福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.02.26[Thu] 09:00
【हिना माचुरी】
मार्च ३ तारिखमा जापानमा "हिना माचुरी"मनाइन्छ। यो जापानको एउटा पुरानो र मौलिक परम्परा हो। यस दिन घरमा "हिना निङ्ग्यो"भनिने विशेष पुतलीहरू सजाइन्छ र गुलाबी, सेतो तथा हरियो तीन रङ सुन्दर देखिने हीराको आकारको “हिशिमोची” चढाएर पूजा गरिन्छ।
यो पर्व बालिकाहरूको सुस्वास्थ्य, सुख र उज्ज्वल भविष्यको कामना गर्दै मनाइन्छ। हिनामाचुरीसँग सम्बन्धित विशेष परिकारहरू तयार गरी परिवार र आफन्तहरू भेला भएर उत्सव मनाउने चलन पुस्तौँदेखि चल्दै आएको छ।
“हिना माचुरी” का खानाहरू भन्नुपर्दा, रङ्गीचङ्गी "चिरासी जुशी", शुभ मानिने “हामागुरीको सूप”, र "हिना आराले"जस्ता परिकारहरू प्रचलित छन्। त्यसबाहेक, सकुरा मोची र स्ट्रबेरी केकजस्ता वसन्तको झल्को दिने मिठाइहरूले उत्सवको माहोललाई अझै रंगीन बनाउँछन्।
आजकल एकल परिवार र जीवनशैलीमा आएको परिवर्तनका कारण घरमा 'हिना निङ्ग्यो' सजाउने चलन केही कम भएको छ। तैपनि, हिना माचुरीअझै पनि जापानको एक महत्त्वपूर्ण परम्पराको रूपमा लोकप्रिय छ। अहिले यो पर्व परम्परा जोगाउने मात्र नभई, परिवारका सदस्यहरूबीच आपसी प्रेम र सम्बन्ध अझ बलियो बनाउने माध्यम पनि बनेको छ।
समयसँगै यी पुतलीहरूको स्वरूपमा पनि परिवर्तन आएको छ। आजकल थोरै ठाउँमा सजाउन मिल्ने साना आकारका र आधुनिक डिजाइनका पुतलीहरू पनि पाउन सकिन्छ। आफ्नो सुविधा अनुसार छनौट गर्न सकिने यस्ता विकल्पहरूले यो परम्परालाई आधुनिक समयमा पनि जीवन्त राखेका छन्।
पुतलीको स्वरूप फेरिए पनि, छोरीहरूको सुस्वास्थ्य र सुखको कामना गर्ने भावना भने हिजो र आज उत्तिकै बलियो छ। 'हिना माचुरी' परम्परा र आधुनिकताको सुन्दर संगम हो, जुन नयाँ पुस्तामा पनि उत्तिकै उत्साहका साथ निरन्तर भइरहेको छ।
अहिले यो पर्व घरभित्र मात्र सीमित छैन। धेरै ठाउँमा समुदायले नै पुराना र ऐतिहासिक पुतलीहरू प्रदर्शनमा राखेर सबै मिलेर मनाउने गर्छन्। फुकुओका प्रान्तका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय विशेषता झल्कने गरी आयोजना गरिएका विविध 'हिना माचुरी' कार्यक्रमहरूको आनन्द लिन सकिन्छ।
वसन्त ऋतुको आगमनको सङ्केत दिने यस 'हिना माचुरी' पर्वलाई तपाईं पनि उल्लासका साथ मनाउनुहोस्। यस अवसरमा पाइने विशेष परिकारहरूको स्वाद लिँदै र सहरको चहलपहलको आनन्द उठाउँदै यो सुन्दर समयको अनुभव गर्नुहोला।
【खावाजु जाकुरा】
के तपाईंलाई "खावाजु जाकुरा" को बारेमा थाहा छ? फेब्रुअरीको सुरुदेखि नै फुल्न थाल्ने यो साकुरा अलि चाँडो फुल्ने जात हो। सामान्यतया हामीले देख्ने हल्का गुलाबी रङको 'सोमेई योशिनो' भन्दा यो अलि फरक हुन्छ। यसको रङ गाढा गुलाबी हुन्छ र यसका फूलका पत्रहरू पनि अलि ठूला हुन्छन्। यो साकुरा करिब एक महिनासम्म फुलिरहने हुनाले धेरै समयसम्म यसको आनन्द लिन सकिन्छ।
फुकुओकामा खावाजु जाकुरा हेर्ने उपयुक्त स्थानहरूमा, हाकाताको संरक्षक देवता मानिने तथा 'हाकाता गिओन यामाकासा' जात्राका लागि प्रसिद्ध ‘कुशिदा मन्दिर’ हो। यहाँ सुन्दर खावाजु जाकुराको दृश्य देख्न सक्नुहुन्छ। अर्को छ, तेन्जिनको मुटुमा रहेको केगो मन्दिर । सहरको भिडभाडमै बसेर खावाजु जाकुरा हेर्दै वसन्तको अनुभव गर्न सक्नुहुन्छ।
यदि तपाईं अलि टाढा जान चाहनुहुन्छ भने फुकुचु सहरमा रहेको ‘मियाजिदाके मन्दिर’ मन्दिर उपयुक्त छ। यहाँको साकुरालाई "खाइउन जाकुरा"अर्थात् भाग्य चम्काउने साकुरा भनिन्छ।
जाडो अझै बाँकी भए पनि यी फूलहरूले वसन्त आउन लागेको सङ्केत दिन्छन्। घुमघामको साथमा जापानको यो सुन्दर ऋतुको आनन्द लिनुहोला!
