सम्म (मंगलबार पसल बन्द रहनेछ)।

यो विशेष पियानो एक्स्पोमा देखिएको एउटा मात्र 'मोडल' हो, जुन अहिले जापानका ५ वटा ठूला सहरहरू घुम्दै फुकुओका आइपुगेको हो। प्रदर्शनी अवधिभर जोसुकैले पनि यो पियानो सित्तैमा बजाउन सक्नुहुन्छ। एक्स्पोमा मात्र देख्न पाइने यो दुर्लभ पियानोलाई नजिकैबाट हेर्ने र बजाउने यो एउटा सुनौलो अवसर हो।

तपाईं पनि संगीतको आनन्द लिन एक पटक पक्कै जानुहोला!

 

 

【फुकुओका सिटीको सूचना】

"फुकुओका किबो च्युउ गाक्को" मा विद्यार्थी भर्ना खुल्यो

"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमा यहाँहरुलाई जानकारी छ?

यो फुकुओका सहरद्वारा सञ्चालित सरकारी रात्रिकालीन विद्यालय हो। विभिन्न कारणले विद्यालय जान नपाएका वा पढाइ पूरा गर्न नसकेकाहरूका लागि यो खोलिएको हो। यहाँ जुनसुकै देशका नागरिकले पनि भर्ना पाउन सक्छन्।

यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषय पढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूले जापानी भाषाको विशेष कक्षा पनि लिन सक्नेछन्।

विद्यालयको पाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयको स्नातकको प्रमाणपत्र प्राप्त हुनेछ।

कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ। 

विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमा अवस्थित छ।

कक्षाको शुल्क र पाठ्यपुस्तकको खर्च लाग्ने छैन।

अहिले 'फुकुओका किबोउ च्युउ गाक्को' ले नयाँ विद्यार्थीहरू भर्ना लिंदैछ।

यस विद्यालयमा भर्ना हुनका लागि आवेदन दिने अन्तिम मिति २०२६ जनवरी ३० सम्म रहेको छ। यदि तपाईं भर्ना हुन चाहनुहुन्छ भने फोन वा वेबसाइटमार्फत आवेदन दिन सक्नुहुन्छ।

सम्पर्कका लागि फोन नम्बर हो: (०९२-४००-०७५१)

वेबसाइटको लागि, कृपया "फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集)" भनेर खोज्नुहोस्।

सोधपुछ तथा परामर्शको लागि पनि सम्पर्क गर्न सकिन्छ।

वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, सजिलै सोधपुछ गर्न सक्नुहुनेछ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