2026.02.19[Thu] 09:00
【पानीको बचतमा सहयोग गरौं】
फुकुओका प्रान्तमा गत शरद ऋतुदेखि वर्षा निकै कम भएको छ। तथ्याङ्क अनुसार, चिकुगोगावा नदी क्षेत्रमा विगत ५० वर्षयताकै कम पानी परेको छ, जसका कारण बाँधहरूमा पानीको सतह घट्दै गएको छ।
फुकुओका सहरमा खपत हुने पानीको करिब एक तिहाइ भाग चिकुगोगावा नदीबाट आउँछ। आउने महिनामा पनि औसतभन्दा कम पानी पर्ने सम्भावना रहेकाले, पानीको अभाव गम्भीर हुन सक्छ।
त्यसैले, फुकुओका सहरले पानीको अनावश्यक प्रयोग घटाउन र बचत गर्न अनुरोध गरेको छ। यदि सहरका प्रत्येक नागरिकले दैनिक एक बाल्टिन मात्र पानी बचाउनुभयो भने, वर्षभरिमा करिब ६० लाख क्यूबिक मिटर पानी बचत गर्न सकिन्छ।
हामी सबैले स–साना कुरामा ध्यान दिएर पानीको बचतमा आफ्नो तर्फबाट सहयोग गरौं।
【फुकुओका शहरको सूचना】
फुकुओका शहरले रेइवा ८ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।
कर फाइल गर्ने म्याद, मार्च १६ सोमबारसम्म हो।
कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभाग हो।
काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।
फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले,
२०२६ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२५ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।
कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।
कर फाइलका लागि आवश्यक कागजातहरु,
माइनम्बर कार्ड भएका व्यक्तिहरुले माइनम्बर कार्ड
माइनम्बर कार्ड नभएका व्यक्तिहरुले माइनम्बर उल्लेख गरिएको बसोबास प्रमाणपत्रको प्रतिलिपि जस्ता माइनम्बर थाहा हुने कागजातहरू। सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने प्रमाणपत्रहरू
गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता गतवर्ष २०२५ को आय देखाउने कागजातहरु
२०२५ मा गरिएका कटौतीहरुको कागजातहरू
आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला।
जानकारीहरु अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा उपलब्ध छन्।
नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ हो।
अप्रिलदेखि लागू हुने “साइकलका लागि निलो चिट" नियम
जापानमा साइकललाई पनि 'सवारी साधन' मानिन्छ, त्यसैले ट्राफिक नियम पालना गर्नु अनिवार्य छ।सन् २०२६ अप्रिलदेखि साइकलको ट्राफिक नियम उल्लंघन गर्ने१६ वर्षभन्दा माथिकाव्यक्तिहरूलाई जरिवाना सहितको“निलो चिट” काटिनेछ।
यस अन्तर्गत ११३ प्रकारका गल्तीहरू समेटिएका छन्। विशेषगरी यी कार्यहरू नगर्नुहोस्:
ट्राफिक संकेत उल्लङ्घनगर्नु
मोबाइल फोन चलाउँदै सवारी चलाउनु
राती लाइट नबाली चलाउनु
सडकको गलत दिशामा चलाउनु
फुटपाथमा तीव्र गतिमा चलाउनु
समानान्तर रूपमा चलाउनु
इयरफोन वा हेडफोन प्रयोग गर्नु
छाता समातेर साइकल चलाउनु
सडकको दाहिने पट्टि सवारी चलाउनु
प्रवेश निषेध क्षेत्रमा पस्नु
अनिवार्य रूपमा रोकिनुपर्ने ठाउँमा नरोकिनु।
2026.02.12[Thu] 09:00
【ताइवान महोत्सव in फुकुओका】
हाल फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआइ हिरोबामा “ताइवान महोत्सव इन फुकुओका” आयोजना भइरहेको छ। ताइवानकोसबैभन्दाठूलोचाड 'शुन्सेचु' (Lunar New Year) यस वर्ष फेब्रुअरी १४ (शनिबार) देखि फेब्रुअरी २२ (आइतबार) सम्म ९ दिनसम्म मनाइँदैछ।
“ताइवान महोत्सव” भनेको “जापानमै ३६५ दिन ताइवानको रात्री बजार” भन्ने अवधारणामा आधारित, ताइवानका विभिन्न क्षेत्रका रात्री बजारका परिकारमार्फत ताइवानको संस्कृति अनुभव गर्न सकिने सांस्कृतिक आदान–प्रदान कार्यक्रम हो।यस वर्षको “ताइवान महोत्सव” ताइवानको दक्षिणी ऐतिहासिक सहर ताइनान सिटीसँग सहकार्यमा आयोजना गरिएको छ। ताइनानको खाना, संस्कृति र आकर्षणहरू पत्ता लगाउन सकिने विशेष महोत्सव बनेको छ।
यसमहोत्सवलेताइवानकोप्रसिद्धरात्रिकालीनबजारकोझल्कोदिनेछ।यसवर्षकोविशेषआकर्षणदक्षिणताइवानकोऐतिहासिकसहर 'ताइनान' कोसंस्कृतिरस्वादरहेकोछ।
महोत्सवकामुख्यआकर्षणहरूमा,ताइवानकालोकप्रिय 'सियालोङपाओ' (सिजिलिङडम्पिङ), ठूलोआकारको 'फ्राइडचिकेन' (Dajipai) रताइनानकोविशेष 'दान्जाईनुडल' जस्तास्थानीयस्वादहरूउपलब्धछन्।यहाँकापरिकारहरूताइवानकैदक्षसेफहरूलेतयारपारेकाहुन्।
साँझपरेपछियोक्षेत्ररङ्गीचङ्गी 'ताइनानलालटिन' हरूलेझिलिमिलीहुन्छ।ड्रागनकाआकृतिरकलात्मकलालटिनहरूलेतपाईंलाईताइवानमैपुगेकोजस्तोअनुभवगराउनेछन्, जुनफोटोखिच्नकालागिपनिनिकैआकर्षकछन्।
अहिले तेन्जिनको मुटुमा 'ताइवान महोत्सव फुकुओका २०२६ — शुन्सेचु ताइनान लालटिन महोत्सव' सञ्चालन भइरहेको छ। यो महोत्सव फुकुओका सिटी हलको पश्चिमपट्टि फुरेआइ हिरोबामा फेब्रुअरी २३ तारिख, सोमबारसम्म चल्नेछ। कार्यदिनहरूमा दिउँसो १२ बजेदेखि राति ९:३० बजेसम्म, तथा शनिबार, आइतबार र सार्वजनिक बिदामा बिहान ११ बजेदेखि राति ९:३० बजेसम्म खुला रहनेछ।
ताइवानी संस्कृतिलाई नजिकबाट अनुभव गर्ने यो एउटा सुनौलो अवसर हो। तपाईं पनि समय मिलाएर एक पटक पक्कै जानुहोला!"
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
बालबालिकाका लागि विशेष वर्कशप
“फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” ले बालबालिकाका लागि वर्कशप आयोजना गर्दैछ।
सहभागी हुन पाउने:कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरू।
समय:मार्च १, आइतबार बिहान १०:०० देखि दिउँसो १२:०० बजेसम्म।
स्थान:फुकुओका सिटी इन्टरनेशनल सेन्टरकोचौथो तला, हल नम्बर १।
यो वर्कशप 'सरल जापानी भाषा' मा सञ्चालन गरिनेछ।
यस वर्कशपमा बालबालिकाले तीनवटा साना र राम्रा सामानहरू हातले बनाउन सिक्नेछन्। साथै, विश्वका विभिन्न देशहरूमा वसन्त ऋतु कसरी अनुभव गरिन्छ र मनाइन्छ भन्ने कुरा पनि रमाइलो तरिकाले सिकाइनेछ।
यो कार्यक्रम पूर्ण रूपमानि:शुल्कछ, तर सहभागी हुनका लागि पहिले नै आवेदन दिनु पर्नेछ।
थप जानकारी र आवेदनका लागि कृपया “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन” को होमपेज (https://www.fcif.or.jp) मा गई "Latest News" हेर्नुहोला।
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
2026.02.05[Thu] 09:00
【अङ्ग्रेजी राकुगो ”इन्ग्लिस दे राकुगो”】
यो शनिबार, निकै चर्चामा रहेको "अङ्ग्रेजी राकुगो"तेन्जिनमा फेरि फर्किएर आउँदैछ! के तपाईंलाई 'राकुगो' बारे थाहा छ?
"राकुगो"जापानको एडो कालदेखि चलिआएको एउटा विशेष कथावाचन कला हो। यसमा एकजना कलाकारले बसेरै विभिन्न पात्रहरूको अभिनय गर्दै एउटा छुट्टै संसारको सिर्जना गर्छ। "अङ्ग्रेजी राकुगो"मा यही परम्परागत कलालाई अङ्ग्रेजी भाषामा प्रस्तुत गरिन्छ, जसले गर्दा जापानी भाषा नजान्नेहरूले पनि उत्तिकै आनन्द लिन सक्छन्। यो अहिले विश्वभरका मानिसहरूलाई जोड्ने मनोरञ्जनको एउटा माध्यम बनेको छ।
सन् २०२४ को पहिलो प्रदर्शनपछि निकै लोकप्रिय बनेको यो कार्यक्रम, कलाकारद्वयतातेखावा सिनोहाचीरसिनोहारुद्वारा प्रस्तुत गरिँदैछ। यसलाई "इन्ग्लिस दे राकुगो" (English de Rakugo) नाम दिइएको छ। राकुगो मन पराउनेहरू र पहिलो पटक हेर्न चाहनेहरू सबैका लागि यो सँगै हाँस्ने र रमाउने एउटा राम्रो मौका हो।
कार्यक्रमको आयोजना,यसै शनिबार, फेब्रुअरी ७ तारिख,दिउँसो ३:०० बजेदेखि, तेन्जिनको मुटुमा रहेको, LOVE FM स्टुडियो नजिकै 'रेसोला हल' मा हुनेछ।
टिकट:२,००० येन (विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ)।
थप जानकारीका लागि कृपया LOVE FM को वेबसाइट हेर्नुहोला।
हाँसो, अङ्ग्रेजी र जापानको परम्परागत कलाको यो अनुपम सङ्गमलाई नजिकबाट नियाल्न नछुटाउनुहोला। जापानको यो प्रसिद्ध "सिट-डाउन कमेडी"को अनुभव लिन तपाईंहरू सबैलाई स्वागत छ!
【फुकुओका शहरको सूचना】
जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना
फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।
जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।
जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।
साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।
स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।
खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।
व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।
मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।
व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।
निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।
रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।
सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।
साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।
यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?
2026.01.29[Thu] 09:00
【फुकुओका बुदोखान्】
यस महिना, फुकुओका शहरको हाकाता–कु, हिगासी पार्कमा नयाँ "फुकुओका बुदोखान्" सञ्चालनमा आएको छ।
यो फुकुओका प्रान्तद्वारा व्यवस्थित मार्सल आर्ट्सको मुख्य केन्द्र हो। यहाँ जुडो, केन्डो, क्युदो र सुमो जस्ता खेलका प्रतियोगिताहरू र प्रहरीका तालिमहरू सञ्चालन गरिन्छन्। पहिले यो ओहोरी पार्क नजिकै थियो, तर प्रान्तीय कला संग्रहालयको पुनर्निर्माणका कारण यसलाई अहिले हाकाताको 'फुकुओका सिभिक जिम्नासियम' को पश्चिम तर्फ सारिएको छ।
यो नयाँ बुदोखान्, भूमिगत एक तला बेसमेन्ट सहित जम्मा पाँच तलाको छ। पहिलो तला: सुमो रिङ। दोस्रो तला: जुडो र केन्डोका लागि चार–चार वटा हलहरू (जुन अब इन्डोर भएका छन्)। चौथो तला: क्युदो (धनुविद्या) हल। बेसमेन्टमा बास्केटबल कोर्टको आकारको नयाँ आधुनिक हल रहेको छ।
"मार्सल आर्ट्स र फुकुओकाको संस्कृतिलाई जोड्ने" उद्देश्यले बनाइएको यो भवनको बाहिरी भाग हाकाताको प्रसिद्ध कपडा 'हाकाता–ओरी' को बुट्टाबाट प्रभावित छ। भवनभित्र फुकुओकाका परम्परागत हस्तकलाका सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै, यसमा सोलार ऊर्जाको प्रयोग र फुकुओकाकै काठहरू प्रयोग गरी वातावरणमैत्री बनाइएको छ।
प्रहरीको तालिम हुने समय बाहेक यो हल सर्वसाधारणका लागि पनि खुला रहनेछ। तपाईंले त्यहाँको काउन्टरमा गएर बुकिङ गर्न सक्नुहुन्छ।
यदि तपाईं मार्सल आर्ट्समा रुचि राख्नुहुन्छ वा नयाँ भवनको सुन्दरता हेर्न चाहनुहुन्छ भने, एक पटक पक्कै जानुहोला!
【फुकुओका शहरको सूचना】
नोरोभाइरसदेखि सावधान!
जाडोयाममा नोरोभाइरसका कारण झाडापखाला, बान्ता र फुड पोइजनिङ (Food Poisoning) हुने सम्भावना बढी हुन्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि यसले बिरामी बनाउन सक्छ। संक्रमित व्यक्तिको हात वा खानाको माध्यमबाट शरीरमा भाइरस प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।संक्रमित व्यक्तिको बान्ता वा दिसाबाट हावामा फैलिएको भाइरस सास फेर्दा शरीरमा पुगेर वा भाइरस भएका सी-फूड (जस्तै: काकी वा अन्य शंखेकीरा) राम्रोसँग नपकाई खाँदा संक्रमण हुन्छ। यसका मुख्य लक्षणहरू बान्ता, झाडापखाला, पेट दुख्ने र ज्वरो आउनु हुन्। धेरै बान्ता वा पखाला लागेमा शरीरमा पानीको कमी (Dehydration) हुन सक्छ।
लक्षण देखिएमा तुरुन्त अस्पताल जानुहोस्। सामान्यतया २-३ दिनमा सन्चो भए पनि, निको भएको १ हप्तादेखि १ महिनासम्म दिसाको माध्यमबाट भाइरस बाहिर निस्किरहने हुनाले अरूलाई सर्न नदिन सतर्क रहनुपर्छ।
संक्रमण फैलिनबाट रोक्नको लागि, निवारक उपायहरू अपनाऔं।
खाना पकाउनु अघि, खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुने गरौं। भाँडाकुँडाहरू तातो पानी वा क्लोरिनयुक्त ब्लिचले सफा गर्ने गरौं। नोरो भाइरसमा अल्कोहोलले खासै काम गर्दैन। खानालाई ८५ देखि ९० डिग्री सेल्सियसमा कम्तीमा ९० सेकेन्डसम्म राम्रोसँग पकाउने गरौं। काँचै खाइने फलफूल र तरकारी राम्ररी धोएर प्रयोग गरौं। सन्चो नभएको बेला खाना पकाउने काम नगरौं।
यदि तपाईंलाई कुन अस्पताल जाने थाहा छैन वा डाक्टरसँग कुरा गर्न भाषाको समस्या छ भने, फुकुओका सहरको "मेडिकल इन्टरप्रिटेसन कल सेन्टर" मा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेवा अस्पताल वा फार्मेसीमा औषधि लिने बेला पनि प्रयोग गर्न सकिन्छ।
फोन नम्बर: (०९२-७३३-५४२९) हो ।
यो सेवा २४सै घण्टा उपलब्ध छ र २० वटा भाषामा सेवा लिन सकिने भएकोले, आवश्यक परेको बेला अवश्य पनि परामर्श लिनु होला।
2026.01.22[Thu] 09:00
【अतिथि अन्तर्वार्ता】
➖Ramchandra Giri➖
GAG Japanese Language Institute
2026.01.15[Thu] 09:00
【स्ट्रिट पियानो】
पछिल्लो समय स्टेशन र सार्वजनिक ठाउँहरूमा जोसुकैले बजाउन मिल्ने "स्ट्रिट पियानो" निकै लोकप्रिय बन्दै गएका छन्। फुकुओकामा पनि तेन्जिनको सोलेरिया प्लाजा, मेइनोहामाको आयोन मारिना टाउन र बेसाइड प्लेस हाकाता जस्ता ठाउँमा यस्ता पियानोहरू राखिएका छन्। विशेषगरी बेसाइड प्लेस हाकातामा ठूलो एक्वेरियम अगाडि राखिएको ग्राण्ड पियानो त फोटो खिच्नका लागि पनि निकै चर्चित छ।
एउटा खुसीको खबर! सन् २०२५ को ओसाका–कान्साई एक्स्पो (Osaka-Kansai Expo) मा प्रदर्शन गरिएको विशेष स्ट्रिट पियानो अब हाम्रो फुकुओकामा आउँदैछ। एक्स्पोको चर्चित पात्र "म्याकु-म्याकु"को डिजाइन गरिएको यो पियानो यसै हप्ता जनवरी १७, शनिबारदेखि प्रदर्शनीमा राखिनेछ।
स्थान: आक्रोस फुकुओका (Across Fukuoka) को भुइँतल्ला (B1) मा रहेको यामाहा म्युजिक फुकुओका स्टोर।
समय: जनवरी १७ देखि २६ तारिखसम्म।
सञ्चालन समय: बिहान ११:३० देखि बेलुका ६:३० सम्म (मंगलबार पसल बन्द रहनेछ)।
यो विशेष पियानो एक्स्पोमा देखिएको एउटा मात्र 'मोडल' हो, जुन अहिले जापानका ५ वटा ठूला सहरहरू घुम्दै फुकुओका आइपुगेको हो। प्रदर्शनी अवधिभर जोसुकैले पनि यो पियानो सित्तैमा बजाउन सक्नुहुन्छ। एक्स्पोमा मात्र देख्न पाइने यो दुर्लभ पियानोलाई नजिकैबाट हेर्ने र बजाउने यो एउटा सुनौलो अवसर हो।
तपाईं पनि संगीतको आनन्द लिन एक पटक पक्कै जानुहोला!
【फुकुओका सिटीको सूचना】
"फुकुओका किबो च्युउ गाक्को" मा विद्यार्थी भर्ना खुल्यो
"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमा यहाँहरुलाई जानकारी छ?
यो फुकुओका सहरद्वारा सञ्चालित सरकारी रात्रिकालीन विद्यालय हो। विभिन्न कारणले विद्यालय जान नपाएका वा पढाइ पूरा गर्न नसकेकाहरूका लागि यो खोलिएको हो। यहाँ जुनसुकै देशका नागरिकले पनि भर्ना पाउन सक्छन्।
यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषय पढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूले जापानी भाषाको विशेष कक्षा पनि लिन सक्नेछन्।
विद्यालयको पाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयको स्नातकको प्रमाणपत्र प्राप्त हुनेछ।
कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ।
विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमा अवस्थित छ।
कक्षाको शुल्क र पाठ्यपुस्तकको खर्च लाग्ने छैन।
अहिले 'फुकुओका किबोउ च्युउ गाक्को' ले नयाँ विद्यार्थीहरू भर्ना लिंदैछ।
यस विद्यालयमा भर्ना हुनका लागि आवेदन दिने अन्तिम मिति २०२६ जनवरी ३० सम्म रहेको छ। यदि तपाईं भर्ना हुन चाहनुहुन्छ भने फोन वा वेबसाइटमार्फत आवेदन दिन सक्नुहुन्छ।
सम्पर्कका लागि फोन नम्बर हो: (०९२-४००-०७५१)
वेबसाइटको लागि, कृपया "फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集)" भनेर खोज्नुहोस्।
सोधपुछ तथा परामर्शको लागि पनि सम्पर्क गर्न सकिन्छ।
वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, सजिलै सोधपुछ गर्न सक्नुहुनेछ।
2026.01.08[Thu] 09:00
【खागामी बिराकी】
नयाँ वर्षको बिदा सकिएर यो हप्तादेखि धेरैजना आफ्नो काम र दैनिक जीवनमा फर्किनुभएको होला। तपाईंहरूको यो सुरुवात सुखद र ऊर्जावान् रहोस् भन्ने कामना गर्दछौं।
आज हामी "खागामी मोची" बारे कुरा गर्नेछौं। यो भगवानलाई चढाइने चामलको रोटी (Mochi) हो। यस हप्ताको आइतबार, जनवरी ११ मा, घरमा सजाएर राखिएका यी मोचीहरूलाई निकालेर स्वास्थ्यको कामना गर्दै खाने चलन छ, जसलाई "खागामी बिराकी" भनिन्छ।
यस परम्पराका केही खास कुराहरू छन्, जस्तै कि; भगवानलाई चढाइएको हुनाले यसलाई चक्कुले काट्नु अशुभ मानिन्छ। त्यसैले काठको हथौडाले हानेर स-साना टुक्रा पारिन्छ। त्यस्तै, यसको गोलो आकारले पुराना ऐनालाई जनाउँछ। दुई तहमा राखिएका मोचीले "खुसी थपिँदै जाओस्" र "जीवन सुखद रहोस्" भन्ने अर्थ दिन्छ।
यी मोचीहरू सुकेर कडा हुने भएकाले सूप वा भुटेर खाने गरिन्छ। भगवानको शक्ति र आशीर्वाद मानिने यो मोचीलाई नफालेर स्वादिलो परिकार बनाई खानु महत्त्वपूर्ण छ।
यसरी "खागामी मोची" खाएर नयाँ वर्षलाई स्वस्थ र ऊर्जावान् बनाउनुहोस्!
【फुकुओका सिटीको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा- “याराना हिरोबा”
साना बालबालिकाका आमाबुबाहरू, एकछिन आराम गर्ने पो हो कि?
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
जनवरी महिनाको विषय "सान्नो कोदोमो प्लाजा: किन्डरगार्टेन र नर्सरी स्कूल" रहेको छ।
यो कार्यक्रम हाकाता वार्डका बाल-सहयोग परामर्शदाता Concierge द्वारा सञ्चालन गरिनेछ। जनवरी १३, मंगलबार बिहान १०:३० देखि ११:३० सम्म हुने यस कार्यक्रममा सुरुको १५ मिनेट जानकारीमूलक कक्षा हुनेछ र बाँकी समय स्वतन्त्र छलफलका लागि छुट्याइएको छ।
यस सत्रमा तपाईंले किन्डरगार्टेन र नर्सरी स्कूलबीचको भिन्नता, भर्ना प्रक्रिया र आवश्यक तयारीबारे जानकारी पाउनुहुनेछ। कार्यक्रम सकिएपछि परामर्शदातासँग व्यक्तिगत रूपमा सल्लाह लिने अवसर पनि मिल्नेछ।
साना बालबालिकाका अभिभावकहरूका लागि यो निकै उपयोगी हुनेछ, सहभागी हुनुहोला!
थप जानकारी र दर्ताका लागि कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फेसबुक पेज हेर्नुहोला। हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौं!
“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
2026.01.01[Thu] 09:00
【हाचुमोदे】
तपाईहरु सबैलाई सन् २०२६ नयाँ वर्षको हार्दिक शुभकामना!
明けましておめでとうございます!
यस वर्ष पनि “LIFE IN FUKUOKA” ले तपाईंको फुकुओका बसाइलाई अझ सहज र सुखद बनाउन उपयोगी जानकारीहरू दिनेछ भन्ने आशा राख्दछौं।
यो वर्ष पनि हामीलाई यसैगरी साथ दिनुहोला!
सन् २०२६ को यो पहिलो प्रसारणमा, जापानको नयाँ वर्षको परम्परा “हाचुमोदे" अर्थात् नयाँ वर्षको पहिलो मन्दिर दर्शनको बिषय लिएर आएकी छु।
नयाँ वर्षको सुरुवातमा पहिलो पटक मन्दिर गएर दर्शन गर्ने परम्परालाई “हाचुमोदे” भनिन्छ। यस अवसरमा बितेको वर्षको लागि धन्यवाद दिने र नयाँवर्षको सुरक्षा तथा शान्तिको प्रार्थना गरिन्छ। हरेक वर्ष जनवरी १ देखि नै मन्दिरहरूमा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने गर्छ।
दर्शन गरिसकेपछि धेरैले आफ्नो भाग्य जाँच्न “ओमिकुजी” लिने, नयाँ “ओमामोरी” (ताबीज) किन्ने वा काठको पाटी “एमा” मा आफ्ना सपना रलक्ष्यहरू लेख्ने गर्छन्। साथै, अघिल्लो वर्ष प्रयोग गरिएका पुराना ओमामोरीहरूलाई धन्यवादसहित मन्दिरमा फिर्ता गर्ने यो उत्तम समय पनि हो।
फुकुओका लगायत पश्चिम जापानमा नयाँ वर्षको पहिलो तीन दिनभित्र तीनवटा फरक-फरक मन्दिरको दर्शन गर्ने “सान्सा माइरी” भन्ने विशेष चलनछ। तीनवटा मन्दिर धाउनाले धेरै पुण्य र आशिर्वाद मिल्ने विश्वास गरिन्छ।
फुकुओकाका तीन प्रसिद्ध मन्दिरहरू यस प्रकार छन्:
तर, तपाईंले यी तिन वटै मन्दिर जानुपर्छ भन्ने छैन। तपाईंले आफ्नो इच्छा अनुसार ट्राफिक सुरक्षा, परिवारको सुख-शान्ति वा प्रेम सम्बन्धका लागिप्रसिद्ध जुनसुकै तीनवटा मन्दिर रोज्न सक्नुहुन्छ। कुन मन्दिर पहिला जाने भन्ने कुनै निश्चित नियम छैन, तपाईं आफ्नो अनुकूलता अनुसार जानसक्नुहुन्छ।
दर्शनका लागि घाम अस्ताउनुअघि अर्थात् उज्यालो समयमै जानु राम्रो मानिन्छ। भनिन्छ कि, दिनको उज्यालोमा मन्दिरको वातावरण बढी पवित्र रसकारात्मक हुन्छ।
नयाँ वर्षको यो विशेष समयमा नयाँ उमंगका साथ प्रार्थना गरौं। सन् २०२६ ले तपाईंहरू सबैको जीवनमा धेरै खुसी र सफलता लिएर आओस् भनिकामना गर्दछु ♡
अब कुरा गरौं, फुकुओकामा नयाँ वर्षको रौनक बढाउने अर्को परम्परागत उत्सवको।
फुकुओका सहरको हाकाता, योसिजुका स्थित “तोका एबिसु” श्राइन मा हरेक वर्ष जनवरी ८ देखि ११ तारिखसम्म “ग्राण्ड न्यू इयर फेस्टिभल”आयोजना गरिन्छ। यो उत्सव विशेषगरी व्यापारमा सफलता र परिवारको सुख-शान्ति को कामना गर्नका लागि मनाइन्छ।
यो चार दिने मेलामा करिब १० लाख दर्शनार्थीहरू आउने गर्छन्। मन्दिर जाने बाटोमा करिब ४०० वटा खानेकुरा र उपहारका स्टलहरू राखिन्छन्, जसलेगर्दा त्यहाँको वातावरण निकै रमाइलो हुन्छ। यहाँको फुकुबिकी (भाग्यशाली चिठ्ठा); काट्ने जोकोहीले पनि केही न केही शुभ उपहार प्राप्त गर्छन्, कोहीपनि खाली हात फर्किनु पर्दैन रे। साथै, जनवरी ९ तारिखमा हाकाताका गेइस्याहरू सुन्दर किमोनोमा सजिएर, परम्परागत संगीतको धुनसँगै हिँडेर मन्दिरदर्शन गर्न आउने दृश्य निकै मनमोहक हुन्छ।
हाकाताका व्यापारीहरूका लागि यो उत्सव नयाँ वर्षको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम मानिन्छ। यदि तपाईं पनि फुकुओकामा व्यापार वा कुनै काम गर्नुहुन्छ भने, नयाँ वर्षमा शुभ फल र सफलताको कामना गर्न यो मेलामा पक्कै सहभागी हुनुहोला!
2025.12.25[Thu] 09:00
【FUKUOKA SILVESTER CONCERT】
यस वर्ष सकिन अब१० दिनभन्दा कमसमय बाँकी छ। वर्षको अन्त्य र नयाँ वर्षको आगमनलाईसंगीतको साथमास्वागतगर्नेहोइन त?
नयाँ वर्षको पूर्वसन्ध्या, डिसेम्बर ३१मा, हाकाता क्षेत्रकोफुकुओका सनप्यालेसमा "फुकुओका सिल्भेस्टर कन्सर्ट २०२५(FUKUOKA SILVESTER CONCERT 2025)"आयोजना हुनेछ।
यो कार्यक्रम गायन मण्डल र अर्केस्ट्राकासामान्य सहभागीहरूलाई आमन्त्रण गरी सोलो कलाकार र व्यावसायिक संगीतकारहरूसँग मिलेरठूलो मञ्चमा वर्षको अन्त्यगर्ने एक सांगितिक कार्यक्रम हो।
सन् २०१४ मा पहिलो पटक आयोजना भएदेखि, यसलेसंगीत संस्कृतिको प्रसारमा योगदान र मानिसहरूबीच सम्बन्ध स्थापनागर्ने उद्देश्यका साथ धेरै फुकुओका नागरिकहरूलाई संलग्न गराएको छ।
नयाँ सिक्नेहरूलाई स्वागत छ!शास्त्रीय संगीतसँग परिचित नभएकाहरूलाई पनि यहाँ आउन विशेष आग्रह गरिन्छ। दर्शकका रूपमा आउनेहरू अर्को वर्ष गायन मण्डलका कलाकार बनेर स्टेजमापहिलो प्रदर्शनगर्ने उदाहरणहरू पनि छन्।
कन्सर्ट सुरु हुनुअघि नै रमाइलो गर्न सकिनेलबी कार्यक्रममा हल्का खानेकुरा, उपहार स्टल र सडक कलाकारहरूको प्रस्तुतिहरू समावेश छन्, जसले शास्त्रीय संगीतसँग अपरिचित व्यक्तिहरूलाई पनि सजिलै सहभागी गराउँछ। मुख्य कन्सर्टमा पनि "नाइन्थ सिम्फोनी" (Ninth Symphony) लगायत परिचित प्रसिद्ध धुनहरूको प्रस्तुति हुने भएकाले, पहिलो पटक शास्त्रीय संगीत सुन्ने अनुभवका लागि पनि उपयुक्त छ।
कन्सर्टको मुख्य आकर्षण भनेकोवर्ष सकिने (काउन्टडाउन) प्रस्तुतिहो!
यस वर्षकोकाउन्टडाउन धुन (Countdown Song) 'द ब्लू ड्यान्युब' (The Blue Danube) लाई तोकिएको छ! आफ्नो२०० औं जन्म जयन्तीमनाउन लागेकाश्ट्राउस दोस्रोको यस सिर्जनालाई गायन मण्डलसहित प्रस्तुत गरिनेछ। यस प्रस्तुतिमा,उत्सवपूर्ण नयाँ वर्षको आगमनसँगै मनाउने एक विशेष अनुभव प्राप्त गर्न सक्नुहुन्छ।
यो कार्यक्रमडिसेम्बर ३१ को साँझ १० बजेपछिहाकाता क्षेत्रको फुकुओका सनप्यालेसमा सुरु हुनेछ।
आउनुहोस्, यस वर्षको अन्तिम रातलाई संगीत र नयाँ भेटघाटहरूसँगै बिताऔं! शास्त्रीय संगीतको सीमा नाघेर फैलिएको फुकुओकाको विशेष नयाँ वर्षको अनुभव लिऔं!
【फुकुओका सिटीको सूचना】
नयाँ वर्षको बिदालाई सुरक्षित र ढुक्क भएर बिताउनका लागि
नयाँ वर्षको बिदामारक्सी पिउने अवसरहरूधेरै हुन्छन्।
रक्सी पिएपछि, तपाईं आफैंले वा अरू कसैले पनि सवारी साधन नचलाउनुहोस्।
रक्सी पिएपछिसाइकल चलाउनु पनि कानुनले निषेधगरेको छ।
रक्सी पिएको भोलिपल्ट पनिथोरै मात्रामा रक्सी बाँकी रहेको शङ्का लागेमापनि कहिल्यै सवारी साधन नचलाउनुहोस्।
साथै, हरेक वर्ष नयाँ वर्षको पूर्वसन्ध्या नजिकिँदै जाँदासडक दुर्घटनाहरू बढ्नेगर्छन्।
राति बाहिर निस्कँदा, चालकहरूलेसजिलै देख्न सकून् भनेर उज्यालो र परावर्तित हुने खालका कपडाहरूलगाउनुहोस्।
गाडी वा साइकल चलाउँदाबेलुका छिट्टै बत्ती बाल्नेगर्नुहोस्।
त्यस्तै, सामाजिक सञ्जाल मार्फत हुनेलगानी ठगी ररोमान्स ठगी बारे जानकारी रहेको छ।
सामाजिक सञ्जाल वा डेटिङ एप्समार्फत चिनजान भएका व्यक्तिहरू वाप्रसिद्ध व्यक्तिको रूपमा नक्कल गर्नेव्यक्तिहरूबाट लगानीको लागि आग्रह गरीपैसा ठगी गर्ने घटनाहरू तीव्र रूपमा बढेकाछन्।
यस्ता ठगीबाट बच्नका लागि:
१.सामाजिक सञ्जाल वा इन्टरनेटमा गरिने लगानीका प्रस्तावहरूमाथि शङ्का गर्नुहोस्।
२.प्रत्यक्ष भेट नभएका व्यक्तिले पैसा सम्बन्धी कुरा गरेमा त्यो ठगी हुन सक्छ भनी शङ्का गर्नुहोस्।
३. "निश्चित रूपमा नाफा हुन्छ" वा "पुँजीको ग्यारेन्टी दिइन्छ"जस्ता शब्दहरू प्रयोग गरिएका लगानी प्रस्तावहरूठगीहुन्।
यी तीन कुराहरूमा विशेष ध्यान दिनुहोस्।
अर्को, बाहिर हिँड्दा वा साइकल चलाइरहेको बेलाधूम्रपान नगर्नुहोस्।
तपाईंको वरपर मानिसहरू भएको बेला, बाहिर धूम्रपान गर्ने कार्यबाट टाढै रहनुहोस्।यसमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ।
आफू र आफ्नो प्रिय मानिसहरूको सुरक्षा गर्दै, सुरक्षित र रमाइलोनयाँ वर्षको बिदा मनाऔं।